IMG-LOGO

निकट भविष्यमा फुड टेक्नोलोजी र बिबिए सञ्चालन गर्ने सोचमा छौँ

 मंगल, सावन २६, २०७८  डा. महेन्द्र थापा प्रिन्सिपल, निष्ट कलेज बनेपा

      सन २०१२ मा क्यान्सस स्टेट युनिभरसिटि अमेरीकाबाट रसायन शास्त्रमा पिएचडी गर्नुभएका डा. महेन्द्र थापा विगत १२ बर्ष देखि शिक्षण सेवामा लाग्नु भएको हो । युनि ग्लोवल कलेज काठमाण्डौबाट शिक्षण पेशा प्रारम्भ गर्नु भएका थापा २०७८ बैशाखबाट काभ्रे जिल्लाको शैक्षिक हबको रुपमा विकास भएको बनेपाको निष्ट कलेजको प्रिन्सिपलको जिम्मेवारी समाल्नुभएको छ । विद्यार्थी केन्द्रीत जीवन उपयोगी शिक्षा, सिप सहितको शिक्षा प्रदान गर्ने मुल लक्ष्य बोकेको निष्ट कलेजले देशको शैक्षिक विकासमा एक इटा थप गर्न मद्दत गरेको उहाँको भनाइ छ । विद्यार्थीहरुको रुची, क्षमता अभिभावकहरुको चाहना र आवश्यकतालाई परिपूर्ति गर्न काभ्रे जिल्लामा सञ्चालित  शैक्षिक संस्था योग्य छन् भन्ने मान्यता राख्नु हुन्छ डा. महेन्द्र थापा । एस.ई.ई. परीक्षाको नतिजा आइसकेको छ । विद्यार्थीहरु र अभिभावकहरुलाई काभ्रे जिल्लाका शैक्षिक संस्था भ्रमण गरी शैक्षिक बातावरण  उचित लागेको शैक्षिक संस्था रोज्न उहाँको सुझाव छ । निष्ट कलेजको शैक्षिक स्तरीयता भावी शैक्षिक योजनाको सवालमा प्रिन्सिपल डा. थापासँग रेडियो एवीसीमा गरिएको कुराकानीकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     निष्ट कलेजको शैक्षिक स्तरीयता बारेमा प्रस्ट पारी दिनुस्न ?

     निष्ट कलेज काभ्रे जिल्लामा विगत १० बर्ष देखि सञ्चालनमा आएको हो । विज्ञान शंकाय र व्यवस्थापन शंकायमा विद्यार्थीहरुको रोजाइ भित्र पर्न सफल यस कलेजमा व्यवहारिक, सिपमुलक, जीवन उपयोगी शिक्षा प्रदान गर्न शैक्षिक व्यवस्थापन टिम, शिक्षक वर्ग तल्लिन रहनुभएको छ । विद्यार्थी केन्द्रीत जीवन उपयोगी, विद्यार्थीहरुको चौतर्फी विकास गर्ने शिक्षा नै आत्म निर्भरताको कडी हो । हाम्रो सक्षम, अनुभवी दक्ष जनशक्तिको लगनशिलता सामुहिकता एकता र सक्रियताबाट काभ्रे, सिन्धुपाल्चोक दोलखा र भक्तपुर जिल्लाका अभिभावक वर्गको चाहना र विद्यार्थीहरुको रुचि क्षमता अनुसार शिक्षण सिकाई गर्न सकेको कारण आज निष्ट कलेजको सान र गरीमा  बढ्न निरन्तर  लागि परेको छ ।

     विद्यार्थीहरुको रोजाई निष्ट कलेज हुनु पर्नका कारण ?

