IMG-LOGO

पनौती-बनेपा सडक भदौ लागेपछि पिच हुन्छ

 मंगल, सावन १२, २०७८  भिम न्यौपाने , प्रमूख, पनौती नगरपालिका

      २०७२ सालमा नयाँ संविधान जारी सँगै संघीय संरचना अनुसार २०७४ जेठमा स्थानीय सरकारको निर्वाचन भयो । संवैधानिक व्यवस्था अनुरुप २२ वटा आधिकारीक अधिकार प्रयोग गरी ऐन नियम कानुन निर्माण देखि नीति , कार्यक्रम र बजेट प्रस्तुत स्थानीय सरकारले गर्न सक्छ । सिंह दरवारको अधिकार गाँउ गाँउ मा भने अनुसार जनताका जनजीविकाका सवालको साथ साथै पूर्वाधार विकास शिक्षा र स्वास्थ्यको पँहुच जनताको विचमा पुर्‍याउन सक्ने अवस्था छ । सोहि अनुसार कार्य हुन सकेको छ त ? निर्वाचित भएको ४ वर्षमा जनताहरुमा निर्वाचनका समयमा वाचा गरेका घोषित कार्यहरु के के पुरा गर्न सक्यो त ? यस सन्दर्भ नगर प्रमूख भिम न्यौपाने सँग रेडियो एबिसिमा गरिएको कुराकानीको मूख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

   पनौती नगर पालिकाले ९ औं नगर सभाले पारित गरेको नीति कार्यक्रम बजेटका प्राथमिकताहरु के के हुन ?

       पनौती नगरको समग्र विकासका लागि १ अर्व ६५ करोड बजेट विनियोजन गरिएको छ ।  विश्व महामारीको रुपमा रहेको कोभिड-१९ प्रकोपले नेपाललाई नराम्ररी प्रभावित पारेको छ ।  जनताले जीवन रक्षाका  लागि आवश्यक पर्ने सम्पूणर् तयारीका साथ स्वास्थ्य जनशक्तिको प्रयोग गरी स्वास्थ्य सेवा प्रदान गरेका छौं ।

       पहिलो प्राथमिकता स्वास्थ्यलाई राखिएको छ । पनौतीमा २५ वेड शैयाको अस्पताल निर्माण गर्ने क्रममा छौं । केन्द्र प्रदेश र स्थानीय आय श्रोतको आधारमा विकास निर्माणका खाकाहरु कोरिएको छ । ३ सय योजना छनौट भएका छन् । दोश्रोमा कृषि तथा पशुपालन, यसलाई व्यवसायिक ढङ्गबाट अघि बढाई साँच्चिकै जीवनस्तर परिर्वतन ल्याउन योजनाबद्ध ढङ्गबाट अघि बढेका छौं । कोभिड -१९ को कारण जीवन यापन गर्न कठिन भएका , विपन्न र्वग , अल्पसंख्यक दलित, जनजातिका ५ हजार ५ सय ११ जनाको १ वर्षको लागि विद्युत शुल्क तिरिदिने प्रबन्ध गरिएको छ ।  त्यसै गरी नगर भित्रका १ हजार विपन्न घर परिवारलाई विभिन्न संघ संस्था सहकारीहरुको सहकार्यमा १५ हजार जना  जतिलाई स्वास्थ्य विमा गरि दिने व्यवस्था मिलाएको छ । त्यसै गरी पूर्वाधार  विकास , शैक्षिक विकास पर्यटन क्षेत्रको व्यवसायिक विकासका लागि पनौती नगरपालिकाले प्राथमिकताका साथ नीति कार्यक्रमहरु अघि बढाएका छन्  ।

    गत वर्षको विकासको समिक्षा गर्नु पर्दा के के उपलब्धी हाशिल गर्नु सकियो ?

