IMG-LOGO

प्रविधि सहितको उच्च गुणस्तरको बैँकीङ सेवा हामीले दिएका छौँ ।

 मंगल, पौष २०, २०७८  अनिश थापा

प्रवन्धक
सेञ्जुरी कमर्सियल बैँक लि. बनेपा शाखा

सेञ्चुरी कमर्सियर बैँक लि. बनेपा शाखाका प्रवन्धक अनिश थापासँग ग्राहक वर्गलाई दिएको सेवा सुविधा, बैँकीङ क्षेत्रको तरलता अभाव उचित प्रवन्ध लगायतका विषयमा शाखा प्रवन्धक थापासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

१.सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको संक्षिप्त परिचय दिनुस न ।

नेपालमा बैकिङ पहुँच नपुगेका ठाउँमा अधिकतम सूचना प्रविधीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्न “सरल बैंकिङ सबैको लागि” भन्ने मूल नाराका साथ वि.सं २०६७ पौष १८ गते स्थापना भई  वि.सं. २०६७ फाल्गुण २६ गतेदेखि वित्तीय कारोबार गर्दै आएको छ । हाल देशको ७ वटै प्रदेशको देशभर १२६ वटा शाखा, १० वटा एक्टेन्सन काउण्टर, २४ वटा शाखारहित बैकिङ र १०४ वटा एटिम मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ । बैकको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा रहेको छ । हाल बैंकको चुक्ता पूँजी करिब ९ अर्ब ३ करोड रहेको छ ।

२.काभ्रे जिल्लामा तपाईहरुले कति शाखा सहित सेवा प्रदान गर्दै आउनु भएको छ ?

हाल काभ्रे जिल्लामा ७ वटा शाखाहरु (बनेपा, धुलिखेल, पनौती, साँगा, नाला, नाल्दुम नगरकोट र दोलालघाट) बाट वित्तीय सेवा प्रदान गर्दे आएका छौं ।  बैंकको सेवा विस्तार गर्ने क्रममा बैंकिङ पहुँच नपुगेको ठाउँमा शाखा रहित बैकिङ मार्फत वित्तीय सेवा प्रदान गर्ने सोच रहेको छ ।

३.लगानीका कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आउनु भएको छ ?

सरल बैंकिग सबैका लागि भन्ने मुल नाराका साथ स्थापना भएकोले आमजनताले सहजरुपमा आधुनिक प्रविधिको साथमा सरल बैंकिग सेवा दिने बैंकको लक्ष्य रहेको छ । लगानीतर्फ सेञ्चुरी बैंकको मुख्य प्राथमिकता साना, मझौला तथा रिटेल व्यवसायमा रहेको छ । कृषिजन्य उद्योगलाई प्रवद्र्धन गर्ने, विपन्न वर्ग क्षेत्र, महिला तथा युवाले गर्ने उद्यमशिलतालाई थप प्रोत्साहन गरिरहेका छौं । साथै अर्थव्यवस्था अन्तर्गतका अन्य क्षेत्रमा पनि लगानी गर्दै आएका छौ ।

४. बैंकले राष्ट्र बैंक अन्तर्गतका विभिन्न कार्यक्रमहरुलाई प्राथमिकता राखेर लगानी गर्ने गरेको छ छैन? के छ अवस्था । जस्तै महिला उद्यमशील कर्जा, कृषि, विपन्न वर्गमा गरिने लगानी ?

राष्ट्र बैंकले तोकेको मापदण्ड पुरा हुने गरी हामीले उत्पादनमूलक, सेवामूलक लगायत विभिन्न क्षेत्रहरुमा लगानी गर्दै आएका छौ । नेपाल आफैमा कृषिप्रदान देश भएको, अधिकांश जनता प्रत्यक्ष परोक्षरुपमा कृषि र कृषिजन्य व्यवसायसँग आवद्ध भएकोले कृषि क्षेत्रमा लगानी बैंकको मुख्य प्राथमिकतामा छ । जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुको उद्यमशिलता विकास भएमा मात्रै देशको आर्थिक विकासले थप गति लिने भएकोले महिला उद्यमशिलता विकासमा हामी प्रतिबद्ध छौं । महिलाहरुले गर्ने व्यापार, व्यवसायलाई प्राथमिकतामा राखी लगानी गर्दै आएका छौं । साथै विपन्न वर्ग कर्जा लगानीमा समेत विशेष केन्द्रित रहेको छाँै ।

५. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि बैंक तथा वित्तीय संस्थाले कार्य गर्नु पर्ने पुरा गर्न राष्ट्र बैंकको नियम छ ? यो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा तपाईहरुले के कति कार्यक्रम गर्नु भयो ?

