IMG-LOGO

जिल्लाका ९२ प्रतिशत नागरिकले कोभिड–खोप लगाई सके

 मंगल, मंसिर २१, २०७८  डा. पुरुषोतम राज सेढाई वरिष्ठ स्वास्थ्य प्रशासक, स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक

 

       भुम्लु कोलातीमा जन्मनु भएका डा. पुरुषोतम सेढाइ २०७८ कार्तिक ६ गते देखि स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको वरिष्ठ स्वास्थ्य प्रशासकको जिम्मेवारी समाल्नुभयो । यस अघि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौडामा चिकित्सा सेवा महाशाखाको प्रमुख भई नागरिकहरुको स्वास्थ्य सेवा प्रभावकारी ढङ्गबाट अघि बढाउन विगत २० वर्ष देखि निरन्तर लागि पर्नु भएका वरिष्ठ स्वास्थ्य प्रशासक सेढाइ सँग स्वास्थ्य कार्यालय काभ्रेले नागरिकहरु बीच पु¥याएको स्वास्थ्य सेवाको अवस्था जिल्लाको समग्र गतिविधिको बारेमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

 

     आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?

       स्वास्थ्य क्षेत्रमा लागेको व्यक्ति नागरिहरुलाई बढि भन्दा बढि स्वास्थ्यको पहुँच कसरी विस्तार गर्न सकिन्छ । सोको अध्ययन गरी राज्यको नीति नियम ऐन कानुनले प्रदान गरेको सेवा प्रवाह गर्ने कार्यमा दैनिकी वितेको छ । अझै कोभिड–१९ महामारी कायमै छ । यसको रोकथाम तथा नियन्त्रण, त्यस्तै गरी सर्ने तथा नसर्ने रोगको चेतनामुलक सन्देश फैलाउन काभ्रेका १३ वटै पालिकामा स्वस्थ्य संस्थासँग समन्वय गरेर योजना बद्ध ढङ्गले कार्यक्रम अघि बढाउँदै स्वास्थ्य कार्यालयको जनशक्ति परिचालन गरेर लागि परेको आवगत गराउन चाहन्छु ।

     स्वास्थ्य कार्यालय काभ्रेले नागरिक बीच स्वास्थ्य पहुँच पु¥याउनका लागि कसरी अघि बढेको छ ?

       विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न नेपालको हकमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय , विभाग र देशका स्थानीय पालिका अन्तरगतका सबै स्वास्थ्य संस्थाका जनशक्ति परिचालन गरेर देशलाई कोभिड–१९ मुक्त बनाउने अभियानमा छ । सोही अन्तरगत स्वास्थ्य कार्याल्य काभ्रे पनि कोभिड–१९ मुक्त जिल्ला बनाउन लागि परेको छ । पहिलो भनेकै सबै नागरिकलाई कोभिड–१९ को खोप लगाउने हो । जिल्लामा ९२ प्रतिशत व्यक्तिले खोप लगाइ सकेको छ । ८ प्रतिशतले मात्र लगाउन बाँकी छ । १८ वर्ष मुनि र १२ वर्ष माथिकालाई समेत भाइजर खोप ३ हजार जनाले लगाई सकिएको छ । बाँकीलाई पनि आगामी १ महिना भित्र सबैलाई खोप लगाई सक्ने छौँ । स्वास्थ्य कार्यालय काभ्रे र १३ वटै पालिकाको मातहतमा रहेका सबै स्वास्थ्य संस्थाले सर्ने र नसर्ने रोगको चेतना फैलाउने कार्य अघि बढाएको छ । रोग लाग्नु भन्दा अघि अपनाउनु पर्ने सावधानीको बारेमा चेतना फैलाउने कार्य गरिएको छ । “प्रदेश र स्थानीय पालिकामा रहेका अस्पतालहरुले नागरिकहरुलाई उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवा पु¥याएको छ कि छैन सोको अनुगमन गर्ने कार्य  भएको छ । त्यस्तै गरी स्वास्थ्य सेवा प्रभावकारी ढङ्गबाट  पु¥याउन आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउन केन्द्र र प्रदेशमा समन्वयकारी भूमिका निर्वाह गर्ने कार्य भएको छ । ”

      दक्षिण अफ्रिकाबाट कोरोना भइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सकिने खतराले फेरी विश्व त्रसित छ । यसको प्रतिरक्षाको लागि अब कसरी अघि बढ्नु पर्छ ?

