IMG-LOGO

बालबालिकाको सर्वाङ्गीण विकास र संस्कार सहितको शिक्षा प्रदान गरेका छौं

 मंगल, कार्तिक १८, २०८३  रोजिना केसी, प्रिन्सिपल, पुस्पाञ्जली किण्डरगाट्रेन एण्ड टे«निङ्ग सेन्टर, पनौती, काभ्रे

                विगत २३ वर्षदेखि निरन्तर शिक्षण सिकाइमा लाग्नुभएकी शिक्षा सेवी रोजिना केसीले २०७५ सालमा पनौतीमा पुस्पाञ्जली किण्डर गाट्रेन एण्ड टे«निङ्ग सेन्टर संचालनमा ल्याउनुभयो । बालबालिकाहरुको चौतर्फी शिक्षाको विकास गर्ने उद्देश्यले स्थापीत शैक्षिक संस्थाको मुख्य ध्येय बागमती प्रदेशको उत्कृष्ट तथा नेतृत्वदायी किण्डर गाट्रेन तथा टे«निङ्ग सेन्टरको रुपमा विकास गर्ने लक्ष्यका साथ कार्य अघि बढाइएको तर्क गर्नुहुन्छ पुस्पाञ्जली किण्डरगाट्रेनको प्रिन्सिपल केसी । अभिभावकको आवश्यकता, बालबालिकाहरुको मनोभावना, सृजनासिलक्षमता, सिकाइको चाहनालाई पहिचान गरेर शिक्षा प्रदान गरिएको भनाइ राख्नुहुन्छ विद्यालयकी प्रिन्सिपल केसी । त्रिभुवन विश्वविद्यालयबाट सन् २०१४ मा एम.वि.एस (MBS), काठमाण्डौं युनिभरसीटीबाट इसीडी (ECD) मा पोस्ट ग्राजुएट, एक वर्ष टिचर टे«निङ्ग इसीइसी (ECEC) भानीमण्डल, ललितपुरबाट, नेश्नल प्यारेटीङ एजुकेशन सहजकर्ता, ICDP (आइसीडिपी) इन्टरनेश्नल चाइल्ड डेभल्पमेन्ट प्रोग्राम सहजकर्ता, लिडरसिप टे«निङ, त्यसैगरी जापानमा समेत गइ शिक्षण सिकाइ विधि र व्यवस्थापन सम्बनधी तालिम समेत लिई मास्टर डिग्री सम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण सिकाइमा आफ्नो उर्जासिल समय व्यतित गर्नुभएकी पुस्पाञ्जली किण्डर गाट्रेन एण्ड टे«निङ्ग सेन्टरकी प्रिन्सिपल रोजिना केसीसँग विद्यालयको शैक्षिक स्तरियता र भावि शैक्षिक योजनाको बारेमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

                पुस्पाञ्जली किण्डरगाटे«न एण्ड टे«निङ्ग सेन्टर पनौतीले प्रदान गरेको शैक्षिक स्तरीयतालाई कसरी नियाल्न सकिन्छ ?

२०७५ सालमा स्थापित गरेको हाम्रो शैक्षिक संस्थाले समाजमा अभिभावक वर्गको चाहना र आवश्यकताको आधारमा बालबालिकाहरुको सर्वाङ्गीण शैक्षिक विकासमा सहयोग पुग्ने हेतुले हाम्रो विद्यालय व्यवस्थापन टिम र अनुभवी शिक्षक मित्रहरुले शिक्षा प्रदान गर्दै आएको छ । २ वर्षदेखि ५ वर्ष उमेरका ६० जना बालबालिकाहरु हाम्रो शैक्षिक संस्थाका अध्ययनरत हुनुहुन्छ । इसिडी (ECD) बेस्ड, प्ले वे मेथड खेल्दै, गाउँदै, रमाउँदै शिक्षा ग्रहण गर्ने शैक्षिक वातावरण निर्माण गरेका छौं । बागमती प्रदेश कै उत्कृष्ट नेतृत्वदायी किण्डरगार्टेन तथा टे«निङ सेन्टरको रुपमा शैक्षिक विकास गर्ने मुल लक्ष्य लिइएको छ । बालबालिको सर्वाङ्गीण विकासका लागि अभिभावको चाहना अनुरुप शरिरिक, मानसिक, सामाजिक संवेगात्मक, सांस्कृतिक र गुणस्तरीय शिक्षा प्रदान गरिएको छ । त्यसमा समाज र अभिभावक वर्गको साथ र विस्वासले आजको अवस्थामा आउन सफल भएको हो ।

                शैक्षिक आकर्षण र विशेषता बारेमा प्रस्ट पारिदिनुस न ?

