IMG-LOGO

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने नमुनाकोरुपमा परिचित छ धुलिखेल अस्पताल

 मंगल, असोज ६, २०८३  प्रा.डा. दिपक श्रेष्ठ, हाडजोर्नी विशेषज्ञ, धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक

आज भन्दा ३० वर्ष अघि सन १९९६ मा स्थापना भएको हो धुलिखेल अस्पताल । हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ प्रा.डा. दिपक श्रेष्ठ । हंसिलो चेहरा होचो कदका सलिन व्यक्तित्व हुनुहुन्छ हाडजोर्नी विशेषज्ञ प्रा.डा. दिपक श्रेष्ठ । विहानी प्रहरदेखि वेलुका सम्म अहोरात्र विरामीको उपचारमा तल्लीन रहनुहुन्छ हाडजोर्नी विशेषज्ञ श्रेष्ठ । धुलिखेल अस्पताल विगत देखि वर्तमान अवस्थामा ल्याई पु¥याउने मुख्य नायक हुनुहुन्छ प्रा.डा. रामकण्ठ माकजु । त्यस्तैगरी धुलिखेल नगरपालिकाका संस्थापक नगर प्रमुख एवं विकास प्रेमी नेता बेलप्रसाद श्रेष्ठ र शैक्षिक क्षेत्रका धरोहर शिक्षा सेवी एवं काठमाण्डौं विश्व विद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माले समेत धुलिखेल अस्पतालको वृति विकासमा सघाउँदै आउनुभएको छ । करिब ४ सय २५ वेड क्षमताको अस्पतालले नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ । २०५३ साल मंसिर २४ गते अस्पतालको उद्धघाटन तत्कालिन राजा विरेन्द्रले गरेसँगै स्वास्थ्य सेवा प्रारम्भ भएको हो । मंगलबार र बिहिबार हाडजोर्नीका समस्या भएका विरामीको परीक्षण, आवश्यकताका आधारमा सल्यक्रिया गर्ने कार्यमा हाडजोर्नी विशेषज्ञ प्रा.डा. श्रेष्ठको दिनचार्य व्यतित हुन्छ । धुलिखेल अस्पतालमा उपचार गर्न आउने विरामी मध्ये ५० प्रतिशत चोटपटक लागेका, ढाड भाँचिएका, हात र खुट्टा भाँचिएका विरामीहरु उपचार गर्न बेसी आउने गरेको बताउनुहुन्छ हाडजोर्नी विशेषज्ञ प्राडा श्रेष्ठ । साउथ एसिया कन्र्टीमा, सडक तथा सवारी दुर्घटनामा परेर दैनिक ६ देखि ७ जनाले ज्यान गुमाउने गरेको तथ्य उजगार गनुहुन्छ प्राडा दिपक श्रेष्ठ । वहाँसँग अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवा प्रभावकारीता तथा निर्माणधिन रहेको ट्रमा सेन्टर सम्पन्न भएपछि उपलब्ध हुने सेवा प्रवाहको सवालमा रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा हाडजोर्नी विशेषज्ञ प्रा.डा. दिपक श्रेष्ठसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

    धुलिखेल सामुदायिक अस्पतालले नागरिकहरुलाई उपलब्ध गराएको स्वास्थ्य सेवा प्रवाहलाई कसरी नियाल्न सकिन्छ ?
मातृ सिशु स्वास्थ्य सेवा, कडा रोगहरु, मृगौला, मुटु रोग सम्बन्धी समस्या समाधान, हाडजोर्नी, ग्यास्ट्रोलोजी, न्यूरोलोजी, डेन्टल सर्भिस लगाएतका सेवा प्रवाह गरी नागरिकहरुलाई सर्वशुलभ ढङ्गबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरेका छौं । डाक्टर तथा नर्सहरुको लगनसिलता, मेहनतको साथ र अत्याधुनिक मेशीनरी औजारबाट बिरामीहरुको स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौं ।
    धुलिखेल अस्पतालले ट्रमा सेन्टर निर्माणको चरणमा छ, सम्पन्नता भएपछि नागरिकहरुले प्राप्त गर्ने सेवा सुविधाको बारेमा प्रस्ट पारी दिनुस न ?
