IMG-LOGO

निकट भविष्यमै अस्पताल सञ्चालन गर्ने सोचमा छौं

 मंगल, चैत १, २०७८  शिव पौडेल बनेपा हेल्थ केयर प्रा.लि., प्रबन्धक निर्देशक

 

      स्वास्थय जीवन यापन गर्नु करोडौँको मालिक हुनु बराबर हो, स्वस्थ्य सेवा हरेक देशको जनताको आधारभूत आवश्यकता हो  भन्ने उद्देश्यका साथ मध्य पूर्वीय पहाडी जिल्लाको व्यापारिक नगरी बनेपामा २०७५ साल श्रावण २६ गतेबाट बनेपा हेल्थ केयर प्रा.लि. सञ्चालन गरेको बताउनु हुन्छ प्रवन्ध निर्देशक शिव पौडेल । उहाँसँग बनेपा हेल्थ केयर प्रालिले सेवा ग्राहीलाई उपलब्ध गराएको स्वास्थ्य सेवा प्रवाहको बारेमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

      ३ वर्ष अघि बनेपामा बनेपा हेल्थ केयर सञ्चालन गर्नु भयो । स्वास्थ्य संस्था सञ्चालनका चुनौती बारे बताउनुसन् ?

      २०७५ साल श्रावण २६ गतेबाट बनेपा शहरमा हेल्थ केयर सञ्चालन गरेयौँ । आधुनिक चिकित्सा पद्धतीद्वारा सर्वशुलभ ढङ्गबाट निदानात्मक, उपचारात्मक गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ हामीले हेल्थ केयर सञ्चालन गरेका छौँ । नेपाल सरकारको स्वस्थ्य नीति, राजनीतिक अस्थीरता, महंगीका कारण हरेक व्यवसाय सञ्चालनमा निक्कै चुनौती सामना गर्नु परेको छ । स्वास्थ्य संस्था सञ्चालन त झनै कठिन छ । कठिन परिस्थितिलाई सहज बनाउँदै हाम्रो व्यवस्थापन टिम, डाक्टरहरु र स्वास्थ्यकर्मीहरुको टिम वोर्किङबाट शहर र ग्रामीण भेगका नागरिकहरुलार्य अन्य स्वास्थ्य संस्थाको भन्दा फरक भन्दा पनि स्तरीय स्वास्थ्य सेवा प्रदान गरेका छौ ।

      अरु भन्दा पृथक स्वास्थ्य सेवा के दिन सक्नु भएको छ  ?

      विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा परामर्श लिन विरामीहरुलाई  काठमाण्डौँ सम्म धाउनुपर्ने अवस्था छैन । अस्पताल सरहको स्वास्थ्य सेवा हामीले बनेपा हेल्थ केयरबाट प्रदान गरेका छौँ । पैसा कमाउने भन्दा पनि निम्न र मध्यम वर्गीय नागरिकहरुलाई  कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गनर््ु हाम्रो कर्म हो । भिन्न खालको स्वास्थ्य सेवा भन्दा पनि गुणस्तरीय सेवा दिन दत्तचित्त भएर लागि परेका छौँ ।

      बनेपा हेल्थ केयरले उपलब्ध गरेको स्वास्थ्य सेवा बारे प्रष्ट पारि दिनुसन् ?

      हाडजोर्नी, नसा रोग, मुटुरोग, प्रशुती तथा स्त्री रोग, नाक, कान घाँटीका समस्याहरु, पेट तथा छातीका समस्याहरु, बालरोग, दन्तरोग, छाला, यौन तथा सौन्दर्य, फार्मेसी, ल्याब, कम्यूटराइज एक्सरे, इ.सी.जी., भिडियो एक्स्रे, फिजियो थेरापी, इलेक्ट्रो थेरापी आकस्मिक डे केयर लगायतका स्वास्थ्य सेवा प्रदान गरेका छौँ । निकट भविष्यमै सामुदायिक अस्पताल सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।

      प्राइभेट क्लिनिक र हस्पीटलहरुले विरामीहरुलार्य आवश्यक भन्दा बढी व्ययभार पर्ने गरी परीक्षणको नाममा खर्च गराउने गरिन्छ भन्ने गुनासो आउने गरेको छ नि ?