अभिभावक शिक्षा, शिक्षकहरुलाई समय सापेक्ष आधुनिक युग सुहाउँदो तालिम, बालबालिकाहरुलाई बालमैत्री शिक्षा, सकारात्मक सोचको विकास गरी बालबालिकाहरुको चौतर्फी विकास हुने शिक्षा प्रदान, धर्म, संस्कार, संस्कृतिप्रति उत्तरदायी रहने नैतिक आचरण चरित्र निर्माणका सवालमा समेत उच्च प्राथमिकता दिइ शिक्षण सिकाई गरिएको छ । बालबालिकाहरुको लागि उचित सुरक्षाको प्रबन्ध, सिसि.टिभी. क्यामराको व्यवस्था, अभिभावक लक्षीत कार्यक्रमहरु, उमेर उपयूक्त क्रियाकलाप, सुविधायुक्त कक्षा कोठा र खेल मैदान, सिकाउने र सिक्ने उद्देश्य अनुरुप सिकाइ पद्दती, इ.सि.डी. (ECD) तालिम प्राप्त अनुभवि शिक्षिकाबाट प्राध्यापन, बालबालिका केन्द्रीत शिक्षा, रमाइलो शुक्रबार, स्वस्थकर खाना तथा खाजा सफा तथा सुद्ध पिउने पानी, यातायातको सुविधा, नियमित स्वास्थ्य परीक्षण, ECA (इसीए) अतिरिक्त क्रियाकलाप पौडी खेल्न सिकाउने लगायतका क्रियाकलाप जुन दैनिक जीवनमा उपयोग हुने र प्रविधिको विकासलाई समेत जोडेर शिक्षा प्रदान गरेका छौं ।

                प्रि–स्कुल संचालनका प्रमुख चुनौतीहरु ?

शिक्षा भनेको सभ्य समाज निर्माणको अभिन्न अंग हो, देशको विकासको संवहाक हो । शिक्षाको राम्रो जग विना शिक्षा क्षेत्रको विकास असम्भव छ । नेपालमा शैक्षिक संस्था मात्र हैन कुनैपनि उद्योग भन्दा वा सामाजिक संस्था दर्ता गर्न राज्य संयन्त्रमा धेरै झन्झट व्यहोर्नुपर्छ । स्थानीय सरकारले प्रिस्कुललाई विद्यालयको दर्जा नै दिएको छैन । जुनसुकै पालिकामा शैक्षिक क्षेत्रमा दर्ता गर्नुपर्ने भएपनि त्यस क्षेत्रको शैक्षिक विकासमा योगदान गर्न लागेको हो भनेर स्थानीय सरकारले बुझ्न सकेको छैन, यो विडम्वना हो । शिक्षा क्षेत्रमा अर्को समस्या भनेको प्रविधिसँग खेल्न सक्ने जनशक्तिको अभाव, पूँजी लगानीको सुरक्षाको समस्या छ । राज्यले शिक्षा नीति राम्रो बनाउन जरुरी छ । शिक्षालाई उद्योगसँग जोड्नुपर्छ ।

                शैक्षिक अवस्थामा गुणात्मक सुधार ल्याउन अभिभावक शिक्षा कतिको जरुरी छ ?

बालबालिकाहरुको पहिलो पाठसाला घर हो । माता पिता पहिलो शिक्षक हुनुहुन्छ । संस्कार र संस्कृति त्यहिबाट सिक्ने हो । अभिभावकमा पाँच सको धेरै महत्व छ । स्थानीय चालचलन, बालबालिकाको आनीबानीलाई सकारात्मक परिवर्तन, असल अभ्यासको प्रयोग, विगत र वर्तमानको तुलना सहित समिक्षा जरुरी छ । बालबालिका, शिक्षक, अभिभावक त्रीपक्षीय नङ र मासु्को सम्बन्ध अवश्यकता छ । शिक्षक र अभिभावकसँग बालबालिकाहरुको आनीबानी, व्यवहार, शैक्षिक क्रियाकलापको सवल र दुर्वल पक्ष बिच बारम्बार एक आपसमा छलफल हुनुपर्छ । सकारात्मक सोच र उर्जाका लागि शैक्षिक सुधारमा अभिभावक शिक्षा अवाश्यक छ ।

                भावि शैक्षिक योजना के छन् ?

हाल २ वर्षदेखि ५ वर्ष उमेर समूहका नानी बाबुलाई अध्यापन गराउँदै आएका छौं । निकट भविष्यमै ८ वर्ष उमेर समूहका बालबालिकाहरुलाई शिक्षण सिकाइ गर्ने योजना छ । भौतिक पूर्वाधार, खेलकुद क्षेत्रको विकास, बालबालिकाहरुको शारिरिक, मानसिक, शैक्षिक, सामाजिक उत्तरदायित्व, देशभक्ति र सभ्य समाजको निर्माणमा योगदान गर्न सक्ने क्षमताको विकास सहितको शिक्षा प्रदान गर्न हामी निरन्तर लागि गर्ने छौं ।

प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्