बैंकको सामाजिक उत्तरदायित्व पुरा गर्न हामी निरन्तर लागिरहेका छांै । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण लगायतका क्षेत्रमा गर्दै आएको छ । आमसर्वसाधारणले प्रतिफल पाउने र वित्तीय साक्षरता प्रवद्र्धन गर्ने खालका कार्यक्रममा हाम्रो जोड रहेको छ । संस्थागत सामाजिक उत्तरदायित्तव अन्तर्गत बिगतमा बनेपा शाखाले बिभिन्न कार्यक्रम जस्तै वित्तिय साक्षरता बढाउने कार्यक्रम, टोल सुधारको लागी पानी ट्याङकी वितरण, सिमान्तकृत वर्गका विद्यार्थीहरुलाई जाडो मौसमका लुगा वितरण गरेका थियौं । साथै काभ्रेमा थप संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने तयारीमा छांै ।  काभ्रे जिल्लामा सेञ्चुरी बैंकले बचत तथा ऋणका नाफामुलक ब्यवसाय मात्र नगरी समुदाय सँग सहकार्य गरि सामाजिक काम गर्ने पहिलो बैंकको रुपमा परिचित छ ।

६.  आधुनिक बैंकिङ्ग अन्तर्गतका स्किमहरु के कस्तो ल्याउनु भएको छ ?

कोरोनाको लहर पछि सामाजिक दुरी कायम गर्नका लागि पनि आधुनिक र डिजिटल बैंकिङ्गको आवश्यकता बढेको छ । आज हरेक व्यक्तिको हातमा स्मार्ट फोन छ, जसले आधुनिक सूचना प्रविधिमार्फत डिजिटल बैकिंग कारोवार गर्न प्रोत्साहन गर्छ । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी पे (मोबाइल बैंकिग), इन्टरनेट बैंकिग, क्युआर कोड, विभिन्न कार्ड सेवाहरु मार्फत वित्तीय सेवा संञ्चालनमा ल्याएको छ र यस्ता धेरै सुविधा सहजतापुर्वक उपयोग गर्न सकिन्छ । बैंकले सहज एवं सरल रुपमा न्युनतम शुल्कमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिषा डेविट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड आदि प्रदान गर्दै आएको छ । सेञ्चुरी पे एप्लिकेशन ग्राहकहरुले आफ्नो मोबाइलमा डाउनलोड गरि विभिन्न  बैंकिङ्ग कारोबार सजिलै गर्न सक्नुहुनेछ । 


७. तपाई यसै बैंकिङ्ग क्षेत्रमा रहेर काम गर्दै गर्दा यस क्षेत्रमा लगानीको अवस्था र अवसर कुन क्षेत्रमा देख्नु भयो र कसरी हेर्नु भएको छ ?
म विगत १५ बर्ष देखि बैंकिङ्ग क्षेत्रमा कार्यरत छु । मेरो व्यक्तिगत दृष्टिकोणमा भन्नु पर्दा नेपालको अर्थव्यवस्था आयातमा आधारित छ त्यो पनि वस्तु तथा सेवा उपभोगका लागि, अधिकांश युवा वैदेशिक रोजगारीमा आवद्ध छन्, रेमिटान्स्ले आयातको खर्च धान्दै आएको छ । हामीले आन्तरिक उत्पादन पूर्वाधारमा लगानी बढाउदै स्वदेशमा रोजगारी वृद्धि हुने क्षेत्रहरु जस्तै ठुला उद्योग, साना तथा मझौला उद्योग, कृषिजन्य उद्योगमा लगानी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनु पर्दछ ।

८. बैंकिङ्ग सेवाहरुमा म्भउयकष्त क्भअतयच तर्फ के कस्तो सुविधाहरु प्रदान गर्नु भएको छ साथमा अन्य सुविधाहरुको बारेमा पनि जानकारी गराइ दिनुहोला ?

