IMG-LOGO

मकर मेला भव्य र सभ्य बनाउन जुटेका छौं ।

 मंगल, पौष २७, २०७८  भिम न्यौपाने

अन्तरवार्ताको भूमिका

     पनौतीमा १२ वर्षको १ पटक आउने मकरमेला आगामी माघ १ गते देखि पनौतीको त्रिवेणीघाटमा एक महिना सम्म सञ्चालन हुने छ । स्थानीय पालिका जनताको घर दैलोका सरकार भएकाले पनौती नगरपालिकाको व्यवस्थापनमा मकरमेलाको उचित प्रवन्ध हुन्छ । ऐतिहासिक, सांस्कृतिक पुरातात्विक हिसावमा र पर्यटन क्षेत्रको विकासको सवालमा अग्रगतिमा रहेको छ । मकरमेलाको पूर्व तयारी, भौतिक पूर्वाधारको विकास, यातायात र सुरक्षाको प्रवन्धको अवस्थाको बारेमा नगर प्रमुख भिम न्यौपानेसँग समसामायिक गतिविधिको बारेमा कुराकानी गरिएको छ । त्यसैगरी वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीसा मेला अवधिभर कर्मचारीको उचित प्रवन्ध मकर मेलालाई भव्य र सभ्य बनाउन कसरी अघि बढेको छ भन्ने सवालमा त्यसैगरी, पनौती वडा नं ७ का वडा सदस्य पुरुषोतम कर्माचार्य र स्थानीय महिला मच्छेमाया जंगमसँग मकर मेलाको जनचासो र नगरपालिकाले गरेको कार्यको विषयमा गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

नगर प्रमुख, पनौती नगरपालिका

     १२ वर्षे मकरमेलाको पूर्व तयारी के कसरी अघि बढेको छ ?

     एतिहासिक पुरातात्विक महत्व बोकेको पनौती नगरपालिका धार्मिक र सांस्कृतिक रुपमा पनि परिचित छ । माघ महिनाबाट एक महिना सम्म सञ्चालन हुने मकरमेला भव्य र सभ्य रुपमा सम्पन्न गर्न २ सय ५१ सदस्य मुल व्यवस्थापन समिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरी आ–आफ्नो जिम्मेवारी पुरा गर्दै कार्य अघि बढेको छ । १७ वटा विभिन्न विषयगत समिति बनेका छन् । मुल संयोजक नगर प्रमुख भिम न्यौपाने त्यसै गरी पूजाआजा, प्रदर्शनी, यातायात, सरसफाइ, संस्कृति, सूचना तथा खोज उद्धार अतिथि सत्कार, स्वास्थ्य स्वयम सेवक परिचालन, सडक बत्ती, खानेपानी व्यवस्थापन, मुल्य निर्धारण तथा बजार अनुगमन समिति गठन गरेको छ ।

     यातायात तथा सुरक्षा संवेदनशिलतालाई कसरी व्यवस्थापन गरिदै छ ?

     मकरमेला अवधिभर पूर्व पटी पनौती वडा नं ९ भण्डारी गाउँ, पश्चिम तर्फ पनौती–८ खरिवोट हँुदै शान्ति मार्गबाट प्राइभेट सवारी साधनहरु आवत जावत गर्ने छन् । पनौती बाँस्डोल सडकलाई एक तर्फ गरिने अन्य सवारी साधन, सार्वजनिक सवारी साधनहरु प्रहरी तालिम केन्द्रमा पार्किङ गरिने प्रवन्ध मिलाएको छ । पनौती बजार एरियाबाट डेढ किमी भित्र यातायातका साधनहरुको पार्किङ व्यवस्था गरिने छ । माघ महिना भरी ट्रिपर सञ्चालन गर्न रोक लगाइएको छ । त्यस्तै गरी आमनागरिकहरुको सुरक्षा व्यवस्था र भिआइपीको सुरक्षा प्रवन्ध मिलाउन आवश्यक सुरक्षा टोलीको व्यवस्था गरिएको छ । जनपथ र शसस्त्र प्रहरीहरुको १००÷१०० जनाको टोलीबाट सुरक्षा व्यवस्थालाई मजवुद बनाउन जिप्रका काभ्रे र प्रहरी चौकी पनौतीले शान्ति सुरक्षाको अवस्थालाई नियाल्ने छ ।

     मकरमेलालाई भव्य र सभ्य बनाउने थप योजना के छन् ?

