सचिव, नेकपा (एकीकृत समाजवादी), काभ्रे
चौरी देउराली गाउँपालिका वडा नं. ४ मा जन्मनु भएका ३६ वर्षीय जुझारु युवा दीपक गौतम २०६० सालमा अनेरा स्ववियु केन्द्रिय उपाध्यक्ष पदमा रहेर जिम्मेवारी समाल्नु भयो । ३ महिना अघि नेकपा एमालेबाट अलग भई माधव नेपाल सहितको २३ सांसदको टोलि लिएर निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भयो । नयाँ पार्टी गठनसँगै जिल्ला कार्य समिति गाउँ र नगर कार्य समिति गठन भई सकेको छ । हँसिलो चेहरा भएका कर्मठ सँगठन विस्तार गर्ने क्षमता राख्ने युवा दिपक गौतम नेकपा (एकीकृत समाजवादी) पार्टी काभ्रेको सचिव पदको जिम्मेवारी सम्माल्नु भएको छ । उहाँसँग पार्टीलाई गतिशिल बनाउन सँगठन विस्तारका नयाँ योजना के के छन् भन्ने सन्दर्भमा रेडियो एविसीमा जिल्ला पार्टी सचिव गौतमसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेकपा एमालेबाट पार्टी विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्नुभयो । काभ्रे जिल्लाको पार्टी संगठन कसरी अघि बढ्दै छ ?
नेकपा एमाले पार्टी विभाजन गरी नयाँ पार्टी गठन गरेको हैन । पार्टी भित्र हामीमा विभेद भयो, पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी ढङ्गबाट अघि बढेकोले यो अवस्था आयो । माआवादी केन्द्र र एमाले बिच पार्टी एकीकरण गरियो । निर्वाचनबाट झण्डै दुई तिहाईको नजिकको कम्युनिष्ट सरकार गठन भयो । केपी ओलीको नेतृत्वमा सरकार र पार्टी गतिशिल ढङ्गबाट अघि बढेन् । पार्टी र सरकार आफ्नो मनोमानी किसीमबाट सत्ता सञ्चालन ग¥यो । संविधान र संघीय लोकतान्त्रीक गणतन्त्रलाई आघात हुने गरी दुई दुई पटक प्रतिनिधि सभा विघटन गरी निरङ्कुसता बादी सोचका साथ अघि बढेकाले आज यो परिस्थिति निर्माण भयो । अहंकारी केपी ओलीले सरकार मात्र हैन पार्टी नै विभाजन हुन पुग्यो । विभेदको विरुद्धमा विद्रोह गरेका हौँ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाको लागि हामीले नेकपा (एकीकृत समाजवादी) गठन गर्नुप¥यो । काभ्रे जिल्लाको पार्टी संगठन सन्दर्भमा भन्नु पर्दा पार्टी कार्यालय स्थापना गरियो । जिल्ला बैठकबाट जिम्मेवारी बाँडफाँड भयो । पार्टी संगठन विस्तार, पुन जागरण गरी वडा, वडा गाउँपालिका र नगरपालिकामा भेला गर्ने सँगठन सुदृढ गरी अघि बढेको छ ।
आफ्नै पार्टीको सरकार ढाल्ने पार्टी विभाजन गर्ने अनि नेपाली काँग्रेस पार्टीको सभापति संस्दीय दलका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउनु भनेको त्यो भन्दा नाजायज अरु के हुन्छ र ?
