धुलिखेल, जिल्लामा दिगो विकास लक्ष्य १६ ल्पस, मानव अधिकार र न्यायमा पहँुचको अवस्थाबारे जिल्ला स्तरीय शेयरिङ कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । दिगो विकासका लागि राष्ट्रिय अभियान नेपालको आयोजना र ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा आयोजित कार्यक्रमको प्रमुख अतिथि वागमती प्रदेश सांसद लक्ष्मण हुनुहन्थ्यो । संस्थाका अध्यक्ष दयासागर श्रेष्ठले संस्थाले हाल सम्म प्राप्त गरेका उपलब्धी र जिल्लाको समग्र अवस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो । नेकपा एमालेका अध्यक्ष एवं मण्डनदेउपुर नगरपालिकाका नगर प्रमूख टोक बहादुर वाइवा , नेकपा माओवादी केन्द काभ्रेकी अध्यक्ष रुकु चौलागाईं ,पनौती नगर पालिकाका नगर प्रमुख भिम न्यौपाने बेथानचोक गाँउ पालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, उप-प्रमुख सरिता लामिछानेले आ-आफ्नो नगरको दिगो विकासका लक्ष्य प्राप्ति गर्न गरेको रणनीतिक योजनाको वारेमा पार्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल,नेपाली कांग्रेसका प्रतिनिधि माधव श्रेष्ठ लगायतले जिल्लाको परिस्थितीबारे बोल्नु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका निर्वतमान अध्यक्ष मोतिराम तिमल्सिनाले काभ्रे जिल्लामा सामाजिक आर्थिक सांस्कृतिक अधिकारकोवारेमा चर्चा गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यलय धुलिखेलका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जिल्लाको हिंसाका अवस्था बारेमा बोल्नु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका निर्वतमान उपाध्यक्ष रमेश प्रसाद न्यौपानेले जिल्लामा राजनैतिक तथा मानव अधिकारको अवस्थाको विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । त्यसै गरी विमला सापकोटाले महिला हिंसा र अधिकारको बारेमा बोल्नु भएको थियो । बालबालिकाहरुको अधिकार व्यक्तित्व विकासमा पुर्याएको योगदानको र पम्फा पुर्कुटीले जिल्लामा जातीय भेदभावको अवस्था बारेमा बोल्नु भएको थियो ।