आ. व. २०७७/२०७८मा कार्यान्वयनका लागि  ३ सय ३ वटा योजना छनौट भएका थिए । २ सय  ८२ वटा योजना सम्झौता भए । २१ वटा योजनाहरु सम्झौता हुन सकेनन् । कार्यान्वयनमा रहेका योजनाहरु ७७ वटा छन् । ०७७/ २०७८ मा  २ सय  ५ वटा योजना सम्पन्न भई  ७३ प्रतिशत  कार्य सम्पन्न भएको छ ।

   चुनावको बेला जनताका बीचमा घोषणा गरेका प्रतिवद्दताहरु के के पुरा गर्न सक्नु भयो ?

- जनताका विचमा हामीले घोषित गरेका बाँचाहरु क्रमागतरुपले पुरा गर्दै गएका छौं । पनौती रङ्गशालाको छिनोफानो, ग्वार्को नमोबुद्ध सडक, पनौती खोपासी सडक, हेटौंडा जाने राजमार्ग कालोपत्रे गर्न संघ र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट कार्य प्रारम्भ भइसकेको छ जुन बहुबर्षीय दिगोविकास योजना अन्तरगत हुन आगामी वर्ष भित्र सम्पन्न हुने छन् । नगरवासीहरुको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न १४ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवाको पँहुच विस्तार गरेको छ । त्यस्तै बाल मैत्री नगर घोषणा गरी बालबालिकाहरुको हित, नेतृत्व क्षमता विकासमा प्रभावकारीता ल्याएको छ । दोश्रो मेलम्चीको रुपमा हेरिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत पुरा भएको छ । आगमी असोज मसान्त सम्ममा बनेपा, पनौती र धुलिखेल तीनै नगरपालिकाका नगरबासीले गुणस्तरीय पिउने पानी उपभोग गर्न पाउने छन् । पनौती करीडोरको कार्य निर्माण कार्य तिव्ररुपमा अघि बढेको छ । एक घर एक धारा जडान कार्य अगाडी बढेको छ । पनौती बसपार्कलाई व्यवस्थित गर्न सकिएको छैन । पनौतीको १२ वटै वडा प्रविधि मैत्री वनाएका छौं । नगरपालिकाको १३ वटा योजनाहरु जुन कालोपत्रे गर्न बजेट विनियोजन गरिएको थियो । वडा नं. १ रयाले पखलिचौर ५ सय मिटर, वडा नं. ४ को दुरसञ्चार चोक, राधाकृष्ण चोक ५ सय मिटर त्यस्तै गरी वडा नं. ९ को नागे चौर नौबिसी सडक १ किमी सडक कालोपत्रे भएको छ ।

   यस पटकको नगर सभा नेपाली कांग्रेस सम्बद्द जनप्रति निधिहरुले बहिस्कार गर्ने अवस्था किन आयो ?

- पनौती नगरपालिकामा ६ वटा वडा नेपाली कांग्रेस र ६ वटा वडा नेकपा एमालेले जितेको हो । नगरसभाको निश्चित प्रक्रिया र मापदण्ड अनुसार योजना छनौट गरी बजेट विनियोजित गरिएको हो । कांग्रेसले जितेका वडाहरुमा अझ बढि बजेट विनियोजन भइ विगत देखि कार्य भएका छन् । आ.व. ०७८/०७९ नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने क्रममा असार ७ गतेको बैंठकमा नेपाली कांग्रेसका साथीहरु उपस्थीत हुनु हुन्छ ८ गतेको कार्यरुपमा अनुपस्थित हुनु भएको हो । बहिस्कार हैन । उहाँहरुको के नियत हो बुभ्mन सकिएन विरोधका लागि विरोध मात्र गरिनु सिवाए अरु केहि हैन् ।

   स्थानीय पालिकाहरुको असारे विकासे प्रवृति त कायमै रह्यो नि ? यो प्रवृतिले दिगो बिकास निर्माणलाई असर गर्‍यो नि?

