IMG-LOGO

भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरु ९० प्रतिशत पूनःनिर्माण भए

 मंगल, भदौ १५, २०७८  देवकुमार बराल

राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्ववयन इकाई (शिक्षा), काभ्रेपलाञ्चोक

       २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले जनधनको ठुलै क्षति भयो । भूकम्पको कारण व्यक्तिका निजी आवास, स्वास्थ्य चौकी, धार्मिक र सांस्कृतिक महत्वका ऐतिहासिक संरचनाहरु अधिकांश ध्वस्त भए । काभ्रे जिल्लाका शैक्षिक संस्था सामुदायिक विद्यालय भवनहरु धेरै नै क्षतिग्रस्त भए । जिल्लामा रहेका ६ सय ९० वटा विद्यालयहरु मध्ये ५ सय ८७ वटा सामुदायिक विद्यालयहरुमा ९ सय ५४ कक्षा कोठाहरु अधिक रुपमा र १ हजार ४ सय ८३ कक्षा कोठाहरु सामान्य क्षति  ग्रस्त भए । ६ वर्ष अघि भएको विनाशलाई पुननिर्माणमा बदल्न जिल्लाका सामुदायिक भवनहरुको भौतिक संरचना निर्माणले नयाँ काँचुलि फेरेको अवस्था छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) काभ्रेपलाञ्चोकले सामुदायिक विद्यालयका भवनहरु पुन निर्माणलाई तिव्रता दिने सवालमा के कस्ता कठीनाई वेहोरनु पर्‍यो । भवनहरु कति सम्पन्न भए, समग्र प्रगति के भयो भन्ने सवालमा काभ्रेका इकाई प्रमुख देवकुमार बराल सँग एविसी रेडियोमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुतु गरिएको छ ।

 

       १) विगत ६ वर्ष अघि गएको भुकम्पले क्षति पुराएका सामुदायिक विद्यालयका भवनहरु पुन निर्माणको अवस्था कस्तो रह्यो बताइ दिनुसन् ?

       २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले व्यक्तिगत आवास सांस्कृतिक धरोहर र सामुदायिक विद्यालयका अधिकांस भवनका कोठाहरु क्षति ग्रस्त भए । काभ्रे जिल्लाको सन्दर्भमा भन्नु पर्दा ६ सय ९० वटा  विद्यालय मध्ये५ सय ८७ वटा विद्यालयहरुमा ९ सय ५४ कक्षा कोठा पूणर् रुपमा क्षति भयो । १ हजार ४ सय ८३ कक्षा कोठाहरु आंशिक क्षति पुग्यो । भूकम्प प्रभावित जिल्लाहरुमा २०७३ सालमा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको गठन भयो । विद्यालय पुन निर्माणका हरेक गतिविधिहरुको सञ्चालन समन्वय र सहकार्य यसै निकाय मार्फत गरिएको हो । भूकम्प प्रतिरोधि ठूला भव्य शिक्षण सिकाईका लागि सुविधायुक्त आधुनिक मोडलका विद्यालय भवनहरु बनेका छन् । अधिकांस विद्यालयहरुमा शैचालय र खानेपानीको समेत पर्‍याप्त प्रवन्ध गरिएको छ । ९० प्रतिशत भन्दा बेसी संरचनाहरु निर्माण सम्पन्न भएका छन् ।

       २) काभ्रे जिल्लामा क्षतिग्रस्त भएका सामुदायिक विद्यालयका भवनहरु निर्माण्का लागि क-कसको कस्तो सहयोग रह्यो ?

       नेपाल सरकारको आर्थिक र प्राविधिक सहयोग, एशियाली विकास बैँक ९ब्म्द्य० यस अन्तरगत भ्भ्ब्, म्च्क्एक्ष्, म्च्क्एक्ष्क्ष् र क्ःऋ जस्ता आयोजनाहरु सञ्चालनमा छन् । अमेरिकी सहयोग नियोग ग्क्ब्क्ष्म् यो आर्थिक  सहयोगबाट र यसमा भ्भ्ब्ए आयोजना समेत समेटीएको छ । भारत सरकार अनुदान सहयोग त्यस्तै गरी ल्न्इरक्ष्ल्न्इ हरुको सहयोगमा बन्ने भवनहरु मुलत राष्ट्रिय पुन निर्माण प्राधिकरण, केन्द्रीय आयोजना इकाई (शिक्षा) सम्वन्धि संस्थाको त्रिपक्षीय सम्झौता गरी निर्माण गरिएको छ । विद्यालय व्यवस्थापन समिति ठेक्का प्रक्रिया, गैर सरकारी संस्था मार्फत विद्यालय व्यवस्थापन समितिसँग साझेदारी गरेर सामुदायिक विद्यालयका भवनहरु निर्माण कार्य भएका छन् । त्यस्तै स्थानीय सरकारहरुको सहयोग रहेको छ ।

       ३) पुननिर्माणको कार्य प्रगति तथा उपलब्धीहरु ?

