राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्ववयन इकाई (शिक्षा), काभ्रेपलाञ्चोक
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले जनधनको ठुलै क्षति भयो । भूकम्पको कारण व्यक्तिका निजी आवास, स्वास्थ्य चौकी, धार्मिक र सांस्कृतिक महत्वका ऐतिहासिक संरचनाहरु अधिकांश ध्वस्त भए । काभ्रे जिल्लाका शैक्षिक संस्था सामुदायिक विद्यालय भवनहरु धेरै नै क्षतिग्रस्त भए । जिल्लामा रहेका ६ सय ९० वटा विद्यालयहरु मध्ये ५ सय ८७ वटा सामुदायिक विद्यालयहरुमा ९ सय ५४ कक्षा कोठाहरु अधिक रुपमा र १ हजार ४ सय ८३ कक्षा कोठाहरु सामान्य क्षति ग्रस्त भए । ६ वर्ष अघि भएको विनाशलाई पुननिर्माणमा बदल्न जिल्लाका सामुदायिक भवनहरुको भौतिक संरचना निर्माणले नयाँ काँचुलि फेरेको अवस्था छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) काभ्रेपलाञ्चोकले सामुदायिक विद्यालयका भवनहरु पुन निर्माणलाई तिव्रता दिने सवालमा के कस्ता कठीनाई वेहोरनु पर्यो । भवनहरु कति सम्पन्न भए, समग्र प्रगति के भयो भन्ने सवालमा काभ्रेका इकाई प्रमुख देवकुमार बराल सँग एविसी रेडियोमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुतु गरिएको छ ।
१) विगत ६ वर्ष अघि गएको भुकम्पले क्षति पुराएका सामुदायिक विद्यालयका भवनहरु पुन निर्माणको अवस्था कस्तो रह्यो बताइ दिनुसन् ?
२०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले व्यक्तिगत आवास सांस्कृतिक धरोहर र सामुदायिक विद्यालयका अधिकांस भवनका कोठाहरु क्षति ग्रस्त भए । काभ्रे जिल्लाको सन्दर्भमा भन्नु पर्दा ६ सय ९० वटा विद्यालय मध्ये५ सय ८७ वटा विद्यालयहरुमा ९ सय ५४ कक्षा कोठा पूणर् रुपमा क्षति भयो । १ हजार ४ सय ८३ कक्षा कोठाहरु आंशिक क्षति पुग्यो । भूकम्प प्रभावित जिल्लाहरुमा २०७३ सालमा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको गठन भयो । विद्यालय पुन निर्माणका हरेक गतिविधिहरुको सञ्चालन समन्वय र सहकार्य यसै निकाय मार्फत गरिएको हो । भूकम्प प्रतिरोधि ठूला भव्य शिक्षण सिकाईका लागि सुविधायुक्त आधुनिक मोडलका विद्यालय भवनहरु बनेका छन् । अधिकांस विद्यालयहरुमा शैचालय र खानेपानीको समेत पर्याप्त प्रवन्ध गरिएको छ । ९० प्रतिशत भन्दा बेसी संरचनाहरु निर्माण सम्पन्न भएका छन् ।
२) काभ्रे जिल्लामा क्षतिग्रस्त भएका सामुदायिक विद्यालयका भवनहरु निर्माण्का लागि क-कसको कस्तो सहयोग रह्यो ?
नेपाल सरकारको आर्थिक र प्राविधिक सहयोग, एशियाली विकास बैँक ९ब्म्द्य० यस अन्तरगत भ्भ्ब्, म्च्क्एक्ष्, म्च्क्एक्ष्क्ष् र क्ःऋ जस्ता आयोजनाहरु सञ्चालनमा छन् । अमेरिकी सहयोग नियोग ग्क्ब्क्ष्म् यो आर्थिक सहयोगबाट र यसमा भ्भ्ब्ए आयोजना समेत समेटीएको छ । भारत सरकार अनुदान सहयोग त्यस्तै गरी ल्न्इरक्ष्ल्न्इ हरुको सहयोगमा बन्ने भवनहरु मुलत राष्ट्रिय पुन निर्माण प्राधिकरण, केन्द्रीय आयोजना इकाई (शिक्षा) सम्वन्धि संस्थाको त्रिपक्षीय सम्झौता गरी निर्माण गरिएको छ । विद्यालय व्यवस्थापन समिति ठेक्का प्रक्रिया, गैर सरकारी संस्था मार्फत विद्यालय व्यवस्थापन समितिसँग साझेदारी गरेर सामुदायिक विद्यालयका भवनहरु निर्माण कार्य भएका छन् । त्यस्तै स्थानीय सरकारहरुको सहयोग रहेको छ ।
३) पुननिर्माणको कार्य प्रगति तथा उपलब्धीहरु ?