       कोभिडको स्वरुप अल्फा, डेल्टा हुँदै ओमिक्रोन हुँदै रुप र स्वरुप बदलिदैँ आएको छ । पहिलो भन्दा देश्रो झन खतरा, तेश्रो झन खतरा हुन्छ भन्ने छ । जुन डेल्टा भाइरस धेरै खतरा रहेछ भन्ने कुरा यसरी प्रमाणित भयो की हाम्रो नेपालमा दोश्रो लहरमा कुनैपनि नागरिकमा उक्त भाइरस पसेपछि अस्पतालमा बेड पाउन नै मुस्कील, भेन्टीलेटर, आइसीु प्राप्त गर्न नसकि कतिको ज्यान गयो । त्यसैले हामी धेरै सजग र सतर्क रहुनपर्छ । ओमिक्रोन भाइरस भारतमा समेत भेटिसकेको भन्ने अनुसन्धानले देखाएको छ । कोभिडको तेश्रो लहरबाट बच्न नेपाल सरकारले एसियन कन्ट्रीहरुको हवाई यातायात बन्द गरी सकेको छ । त्यसैले जनस्वास्थ्य मापदण्ड पुुरा गरी आमनागरिक सचेत र सर्तक हुन् नितान्त आवश्यक छ । भिडभाडमा नजाने नियमित मास्कको प्रयोग गरी हिड्ने गर्नुपर्छ । नेपाल सरकारले पनि त्यहि अनुसारको तयारी थाल्नुपर्छ ।

       काभ्रे जिल्लाको विकट क्षेत्र डाडाँपारी र कोशीपारी क्षेत्रका अधिकांस नागरिकहरुले स्वास्थ्य संस्थाबाट  नियमित रुपमा सेवा प्राप्त गर्न नसकेको गुनासो छनी , स्वास्थ्य कार्यालय काभ्रेको अनुगमनको दायरा किन फितलो ?

       आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको संविधानप्रद अधिकार हो । काभ्रे जिल्लाका १३ वटै पालिका मातहतका स्वास्थ्य संस्थाहरुले नागरिकहरुलाई औषधी उपचार पु¥याएको सेवा सुविधा प्राप्त गर्न सकेको अवस्था मैले बुझेको छु । सेवा प्राप्त गर्न सकेको सवाल गुनासो स्वास्थ्य कार्यालयमा आएको छैन । म अनुगमनको दायरा फराकीलो पारी अवस्था के रहेछ बुझ्छु । कमीकमजोरी भएका रहेछन् भने सुधार गर्दै जानेछौँ ।

     नागरिकहरुले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य सेवाको बारेमा अझै जानकारी नभएको बताइन्छनी किन ?

       हरेक स्थानीय पालिकामा सञ्चालन भएका स्वास्थ्य संस्थाले हरेक वडाका नागरिकहरुलाई स्वास्थ्य सेवा पु¥याउनु पर्ने हुन्छ । चेतनामुलक कार्यक्रम नयाँ नीति नियमको बारेमा प्रष्ट पार्ने स्थानीय पालिकाहरुले ध्यान दिनु पर्ने हुन्छ । नसर्ने रोग हृदयघात मष्तिकघात, क्यान्सर जस्ता रोगहरुको उपचारको लागि सरकारले १ लाख देखि डेढ लाख सम्म अनुदान दिने गरेको छ । मृगौला रोग, लडेर ढाड भाँचिएको निम्न आय भएका गरिवहरुलाई निःशुल्क स्वास्थ्यसेवा पु¥याएको छ । राज्ये पारिवारीक विमा कार्यक्रम जेष्ठ नगरिक विमा कार्यक्रम लागु गरेको छ । यसलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाउनु पर्छ । 

    आमनागरिकहरुमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन मुख्य चुनौती के छन् ?

