IMG-LOGO

रोटरीद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

 मंगल, असार १, २०७८  ---

    कोभिड्को माहामारीकोे कारणले गर्दा धेरै मानिसहरुले अक्सिजनको अभावले गर्दा अकालमा ज्यान गुमाइरहेको हामी सामु तितो अथार्थ बिध्यमान रहेको छ । यसै रोटरी क्लब अफ काठमाडाँै मिड्टाउनले विभिन्न स्वास्थ्य संस्थालाई ६ थान दस लिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर मेसिन उप्लब्ध गराएको छ । बनेपाको शीर मेमोरियल अस्पतालको लागि दुई थान, नेपाल हृदय रोग निवारण प्रतिस्ठानको बनेपा स्थित हार्ट क्लिनिकलाई दुई थान र पिपलचौर, नमोबुद्ध स्थित रोटरी सामुदायिक क्लिनिकको लागि दुई थान उप्लब्ध गराएको छ । यस उपकरण ले स्वास प्रस्वास र दमको दीर्घरोगी बिरामीहरु तथा डाइलाइसिस गराइरहेका बिरामीहरुको लागि समेत अति उपयोगी हुनेछ । प्रस्तावित रोटरी क्लब काभ्रे भ्याली ले पनि शीर मेमोरियल अस्पताललाई दिस्पोजेबल फेस मास्क २ हजार थान, सेनिटाइजर १५ लिटर, अक्सिमिटर ६ थान को साथै अक्सिजन कन्सन्ट्रेटर र ढुवानी गरी बनेपा सम्म ल्याउन सहयोग गरेको थियो ।
    यस्तो विषम परिस्थितिमा रोटरी क्लबहरुद्वारा गरिएको सहयोग को लागि शीर मेमोरियल अस्पतालका डाक्टर अन्जेला बस्नेत, रोटरी क्लब अफ् काभ्रे-बनेपाका अध्यक्ष सुर्यप्रभा शाक्य, नेपाल हृदय रोग निवारण प्रतिस्ठान काभ्रे शाखाका सभापति अशोक श्रेष्ठ तथा उप-सभापति ग्रोबेन तौजले र रोटरी सामुदायिक संघ पिपल्चौरकी अध्यक्ष सबिना श्रेष्ठले हार्दिक आभार ब्यक्त गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्