वडा अध्यक्षको उम्मेदवार
नेपाली कांग्रेस, बनेपा नगरपालिका वडा नं.८
नेपाली कांग्रेस पार्टी नेपाली जनताको सधै सुख दुःखमा साथ दिने पार्टी हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादबाट देशमा आर्थिक सामाजिक परिवर्तन गरी देशलाई समृद्ध बनाउने योजनाका साथ अघि बढेको छ । बनेपा नगरपालिका उम्मेदवारमा सर्वसम्मत गराउन पहल कदमी गर्नुहुने अग्रज नेतागण वडाका क्रियाशिल सदस्यहरु सबैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । म जित्ने आधार भनेको २०७४ सालको स्थानीय निर्वाचनमा मेरा अग्रज पूर्व निवर्तमान वडा अध्यक्ष दानकाजी मानन्धरले वडाका जनताहरुको सुख दुःखमा साथ दिदैँ समग्र विकास निर्माणका कार्यहरु भएका छन् । त्यस्तै गरी वडाका २ सय ४५ क्रियाशिल सदस्यहरु एकजुुटका साथ वडा अध्यक्ष सहितको टिमको उम्मेदवारलाई जिताउन घर दैलो अभियानमा लागि सक्नु भएको छ । नेपाली कांग्रेस बनेपा वडा नं. ८ वडा इकाई समिति र युवा जमात जनताको घर दैलोमा जाने अभियान थालिसकेको छ । म विजयी भएपछि वडाको समग्र विकासमा ध्यान दिने छु । पार्टी पौवा, धार्मिक सांस्कृतिक महत्व बोकेका मठमन्दिरलाई संरक्षण गर्ने, फोहोरको उचित व्यवस्थापन गर्न चेतना फैलाउनुका साथै घर घरबाट निष्केको फोहोरलाई वर्गिकरण गरेर छुट्याइ व्यवस्थापन गर्ने, फोहोरलाई मोहर बनाउने, ढल निकासको कार्य अघि बढेको छ त्यसलाई व्यवस्थित गर्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर पहुँच विस्तार गर्न नगरपालिका प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्ने, वडाका जेष्ठ नागरिकहरुलाई घर घरमै भत्ता वितरण गर्ने प्रवन्ध मिलाउने कार्य गर्ने छु । विकास भनेको सबैले मिलेर गर्ने कार्य भएको अवगत गराउन चाहन्छु ।
