IMG-LOGO

क्षमता विकास तालिम

 मंगल, असार २९, २०७८  ---


    बनेपा/बनेपा नगरपालिका सहकारी शाखाको आयोजनामा महिला सहकारी संस्थाहरुको क्षमता विकास सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । तालिममा नगरभित्रका महिला सहकारी संस्थाका प्रतिनिधीहरुलाई सहकारीलाई दिगो राख्न, ब्याज राख्ने, खाता सञ्चालन गर्ने, महिला नेतृत्वको विकास गर्नका लागी तालिमले सहयोग पुर्‍याएको नगर प्रमुख लक्ष्मी नरसिं बादेले वताउनु भयो । 
    नगर सहकारीको हब भएकाका कारण सबै सहकारीलाई नियमन र अनुगमन गर्दे सहकारीको क्षमता र दिगो विकासका लागी नगर लागेको बताउनु भयो । सबै सहकारीहरुलाई एउटै नजरमा हेर्ने नहुने भन्दै नगर प्रमुख बादेले केहि सहकारीहरु बदनाम भएको र जनताले राखेको रकम समेत सुरक्षित नभएकोले नगरले नियम अनुसार कार्यवाही गर्ने बताउनु भयो । कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहालले महिला दिदिबहिनीहरुले आफुले कमाएको केहि रकम बचत गरी सक्षम बन्दै गएको बताउनु भयो । सहकारीले गर्दा घरपरिवार चलाउन र आफुलाई खर्च गर्न समेत सक्षम भएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत कविराज उप्रेति, महिला तथा बालबालिका शाखा अधिकृत विजया सुवेदी, निरिक्षक निर्मला कार्कि, सहकारी संयोजक सागर कपालि, जिल्ला बचत सघंकी द्धतिय उपाध्यक्ष तिर्थमाया प्रधान लगाएतले तालिमका बारेमा मन्तब्य राख्नु भएको थियो । तालिम ३ दिन सम्म चलेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्