     मकरमेलालाई भव्य र सभ्य बनाउन नगरपालिका जनप्रतिनिधिहरु, संघीय प्रदेशका दलका प्रतिनिधिहरु र स्थानीय जनसमुदायहरु सबैको एकता सद्भावले मकरमेला भव्य र सभ्य हुने हो । त्यस्तै गरी कर्मचारी वर्गको निरन्तर क्रियाशिलता रहेको छ । त्यसैले देश विदेशका भक्तजनहरु पनौतीको त्रिवेणी घाटमा नुहाएर पुन्य कमाउन म आह्वान गर्न चाहन्छु ।

     अन्त्यमा केही भन्नु छ की ?

     मकरमेला भव्यरुपमा सम्पन्न गर्न चुनौती र अवसर दुबै छन्  । चुनौतीलाई चिर्दै अवसरको सदुपयोग गरेर हामी अघि बढेका छौँ । त्रिवेणीघाटको वरीपरी भौतिक संरचनाको निर्माण कार्य तीव्ररुपमा अघि बढेको, ढल निकास, पूल निर्माण, खोलाको सरसफाई, मठमन्दिर पुनःनिर्माण, रङ रोगन जस्ता कार्यहरुले पूर्णता पाउने छन् । पनौती त्रिवेणीघाट मात्र नभइ पनौती बजार नै बेहुली सिंगारे जसरी सिगारिएको छ । सबै भक्तजनहरुले निरधक्क सँग मकरमेलामा आएर नुहाउन सक्ने छन् । पुण्य कमाउन सक्ने छन् । भौतिक संरचना निर्माण गर्न मात्र ८ करोड बजेट छुट्टाएर कम सम्पन्नताको अन्तिम चरणमा पुगेको छ । बनेपा पनौती सडक कालो पत्रे गर्ने कार्य केही दिनमै पूर्णता पाउने छ । करीव ५ किमी सडक कालोपत्रे भई सकेको छ । पनौती शहरको आकर्षण बढ्दो छ । सबै जना मकरमेलामा भक्तजनहरुलाई स्वागत गर्न नगरपालिका तत्पर रहेको छ भन्न चाहन्छु ।

 

 

पनौती धार्मिक महत्वको प्राचीन नगरी हो

इन्द्रप्रसाद अधिकारी

मकरमेला मुल व्यवस्थापन, समिति सचिवालय संयोजक

     पनौती एैतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको प्राचीन नगरी हो  । धार्मिक, सांस्कृतिक विविधता विशेषताले भरिपूर्ण वैभवशाली पनौतीको इतिहासको ठूलो भाग सम्पन्न संस्कृतिमा सन्निहित छ । संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको दायित्व हो । १२ वर्षमा १ पटक आउने माघ महिनाभरी सञ्चालन हुने मकर मेलालाई थप व्यवस्थित मर्यािदत बनाउन नगरपालिकाले ८ करोडको बजेट विनियोजन गरी पनौती नगरको मुल क्षेत्र मठ मन्दिर वरपरको भौतिक पूर्वाधारको विकास गर्न तिव्ररुपमा लागि परेको छ । करिव करिव अन्तिम चरणमा पुगेको छ । मकरमेला भव्य रुपमा सम्पन्न गर्न नगर प्रमुख न्यौपानेको संयोजकत्वमा २ सय ५१ सदस्य मुल व्यवस्थापन समिति गठन भएको छ ।

     त्यस्तै गरी ९ सदस्यीय सचिवालय गठन भएको छ । ९ औँ नगर कार्यपालिकाको बैठकले मार्ग दर्शन गरेको नीति,विधि भित्र रहेर विभिन्न उपसमितिहरुले कार्य अघि बढाएको छ । पार्किङ व्यवस्था, आकर्षण बढाउने साजसञ्जा अतिथि सत्कार, पूजाआजा, भक्तजनहरुलाई सहजरुपले आउन जाने, यातायात पार्किङको प्रवन्ध गरिएको छ । गुणस्तरीय खानाको प्रवन्धको लागि खाद्य बस्तुको मूल्य सूचि राखिने छ । जिल्ला प्रशासन कार्यालय काभ्रे र पनौती नगरपालिकाको संयूक्त टोलिले बजार अनुगमन गर्ने छ । मकरमेलाको महत्व वृत्तचित्र, गिती भिडीयो भिजीयोल मार्फत देखाइने छ । देशका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ । कर्मचारीहरुबाट  नगरवासीले प्राप्त गर्ने सेवाप्रवाहलाई निरन्तरता दिइने छ । आलोपालो सिष्टमबाट सेवा प्रवाह हुन्छ । स्वस्थ्य संस्थाका कर्मचारीहरुले स्वास्थ्य सँग सम्बन्धीत सम्पूर्ण सेवा प्रभावकारी रुपमा मकरमेलामा र सम्बन्धीत स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्नु हुने छ । भने मकर मेला अवधिभर स्वास्थ्य सेवा स्थलगत रुपमा नै दिनु  हुनेछ ।