विद्यालय व्यवस्थापन समितिबाट निर्माण हुने २ सय २९ वटा विद्यालयको भवन निर्माण भएको छ । ए.डि.वी को ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रक्रियाबाट भ्भ्ब्ए र म्च्क्ए परियोजना मार्फत ३८ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । त्यस्तै गरी विभिन्न गैर सरकारी संस्थाबाट ९२ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । क्षति भएका मध्ये २ हजार ६ सय २७ वटा कक्षा कोठा पुननिर्माण भएको छ । विद्यालय व्यवस्थापनबाट बन्ने ६५ वटा शौचालयको निर्माण कार्य सम्पन्न भएको छ । २०७५/०७६ मा वितरित ६८ वटा शौचालय मध्ये ४८ वटा र आ.व. ०७६/०७७ मा ७८ वटा शौचालय मध्ये १७ वटा निर्माण कार्य सम्पन्न भएका छन् । विभिन्न आयोजना अन्तरगत ४ सय ४८ भवनहरुका २ हजार २७ कक्षा कोठा निर्माण भएका छन् । १ सय ७ वटा भवनहरु निर्माणाधिन छन् । ल्न्इरक्ष्ल्न्इ को भवनका योजना मध्ये ६ वटा शुरु हुन बाँकी छन् । त्यस्तै म्च्क्ए(च्भतचय (डि.आर.एस.पी. रेट्रो ) १० वटा विद्यालयको टेण्डर भएको छ ।
४) सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणको कुल लागत र खर्चको अवस्था के छ ?
नेपाल सरकार, जिल्ला आयोजना कार्यान्वयन इकाई १ अर्ब ३५ करोड १३ लाख, नेपाल सरकार शिक्षा विकास इकाईबाट १७ करोड ५० लाख ८० हजार, एशियाली विकास बैँक विभिन्न परियोजना अन्तरगत ४ अर्ब ८९ करोड ७९ लाख ६२ हजार, त्यस्तै भारत सरकारबाट ६० करोड ७० लाख ९९ हजार र गैरसरकारी संस्थाबाट १ अर्व २३ करोड ६४ लाख ८३ हजार गरी जम्मा ७ अर्ब ६६ करोड २० लाख निर्माण सम्पन्न हुदाँ खर्च हुने छ ।
५) भौतिक संरचना पुन निर्माण गर्दा झेल्नु परेका प्रमुख चुनौतीहरु ?
विगत २ वर्ष देखि विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ प्रकोपले निरन्तर कार्य प्रक्रियामा अवरोध पुर्यायो । त्यस्तै गरी महाभारत, खानीखोला र चौरीदेउराली गाउँपालिका जस्ता विकट क्षेत्रहरुमा वर्षातका समयममा पूर्वाधार निर्माणका सामाग्री पुन निर्माण कार्य गर्ने क्षेत्र सम्म पुर्याउन कठीन छ किनभने उक्त क्षेत्रमा १२ महिना यातायातका साधानहरु सञ्चालन हुन नसक्ने जस्ता कारणले कार्य गर्न कठीन भयो । पहाडै पहाड सम्म जग्गा अभाव जस्ता कारणले गर्दा पुन निर्माण कार्यमा तिव्रता दिन कठिनाई भए । भूकम्पको कारण पूणर् रुपमा क्षतिग्रस्त भएका सामुदायिक विद्यालयका भवनहरु निर्माण सम्पन्नता सँगै विद्यार्थीहरुको शिक्षण सिकाईमा कस्तो
६) उपलब्धी आउने अपेक्षा गर्न सकिन्छ ?
विगत ६ वर्ष देखि भूकम्पको कारण खुल्ला आकाश मुनी पढ्नुपर्ने अवस्था थियो । हावा, हुरी, वतास, वर्षातका कारण पढाइमा नराम्रो असर परेको थियो । अभिभावक वर्गलाई आफ्ना सन्ततीहरु कुन बेला सुरक्षित ढङ्गबाट आफ्नो बासस्थानमा आइ पुग्छन भन्ने चिन्ता दुर भएको छ । काभ्रे जिल्लाका क्षति ग्रस्त भएका सामुदायिक विद्यालयका ४ सय ४८ वटा भवनहरु निर्माण समपन्न भएका छन् । शौचालयको प्रवन्ध, सुद्ध पिउने पानीको प्रवन्ध, त्यस्तै खेलकुद मैदानको व्यवस्था भएको हुँदा विद्यार्थीहरुको चौतर्फी विकास हुने गरी शिक्षा ग्रहण गर्न सक्ने अवस्थाको श्रृजना भएको छ । काभ्रे जिल्लाको स्थानीय सरकार अभिभावक वर्ग विद्यालय व्यवस्थापन समिति, विभिन्न दात्री निकायहरुको भरपुर सहयोगले भौतिक पूर्वाधार निर्माणले पुणर्ता पाउने अवस्था श्रृजना भएको छ । ९० प्रतिशत उपलब्धी हाँसील भएको छ । सामुदायिक विद्यालयका भौतिक संरचना निर्माण सम्पन्नताले उपयुक्त शैक्षिक वातावरण बनेको छ । व्यवस्थापन समिति अभिभावक वर्गले भौतिक संरचनाको संरक्षण गर्ने विद्यालयका शिक्षकहरुले अनुशासीत उत्तरदायी ढङ्गबाट विद्यार्थीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन दत्तचित भएर लाग्नु पर्छ । यसो गरेमा सबैको बृहत्तर हित हुन्छ । कोभिड-१९ अन्य विविध कारणले गर्दा विद्यालयको भौतिक संरचना निर्माणका लागि आएको ५ करोड बजेट फ्रिज हुन पुग्यो यो चाही साह्रै दुःखद विषय हो । विकास निर्माण सबैको साझा भएकोले सबै मिलेर सहकार्यका साथ कार्य गर्नुपर्छ भन्न चाहन्छु ।
