IMG-LOGO

शिक्षा स्वास्थ्यको पहुँच विस्तार गर्दै बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनु छ

 बुध, बैशाख १४, २०७९  गणेश आचार्य

वडा अध्यक्षको उम्मेदवार

नेकपा एमाले धुलिखेल वडा नं. ३

      २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य भई जनताहरुको पिरमर्कालाई बुझेर कार्य गर्ने अवसर पाएँ । हाम्रो यस वडामा २ सय ४५ संगठीत  सदस्य हुनुहुन्छ । संगठीत सदस्य सम्मिलित रहेर ३ सय १ जनाको निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । २५ जनाको ६ वटा समुह गठन गरी टोल कमीटी गठन गरेको छ । घर दैलो अभियान थालि सकेका छौँ । सुखि नेपाली समृद्ध नेपाल नेकपा एमालेको परिकल्पना हो । जीत्ने आधारनै यो पनि हो । यस अघिका वडा अध्यक्ष विनोद पराजुलीले वडाको समग्र विकासमा योजना गर्नु भएको छ । निर्माण सम्पन्न हुन बाँकी रहेका भौतिक पूर्वाधारको विकासलाई पूर्णता दिने, नयाँगाउँ गैराटोल, चङ्खुवेसीको बाटो कालोपत्रे गर्ने, ढल निकासलाई व्यवस्थित गर्ने, धुुलिखेल स्वस्थ्य शहर अन्तरगत सबै नागरिकलाई न्यूनतम स्वास्थ्य सेवा पु¥याउने, एउटा आधारभूत विद्यालय छ त्यसलाई माध्यमिक बनानउे र शैक्षिक गुणस्तर वृद्धि गर्ने, निम्न आय भएका, आर्थिक विपन्नता वर्गलाई माथि उठाउन सिप विकासको तालिम रोजगारीको श्रृजना गर्ने कार्यक्रमहरु अघि बढाउने, कृषि उत्पादनलाई वढाउन आधुनिक खेति प्रणाली अपनाई कृषिमा आत्मनिर्भर बनाउने कृषि र पशुपालन व्यवसायलार्य व्यवसायीकरण गर्ने, रोजगारीको श्रृजना गर्ने, विपन्न वर्गलाई निःशुल्क विमा कार्यक्रम अघि बढाउने योजनाका साथ म वडा अध्यक्षमा उठेको हुँ । समग्र वडाको विकासमा मेरो ध्यान केन्द्रीत हुने छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्