IMG-LOGO

नगरसभापति बन्नमा मलाई सबैको साथ छ

 मंगल, असोज ५, २०७८  – महेशकुमार कर्माचार्य सचिव, नेपाली काँग्रेस बनेपा नगरसमिति

     विगत २२ वर्ष देखि नेपाली काँग्रेस पार्टीमा आवद्ध रहेर सँगठन निर्माण गरी जुझारु युवा पत्तिंmको प्रति निध्रित्व गर्नु भएका महेश कर्माचार्य १५ वर्ष देखि नेपाली काँग्रेस बनेपा नगर समितिको सचिव पदमा रहेर कार्य गर्दै आउनुभएको छ । बनेपा ब्वाइज क्लवको अध्यक्ष समेत रहेका कर्माचार्य खेलकुद क्षेत्रबाट पनि बनेपालीलाई चिनाउन बनेपाका युवा वर्गलाई सँगठित गर्दै अघि बढ्नु भएको छ । हसिलो चेहरा अग्लो कदका महेश कर्माचार्य मिलनसार स्वाभावको हुनुहुन्छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिर ९ र १३ गते हुँदैछ । यस अघि आगामी असोज ५ गते गाउँ नगरको वडा अधिवेशन हुनेछ । नेपाली काँग्रेस बनेपा नगरको सभापतिको आकांक्षी समेत रहेका नगर सचिव कर्माचार्यसँग महाधिवेशनको तयारीको क्रममा नगरको चुनावी अभियान कसरी सञ्चालन भएको छ भन्ने सन्दर्भमा रेडियो एविसी एफ.एममा गरिएको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पूर्वतयारीको सन्दर्भमा गाउँ नगरको वडा अधिवेशन असोज ५ गते  र गाउँ र नगरको अधिवेशन ९ गते हुँदै छ । नेपाली काँग्रेस बनेपा नगर समिति कसरी अघि बढ्दै छ ?

     पछिल्लो समय २० जिल्लामा नेपाली काँग्रेसको अधिवेशन हुन बाँकी हो । ती जिल्लाहरुमा भव्य र सभ्यरुपमा सम्पन्न गर्ने अभियानमा जुटेको छ । हाम्रो बनेपा नगरसमिति पनि अधिवेशन सौहार्दपूर्ण वातावरणमा सकभर सहमतीमा नेतृत्व छनोट गर्ने अभियानमा लागेका छौँ । विभिन्न जातजाती, क्षेत्र, लिङ्गका कार्यकर्ताहरुलाई समेटेर एकै शुत्रमा बाँधेर एकताको सन्देश दिन कटीबद्ध भएर लाग्नुपर्छ ।  कार्यकर्ताहरुलाई सँगठीत गरी व्यवस्थित बनाउन जनताको समस्या, पिर मर्कालाई  सम्बोधन गर्न सक्ने ताकात निर्माण गर्नु, पिर मर्कालाई  सम्बोधन गर्न सक्ने ताकात निर्माण गर्नुछ । त्यस्तो नेतृत्वको छनौट गर्न सक्नुपर्छ । व्यानर, झण्डा, तुल निर्माण सञ्चारमाध्यममा प्रचार प्रसार गरिने कार्य तिव्ररुपमा भएको छ ।

     तपाई नेपाली काँग्रेस बनेपा नगरसमितिको सभापतिको आंकाक्षी हुनुहुन्छ, विजयी हुने आधार के छन् ?

     विगत २२ वर्ष देखि नेपाली काँग्रेस पार्टीले दिएको जिम्मेवारी पुरा गरी पार्टी सँगठनलाई गतिशिल ढङ्गबाट अघि बढाउन लागि परेको छु । नगरका जनताका सुख दुःखमा सधै साथ दिदैँ आएको छु । भोलि पनि साथ दिने छु । अग्रजलाई सम्मान, दलित, जनजाति, महिला, पिछडिएका वर्ग, युवा वर्ग सबैलाई समेटेर पार्टीमा सबैको भावना एकीकृत गरी सुदृढ अझ परिस्कृत नगर समिति निर्माण गर्ने मेरो दृढ अठोट छ । अग्रज नेताजनहरुको साथ सहयोग छ भने सहयोद्ध साथीहरुको आंकाक्षा पनि मलाई अगाडि बढाउने ध्येय भएकाले म अघि बढेको छु । विस्तारित नगरमा भुगोल पनि ठुलो छ । मलाई नगरको ग्रामीण भेग र मेन बजारका सबै काँग्रेसी जनको साथ छ ।  म सबैलाई समेटेर अघि  बढ्ने सोचका साथ लागि परेको छु ।

     बजार भित्र, बाहिर, स्थानीय र बाहिरी क्षेत्रको सवाल उठाउने गरिन्छ, अहिले बनेपा नगर बृहत भएको छ । यो अवस्थामा सबैलाई कसरी समेटेर अघि बढ्नु हुन्छ ?

