जिल्ला निर्वाचन अधिकारी, जिल्ला निर्वाचन कार्यालय, धुलिखेल काभ्रे
धनकुटा जिल्ला चुम्माङ पाख्रीबास नगरपालिका स्थायी घर भएका उमेशकुमार राईले जिल्ला निर्वाचन कार्यालय काभ्रे धुलिखेलमा विगत साढे तीन वर्षदेखि जिल्ला निर्वाचन अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्नु भएको छ । २०६७ सालमा हुम्ला जिल्लाबाट अधिकृतबाट सेवा शुरु गर्नुभएका राई लोकतन्त्रको संस्थागत विकास गर्न देशमा सुशासन कायम गरी विकास र समृद्धि ल्याउन आवधिक निर्वाचन अपरिहार्य भएको बताउनु हुन्छ । आगामी २०७९ बैशाख ३० गते हुने लोकतान्त्रीक गणतन्त्र स्थापना पछिको दोश्रो स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्लाको तयारी के छ, शान्ति र भयरहित वातावरण निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय काभ्रेले गरेको सवालको बारेमा रेडियो एवीसीमा जिल्ला निर्वाचन अधिकारी राईसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पूर्व तयारी कसरी अघि बढेको छ ?
२०७९ बैशाख ३० गते हुने स्थानीय चुनाव शान्तिपूर्वक भयरहित वातावरणमा सम्पन्न गर्न नपाल सरकारले गरेको घोषणा अनुसार निर्वाचन आयोगले तत तत निकायले देशको ७७ जिल्लाका निर्वाचन कार्यालयहरुले निर्वाचन ऐन, कानुन, नीति, नियम अनुसार कार्य प्रारम्भ गरी सकेको छ । तयारी तिव्ररुपमा अघि बढेको छ । मतदाता नामावली टुङ्गो लागि सकेको छ । २०७८ सालमा जम्म ३ लाख ३ हजार ५ सय ६० मतदाताले मतदान गर्न पाउनेछन् । जसमा महिला १ लाख ४९ हजार ३ सय ७५, पुरुष १ लाख ५४ हजार १ स ८३ र अन्य २ रहेका छन् । २०७४ सालमा २ लाख ७२ हजार २ सय ९२ मतदाता रहेका थिए । हाल ३१ हजार २ सय ३८ बढेको छ । प्रतिशतमा यो ११ दशमलव ४८ प्रतिशत हो । २०७९ साल बैशाख २९ गते सम्म १८ वर्ष पुग्ने मतदाताले मतदाताहरुको नाम नामावलीमा समावेश भएका व्यक्तिले मतदान गर्न पाउने छन् । निर्वाचन घोषणा भए पछि २०७८ माघ २५ गते देखि नामावली समावेश गर्ने कार्य बन्द रहेको छ, अब निर्वाचन अघि मतदाता नामावलीमा समावेश गर्न सकिदैन । निर्वाचन अयोगको बेवसाइट भभिअतष्यल।नयख।लउ मा गाई नामावलीमा अष्अिप गरी आफ्नो नाम हेर्न सकिने छ । फोटो विनाको उमा नामावली शुल्क तिरेर उभलमचष्खभ मा लान सक्ने र फोटोकपी गरेर लान सक्ने व्यवस्था गरेको छ ।
काभ्रे जिल्लाको विकट क्षेत्रहरु महाभारत, खानीखोला र चौरी देउराली गाउँपालिकाहरुमा मतदान स्थल र केन्द्र नबढाउँदा मतदातालाई मतदान गर्न जान घण्टौँ लाग्ने गरेको छ भनिन्छ नि ?
काभ्रे जिल्लाका १३ वटा पालिकामा १ सय ३५ वडा छन् । १ सय ८९ मतदान स्थल छ । ३ सय ८१ मतदान केन्द्र छन् । २०७४ मा राखिएको मतदान स्थल परिवर्तन गरेको छ । मतदान केन्द्रको संख्या भने ३ सय ५० बाट ३ सय ८१ गरेको छ । २०७७ साल माघ ७ गते जिल्ला मतदान केन्द्र पुनरावलोकन समिति प्रजिअको संयोजनत्वमा सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा स्थानीय तहको प्रमुखहरुको उपस्थितिबाट नै मतदान स्थल तय गरिएको हो । मतदान केन्द्र निर्वाचन अयोगले टुंगो लगाएकोले अब हेरफेर हुँदैन । १ हजार सम्म मतदाता भएका ठाउँमा १ केन्द्र र २ हजार माथी भएकामा बढी केन्द्र हुन्छ नै जनताहरुलाई दुःख दिने निर्वाचन कार्यालयको नियत छैन । सबै राजनीति दलसँगको सहमतीमा मतदान स्थल र केन्द्र तय गरिएको हो ।
स्थानीय तहाको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना कहिले हुन्छ त ?