     विद्यार्थीहरुलाई बैज्ञानिक पद्धतीको व्यवहारिक जीवन उपयोगी शिक्षा दिन सफल, विद्यार्थीहरुको मनोभावनालाई उच्च प्रथमिकता, सकारात्मक सोचको विकास, परीवार देश र समाज रुपान्तरण गर्न सक्ने क्षमताको विकास, सूचना र प्रविधिको नविनतम आविस्कार, खोेजलाई शिक्षण सिकाइको माध्यम बनाईने, आफू र समाज प्रति  उत्तरदायि बन्न सिकाउने भएकै कारण  निष्ट कलेज विद्यार्थीहरुको रोजाई भएको हुनुपर्छ ।

     कोभिड-१९ प्रकोपको प्रभावले शिक्षा क्षेत्रलाई नै नकारात्मक असर गरेको छ । यो अवधिमा विद्यार्थीहरुको शिक्षा प्रति लगाव भएको देखिदैन, आकर्षण बढाउन कलेजले कस्तो नीति अवलम्वन गरेको छ ?

     कोभिड-१९ प्रकोपले मानवीय जीवनलाई धेरै नै कस्टकर बनाएको छ । फार्मेसी औषधी व्यवसायी, खाद्य सामाग्रीको कारोवार गर्ने बाहेकका सबै क्षेत्र नै कोभिडका कारण अस्तव्यस्थ भएका छन् ।  शैक्षिक क्षेत्र  झन थप संकटमा छ । संकट सँगै समाधानको उपायको खोजी पनि साथ साथै  हुन्छ । प्रविधिको विकासको प्रयोग गर्न निष्ट कलेजले अनलाइन शिक्षा प्रणालीलाई अवलम्बन गर्‍यो । शिक्षकहरुलाई अनलाइन शिक्षा प्रविधिको विकासको उच्चतम प्रयोग गर्न तालिमको प्रवन्ध गरियो । विद्यार्थीहरुको लागि पनि शुरुमा दैनिक २ वटा कक्षा सञ्चालन । त्यस्तै गरी कोभिड-१९ को कारण लकडाउन भएको करिव २ महिना पछि कक्षा ११ र १२, त्यस्तेै विविएस, विआइसीटी, आइटी सम्बन्धी कक्षा सञ्चालन निरन्तर गरी राख्यौँ । भौतिक शरिर उपस्थित गराएर अध्यापन गराउन सकिने परिस्थिति थिएन । विद्यार्थीहरुलाई शिक्षा हाँसिल गर्न आकर्षित बढाउन उप्रेरित सहितको शिक्षा प्रदान गरेका छाँै । १ सय ८० दिन पढाए पुग्नेमा हामीले २ सय ४० दिन नै विद्यार्थीहरुको अध्यापन गराउने कार्य गर्‍यौँ ।

     यो विषम परिस्थितिमा अभिभावकहरुको आयश्रोत नहुनुले गर्दा आफ्ना सन्ततिको अध्यापनको मासिक शुल्क तिर्न कठीन भएको अवस्थामा केहि छुटको प्रवन्ध गरिएन नी किन ?

     निष्ट कलेजले विद्यार्थीहरुको शैक्षिक विकासमा स्तर उन्न्ती गर्ने गरी नै कदम चालेर २ सय ४० दिननै शिक्षकहरुले शिक्षण सिकाई गर्नुभयो । कोभिड-१९ ले आर्थिक क्षेत्रमा साँच्चै असर गर्‍यो नै अभिभावकहरुलाई निक्कै समस्या त परेको छ नै । संस्थागत विद्यालय तथा कलेजहरु पनि विद्यार्थीहरुको शुल्कबाट नै चल्ने भएकाले त्यहि शुल्कबाट विद्यालयको प्रशासनिक तथा शिक्षकलाई तलब खुवाउनु पर्ने हुन्छ ।  हामीले विद्यार्थीहरुको लागि छुट दिन सकेका त छैनौँ । अभिभावकहरुले आफ्नो अनुकुलताको आधारमा शुल्क बुझाउने बातावरण भने निर्माण गरिदिएका छौँ ।

     शिक्षकहरुलाई समय सिमा भित्रै सेवा सुविधा तलव दिन सक्नु भएको छ त ?