धुलिखेल अस्पतालले हाल निर्माण गर्दै गरेको ट्रमा सेन्टर एक सय वेड क्षमताको हो । ३ अर्ब ६० करोड लागत अनुमान रहेको उक्त ट्रमा सेन्टर निर्माण कार्य अघि बढेको हो । २०२३ अक्टोवर र २०२५ मेमा जाइका नेपाल र अर्थमन्त्रालय बीच सहकार्य भइ कार्य प्रारम्भ भएको हो । २०२७ जुलाइमा ट्रमा सेन्टर तथा इमरजेन्सी सेन्टर निर्माण कार्यले सम्पन्नता पाउने छ । हाल ५० प्रतिशत काम सम्पन्न भएको छ । करिब १६ रोपनी क्षेत्रफल, त्यस्तैगरी ७४ हजार वर्ग फिटको भवनले क्षेत्रफल ओगटेको छ । संसारभर नै ट्रमा सेन्टर तथा इमरजेन्सी सेन्टर उपचार कक्ष छुट्टै हुन्छ । दुर्घटनामा परी गम्भीर किसीमको चोटपटक लागेको, हात, खुट्टा भाँचिएको ६ घण्टा भित्र विरामीको उपचार भइ सक्नुपर्छ । नत्र बिरामीको मृत्यु हुन सक्ने खतरा हुन्छ । उक्त समय अगावै त्यस्ता किसीमका बिरामीहरुलाई अस्पताल ल्याई सक्नुपर्छ ।
    ट्रमा सेन्टरको लागि आवश्यक पर्ने उपकरण र कर्मचारी व्यवस्थापन तर्फको योजना के छन् ?
ट्रमा सेन्टर तथा इमरजेन्सी विभागका लागि आवश्यक उपकरण, प्राविधिक, दक्ष जनशक्ति, डाक्टर तथा नर्सहरुको व्यवस्थापन गर्न व्यवस्थापकीय कार्ययोजना अनुरुप कार्य थालनी भइसकेको छ । ट्रमा सेन्टर निर्माण भइ २०२७ जुलाइमा सम्पन्न गरी हस्तान्तरण भएसँगै काभ्रे, काठमाण्डौं उपत्यकाका जिल्ला मध्य पूर्वीय पहाडी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली त्यस्तैगरी सर्लाही सम्मका नागरिकहरुले सेवा लिन सक्नेछन् ।
    दिनप्रतिदिन बढ्दै गएको सवारी साधन सडक दुर्घटनामा पर्दा व्यक्तिको अंङ्गभङ्ग हुने उपचारका लागि परिवार र राज्यले आर्थिक भार वेहोर्नुपरेको अवस्था छ, यसप्रति तपाई के भन्नुहुन्छ ?
देशमा केन्द्र, प्रदेश र स्थनीय सरकार छ, सबैले आ–आफ्नो जिम्मेवारी पुरा गरी नागरिकहरुलाई सहज ढङ्गबाट सहकार्य गरी समन्वयन्तायक भूमिका निर्वाह गरी कार्य अघि बढाउनु प¥यो । केन्द्र सरकारले देशमा विकास र समृद्धिको यात्रा पुरा गर्ने सुशासन कायम गर्ने नीति निर्माण गर्ने राष्ट्रिय राजमार्ग विस्तार, आवश्यकताको आधारमा मर्मत सुधार निरन्तर जरुरी छ । संघीयताको मर्मबमोजीम कार्यान्वयन गर्नुप¥यो । निमानुसार काम गर्ने  वातावरण हुनु जरुरी छ । सडक भिभागले सडकको गुणस्तर कायम राख्नुपर्छ । सडकमा कहि कतै ठूलाठूला खाडल हुनु भएन । प्रदेश र स्थानीय सरकारले त्यसको अनुगमन गर्ने सडक मर्मत सुधार गर्न लाग्नुपर्छ । त्यसखालको मेकानिजम बन्नाउनुपर्छ । बाटोमा परेको खाडल, बाढी पहिरोले सडक विग्रदाँ २४ घण्टा भित्र बनि सक्नुपर्छ । एसियाका कन्ट्रीहरुमा दैनिक ६÷७ जनाको हाराहारीमा सवारी दुर्घटनामा परेर नागरिकहरुले ज्यान गुमाउनु परेको छ । त्यसमा राज्य र परिवारले ठूलो क्षति व्यहोर्नु परेको छ । परिवारले आफ्नो अभिभावक गुमाउनु पर्ने, राज्यले जनशक्ति गुमाउनुपर्ने अवस्था आउनुभएन । नागरिकहरुले पनि ट्राफिक नियमको पालना गर्नुप¥यो । जथाभावी बाटो काटनु भएन । बसको छतमा यात्रा गर्नुभएन ।
    सरकारले संचालन गरेको बीमा कार्यक्रमले अस्पतालबाट नागरिकहरुले हैरानी व्यहोर्नु परेको गुनासो व्याप्त भयो किन होला ?