आगामी बैशाख ३० गते हुने स्थानीय पालिकाको निर्वाचनको निर्वाचन अधिकृतको कार्यालय २०७९ बैशाख ८ गते स्थापना हुनेछ । १२ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय खुल्ने छ । १ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिकामा रहने छ । मुख्य निर्वाचन अधिकृत जिल्लाको प्रमुख न्यायाधिश रहने व्यवस्था गरिएको छ । सोही अनुसार हुन्छ । उक्त निर्वाचनको कार्यालयमा राजनीतिक दलले उम्मेदवारी दर्ता र दाविरोध गर्न सक्छन् ।
निर्वाचन आचारसंहिता कडा जारी गर्ने कार्यान्वयन नगर्ने कारवाही फितलो किन गरेको विगतको परम्पराले त त्यस्तै देखाउँ छ त ?
निर्वाचन आचारसंहिता २०७८ जारी गरेको छ । उक्त निर्वाचन आचारसंहिता राजनीतिक दलहरुको सहमतीमा जारी गरेको हो । निर्वाचनको केन्द्र विन्दु लोकतन्त्रलाई बलियो बनाउन लागि पर्ने राजनीतिक दलहरु नै हो । आवधिक निर्वाचनबाट लोकतन्त्तको स्थायित्व सम्भव छ । कम खर्चमा निर्वाचन सम्पन्न गर्नु दलहरुको दायित्व हो । राजनीतिक दलहरुले जनताका जन जीविकाका सवालमा ध्यान दिएर समाज सेवा गर्ने हो । मर्यादीत र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आम कार्यकर्तालाई दलहरुले नै समन्वय गर्ने हो निर्वाचन आयोग र मातहतका कार्यालयहरुले कानुन कार्यान्वयन गर्ने हो ।
नोपलमा चुनाव निक्कै खर्चिलो र महंगो भयो । निर्वाचन प्रणाली नै निकम्वा सावित भएको हो ?
चुनाव कर्म खर्चिलो गर्ने आम सभा भेला गर्दा विचार पु¥याउनु पर्छ । पोष्टर, पम्प्लेट प्रचार गर्दा निर्वाचन आचारसंहिता पालना गर्ने गर्नु पर्छ नगरेमा निर्वाचन आयोगले कानुनी कारवाही गर्ने छ । जनताहरुले हाम्रोलाई भन्दा राम्रो चरित्रवान विकास प्रेमी जनतालाई सुःखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिएर नागरिकको दायित्व पुरा गर्नुपर्छ ।
स्थानीय पालिकाको निर्वाचनमा जनप्रतिनिधिहरुको कति खर्च गर्न पाउँछन् ?
आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय पालिका निर्वाचनमा गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार, नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार र वडा अध्यक्षको उम्मेदवारले २ लाख त्यस्तै वडा सदस्यहरुले १÷१ लाख खर्च गर्न पाउने व्यवस्था निर्वाचन ऐनमा गरिएको छ ।
निर्माण व्यवसाय ठेक्का पट्टामा लागेकाले स्थानीय पालिकाको निर्वाचनमा उम्मेदवार दिन नपाउने भनिएको छ । कार्यान्वयन हुन्छ त ,
स्थानीय तहको ठेक्का पट्टा वा चल अचल सम्पतिमा व्यवहारमा सम्लग्न नभएको ठेक्काको लाइसेन्स छ तर काम गरेको छैन भने उम्मेदवारी दिन पाइन्छ । ठेक्का लिइएको तर फरफार गरिसकेको छ भने पनि उम्मेदवार दिन पाउने व्यवस्था छ । सम्बन्धीत पालिकामा ठेक्का लिइएको काम चलिरहेको भए सो पालिकामा उम्मेदवार हुन पाइएन । आफू उम्मेदवार हुने पालिका बाहेक अन्य पालिकामा ठेक्काको काम भइरहेको भएपनि उम्मेदवार बन्न पाइयो । असुलउपर तोकिएको रकम तिरेको भौचर दुबैको प्रमाण सहित पालिकामा निवेदन दिने पालिकाले मलेपलाई भौचर विल सहित सम्परिक्षणको लागि लेखेको पत्र उम्मेदवारको हातमा हुनु अनिवार्य छ । त्यस्तै गरी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूचिमा नामरहेको हुनु हुँदैन सप्mटवेयरले लिदैन् ।
मतदात शिक्षा प्रभावकारी नहुँदा मत वदर हुने अवस्था श्रृजना भएको छनी यसमा निर्वाचन कार्यालयले ध्यान दिएको पाइदैन नी ?