       विद्यालय व्यवस्थापन समितिबाट निर्माण हुने २ सय २९ वटा विद्यालयको भवन निर्माण भएको छ । ए.डि.वी को ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रक्रियाबाट भ्भ्ब्ए र म्च्क्ए परियोजना मार्फत ३८ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । त्यस्तै गरी विभिन्न गैर सरकारी संस्थाबाट ९२ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । क्षति भएका मध्ये २ हजार ६ सय २७ वटा कक्षा कोठा पुननिर्माण भएको छ । विद्यालय व्यवस्थापनबाट बन्ने ६५ वटा शौचालयको निर्माण कार्य सम्पन्न भएको छ । २०७५/०७६ मा वितरित ६८ वटा शौचालय मध्ये ४८ वटा र आ.व. ०७६/०७७ मा ७८ वटा शौचालय मध्ये १७ वटा निर्माण कार्य सम्पन्न भएका छन् । विभिन्न आयोजना अन्तरगत ४ सय ४८ भवनहरुका २ हजार २७ कक्षा कोठा निर्माण भएका छन् । १ सय ७ वटा भवनहरु निर्माणाधिन छन् । ल्न्इरक्ष्ल्न्इ को भवनका योजना मध्ये ६ वटा शुरु हुन बाँकी छन् । त्यस्तै म्च्क्ए(च्भतचय (डि.आर.एस.पी. रेट्रो ) १० वटा विद्यालयको टेण्डर भएको छ । 

       ४) सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणको कुल लागत र खर्चको अवस्था के छ ?

       नेपाल सरकार, जिल्ला आयोजना कार्यान्वयन इकाई १ अर्ब ३५ करोड १३ लाख, नेपाल सरकार शिक्षा विकास इकाईबाट १७ करोड ५० लाख ८० हजार, एशियाली विकास बैँक विभिन्न परियोजना अन्तरगत ४ अर्ब ८९ करोड ७९ लाख ६२ हजार, त्यस्तै भारत सरकारबाट ६० करोड ७० लाख ९९ हजार र गैरसरकारी संस्थाबाट १ अर्व २३ करोड ६४ लाख ८३ हजार गरी जम्मा ७ अर्ब ६६ करोड २० लाख निर्माण सम्पन्न हुदाँ खर्च हुने छ ।

       ५) भौतिक संरचना पुन निर्माण गर्दा झेल्नु परेका प्रमुख चुनौतीहरु ?

       विगत २ वर्ष देखि विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ प्रकोपले निरन्तर कार्य प्रक्रियामा अवरोध पुर्‍यायो । त्यस्तै गरी महाभारत, खानीखोला र चौरीदेउराली गाउँपालिका जस्ता विकट क्षेत्रहरुमा वर्षातका समयममा पूर्वाधार निर्माणका सामाग्री पुन निर्माण कार्य गर्ने क्षेत्र सम्म पुर्‍याउन कठीन छ किनभने उक्त क्षेत्रमा १२ महिना यातायातका साधानहरु सञ्चालन हुन नसक्ने जस्ता कारणले कार्य गर्न कठीन भयो । पहाडै पहाड सम्म जग्गा अभाव जस्ता कारणले गर्दा पुन निर्माण कार्यमा तिव्रता दिन कठिनाई भए ।        भूकम्पको कारण पूणर् रुपमा क्षतिग्रस्त भएका सामुदायिक विद्यालयका भवनहरु निर्माण सम्पन्नता सँगै विद्यार्थीहरुको शिक्षण सिकाईमा कस्तो

        ६) उपलब्धी आउने अपेक्षा गर्न सकिन्छ ?

       विगत ६ वर्ष देखि भूकम्पको कारण खुल्ला आकाश मुनी पढ्नुपर्ने अवस्था थियो । हावा, हुरी, वतास, वर्षातका कारण पढाइमा नराम्रो असर परेको थियो । अभिभावक वर्गलाई आफ्ना सन्ततीहरु कुन बेला सुरक्षित ढङ्गबाट आफ्नो बासस्थानमा आइ पुग्छन भन्ने चिन्ता दुर भएको छ । काभ्रे जिल्लाका क्षति ग्रस्त भएका सामुदायिक विद्यालयका ४ सय ४८ वटा भवनहरु  निर्माण समपन्न भएका छन् । शौचालयको प्रवन्ध, सुद्ध पिउने पानीको प्रवन्ध, त्यस्तै खेलकुद मैदानको व्यवस्था भएको हुँदा विद्यार्थीहरुको चौतर्फी विकास हुने गरी शिक्षा ग्रहण गर्न सक्ने अवस्थाको श्रृजना भएको छ । काभ्रे जिल्लाको स्थानीय सरकार अभिभावक वर्ग विद्यालय व्यवस्थापन समिति, विभिन्न दात्री निकायहरुको भरपुर सहयोगले भौतिक पूर्वाधार निर्माणले पुणर्ता पाउने अवस्था श्रृजना भएको छ । ९० प्रतिशत उपलब्धी हाँसील भएको छ । सामुदायिक विद्यालयका भौतिक संरचना निर्माण सम्पन्नताले उपयुक्त शैक्षिक वातावरण बनेको छ । व्यवस्थापन समिति अभिभावक वर्गले भौतिक संरचनाको संरक्षण गर्ने विद्यालयका शिक्षकहरुले अनुशासीत उत्तरदायी ढङ्गबाट विद्यार्थीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन दत्तचित भएर लाग्नु पर्छ । यसो गरेमा सबैको बृहत्तर हित हुन्छ । कोभिड-१९ अन्य विविध कारणले गर्दा विद्यालयको भौतिक संरचना निर्माणका लागि आएको ५ करोड बजेट फ्रिज हुन पुग्यो यो चाही साह्रै दुःखद विषय हो । विकास निर्माण सबैको साझा भएकोले सबै मिलेर सहकार्यका साथ कार्य गर्नुपर्छ भन्न चाहन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्