     शिक्षण पेशा पवित्र पेशा, बौद्धिक पेशा हो । शिक्षण सिकाईमा गुणत्मक ल्याउने कार्य नै दक्ष शैक्षिक जनशक्तिको उच्चतम प्रयोग गर्नुपर्छ । शिक्षकहरुको  तलव हाम्रो विद्यालयले हरेक महिना दिने गरेका छौँ । शिक्षक तथा कर्मचारीहरुलाई दिगो विकासको लागि क्षमता विकास गर्नु जरुरी छ । शिक्षकहरुको दिगो विकासलाई आत्मसात गर्दै सञ्चय कोषको प्रवन्ध, दशैँ खर्च व्यस्था गरिएको छ । संकटको समयमा पनि शिक्षकहरुले विद्यार्थीहरुको सिकाई प्रभावकारी बनाउन भूमिका खेलेको छ । आगामी बर्ष देखि खाइपाइ आएको तलबमा समेत बृद्धि गर्ने सोचमा छौँ ।

     विद्यार्थीहरुको लागि विषय छनौट गर्दा कस्तो  सुझाव दिन चाहनु हुन्छ ?

     विज्ञान, व्यवस्थापन, कानुन र द्य।क्ऋ, ऋक्क्ष्त्, द्य।क्ऋ जनरल, द्यक्ष्ः र द्यऋब् शंकाय सबैको आ-आफ्नो महत्व छ । हामी निष्ट कलेजमा यी विषयहरुको अध्यापन गरिन्छ । विद्यार्थीहरुले विषयहरुको छनौट गर्दा ध्यान दिनु पर्छ । अध्यन गरेर आफू पुग्ने लक्षय कुन हो त्यो तय हुनु पर्‍यो । अलमल गर्नुहुन्न, सहायताबाट अघि बढ्नुपद्धर्छ । विद्यार्थीहरुको आफ्नो रुचि इच्छा, क्षमता र आर्थिक पक्षलाई समेत ध्यान केन्द्रीत गरी विषयहरुको छनौट गर्नुपर्छ । जीवनमा व्यवहारिक सिप सहितको शिक्षा, जस्तो प्राविधिक शिक्षा तिर लाग्ने, डाक्टर, इन्जिनियर बन्ने सपना छ भने विज्ञान शंकाय अध्यन गर्नुपर्‍यो । हैन भने विश्व वजारमा विक्ने उच्च महत्व भएको व्यवस्थापन शंकाय अध्यन गर्दा राम्रो हुन्छ । त्यस्तै समाजमा शान्ति, अमन चयन शुसासन न्यायको पहुँच स्थापीत गर्ने हो भने कानुन शंकाय लिएर अधयन गर्न सकिन्छ विशेषज्ञता हासिल गर्दा सबै शंकायको उत्तीकै महत्व छ ।

     निष्ट कलेजका भावि नयाँ योजना ?

     विज्ञान, व्यवस्थापन, कानुन र द्य।क्ऋ, ऋक्क्ष्त्, द्यक्ष्ः, द्यऋब् शंकायलाई व्यवस्थित र मर्यादिद बनाई कार्य अघि बढाउने निकट भाविस्यमा नै विविए र फुड टेक्नोलोजी विषयहरुको अध्यापन गराउने योजना अघि सारेका छौँ । आगामी २ वर्ष भित्र त्यो लक्ष्य पुरा गर्ने छौँ भन्ने लाग्छ । देशमा गुणस्तरयुक्त शिक्षा दिन निरन्तर लागि परेका आर्थिक सामाजिक रुपान्तरण गर्न शिक्षाले मात्र त्यो देशको भविस्य कोर्छ भन्ने मान्यता राख्ने निष्ट फाउण्डेशनका अध्यक्ष डा. माधव बराल त्यस्तै निष्ट कलेज बनेपालाई स्थापित गराउने आफ्नो दिलोज्यान लगाउनु हुने मेरा मित्र चेतन  विष्ट शरलाई सम्झन चाहन्छु । अभिभावक र विद्यार्थीहरुको रोजाई यो कलेज बन्न सकेको छ । त्यो विस्वासलाई कायम राख्ने कलेजका व्यवस्थापक टिम, शिक्षक वर्ग र प्रशासनीक क्षेत्रका सबै कर्मचारीहरुको सक्रियता लगनशिलता निरन्तर रहनेमा म विश्वस्त छु ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्