     बनेपा नगरपालिकामा १४ वटा वडा छन् । भौगोलिक क्षेत्र ठूलो  भएको छ । नेपाली काँग्रेस लोकतान्त्रीक सबैको विचार भावना समेट्ने पार्टी हो । विपीको विचार, सिद्धान्त, आदर्शलाई अङ्गीकार गरेर अघि बढेको छ । नेपाली काँग्रेस नेपाली जनताको साझा चौतारी हो । आस्था र निष्ठाको राजनीति  गर्नुपर्छ । दक्षता, क्षमता, कार्यकौशलताका अधारमा सबैले जिम्मेवारी प्राप्त गर्न सक्छन् । के ग्रामीण बस्ती के शहर सबै क्षेत्रकाले अवसर प्राप्त गर्न सक्नुपर्छ । जनजाति, दलित, अल्पसँख्यक महिला, युवा वर्ग सबैको सहभागिता सहित पार्टीमा आवद्ध गरिन्छ । कसैलाई काखा पाखा गरिदैँन । सबै खालका विभेद निमिट्यान पारीने छ । भित्र र बाहिरको भ्रमको खेति कोहि कसैले नगर्न म आग्रह गर्न चाहन्छु ।

     पार्टीको माथिल्लो तह केन्द्र देखि तल्लो जिल्ला तह सम्म  गुट उपगुटको राजनीति झाङ्गीएको छ । तपाइँ पनि नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाइको आशिरवादबाट अघि बढ्नु भएको भन्ने चर्चा छ नी बास्तवीक के हो ?

     राजनीति, विचार र सिद्धान्तबाट निर्देशित हुन्छ । नेपाली काँग्रेस काभ्रेका पूर्व सभापति वर्तमान केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई सबैको साझा नेता हुन् । करीव काभ्रे जिल्लामा २० हजार क्रियासिल सदस्य हुनुहुन्छ । राजनीति आफूनीहित गर्ने छैन, समाजको आर्थिक र सामाजिक रुपान्तरण गर्ने हो । समाजवाद ल्याउनु पर्छ, देशका सबैलाई धनि बनाउने योजनाका साथ अघि बढ्नु पर्छ । त्यो अभियान नेपाली काँग्रेसको नेतृत्वको सरकारले मात्र गर्न सक्छ । त्यो कार्य गर्न काभ्रेको प्रतिनिधित्व शिव प्रसाद हुमागाइले गर्नुहुन्छ । त्यसमा सबै एकसाथ एकताबद्ध लाग्नु पछए । अरु अग्रज नेताहरुको पनि मलाई साथ सहयोग छ । बनेपा नगरभित्र २ हजार ६ सय २३ त्रृmयाशिल सदस्य हुनुहुन्छ । उहाँहरुले विवेक पु¥याएर नेतृत्व छनौट गर्नु हुन्छ भन्ने मलाई विश्वास छ ।

     बहुदल प्राप्ती पछिको ३२ वर्षमा व्यवस्था परिवर्तन भयो । अवस्था परिवर्तन भएन मिलीजुली काले काले मिलेर खाउँ भाले झै भयो । अव जनताले प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था ल्याउनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ ?

     २०४६ सालको परिवर्तनले बहुदलको उदय भयो, राजनीतिक अधिकार नागरिक स्वतन्त्रता प्राप्त भए । आर्थिक  र सामाजिक क्षेत्रको विकासमा परिवर्तन भएका छन् । जनअकाक्षा अनुरुप नभएकोमा म पनि सहमत छु  । नेपाली काँग्रेसकै सरकारको पालामा पूर्वाधिकार विकासm, बैँक तथा वित्तीय क्षेत्रको विकास विद्युत उत्पादन, शैक्षिक विकास समेत धेरै भएका छन् । प्रविधिको विकास सँगै विश्व परिवेशमा हामी अझ धेरै पछि परेका छौँ । मिलिजुली मात्र काले काले मिलेर खाउँला भाले भने जस्तो त छैन । कम्युनिष्टहरु झुटको खेति गर्न सिपालु हुन्छन । त्यतातिर म जान चाहन्न २०६२÷०६३ को जनआन्दोलनबाट गणतन्त्र प्राप्त भएको छ  । संविधान बनेको छ, राजनीतिक अस्थिरता कायमै रहेकाले यसको अन्त्यको लागि प्रमुख कार्यकारी जनताले नै निर्वाचनमा प्रधानमन्त्री चुन्ने प्रणाली ल्याउनुु पर्छ भन्ने म ठान्दछु ।

     अन्त्यमा के भन्न चाहनु हुन्छ ?

     बनेपाका सम्पूर्ण कृयासिल सदस्यज्यूहरु, अग्रज व्यक्तित्व सबैमा मेरो आदर सहभाव छ । म नेपाली काँग्रेस बनेपा नगर समितिको सभापतिमा अवसर दिनुहोस् । मेरो नेतृत्वमा गठन भएको नेपाली काँग्रेसको समितिले संगठनलाई च्युस्त दुरुस्त राख्ने कार्य गर्छ । संगठन विस्तार गर्ने छ । आगामी स्थानीय प्रदेश र केन्द्रको निर्वाचनमा सबै वडा नेपाली काँग्रेसले विजयी हासिल गर्ने अवस्था श्रृजना गर्नेछु । त्यो जित नै मेरो हो भन्ने म ठान्द छु ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्