IMG-LOGO

न्यून शुल्कमा बैज्ञानिक र गुणस्तरीय शिक्षा प्रदान गरेका छौँ

 मंगल, भदौ २२, २०७८  रजना श्रेष्ठ

बालवाटिका विद्या मन्दिर उच्च माध्यमिक विद्यालय, बनेपा

       रजना श्रेष्ठ शिक्षाकर्मीको रुपमा काभ्रेमा परिचित हुनुहुन्छ । बनेपाको मुख्य भाग तिनदोबाटोमा अवस्थित बालबाटिका विद्या मन्दिर उच्च माध्यमिक विद्यालयको प्रिन्सिपल श्रेष्ठ निरन्तर शिक्षाकर्ममा लाग्ने प्रण गर्नुहुन्छ । श्रेष्ठले शिक्षा विकासमा अतुलनिय योगदान पु¥याएवापत नेपाल सरकार शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०६७ को अवसरमा पदक तथा प्रमाणपत्रले सम्मान गरिसकेको छ । २०४८ सालदेखि निरन्तर शिक्षाकर्ममा होमिएको श्रेष्ठ आफुलाई शिक्षिका भन्न रुचाउँनु हुन्छ । २०२४ सालमा काठमाण्डौँमा जन्मिएकी श्रेष्ठको स्कुल जीवन महेन्द्र भवन कन्या उच्च माध्यमिक विद्यालय ज्ञानेश्वर काठमाण्डौँबाट पुरा भयो । अमृत साइन्स क्याम्पस काठमाण्डौँबाट आइ.एस्सी. र बि.एस्सी. अध्ययन पुरा गरेपछि उहाँको एम.एस्सी त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र ९ऋजझष्कतचथ० मा अध्ययन पुरा गर्नुभयो ।

       शिक्षा मानव जीवनको अभिन्न अंग मान्ने श्रेष्ठले अमेरिका, जापान, थाइल्याण्ड र भारतको भ्रमण गर्नुभएको छ । बालबाटिका विद्या मन्दिर उच्च माध्यमिक विद्यालयकी संस्थापक प्रिन्सिपल श्रेष्ठको विद्यालयबाट सयांैले एसएलसी परीक्षा उत्तिर्ण गरिसकेका छन् । विद्यालयले काभ्रेमै उच्च शिक्षाका लागि २०६६ सालदेखि विज्ञान शंकायमा अध्यापन गराइरहेको छ । सो शंकायमा बालबाटिकाले शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा मेहेनती विद्यार्थी, लगनशिल प्राध्यापक र सुभेच्छुक अभिभावकको निरन्तर सहयोगले मिलेको तर्क उहाँको छ ।

       विद्यालयले पढाउने काम मात्र नगर्ने बताउँदै योग्य नागरिक उत्पादन गरेको बताउँनु हुन्छ । बालबाटिकामा अध्ययन गरेर धेरै विद्यार्थी, डाक्टर, इञ्जिनियर र सरकारी सेवामा काम गरिहेका छन् । धेरै विद्यार्थी उच्च शिक्षको लागि अमेरिका, अष्ट्रेलिया र युरोपेली मुलुकहरुमा अध्ययन गरिरहेका छन् । उनै शिक्षाकर्मी श्रेष्ठसँग विद्यालयको शैक्षिक स्तरीयताको बारेमा गरिएको कुराकानीको मुख्य अंश यहा प्रस्तुत गरिएको छ ।

 

       बालवाटिका विद्या मन्दिर मा.वि. स्थापनाका अवधारणा के हो ?

       आर्थिक अवस्था कमजोर भएका अभिभावकका नानीहरुलाई समेत न्यून शुल्कमा समयानुकुल स्तरीय एवं गुणस्तरीय बैज्ञानिक शिक्षा प्रदान गरी देशको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्य लिई २०४६ सालमा स्थापना भएको विद्यालय हो । हाल यस विद्यालयमा कक्षा ११ मा विज्ञान शंकाय २०६६ सालदेखि र व्यवस्थापन शंकाय २०७० को शैक्षिक सत्रदेखि सञ्चालित छ ।

       बालवाटिका विद्या मन्दिरमा कक्षा ११ मा कुन कुन शंकाय अध्ययन गर्ने अवसर प्राप्त गर्छन् ?