 

 

पवित्र तीर्थ स्थल हो पनौतीको त्रिवेणी खोला

पुरुषोतम कर्माचार्य

वडा सदस्य, पनौती नगरपालिका वडा नं. ७

     पनौती नगर ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्रको महत्व बोकेको शहर हो । यहाँ अति मनोमोहक मठ मन्दिरले शहरको मुहार नै हसिलो बनाएको छ । यो पवित्र तीर्थ स्थल हो पनौतीको त्रिवेणी घाटको नदी र त्यसमा जडान गरेको पानीको घारा छ । ती घाराहरु र नदीबाट आएको पानीमा १२ वर्षको १ पटक लाग्ने मकर मेलामा आउने भक्तजनहरुले स्नान गर्न सक्नेछन् । पवित्र तीर्थ स्थलको त्रिवेणी खोलामा स्नान गर्नाले पाप सबै नाश हुन्छ भन्ने विस्वाश छ । देश विदेशबाट आउनु हुने भक्तजनहरुलाई स्वागत सत्कार गर्ने पनौती नगर तत्र्पर रहेर बसेको छ ।

     पनौती नगर भित्रको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक शहरका मठ मन्दिरको संरक्षण सम्बद्र्धनमा नगरपालिकाको आर्थिक लगानीमा कार्य अघि बढेको छ । सबै पनौती बासी एकताबद्द भएर, जनप्रतिनिधिहरुको साथ कर्मचारी वर्गहरुको सहयोग रहेको हुदाँ मकरमेला भब्य र सब्य रुपमा सम्पन्न हुने विश्वास मैले लिएको छु ।

 

 

मकर मेलामा पनौती जाऔं पुण्य कमाऔं

मच्छेमाया जंगम

स्थानीय महिला

ऐतिहासिक नगरी पनौतीमा १२ वर्षको एक पटक आउने मकर मेलामा सम्पूर्ण भक्तजनहरुलाई मेला भर्न आउन अनुरोध गर्दछु । पवित्र त्रिवेणी घाटमा नुहाएर पापबाट मोक्ष हुन सकिने किवदन्ती रहेको हुदाँ देशै भरीका विभिन्न जिल्लाहरुबाट विगतमा पनि १२ वर्षे मकर मेलामा आउने गरेका थिए । माघ महिना भरी सञ्चालन हुने मकर मेलामा आएर पनौती क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यटन क्षेत्रको विकासको अवस्थालाई नियाल्नुका साथै पवित्र तीर्थ स्थल त्रिवेणीघाटको खोला र धारामा स्नान गरेर पुण्य कमाउन अनुरोध गर्दछु ।

     विश्व सम्पदा सूचिमा समावेश गर्नका निमित्त पनौती नगरपालिकाका जनप्रतिनिधिहरुले ठूलो मेहनत गुर्न भएको छ । आगामी दिनमा अवश्य पनि पनौती नगरपालिका विश्व सम्पदा सूचीमा पर्नेछ । त्यस्तै गरी पनौती नगरपालिकाले पनौती क्षेत्रमा रहेको ऐतिहासिक, मठ मन्दिरको संरक्षण र सम्बद्र्धन गर्न, धार्मिक र सांस्कृतिक क्षेत्रलाई समेत पर्यटन क्षेत्रको रुपमा विकास गर्न भौतिक पूर्वाधार क्षेत्रको विकासलाई महत्व दिएको छ । म आपैm पनि विगत दुई महिना देखि सक्रिय भएर पनौती त्रिवेणी नदी किनारमा कार्य गरेर बसेको छु ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्