IMG-LOGO

सभापति हुने कुरामा म ढुक्क छु

 मंगल, असोज ५, २०७८  – शान्तिरत्न शाक्य सचिव, नेपाली काँग्रेस जिल्ला प्रशिक्षण विभाग, काभ्रे

     २०४६ साल देखि राजनीतिमा सक्रिय लाग्नु भएका शान्तिरत्न शाक्य २०५४ सालको स्थानीय निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट बनेपा साविक वडा नं. ९ को वडा अध्यक्ष भइ कार्य गनुभयो । काभ्रेका चर्चित मोटर पार्टसका व्यवसायी धरतीमाता मोटरपार्टसका सञ्चालक समेत रहेका शान्तिरत्न शाक्य नेपाली काँग्रेस बनेपाको नगर उपसभापति समेत भएर पार्टी सँगठनमा कार्य गर्नुभयो । नेपाली काँग्रेस जिल्ला प्रशिक्षण विभागको सचिव पदमा रहेर पार्टी सुद्धढीकरण र प्रशिक्षण कार्यक्रम गरी अघि बढ्नु भएको छ । आगामी असोज ५ गते गाउँ र नगरको वडा अधिवेशन र ९ गते गाउँ नगरको अधिवेशन हुँदै छ ।  नेपाली काँग्रेस बनेपा नगर समितिको सभापतिको आंकाछी शान्तिरत्न शाक्यसँग रेडियो एविसी एफ.एममा गरिएको कुराकानीको मुख्य अंश यहा प्रस्तुत गरिएको छ ।

     नेपाली काँग्रेस पार्टीको १४ औँ शरगर्मी ह्वात्तै बढेको छ । नेपाली काँग्रेस बनेपा नगर समितिको सभापतिमा तपाईको नाम चर्चामा छ कसरी अघि बढ्दै हुनुहुन्छ ?

     देशको ७७ वटै जिल्लामा नेपाली काँग्रेस १४ औ अधिवेशनको सरगर्मी बढेको छ । बाँकी ५० जिल्लाको मध्येमा हाम्रो काभ्रे जिल्लाको गाउँ नगरको वडाको अधिवेशन २०७८ असोज ५ गते र असोज ९ गते गाउँ र नगरको अधिवेशन हुँदैछ । भव्य सव्यरुपमा अधिवेशन सम्पन्न गर्ने सवल र सक्षम नेतृत्व चुन्ने अभियानमा हामी जुटेका छौँ । नेपाली काँग्रेसमा म २०४६ सालदेखि राजनीतिमा सक्रिय लागे मेरो भाइ अशोक रत्न शाक्य पनि पार्टीमा सक्रिय भएर लागेको थियो । म आफू पनि व्यापार व्यवसाय मा सम्लग्न रहेर र राजनीतिमा सँगै सँगै लागि परी समाज सेवा  गर्ने चाहना भयो । नेताहरुको चाहना पनि बनेपामा शान्तिले नेतृत्व लिए राम्रो हुन्छ भन्ने राय आएको हुँदा ममा उत्साह भरिएको छ ।

     तपाई त व्यवसायमा तल्लीन रहेको मान्छे राजनीति तिर किन आकर्षीत हुनु भयो ?

     हो म व्यवसायि पनि हुँ । मोटर पार्टसको व्यवसाय राम्रैसँग चलेको छ । व्यवसायलाई निरन्तरता दिन मेरो श्रीमती हुनुहुन्छ । विना व्यवसाय, विना पेशा, राजनीति गर्नु पनि उपयूक्त हुँदैन् । राजनीति भनेको समाजभित्र भएको विकृति विसँगति बेथिति हटाएर सव्य समाजको निर्माण, गरिव र धनि विचको खाडल पुरेर समृद्ध समाज बनाउन लाग्ने हो । उक्त कार्ममा लाग्न मलाई  प्रेरित ग¥यो ।

     तपाई नगर सभापतिमा विजयी हुने आधार के छ ?

      २०४६ साल देखि पार्टी सँगठनमा रहेर कार्य गरेको छु । साविक बनेपा नगरपालिका वडा नं.९ को वडा अध्यक्ष भएर जन  सेवा गरे । बनेपा नगर समितिको उपसभापति भए । संगठन विस्तार युवा पिढीलाई संगठीत गरेर परिचालन गर्ने कार्य गरेको छु । अग्रजहरुलाई सम्मान युवा पिढीलाई आकर्षीत गर्दै पार्टी सुदृढीकरण, सुद्धिकरण गरी एकताबद्ध गर्ने योजनाका साथ म अघि बढेको छु । हाल बनेपा नगर ५ वटा गाविस समेटेर बृहत नगरपालिका बनेको छ, सबैलाई समेटेर अघि बढ्छु ।

     गाउँ र शहरको नागरिक बीच ठूलो मत भिन्न्ता छ । शहरकालाई जातिवाद हेर्ने विकासमा पनि ग्रामीण बस्तीलाई बेवास्ता गर्ने गरिन्छ भन्ने छ । यसमा तपाई के भन्नु हुन्छ ?

