IMG-LOGO

गठबन्धनलाई हराएर चुनाव जीत्ने ताकत हामी सँग छ

 मंगल, बैशाख १३, २०७९  भिम न्यौपाने

 

नगरप्रमुख उम्मेदवार, नेकपा एमाले पनौती नगरपालिका

    संघीय संरचना अनुरुपको स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा १२ हजार २ सय ५६ मत प्राप्त गरी पनौती नगरपालिकामा नगर प्रमुखमा भिम न्यौपानेले विजयी हाँसिल गर्नु भएको हो । प्रतिष्पर्धी पार्टी नेपाली काँग्रेसका विदुर बञ्जाराले ९ हजार १ सय ९० मत प्राप्त गर्नु भएको थियो  । २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेको तर्फबाट पनौती नगरपालिकाको नगर प्रमुखको उम्मेदवारमा छनौट हुनु भएको छ । भिम न्यौपानेले सत्ता घटक नेपाली कांग्रेस सहितको ५ दलिय गठबन्धन बीचमा चुनावी प्रतिस्पर्धामा उत्रनु भएका भिम न्यौपानेलाई चुनाव जित्ने आधार के छन् । चुनावमा विजय हाँसिल गरेपछि पनौती नगरपालिकाको समग्र विकास गर्ने  दुरगामी योजना के छन् कसरी अघि बढ्नु हुन्छ भन्ने सवालमा रेडियो एविसी एफ एममा नगरप्रमुखका उम्मेदवार न्यौपानेसँग गरिएको  कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

      यस अघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि तपाईलाई नै पनौती नगरपालिकाको नगर प्रमुखमा विजयी हुनुभयो । अहिले पनि नेकपा एमालेले टिकट दियो । नगर बासीले तपाईलाई अहिले पनि किन मत दिने ?

      २० वर्षमा सम्म स्थानीय निर्वाचन नभएर खालि अवस्थामा रह्यो । स्थानीय क्षेत्रको विकासमा धेरै पछि प¥यो । २०७४ सालको संघीय संरचना अनुसारको निर्वाचनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासले जग हालेको छ । त्यसलाई गति दिन दिगो लक्ष्य प्राप्तिको लागि कार्य गर्नु छ । स्थानीय पालिकाले २२ वटा आधिकारीक अधिकार प्रयोग गरेर कानुन बनाउने सम्बैधानिक व्यवस्था अनुसार ६१ वटा कानुन पनौती नगरपालिकाले बनायो । पनौतीको १२ वटै वडामा सन्तुलित विकासका योजना लागि कार्यहरु हाम्रो जनप्रतिनिधिहरुको टोलिले गरेको छ । भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर वृद्धिको सवाल, विपन्न वर्गलाई स्वरोजगार प्रदान गर्ने देखि एकल महिलालाई भत्ता दिएका छौँ । ऐतिहासिक नगर पनौतीको मुहार फेर्ने विकास हामीले गरेका छौँ । त्यसैले अब पनि पनौतीको विकास र समृद्धि गर्न एमाले नै चाहिन्छ । अरु पार्टीले गर्न सक्दैनन् । जनताको विस्वास र भरोषा भएको पार्टी नेकपा एमाले नै हो । त्यसैले पनौती नगरका नगर वासिले यो कुरा बुझ्नु भएको छ । मतदान पनि ७ सूर्य सात छाप नै हुनेछ भन्न चाहन्छु ।

      नेपाली कांग्रेस सत्ता घटक सहित ५ दलीय गठबन्धनको चुनौती चिर्ने सामर्थे छ त ?

      राष्ट्रिय लोकतन्त्र जनताको बहुदलीय जनवादबाट समाजवाद स्थापना गर्ने प्रष्ट भिजन नेकपा एमाले सँग छ । अरु ५ दलीय गठवन्धनसँग नीति, विचार, कार्यक्र स्पष्ट नहुँदा त स्वार्थीहरुको झुण्डको गठबन्धन हे भन्ने कुरा जनताले बुझेका छन् । काभ्रे जिल्लामा दर्ता भएका ३० दल निर्वाचन कार्यालयमा दर्तावाल छन् । ती सब एकातिर नेकपा एमाले एकातिर  छ । हामी जनताप्रति भरोसा गछौँ । जनताले हाम्रो नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामलाई जनताले मुल्याँकन गरेका छन् । जनप्रतिनिधि भइ सकेपछि इमान्दारीका साथ कार्य गरेकै कारण जस्तो सुकै गठवन्धन भएपनि हामी चुनाव जित्छौँ । जीवन नै चुनौती नै चुनौतीको चाङमा जेलिएको संघर्षको यात्रा हो । समाधान गरेर अघि बढ्ने हो । हामीसँग चुनौतीलाई अवसरमा बदल्ने ताकत छ । हाम्रा पार्टीका कार्यकर्ता र जनता दुबैको साथ हिजो पनि थियो आज पनि छ त्यसैले हामी चुनाव जित्छौँ ।

      तपाँई नगरप्रमुख भएपछि जनताहरुले साच्चै परिवर्तनको अनुभूति गर्ने गरी गर्नु भएको ५ कार्यहरु बताउनुस् त ?