       यस विद्यालयमा विज्ञान शंकायमा एजथकष्अक, ऋजझष्कतचथ, द्यष्ययिनथ, ःबतज र ऋयmउगतभच क्अष्भलअभ को अध्यापन हुन्छ भने व्यवस्थापन शंकायमा ज्यतभ िःबलबनझभलत, ऋयmउगतभच क्अष्भलअभ, द्यगकष्लभकक क्तगमष्भक, त्चबखभ ि७ त्यगचष्कगm को अध्यापन भई रहेको जानकारी गरीन्छ ।

       विद्यार्थीहरुको रोजाई बालवाटिका विद्या मन्दिर स्कुल हुनु पर्नका कारण ?

       “गुणस्तरीय शिक्षा पाउनु कुनै पनि व्यक्तिको नैसर्गिक अधिार हो । शिक्षा निःशुल्क एवं सर्वसाधारण व्यक्तिको पहुचमा हुनु पर्छ । तर विडवना आजभोली विद्यालय एवं कलेजहरु व्यापारिक दृष्टिकोणबाट सञ्चालन भएको पाइन्छ । ठूला ठूला व्यापारीहरु पनि विद्यालय एवं कलेज सञ्चालन गर्न लागि परेको हाम्रो अगाडी छर्लङ्ग छ । कतिपय अभिभावकहरु पनि महङ्गो शुल्क भएपछी राम्रो हुन्छ भन्ने नराम्रो मानसिकताले ग्रस्त छन् ।” त्यसैको फाइदा कतिपय निजी विद्यालय एवं कलेजहरुले लिई रहेको यथार्थता हामी बीच लुकेको छैन् । कमसेकम अभिभावकहरुले कुनै पनि विद्यालय छनौट गर्दा त्यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु हाल कस्तो अवस्थामा छन बुझ्नु नितान्त आवश्यक छ।

       हाम्रो विद्यालयको बारेमा भन्नु पर्दा विद्यालयमा हुनु पर्ने सम्पूर्ण पूर्वाधार यस विद्यालयले तयार गरी सकेको छ । शिक्षा व्यापारमुखी नभई सेवामुखी हुनुपर्छ भन्ने मान्यता अनुरुप एकदम न्युन शुल्कमा पनि समयानुकुल बैज्ञानिक एवं गुणस्तरीय शिक्षा दिदैँ आएको हुँदा अभिभावकहरुको रोजाई यस विद्यालय हुनुपर्छ ।

       प्रतिस्पर्धि विद्यालय भन्दा फरक सेवा के दिन सकेको छ ?

       विद्यालय विद्यालय बीचको सम्वन्धलाई प्रतिस्पर्धी भन्नु अलि उचित हँुदैन होला । यदि कुने विद्यालयले अर्को विद्यालयलाई प्रतिस्पर्धीको रुपमा हेरिन्छ र कसैलाई विगारेर केहि अगाडी बढ्ने प्रयास गरिन्छ भने त्यो भन्दा घृनित काम केहि हुँदैन होला । त्यस्ता विद्यालय सञ्चालकहरुले विद्यालय सञ्चालन गर्नुको सट्टा कलकारखाना सञ्चालन गरेमा राम्रो हुन्छ होला । विद्यालय विद्यालय बीच हातेमालो गरी अगाडी बढेमा मात्र शैक्षिक गुणस्तर राम्रो हुन्छ ।

       अध्ययनको विषय छनौट गर्दा ध्यान दिनुपर्ने कुरा के के हुन ?

       कुनै पनि विषय छनौट गर्दा सर्वप्रथम आफ्नो इच्छा के छ त्यसमा निर्भर गर्छ । आफ्नो ईच्छा विपरीत कसैको चाहना अनुसार विषय छनौट गर्दा भोली सो विषयमा दक्षता हासिल गर्न गाह्रो हुन्छ । आजभोली दक्षता बजारमा कति आवश्यक छ सो अनुसार पनि विषय छनौट गर्दा राम्रो हुन्छ । भने अर्को कुरा भनेको घर परिवार आर्थिक अवस्थालाई समेत ख्याल राखेर अध्ययन विषयको छनौट गर्नु राम्रो हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्