यहाँले उठाउनु भएको जिज्ञासा उचित छ । निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी रुपमा लग्नु पर्छ नै । एक जना मतदाताले स्थानीय तहको प्रमुख १, उपप्रमुख १, वडा अध्यक्ष १, १ महिला सदस्य, १ दलित महिला सदस्य, खुल्लाका २, अन्य सदस्यलाई ७ ठाउँमा छापलगाइ मतदान गर्नु पर्नेछ । निर्वाचन आयोगले टोल फ्रि नम्बर ११०२ खडा गरेको छ । केही जिज्ञासा भए निःशुल्क कल गर्न सकिन्छ ।
विदेशमा गएका हाम्रा नेपाली नगरिकहरुले मतदानबाट बञ्चीत भएनि निर्वाचन आयोगले त्यस्ता तिर ध्यान पु¥याउन नसकेको ?
झण्डै ४० लाख नागरिक विश्वका विभिन्न मुलुकमा अध्ययन र रोजगारीको लागि गएका छन् । उनीहरु मतदानबाट बञ्चीत हुनु ठिक होइन् । यस सम्बन्धी बहस छलफल चलेपनि हाल सम्म कानुन नवनेकोले विदेशमा भएका हाम्रा नपालीले मतदान गर्न सक्ने छैनन् । नेपाल सरकारले कुन मुलुकमा कति नेपाली वसोवास गर्छन त्यसको अभिलेखिकरण छैन । आगामी दिनमा प्रमुख राजनीतिक दलको इच्छाशक्ति हुनुपर्छ । प्रविधिको विकासलाई समेत आत्मसाथ गरेर भोटीङ मेशीनको प्रयोग गर्नु जरुरी छ ।
अन्त्यमा राजनीतिक दल र आम मतदातालाई केही भन्नु छ की ?
निर्वाचनलाई व्यवस्थित शान्ति पूर्वक सम्पन्न गर्ने अभिभारा राजनीतिक दलकै हो । आम नागररिकहरुले आफूलाई मन पर्ने दलका जनप्रतिनिधिलाई मतदान गर्ने हो । निर्वाचन आचारसंहितालाई परिपालन गरी कम खर्चमा निर्वाचन सम्पन्न गर्नुछ । भटकीलो चुनावको परिकल्पना निर्वाचन आयोगले गरेको छैन । आगामी २०७९ बैशाख ३० गते हुने निर्वाचनमा सबै राजनीतिक दल जसअन्तरगत काभ्रेमा ३० वटा दलदर्ता भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतन्त्र समाजवादी पार्टी गरी ६ दल राष्ट्रिय मान्यता प्राप्त दल छन् । अन्य गरी ३० दल दर्ता छन् । २०७९ बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता बैशाख १२ गते उम्मेदवारको सूचि दर्ता, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र जाँच उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, बैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र बैशाख ३० गते निर्वाचनको कार्यक्रम भएकोले सबै मतदाताले आफ्नो मताधिकार प्रयोग गरी आफूलाई राम्रो लागेको पार्टीको राम्रो उम्मेदवारलाई मत दिन हार्दिक आग्रह गर्न चाहन्छु । यहाँको मताधिकारले देशको विकास र समृद्धिको यात्रालाई सघाउने छ भन्न चाहन्छु ।