राष्ट्रियता, लोकतन्त्र धरापमा पु¥याउने जनताको रगत पसिना बगाएर ल्याएको ६० वर्ष पछि निर्माण गरेको संविधानलाई च्यात्ने कार्य निवर्तमान प्रम केपी ओलीले गरे । व्यवस्था जोगाउन संविधानको रक्षा गर्न जनताका हक अधिकारलाई स्थापित गर्न, देशमा विकास र समृद्धि ल्याउन, विदेशी हस्तक्षेपलाई रोक्न, व्यक्ति प्रधान हैन नीति, विधि, प्रक्रियामा सत्ता सञ्चालन, दिगो विकास गरी देशलाई समृद्ध बनाउन आवश्यक छ । जनतामा चरम निराशा छायको छ । जनमुखि व्यवस्था र शुसासन कायम गरी देशलाई आत्मनिर्भर बनाउन पाँच दलीय गठबन्धनबाट संयुक्त सरकार बनेको छ । देश र लोकतन्त्र बचाउन पूर्व प्रमद्धय हाम्रा निष्ठावान नेताहरु मानध नेपाल, झलनाथ खनाल लगाएतका नेताहरुको सक्रियतामा यो कार्य भएको हो । लोकतन्त्र विराधी संविधान विरोधी केपी ओली भएकाले यसको सबै दोसी केपी हो । हामीले २०५९ असोज १८ गते राजाज्ञानेन्द्र शाहले शाही कु गरे त्यसको विरुद्धमा हामी सडकमा उत्रेयौँ । ज्ञानेन्द्र शाहालाई घुँडा टेकाऔँ संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना ग¥यौँ । विश्वका जस्ता सुकै तानाशाह जनताहरुका विच झुक्नु परेको छ । केपी ओली तानाशाह बन्न खोजे त्यसकै परिणाम हो यो ।
नीति विधि पद्दतीको कुरा गर्न नथाक्ने संविधान र लोकतन्त्रको रक्षा भन्ने अनी अत्यादेश ल्याएर पार्टी फुटाउने, अनि सांसद नै नभएको गजेन्द्र हमाललाई टपक्क टिपेर उद्योगमन्त्री बनाउने यो पाँच दलीय गठबन्धनको कस्तो सरकार हो ?
नेपाली काँग्रेस पार्टीमा लामो समय नेतृत्वमा रहि कार्य गरेका पुराना नेता गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरवहादुर देउवाले उद्योग तथा आपूर्ती मन्त्री बनाउनु भयो । धेरै विवाद आए पछि हमालले उद्योग मन्त्रीबाट राजिनामा दिइ सक्नु भयो । हामी नीति, विधि र पद्धतीको सवालमा हामी तल माथि गर्दैनौँ । राष्ट्रियता, लोकतन्त्र, जनताको बहुदलीय जनवादबाट विचलीत छैनौँ । दलाल पूँजीवादबाट देशमा समृद्धि सम्भव छैन । भ्रष्टचारको अन्त्य गरी सुसासन शान्ति अमन चयन कायम गरी देशलाई समृद्ध बनाउने अभियानमा नेकपा (एकीकृत समाजवादी), यो गठवन्धन सरकार कटीबद्ध छ ।
पार्टी विधान नीति प्रधान हुनु पर्नेमा नेता प्रधान भएर पार्टीमा विभाजन आयो । कम्युनिष्ट पार्टीहरु त पद लोलुप भएर फुटमै रमाए, युवा पिढिं पनि नेताको फेर समात्दै अघि बढ्ने भए पछि पार्टी कसरी गतिशिल भएर अघि बढ्छ, मुलधाराका पार्टी एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र विगत ३० वर्ष देखि उहि शिर्ष नेतृत्वले पार्टी सञ्चालन गरिरहेका छन् । युवाहरुको पालो कहिले आउने ?
पार्टी विधान नै नीति प्रधान हुनु पर्छ नेता प्रधान हैन् । नीति, विधि, पद्धती प्रक्रिया अनुसार पार्टीहरु गतिशिल ढङ्गबाट अघि बढ्नु पर्छ । विना विभेद योग्यता र क्षमता अनुसार पार्टी संगठनमा अधिकार प्रत्यायोजन गरेर जिम्मेवारी बाँडफाँड गर्नुपर्छ । राजनीति भनेको जनताको जनजीवीका सवाललाई सम्बोधन गर्ने समाजमा पछि परेका, पारीएका वर्ग दलित, जनजाति, उत्पीडीत, गरिवीको रेखामुनी रहेका जनताको जीवनमा हाँसो र खुसी ल्याउन समाज रुपान्तरण गर्ने हो । त्यो अझै हुनु सकेन । समाज बदल्न लागेका राजनीतिक दलका शिर्षनेतृत्व व्यक्तिवादी निरङ्कुस चरित्रको हुनु हुँदैन भनेर युवा वर्गले जहिले पनि खबरदारी गर्नुपर्छ । हामीले गरेका पनि छौँ । एमालेमा व्यक्तिवादी चिन्तन अहंकारी