- हाम्रो पनौती नगरपालिकामा असार विकासे प्रवृति हावि भएको छैन । निर्माण सम्पन्न भएको योजनाहरुको फरफार त अन्तिममानै हुन्छ । विभिन्न कारणले बसेका योजनाहरु हुन्छन् । तीकार्य सम्पन्न गर्दा भूक्तानि लिने कार्य असारको अन्त्यमा नै हुन्छ । अन्यत्र केहि समस्या होलान् हाम्रो नगरपालिकामा त्यो अवस्था छैन ।

  संवैधानिक व्यवस्था अनुरुप २२ वटा आधिकारीक अधिकार प्रयोग गरि कानून वनाउने कार्य किन पुरा गर्न सकेन ?

- संवैधानिक व्यवस्था अनुसार २२ वटा अधिकार प्रयोग गरी नगरपालिकाले कानुन वनाउँछ । १८ वटा कानुन र १३ वटा नियमावली वनाइ सकेका छौं । कतिपय कानूनहरु संघ र प्रदेशसँग सम्बन्धीत रहेकाले सवै कानून वनाउन नसकिएको हो ।

   कृषि र पशुपालन व्यवसायलाई व्यवसायिक रुप दिने जनताका जीवन स्तरमा साँच्चै सुधार ल्याउने कार्य के के भए ?

- जनताका जन जीवीकाका सवाललाई पनौती नगरपालिकाले महत्वोका साथ हेरेको छ । पालिकाले कृषि तथा पशुपालन व्यवसायको सम्भावना भएका भौगोलिक अवस्थालाई नियालेर सोहि अनुसार योजना निर्माण गरी अघि बढेको छौं । कृषि र पशुपालनमा आश्रीत दुवैलाई मध्यनजर गरेर काम गरेको छु । ०७६/०७७ मा ४६ लाख लागतमा ३ सय जनालाई मुर्राक्रस जातको भैंसीको थोरे वितरण, त्यस्तै ०७७/०७८ मा ५६ लाखको लागतमा भैंसीको थोरे ५ सय ६ जनालाई वितरण गरियो भने त्यस्तै ०७७/०७८ मा जर्सीक्रस गाइ ४० वटा ३० लाख लागतमा, अनि बोयर जातको बोका ७ वटा र जमुना पारी र खरी क्रस जातका बाख्रा १ सय ५० वटा ३० लाखको लागतमा खरिद गरी वितरण गरीयो । कृषि क्षेत्रको व्यवसायिक खेति गर्न उन्नत जातका विउ विजन कृषि औजार वितरण, औषधी वितरण, जस्ता कार्यहरु गरेर जनताका जीवन पद्दतीको सुधारमा साच्चै परिवर्तन ल्याउने कार्य भएको छ ।

    बनेपा पनौती सडक खण्डको अवस्था दयनिय अवस्था छ वर्षातमा हिलाम्मे हिउँदमा धुलम्मे भएको छ जन आक्रोस अधिक छ यसमा नगरपालिकाले किन ध्यान दिन सकेन ?

- विगतका वर्षहरुमा अरनिको राजमार्ग अन्तर गर्ने सडक विभागले कालोपत्रे गर्द थियो । गत वर्षबाट नीति परिवर्तन गरी छोटो दुरीको मोटर बाटोलाई सडक विभागले हटाएकोले समस्या भयो स्थानीय स्रोत साधनले कालोपत्रे कार्य असम्भव छ । यो वर्षातमा मात्र हो । बनेपा पनौती र खोपासी सडक खण्ड यसै आ.व.मा सम्पन्न हुने छ । वर्षात समय सकिना साथ आगामी भाद्र महिना देखि कार्य शुरु हुन्छ । पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेश संसद बसुन्धरा हुमागाइ र चन्द्र लामाको र पनौती नगरपालिकाको विशेष पहलमा १५ करोड बजेट भौतिक योजना तथा निर्माण मन्त्रालयबाट प्राप्त हुने भएको छ । उक्त सडक खण्ड कालो पत्रे पुरै सम्पन्न हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्