      निम्न वर्गीय र मधयम वर्गीय नागरिकहरुलाई स्वास्थ्य सेवा छोटो छरितो पु¥याउनु पर्ने हुन्छ । परीक्षणको नाममा एक थरी रोग छ, धेरै किसिमको परीक्षण गरेर पैसा कमाउने प्रपञ्च गर्नु न्याय सँगत हुँदै होइन् । केहिले गरे भनेर सबैलाई दोष लगाउनु ठिक हैन । विरामी भएर धेरै थलिएर मेडिकल, अस्पताल आउनु हुन्छ । उहाँहरुलाई थप व्यायभार पर्ने कार्य गरिनु जायज होइन् । “छिटो छरीतो गुणस्तरीय स्वास्थ्य सेवा पु¥याएर रोग चाँडो निदान गर्नु नै स्वास्थ्य संस्थाको कर्तव्य हो । विरामीहरुको रोग चाँडो निको भएर विरामीहरु रोग निको भइ सन्तुष्टी प्राप्त गरी अनुभूति प्राप्त गराउन सक्नु नै मुख्य उपलब्धी हो ।”

      कस्ता खालका विरामीहरु बढिआउने गर्छन् ?

      गुप्त रोग, यौन रोग, हार्ड जोर्नी तथा नशा रोग, प्रशुती तथा स्त्री रोगका विरामीहरु स्वास्थ्य लाभ लिन आउने गरेका छन् ।

      शुल्क अधिक लिएर स्वास्थ्य परीक्षण गरिएको भन्ने आरोप छनी ?

      नेपाल सरकार स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको नीति नियम भन्दा माथि गएर शुल्क लिने गरेको छैन । बाहिर आएका हल्ला निराधार हो । मेडिकल डाक्टरले ३ सय ८० लिन पाउने प्रावधानमा रु १ सय २० शुल्क लिएका छौँ । त्यस्तै गरी विशेषज्ञ डाक्टरले लिन पाउने शुल्क रु ६०० मा ३ सय ५० मात्र शुल्क लिएर स्वास्थ्य परामर्श र स्वास्थ्य परीक्षण गरिएको छ ।

      बनेपा हेल्थ केयरका भावि योजना के छन् ?

      ग्रामीण भेग सम्म स्वास्थ्य सेवा पु¥याउन विभिन्न संघ संस्था सँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिवीर सञ्चालन गरेका छौँ । विहान ७ बजे देखि बेलुका ७ बजे सम्म दैनिक स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ । समुदाय स्तरमा स्वास्थ्य सेवा पु¥याउनु त्यसमा पनि सर्व शुलभ ढङ्गबाट पु¥याउनु पनि हो । ओपीडी सेवा दिएका छौँ । निकट भविष्यमा व्यवस्थापन टिममा बहस भएकोछ । आगामी दिनमा गुणस्तरीय सेवा प्रभावकारी रुपमा प्रदान गर्न हामी शसक्त ढङ्गबाट कार्य अघि बढाउने हाम्रो सोच छ । त्यस्तै गरी चाँडै नै सामुदायिक स्तरको अस्पताल निर्माण गरी अघि बढ्ने योजना छ ।

      अन्त्यमा केहि भन्नु छ की ?

      बनेपा हेल्थ केयर काभ्रेलीहरुको हो । हामीले विरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी रुपमा दिदैँ आएका छौँ । थप सेवा सुविधा दिने हाम्रो योजना छ । केही सल्लाह सुझाव छ भने दिन सक्नु हुन्छ । हामी बिरामीहरुलाई स्तरीय सेवा दिन तत्पर छौँ । भन्न चाहन्छु ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्