दम्भी घमण्डी एमाले भनेकै केपी ओली केपी ओली भनेको एमाले भने जसरी पार्टीमा ५० औँ वर्ष लागेका नेताहरुलाई भिरबाट खसाल्न लागेकाले दुई तिहाई नजिकको सरकार ढल्यो पार्टी फुट्यो । यो सब ओलीको कारण भएको हो । पार्टीमा विभेद भएकाले विद्रोह गरेर हामीले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छौँ । सबै खालका बेथितिको अन्त्य देशमा सुशासन ल्याउन विकास र समृद्धिको खाका कोर्न यो पार्टीको गठन भएको हो । महिला, जनजाति, पिछडीएका वर्ग अल्प संख्यक युवा पिढिं सबैको साझा चौतारी बनाउन हामी लागि पर्ने छौँ । यसको नेतृत्व पार्टीको नायक माधव नेपाल हुनुहुन्छ । पार्टी, पार्टीका सबै जनवर्गीय संगठनमा महिलामा ३३ प्रतिशत युवा ४० प्रतिशत दलित जनजाति गरी अरु १७ प्रतिशत गरी समावेसीताको आधारमा पार्टीमा समावेश गरेर अघि बढ्नु पर्छ । हाम्रो नेकपा (एकीकृत समाजवादी) यसै गरी अघि बढ्ने अभियानका साथ लागेको छ । त्यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र, मधेशबादी दल सबैमा यो हुुनु जरुरी छ । पक्का पनि आगामी पार्टीको पहाधिवेशनमा युवा पिढिंले स्थान पाउने छ भन्नेमा म आशावादी छु । टुट फुटमा रमाउने छैन् । सबै कम्युनिष्ट पार्टी एक ठाउँमा उभिएर देशमा समाजवादी शासन ल्याउनु पर्छ ।
नेकपा (एकीकृत समाजवादी) काभ्रेको पार्टीलाई गतिशिल बनाउने नयाँ योजना के छन् ?
नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमीटी सदस्यता विस्तार, भातृ संगठनहरु निर्माण, के शहर के गाउँ दुबैमा जागरण अभियान सञ्चालन गरिएको छ । विभिन्न पार्टी परित्याग गरेर हाम्रो पार्टीमा आवद्ध हुनु भएको छ । जनताका घर घरमा गएर पार्टीको सिद्धान्त विचारका सवालमा जागरण ल्याउने कार्य गछौँ । “कम्युनिष्ट आन्दोलनलाई सफल पार्न जनताको बहुदलीय जनवाद, दलाल नोकरसाही पूँजीवादबाट अब मुलुक बन्न सक्दैन बैज्ञानिक समाजवादबाट देशलाई समृद्धिको बाटोमा अघि बढाएर समृद्धि समाज निर्माण गर्ने युवा जनशक्तिलाई उद्यमी व्यवसायी बनाउने मुलुकलाई आत्मा निर्भर बनाउने अभियानमा हामी जुुटेका छौँ । आगामी निर्माचनमा काभ्रे जिल्लामा १ नब्बरको पार्टी बनाउने रणनीतिक योजनाका साथ पार्टी पंक्ति लागी परेको छ ।”
विभाजनबाट पार्टी अलग भएपछि केन्द्र, प्रदेश र स्थानीय पालिकामा जम्मा जम्मी १० प्रतिशत जनमत नभएकोले के फुर्ति लगाउने भनिरहेका छ नी ? यसमा तपाई के भन्नु हुन्छ ?
देशको चोथो ठूलो दल हो नेकपा (एकीकृत समाजवादी), गत निर्वाचनमा केपी ओलीका ओरीपरिका, खल्तीका आसेपासेले टिकट पाएर चुनाव जिते त्यो पनि माओवादी केन्द्रको साथ पाएर अब आगामी निर्वाचन जितेर देखाउनन् हेरौँ । नातावाद कृपावादमा रमाउने भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने अनि पूmर्ति लगाउने, निति विचार कार्यक्रम, राष्ट्र बनाउने भिजनका साथ नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको हो । केपी ओली जस्ता पात्र र पवृतिको अन्त्य जाल, झेल तिकडम गरी आत्मरथीमा रमाउने जनताको अभिमतलाई कुल्ःचनेले के मुखले जनताका विचमा मत माग्न जाने ? काभ्रे जिल्लाकै कुरा गर्ने हो भने ५८ जना जनप्रतिनिधिले सहि गरेर निर्वाचन कार्यालयमा बुझाएको छ हात खुट्टा भाच्छु काट्छु भनेर धम्क्याउँदा समेत हाम्रो पार्टीमा जोस जाँगरका साथ पार्टीमा होमिनु भएको छ । अब देश बनाउने पार्टी नेकपा (एकीकृत समाजवादी) हो । आगामी निर्वाचनमा १ नम्बर पार्टी बन्छ ।