      ३५ वर्ष उमेर नाघेका २ सय एकल महिलालाई मासिक भत्ताको प्रवन्ध गरियो । पनौती नगरपालिकाका ४ हजार व्यक्तिको स्वास्थ्य बीमा गरिएको छ । काभ्रे उपतयका एकीकृत खानेपानी अन्तिम चरणमा पुगेको छ । कृषि तथा भैँसी प्रवर्धन कार्यक्रम लागु गरी अघि बढाइ उपलब्धी मुलक कार्य गरिएको छ । व्यवसायिक खेति प्रणाली, भुकम्पले पूर्ण क्षेति भएका सामुदायिक विद्यालयका भवन, वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन, पक्की बनिसेकेका छन् । सडक कालो पत्रे गर्ने कार्य भएको छ । पनौतीको रङ्गशालाको कार्य अन्तिम चरणमा पुगेको छ । पुण्यमाता करीडोरको काम अघि बढेको छ , वाल निर्माण भई रहेको छ । स्तर उन्नती सहित कालोपत्रे गर्नु पर्ने छ ।

      नगर प्रमुखमा विजयी हुनु भयो भने तपाईले गर्ने दिगो लक्ष्य प्राप्तिका योजनाहरु के के छन् ?

      काभ्रे उपत्यका एकीकृत खानेपानी घरघरमा पु¥याउने, १२ वटै वडामा अनलाइन सेवा शुरुभई सकेको छ त्यसलाई व्यवस्थित गरेर पेपरलेस बनाउने, नागरिकमैत्री सेवा छिटो छरितो सेवा प्रवाह गर्ने, युवा लक्षीत स्वरोजगार कार्यक्रम लागु गरेर विदेश पलायनबाट रोक्ने, गरिवी निवारण गर्ने, ३ सय ३८ जना गरिवीको रेखामुनि रहेका जनताको जीवनमा हाँसो र खुसी ल्याउने, उद्यमशिलताको विकास गर्ने, कृषि र पशुपालन व्यवसायमा व्यवसायिकरण गर्ने कार्यको थालनी भई सकेको छ त्यसलाई थप व्यवस्थित गर्ने, कृषि क्षेत्रको आधुनिक खेति प्रणाली किसानलाई मल विउविजन, कृषि औँजारमा अनुदान दिएर कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने, भैँसी पालक कृषकहरुलाई सुत्केरी भत्ता, उन्नत जातको भैँसीको पाडो वितरण, बाख्रा वितरण कार्यलाई थप व्यवस्थित गरेर प्रभावकारी रुपमा कार्य अघि बढाउने योजना अघि सारेका छौँ । सबै नागरिहरुलाई स्वस्थ्य सेवा पहुँच विस्तार गर्न घरघरमा स्वास्थ्य सेवा प्रवाह गर्ने कार्य अघि बढाइने, पनौतीको खोपासीमा अस्पताल निर्माण भइरहेको छ त्यसलाई व्यवस्थित गर्ने, स्वास्थ्य सेवा गुणस्तरीय बनाउने, प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रको विकासमा थप उन्न्ती हाँसिल गर्न प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गर्ने, नगर भित्रको सडक सञ्जाल विस्तार भइ सकेका छन् । बाँकी रहेका मोटर बोटो सडकहरु ग्रावेलिङ गर्दै ५ वर्ष भित्र कालोपत्रे गरिसक्ने । कृषि र पर्यटन क्षेत्रको विकासमा प्राथमिकताका साथ कार्य गर्ने, ऐतिहासिक पनौती नगरलाई विश्व सम्पदा सूचिमा राख्न पहल कदमी गरिएको छ । त्यसलाई पूर्णता दिन आवश्यक गृहकार्यलाई चुस्त दुरुस्त गर्ने, “नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने, दिगो लक्ष्यका योजना अघि सारिएको छ । सुशासन, पारदर्शी र जवाफदेहिता कायम गर्न लागि पर्नेछौँ । पनौती नगरका नगरवासीहरुको बृहत्तर हित यहाँको आर्थिक र सामाजिक रुपान्तरण गरी सुखि नेपाली समृद्ध नेपाल भने झै सुखी पनौती बासी र समृद्ध पनौती नगर बनाउने हाम्रो दृढ अठोट छ ।”

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्