म्भउयकष्त को कुरा गर्दा अझै पनि जनमानसमा भोलीका लागि, उद्यम व्यवसायका लागि बचत गर्नु पर्दछ भन्ने सोचको कमी छ । सुरक्षित बचतका लागि बैंकमै बचत गर्नु पर्छ भन्ने जागरुकता छैन । बैंकले बालबालिकालाई बैकिंङ सेवाको विकास गर्न सेञ्चुरी बालबचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, रेमिटान्स बचत खाता लगायत विभिन्न प्रकारका बचत योजना संचालनमा ल्याएको छ । बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको तुलनामा उच्च ब्याज प्रदान गर्दै आएको छ । आजको बचत नै भोलीको आर्थिक सम्मुन्नतीको आधार हो । निक्षेप प्रोत्साहन गर्नको लागि सेञ्चुरी कर्मसियल बैंकले आकर्षक ब्याजदरमा विभिन्न म्भउयकष्त क्अजझभक ल्याएका छौं । विशेष गरी  च्झष्ततबलअभ बचतकर्ताहरुलाई अन्य भन्दा आकर्षक ब्याजदर प्रदान गर्दै आएका छौं । विदेशमा दुःख गरि कमाएको रकम बैंकमा बचत र मुद्धती खाता खोली राखेमा अन्य बचत र सर्वसाधारणलाई प्रदान गर्ने दरभन्दा एक प्रतिशत बढी ब्याज प्रदान गरेका छौं ।

९.विशेष गरि बनेपामा हाम्रो बैंकको शाखा कस्तो रहेको छ ?

नेपाल राष्ट्र बैंकको पूँजी बृद्घि तथा एकीकरण नीति अनुसार २०७४ मङ्गसीर देखि अझै परिष्कृत अत्याधुनिक डिजिटल प्रविधीबाट सेञ्चुरी कमर्सियल बैंकले साविकको अल्पाइन डेभलपमेन्ट र्बैक प्राप्ति गरेको हो । सेञ्चुरी कमर्सियल बैंकले आधुनिक प्रविधिमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । बनेपा नगरपालिका सँगको समन्वयमा प्रधानमन्त्री स्वरोजगार खाता खोली सहज रुपमा बैकिङ्ग सेवा प्रदान गर्दै आएको छौं । बैकिङ्ग पहुँच भन्दा बाहिर रहेका नागरिकहरुको घर दैलोमा गई वित्तीय साक्षरताका कार्यक्रम संचालन गर्दे आएका छौं । विभिन्न बैंकहरुमध्ये यस क्षेत्रमा सेञ्चुरी बैंकको सेवा आधुनिक, सरल र उत्कृष्ट रहेकोले सेञ्चुरी बैंकको शाखा अत्यन्तै राम्रो छ । साथै काभ्रे जिल्लाको कुरा गर्दा सबै भन्दा धेरै शाखाहरु बाट आधुनिक र उच्चस्तरिय सेवा दिंदै सेञ्चुरी बैंक ग्राहकहरुको पहिलो रोजाइको बैंक बनेको छ ।

१०. यस बैंकमा कति रकम सम्म जम्मा गर्न सकिन्छ के सानो रकम जम्मा गर्ने ब्यतिmहरुले पनि ठूला निक्षेप कर्ता सरह सम्मान र सुविधा पाउन सक्छन् ?

“सरल बैंकिङ सबैको लागि” भन्ने बंैकको मूल नारा नै हो । यस बैंकमा निक्षेपकर्ताहरुले जति पनि रकम जम्मा गर्न सक्दछन् । नेपाल राष्ट्र बैंकको नीति अनुरुप कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाले बैंकको कुल निक्षेपको १० प्रतिशतसम्म रकम एउटै संस्थाबाट लिन सकिन्छ । बैंकको कुल निक्षेप करिब ९४ अर्ब रहेको छ । त्यस हिसावले निक्षेप राख्न आउने संस्थाले चाहेजति रकम राख्न सक्दछन् । बैंकले निक्षेप वा कर्जा वा अन्य बैंकिग सुविधाको आधारमा विभेद गर्दैन । तसर्थ साना ठूला सबै खालका ग्राहकहरुले बैंकबाट राम्रो सेवा सुविधा प्रदान गर्ने गरेका छौं । हाम्रो बैंकमा सानो वा ठूलो रकम जम्मा गर्ने र कर्जा सुविधा लिने आम ग्राहक महानुभाव ज्यूहरुको सम्मान र सुविधामा कुनै विभेद छैन ।


११.धेरै जसो ग्राहाकहरु बैंकले कर्जा लगानीमा ढिलासुस्ती ग¥यो सहुलियत कर्जा चिनेको मान्छेलाई मात्र दियो र प्थ्ऋ को नाममा दुःख दियो भनेर गुनासो सुनिन्छ नि ?

