काठमाण्डौ विश्व विद्यालयबाट २०१३ मा ९ःद्यद्यक्० मा सफलता हाँसिल गर्नु भएका आकाश बैद्यले २०१७ मा फिलिपिन्स देशको इलोकस ट्रेनिङ एण्ड रिजनल मेडिकल सेन्टरबाट एमडी गर्नुभयो । बनेपाको शिरमेमोरियल अस्पतालमा समेत कार्य गरिसक्नु भएका आकाश बैद्यले माध्यमिक तहको शिक्षा भने विद्यासागर स्कुल बनेपामा अध्ययन गर्नु भएको थियो । साविक बनेपा–७ पिता सुनिल बैद्य र माता सुस्मा वैद्यको छोरा आकाश बैद्य २०२१ मा फिलिपिन्सबाट स्वदेशमै फर्केर आफ्नै क्लिनिक कान्छा भाइ पोलिक्लिनिकमा बरिष्ठ फिजिसियनको रुपमा कार्य गर्दै आउनु भएको छ । आफ्नो देशका नागरिकहरुलाई सर्वसुलभ ढङ्गबाट स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ सञ्चालित केबि पोलिक्लिनिकले प्रवाह गरेको स्वास्थ्य सेवा प्रवाहको सवालमा बरिष्ठ फिजिसियन डा.आकाश वैद्यसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
फिलिपिन्सबाट विशिष्ट दक्षता हाँसिल सहित डाक्टर अध्ययन पुरा गरी नेपालमा आएर आफ्नै क्लिनिकमा आई स्वास्थ्य सेवा दिदाँ कस्तो अनुभूति गर्नु भयो ?
आफ्नो जन्मथलो काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुलि लगायत जिल्लाका नागरिकहरुलार्य औषधी उपचार गर्न पाउँदा म निक्कै हर्षित छु । गर्व महशुस गरेको छु । निम्न र माध्यमवर्गीय हाम्रो समाजका नागरीकहरुलाई सर्ब शुलभढङ्गबाट विगत ५० वर्ष देखि नै हाम्रो बाजे कान्छा भाइ वैद्यले चण्डेश्वरी मेडिकल हल सञ्चालन गरी सेवा प्रदान गर्दै आउनु भएको थियो । मेरो बुवा, आमा र भाइले समेत केबि पोलिक्लिनिक र चण्डेश्वरी मेडिकलहलमा महत्वपूर्ण भूमिका निर्वाहा गरी कार्य गर्दै आउनु भएको छ । मैले आफ्नो वर्कतले भ्याए सम्म स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ अघि बढेको छु ।
केबि पोलिक्लिनिक बनेपाले सेवा प्रवाहको बारेमा बताउनुसन् ?
बिगत ५० वर्ष देखि चण्डेश्वरी मेडिकलहलबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ । बाजे कान्छा भाइ वैद्यको निधन पछि केवि पोलिक्लिनिक सञ्चालन गरिएको हो । अल्ट्रा साउण्ड, भिडियो एक्स्रे, इकोकार्डियो ग्राफ, मुटुको भिडियो एक्स्रे, थाईराइड फन्सन टेष्ट (आफ्नै ल्याव), ओपिडी सेवा, फार्मेसी, होलवडी जाँच, इमरजेन्सी सेवा, आधुनिक प्रविधि र थप व्यवस्थापन सहित फागुण १ गतेबाट शुभारम्भ भएको छ । स्वास्थ्य परीक्षण, औषधीमा १५ प्रतिशत छुट, औषधीमा ३० प्रतिशत छुटको प्रवन्ध गरिएको थियो । सकभर कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन बालरोग विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, नाक, कान, घाटी विशेषज्ञहरुले स्वास्थ्य सेवा प्रदान गर्नु भएको छ । दीर्घ रोग, चिनी रोग र क्षयरोग समेत औषधी समेत विक्रि गरी सेवा प्रवाह गरेका छौँ ।
उच्च खान्दानी धनीमानी परिवार कुलमा जन्मनु भयो । व्यापार व्यवसायमा लाग्नु भन्दा पनि चिकितसा शास्त्र अध्ययन गरी सेवा गर्न तिर लाग्नु भयो नी ?
बाजे र बुबा आमाले स्वास्थ्य सेवा प्रवाह गर्दै आउनुभयो । त्यो भन्दा फरक, उच्च गुणस्तरको स्वस्थ्य सेवा विरामीहरुलाई प्रदान गर्ने सोच सानै उमेर देखि आउने गर्दथियो । विदेश गएर स्वास्थ्य सेवा सम्बन्धी थप ज्ञान प्राप्त गरी बाँड्दै उच्च स्तरको प्रविधि सहितको सेवा गर्ने सोच आयो । ग्रामीण दुरदराजका नागरिकहरुलाई सर्वसुलभ किसिमबाट औषधी उपचार गर्ने मुल ध्येय छ । अहिले प्रदान गर्दै आएको सेवा सुविधामा ईटा थप्दै जाने सोच छ ।
स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने नयाँ योजना के के छन् ?