     सबैले आ–आफ्नो धारणा र दृष्टीकोण त राख्न पाईन्छ, नागरिक स्वतन्त्रता छ । पार्टीको समावेसीकरणको सवालमा पार्टी विधान अनुसार हरेक वडामा जनजाति, दलित, अल्पसंख्यक, मुुस्लिम सबैको प्रतिनिधितव गरेर वडा समिति, क्षेत्रीय प्रतिनिधि भएर आउने प्रवन्ध गरेको छ । युवा महिला सबैको सुनिश्चितता गरेको छ । त्यस्तै विकास निर्माणको सवालमा कुरा गरेको हो भने भौगोलिक अवस्था, जनताको विकासको आवश्यकतालाई मध्यनजर गरेर विकासको योजना निर्माण गरी अघि बढ्ने हो । पूर्वाधार विकास शिक्षा, स्वास्थ्य, कृषि पर्यटन क्षेत्रको समग्र विकास गर्ने हो शहर र ग्रामीण भोगमा कुनै भेदभाव गरिने छैन् । गाउँ र शहरका जनताको सोच परिवर्तन गर्नु आवश्यक छ ।

     नगर सभापति हुनु भयो भने के गर्ने सोच बनाउनु भएको छ ?

     बनेपा नगर भित्रका नेपाली काँग्रेसका साथीहरुको  मन भत्तकाएको छ । सबै  साथीहरुको मन एकै मालामा गास्ने कार्य गर्ने छु । संगठन सुदृढीकरण , सुद्धिकरण , संगठन विस्तार गरी सवल र सक्षम कांग्रेस काभ्रे मेरो सोच छ । के गाउँ भेग के शहर सबै क्षेत्रमा मेरो  नगर जानेछ । सुख दुःखमा सधै साथ रहने छ । नीति विधि पद्धतीमा रहेर कार्य गर्न प्रति बढ्द छु । सबैलाई साथमा साथ काँधमा काँध हातमा हात मिलाएर सँग  सँगै हिडने छु ।

     स्थानीय पालिकाको आगामी निर्वाचनमा बनेपा नगरमा नगर प्रमुखमा तपाईको दावी हो ?

     पहिलो विषयत बनेपा नगरमा हाल दुईहजार ६ सय २३ नेपाली कांग्रेसको क्रृयाशिल सदस्य हुनुहुन्छ । उहाँहरुले विवेक पूर्ण ढङ्गले निर्णय लिनु हुने छ भन्ने लाग्छ । बनेपा नगरको सभापतिमा रहेर कार्य गर्ने अवसर दिनुहोस् । नगरभित्र पार्टी सँगठनमा लाग्नु भएका सबैलाई एकताबद्ध गराउने छु । सवल र सक्षम बनाउने मेरो उद्धेश्य हो । अर्को कुरा भनेको बनेपा नेपाली काँग्रेसको गढ भएको  क्षेत्र हो । हिजोका केही कमिकमजोरी छन । त्यस्ता कमजोरीलाई हटाएर एक आपसको मत भिन्नता हटाउनु छ । बनेपामा दिग्गज नेता गण हुनुहुन्छ । स्थानीय पालिकाको आगामी निर्वाचनमा मेरो दावी रहन्छ । पार्टीले विस्वास गरेर र पार्टी संगठनका साथीहरुले शान्ति आवश्यक छ भने म तयार छु नेतृत्व लिन्छु । बनेपा नगरको समग्र विकास अहिलेको जनु खालको अस्त व्यस्तको अवस्था छ, वेथिति छ  । त्यसको अन्त्यको लागि म लागि पर्नेछु ।

     युवा  पिंढी नै गुटमा रमाए पछि काँग्रेस पार्टी लोकतान्त्रीक खम्वा कसरी हुन सक्छ ?

लोकतन्त्रमा चुनाब अपरीहार्य छ । हार र जीतलाई प्रतिष्ठाको विषय बनाउनु भएन । अहिले जित्ने पक्षले हार्नेलाई सँग सँगै साथ साथमा लिएर पार्टी भित्र मिलेर कार्य गर्ने अवसर सृजना गर्नुपर्छ । म त्यो गर्न तयार छु । पार्टीमा सबै कार्यकर्ताको नेताको आवश्यक्ता छ । सामुहिकताको भावनालाई अंगिकार गर्नुपर्छ । पार्टीको अधिवेशनमा प्रतिस्पर्धामा उत्रेर सवल र सक्षम नेतृत्व नीति प्रधान ढङ्गले चुन्न पाउनु पर्छ । लोकतान्त्रीक गणतन्त्र संस्थागत गरी जनताको सुख शान्ति र समृद्धि बनाउने मुल लक्ष्य हुनु पर्छ । अनि मात्र समाजवाद देशमा ल्याउन सकिन्छ, पार्टी भित्रै सधै बिद्रोह, सधै किचलो, गुट उपगुटको राजनीति गर्नु हुन्न । केन्द्र, प्रदेश, जिल्ला र गाउँमा नेतृत्व गर्ने नेतागणले यस्ता विषयलाई निरुत्साहित गर्नुपर्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्