हाल साल बैकिङ क्षेत्रमा निक्षेप वृद्धिमा आएको कमिका कारणले हाम्रो मात्र हैन समग्र द्यबलपष्लन क्ष्लमगकतचथ मा नै कर्जा लगानी बढाउन कठिन भएको छ । हामी ग्राहकको धितो, परियोजना र आवश्यकतालाई हेरि कर्जा लगानी गर्दै आएका छौं । साना तथा मझौला कर्जाहरु शाखाकै अख्तियारीमा हुने भएकोले छिटोछरितो रुपमा लगानी गर्न सकेका छौं र ठूला ब्यवसायिक कर्जाको लागि थप केहि दिन लाग्न सक्छ । सहुलियत कर्जाहरु ब्यतिmगत चिनजान भन्दा पनि परियोजना र आवश्यकताको पहिचान गरि लगानी गर्दै आएका छौं । बैंकमा खाता खोलेर लामो समयसम्म खाता संचालन नहुँदा ग्राहकमहानुभावको निक्षेप सुरक्षणका लागि खाता निष्कृय हुने राष्ट्र बैंकको नियम छ । पहिले ६ महिना खातामा पैसा राख्ने वा झिक्ने काम भएन भने खाता निष्कृय हुन्थ्यो । अहिले बचत खाताको हकमा खाता निष्कृय समय ३ वर्ष र चल्ती खातामा ६ महिना रहेको छ । यो प्थ्ऋ नियमित अपडेट ग्राहक महानुभावहरुको निक्षेपको सुरक्षाका लागि आएको हो । फेरि हिजो खाता खोल्दा बालवालिका, विद्यार्थी, युवा, महिला केही वर्षमा जागिरे, व्यवसायी उद्यमी हुन्छ । त्यसै अनुरुप वित्तीय कारोबार बढेको हुन्छ, अस्थायी बसोबास, मोवाइल नम्बर, टेलिफोन, इमेल परिवर्तन भएको हुन सक्छ, परिवर्तित सूचना ग्राहकमहानुभावले समयमै दिनु भयो भने यो प्थ्ऋ झन्झट भन्ने कुरा आफंैमा हटेर जान्छ । डिजिटल बैंकिंग कारोबारको लागि पनि ग्राहकहरुको सूचना नियमित अद्यावधि गर्न जरुरी छ । ग्राहकहरुको सुरक्षाको लागि नै बैकिङ क्षेत्रमा प्थ्ऋ नियमित रुपमा अद्यावधिक गर्नुपर्ने हो । ग्राहाकको ब्यतिmगत विवरण, वासस्थान र व्यवसाय परिवर्तनको जानकारीको लागि मात्र प्थ्ऋ को लागि अनुरोध गर्दै आएका छौं ।

१२. अरु बैंक छोडेर सेञ्चुरीमा सेवा लिन ग्राहक किन जाने ?

सेञ्चुरी बैंकले आधुनिक प्रविधामा आधारित सेवा प्रदान गर्दै आएको छ । बैंकले बचत तथा मुद्धति निक्षेपमा उच्चतम व्याज दिंदै आएको छ । बैंकको सेवा छिटो छरितो र सरल रहेको छ, कर्पोरेट, साना तथा मझौला कर्जा, कृषि कर्जा, महिला उद्यमी, युवा,  विपन्न क्षेत्र वर्ग लगायत सबैं कर्जा प्रदान गर्दै आएको छ । बैंकले अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधिका माध्यमबाट गुणस्तरिय सेवा प्रदान गरिरहेकाले बैंकिग सेवाको लागि ग्राहकहरुको पहिलो रोजाइ सेञ्चुरी बैंक नै भएको छ । आधुनिक र उच्चस्तरिय सेवा आज ग्राहकको रोजाइको विषय बनेको छ ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्