केबि पोलिक्लिनिकको ५ तल्लाको आफ्नै भवन छ । २ तलामात्र मेडिकल क्लिनिकमा प्रयोग भएको छ । अहिले सामान्य उपचार देखि विहान ९ बजे देखि ५ बजे सम्म दैनिक स्वास्थ्य जाँच गरी सेवा दिएका छौँ । आगामी दिन निकट भविष्यमा नै अस्पताल सरहको स्वास्थ्य सेवा प्रवाह गर्ने हाम्रो योजना छ । विरामी भर्ना गरेर नै उच्च प्रविधि सहितको स्वस्थ्य सेवा दिने छौँ । मुटुरोग, छाला, नाक, कान, घाँटी, पेटको सल्यक्रिय, पित्त थैलीको सल्यक्रिया गर्ने सेवा अस्पताल सरहको सेवा हामी दिन्छौँ ।
ग्रामीण भेगका नागरिकहरुले अझै स्वास्थ्य सेवा सहजरुपले प्राप्त गर्न सकेका छैनन् । नीजि क्षेत्रले लगानी गरेर दिएको स्वास्थ्य सेवा निक्कै महँगो भयो भन्ने गुनासो छ नी ?
अहिले स्थानीय सरकार गठन भए पछि गाउँगाउँमा स्वास्थ्य संस्था सञ्चालनबाट प्राथमिक स्वास्थ्य सेवा प्राप्त गरेका छन् । त्यति मात्रले पुग्दैन् । सरकारले हरेक स्थानीय पालिकामा अस्पताल सञ्चालन गरेर नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु जरुरी छ । सँगसँगै अहिले १ लाख सम्मको स्वास्थ्य बीमा सरकारले शुरु गरेको छ । यसलाई बढाएर गम्भीर प्रकृतिको रोग लाग्दा नेपाल सरकारले निःशुल्क उपचार गर्ने अवस्था हुनु पर्छ । नीजि क्षेत्रको लगानीमा स्वास्थ्य संस्था सञ्चालनमा शुल्क अलिक बेसी हुन्छ नै । डाक्टर, स्वास्थ्यकर्मी सञ्चालन खर्च व्यवस्थापन गर्नै पर्छ । तर पनि हाम्रो क्लिनिकमा आउनुहुने विपन्न वर्गलाई हामीले सहुलियतमा स्वास्थ्य सेवा प्रदान गरेकै छौँ ।
युरोप, अमेरिका र फिलिपिन्स जस्ता राष्ट्रहरुमा आर्थिक सम्पन्नता छ । हाम्रो देश नेपाल चाँहि किन गरीव र पछि परेको रहेछ भन्ने लाग्छ यहाँलाई ?
युरोप, अमेरिका र फिलिपिन्स जस्ता राष्ट्रहरुमा त्यहाँका सरकारहरुले संविधान, कानुन, ऐन, नियम जनताका वीचमा कार्यान्वयन हुने गरी निर्माण भएको हुन्छ । नियम, कानुन अनुशासन अनुसार देश चल्छ । कर्ममा विश्वास गर्छन् । हाम्रो समाजमा उच्च र निच्चमा फरक खालको व्यवहार हुन्छ । गलत गर्नेलाई दण्ड, राम्रो गर्नेलाई पुरस्कार हुनु पर्छ । बेथिती र भ्रष्टचार चरम छ यसको नियन्त्रण जरुरी छ । गलत धन्दा गर्नेलाई राजनीतिक संरक्षण हुनु नै यहाँको दुरभाग्य हो । विदेशमा उद्यमी, व्यवसायी व्यक्ति रोजगार विहीन हुँदैनन् कुनै न कुनै कार्य गरेर समय विताउँछन् । यहाँ त्यो अवस्था छैन । हामी नेपालीले धेरै मेहेनत गरेर आफ्नै ठाउँमा केही गर्नुपर्छ ।
अन्त्यमा केही भन्नु छ कि ?
नागरिकहरुलाई स्तरीय स्वस्थ्य सेवा दिनु हाम्रो मुल कर्तव्य ठानेका छौ । आवश्यक परेको खण्डमा हामी निरन्तर रुपमा नागरिकहरुको स्वास्थ्य हितमानै हाम्रो ध्यान केन्द्रीत हुनेछ । डाक्टर, नर्स र अन्य कार्मचारी गरेर अहिले ५० जना कर्मचारीहरु कार्यरत छन् । त्यस्तै गरी मध्यपहाडी पूर्वीय जिल्लाहरु सिन्धुपाल्चोक, रामेछाप, दोलखामा र काभ्रे जिल्लाका अस्पताल मेडिकलहरुमा हामी औषधीहरु सप्लाई गछौँ । थोरै नाफामा काम गरेका छौँ । चुनौतीलाई अवसरमा बदलेर उच्च गुणस्तरको स्वास्थ्य सेवा पु¥याउन हाम्रो केबी पोलिक्लिनिक तथा चण्डेश्वरी मेडिकलहल निरन्तर लागि पर्नेछ भन्न चाहन्छु ।
