IMG-LOGO

जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुद छ

 मंगल, असार २९, २०७८  भुपेन्द्र खत्री

    दैलेख जिल्लामा जन्मनु भएका भुपेन्द्र खत्रीले २०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रारम्भ गर्नुभयो । यस अघि रौताहट जिल्लामा प्रहरी प्रमुख एसपीमा कार्यरत रहनु भएका भुपेन्द्र खत्री हाल जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेमा प्रहरी प्रमुख एसपीको जिम्मेवारी समाल्नु भएको छ । अग्लो कदका हसिलो चेहरा भएका प्रहरी प्रमुख खत्रीसँग जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, घटना तथा परी घटनाको सन्दर्भमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
काभ्रे जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था के छ ? बताई दिनुस् न ?
    बनेपा, मंगलटार, कात्तिके देउराली र बनखु गरी ४ इलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षकको कमाण्डमा रहेर जनसेवामा लागि परेको छ । जुन ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालय हो । त्यस्तै गरी काभ्रे जिल्लामा प्रहरी चौकी र अस्थायी चौकी गरी ४० वटा छन् । ती प्रहरी चौकी र अस्थायी प्रहरी चौकीबाट जिल्लामा शान्ति सुरक्षा अमयन चयन कायम राख्न हाम्रा सुरक्षाकर्मी टोली लागि परेका छन् । कोभिड-१९ प्रकोपको कारण मानव जीवनमा नकारात्मक असर पार्नुका साथै जन-जीवन कष्टकर बन्दै गएको अवस्था छ । कोभिड-१९ प्रकोपबाट बच्न सामाजिक तथा भौतिक दुरी कायम गरी अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र शान्ति सुरक्षा जनतामा प्रत्याभूत गर्न जिल्ला प्रहरी कार्यालय निरन्तर लागी परेको छ । २०७८ असार २७ गते सम्ममा ११ हजार ५ सय १८  कोरोना संक्रमित भएका छन् । त्यस्तै १० हजार ८ सय ३९ निको भई घर फर्केका छन्, २ सय ३६ को कोरोनाका कारण मृत्यु भएको छ । ती मध्ये १ सय ६९ काभ्रे जिल्लाका हुन अन्य जिल्लाको ६७ जनाको कोरोनाको कारण निधन भएको छ । कोभिड-१९ विरुद्धको खोप पहिलो चरण लागाउने ३९ हजार २ सय ३२ र दोश्रो चरण लगाउने २१ हजार ४ सय ५४ छन् । हरेक पालिकामा खोप अभियानलाई सफल बनाउन शान्ति सुरक्षाको व्यवस्थामा समेत प्रहरीले सहयोग पुर्‍याएको छ ।
    काभ्रे जिल्लामा विष सेवन र झुण्डीएर आत्म हत्या गर्नेको संख्या बढ्नुमा प्रहरीको अनुसन्धानले चाँहि के भन्छ  ?
    यहाँले भन्नुभए जस्तो काभ्रे जिल्लामा विष सेवन र झुण्डीएर आत्महत्या गर्नेको संख्या बढेको छ । ०७६/०७७ झुण्डीएर आत्महत्या गर्ने ६० पुगेको थियो ०७७/०७८ मा त्यो भन्दा बेसी भएको छ । त्यस्तै ०७६/०७७ मा विष सेवनबाट मृत्यु हुने ३२ जना पुगेका थिए । हाल ०७७/०७८ मा त्यसमा पनि वृद्धि भएको छ । २०७६/०७७ मा महिला हिंसा घटना २ सय १७ र ०७७/०७८ मा १७८ जिल्ला प्रहरी कार्यालय महिला सेलमा उजुरी दर्ता भएका छन् । महिला हिंसा घटना बढ्दो क्रममा छ । २०७४ सालको स्थानीय सरकारको गठन भए पछि न्यायिक समितिबाट निरुपण भएको हुँदा महिला हिंसाको मुद्दा प्रहरी कार्यालयमा कम आएको हो । अनुपातमा भन्नु पर्दा हिंसा बढ्दो क्रममा छ । विष सेवन र झुण्डिएर आत्म हत्या गर्नुका खास कारण अहिले कोभिड-१९ को कारण व्यापार व्यवसायमा असर गर्नु । आपूmले चाहेको व्यवसायमा उन्नती नहुनु, आर्थिक अभावले ग्रस्त हुुनु, दैनिकी जीवनमा नकारात्मक असरले परिवारमा खटपट हुनु डिप्रेशन हुनु जस्ले गर्दा हिनताबोध हुदाँ म अव बाँचेर के गर्नु भन्ने जस्ता मनोभावना पलाउँदा कमजोर मन भएकाले आत्महत्या गर्ने गरेको पाइन्छ । त्यसको रोकथाम तथा नियन्त्रण गर्न काभ्रेका स्थानीय पालिकाहरुसँग समन्वय गरेर, पिडितको संख्या बढी भएको क्षेत्रमा चेतना पैmलाउने कार्य गरिएको छ । बनेपा, धुलिखेल, पनौती र पाँचखालमा मनोपरामर्श दिने कार्यहरु गरियो । कोभिड-१९ प्रकोपको सचेतना पैmलाउने कार्य, त्यस्तै प्रहरी साझेदारी, प्रहरी मेरो साथी, मुस्कान सहित प्रहरी सेवा, प्रदान गर्न नेपाल प्रहरी जहिले कटिबद्ध छ । निरन्तर लागि परेको छ ।
    अन्त्यमा केहि भन्नु छ कि ?
    सत्य सेवा सुरक्षणम प्रहरीको नारा हो । जनधनको सुरक्षा गर्न, अपराधजन्य क्रियाकलाप गर्ने जो कोहीलाई कानुनी कठाघरमा उभ्याउन, प्रहरी प्रशासन सक्षम छ । नागरिकहरुको सुख दुःख साथी हो प्रहरी आपत विपदमा नागरिकहरुको साथ साथमा हुन्छ । अपराध छिपुन हुन्न निर्दोष नपरुन भन्ने नै हो । त्यसैले नागरिकहरुले प्रहरीलाई साथ दिनुपर्छ । कोभिड-१९ प्रकोप केही कमी आए पनि निमिटयान्न भएको छैन । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई हिडडुल गरौं । भिड भाड नगरौं निषेध आदेश जारी छ । यो अवधिभर भेला जुलुस,सभा केही नगरौं लगाइएको छ । यो अवधि भर सबैले आ-आप्mनो जिम्मेवारी पुरा पुरा गरौं भन्न चाहन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्