       नागरिकहरुलाई प्राथमिक स्वास्थ्य सेवा ८० प्रतिशतलाई राज्यले पु¥याएको छ । जनस्वास्थ्य सेवाको सवालमा आमनागरिकहरु पनि सचेत हुन जरुरी छ । रोग लाग्नु भन्दा नि रोग लाग्न नदिन आवश्यक छ । मध्यपान धुम्रपान नगर्ने, शारीरिक व्यायम गर्ने, स्वास्थ्यकर खाना खाने, स्वास्थ्यकर व्यवहार गर्ने, सकरात्मक सोचाइको विकास गर्ने जस्ता कार्यहरु गर्नु आवश्यक छ । नेपालमा धेरै विकटक्षेत्र छ । यातायातको साधन नियमित सञ्चालन नहुनु । आधारभूत स्वास्थ्य सेवाले मात्र पुग्दैन हरेक जिल्लामा सहकारी अस्पताल र पालिकाहरुमा समेत स्तरीय स्वास्थ्य सेवा पु¥याउन सक्नपर्छ । स्वास्थ्य जागरण र चेतना पैmलाउन लाग्नु पर्छ । हरेक पालिकामा डाक्टर सहितको स्वास्थ्यकर्मी प्रबन्ध गर्न सकिएको छैन । चुनौती धेरै छन् । सामना गरि अघि बढ्नु पर्छ ।

      विष खाने र आत्महत्या गर्नेहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । यसको प्रमुख कारण, न्यूनिकरणको उपाय के हुन सक्छ ?

       आत्महत्याको कारण विविध हुन सक्दा प्रमुख कारण चाँहि दिग्दारी पन हो । निरन्तरको पारिवारिक झगडा, नैरास्यता पनि हो । व्यक्ति व्यक्तिको महत्व कान्छा, आर्थिक विचलन हुन् । मानसिक रोगी बढेका छन् । त्यसको अन्त्यको लागि सकारात्मक चिन्तन, राम्रो सोचको विकास, उद्यमशिलतामा लाग्ने कर्म गर्ने जीवन संघर्षमा लाग्ने निरन्तर कार्यमा लागि पर्ने, सामाजिक विकृति विसँगति प्रतिको विरुद्धमा लाग्न सभ्य समाजको विकास, जागरण ल्याउन मनोपरामर्श जस्ता कार्यहरु  अघि बढाउनु पर्छ । काभ्रेमा पनि त्यस्ता कार्यहरु अघि बढेका छन् ।

 

 

महिला स्वंयसेवी सम्मानित

       बनेपा नगरपालिका मा वाजा गाजाका साथ १८ ओें राष्ट्रिय महिला समाुदायिक स्वास्थ्य स्वंय सेविका दिवस नगर परिक्रमा गरी मनाईएको छ । साथै सो अवसरमा नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्रेष्ठ, उप प्रमुख रेखा सापकोटा दाहाल र प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती द्वारा संयुक्तरूपमा ६० वर्ष पूरा भई अनिवार्य अवकास भएका १९ जना स्वंय सेविकाहरूलाई नगद २० हजार रूपैयाँ, सम्मान पत्र, मायाको चिनो सहित दोसल्ला ओढाएर विदाई गर्नुका साथै रिक्त स्थानमा छनौट भएका १९ जना लाई फूलको माला, खादा र टीका लगाई स्वागत गर्नु भएको छ ।

       सो कार्यक्रम सामाजिक विकास समितिका अध्यक्ष चन्द्रबहादुर खड्का, वडा नं ७ का अध्यक्ष  वर्ण शाक्य, प्रेश सल्लाहकार लक्ष्मण तिमल्सिना, बनेपा न. पा कर्मचारीहरू, बनेपा न पा अन्तरगतका स्वास्थ संस्थका प्रमुख लगायत अन्य स्वास्थ्यकर्मीहरू लगायत महिला स्वास्थ्य स्वंय सेविकाहरूको सहभागीता रहेको बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख सम्भुकुमार महतोले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्