सबै नागरिकहरुले समानढङ्गले स्वास्थ्य सेवा प्राप्त गरुन भनेर परिवार बीमा योजना ल्याएको हो । बीमा राम्रो कार्यक्रम हो, समाजका उच्च र कम्जोर आर्थिक अवस्था भएका सबैले समान गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ । व्यवस्थापनमा केहि कमजोरी भएका छन्, सरकार र अस्पताल बीच समन्वय गरी नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ ।
    बीमाको रिफरअल पत्र लिएर अस्पतालमा उपचार गर्न आउने बिरामीहरुको स्वास्थ्य परीक्षणमा ढिला सुस्ती ग¥यो डाक्टर तथा नर्सहरुले वेवास्ता ग¥यो भन्ने केहिको गुनासो प्रति तपाई के भन्नु हुन्छ ?
सरकारको स्वास्थ्य उपचार बीमा कार्यक्रम नागरिकहरुले उपचार सहजढङ्गबाट प्राप्त गरुन भन्ने हिसाबले ल्याएको हो । समाजका उच्च वर्ग देखि कमजोर वर्ग सम्मले समान स्वास्थ्य सेवा उपभोग गर्न सक्छन् । अस्पतालका लागि जुनसुकै वर्गको बिरामी उपचार गर्न आएपनि सबैलाई अस्पतालका डाक्टर नर्सहरुले भेदभाव गर्दैनन्, बिमारीहरु भनेका भगवान हुन्, मानवको सेवा गर्नु सबैको धर्म हो । अस्पतालमा उपचारमा ढिलाइ हुनुभनेको वेवास्ता हैन स्तरीय स्वास्थ्य उपचारको लागि हो भन्न चाहन्छु । 
    धुलिखेल अस्पताल उपचार क्षमता व्यवस्थापकीय कार्यलाई थप प्रभावकारी बनाउने रणनीतिक योजना के छन् ?
प्रशासन तथा व्यवस्थापकीय कार्यको सवाल व्यवस्थापन टिमले तय गर्छ नै । सर्वसुलभ ढङ्गबाट बढी भन्दा बढी व्यक्तिहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो कर्म हो । उपचार गरी रोगको निदान भइ विरामी घर फर्कनु नै हाम्रो उपलब्धी हो । हाम्रो अस्पताल ४ सय २५ वेड क्षमताको हो । ३ सय वेड सञ्चालनमा छन् । २ सय ५० भन्दा वेसी विभिन्न रोगका विशेषज्ञ डाक्टर, ५ सय भन्दा बेसी नर्सहरु र प्रशासनीक कर्मचारी गरी झण्डै १ हजार ५ सयको हाराहारीले सेवा प्रदान गरेका छन् । ट्रमा एण्ड इमरजेन्सी सेन्टरबाट हार्डजोर्नी विभाग एक सय वेडको छुट्टै संचालन हुन्छ । उनीहरुको लागि आवश्यक पर्ने सबै जनशक्ति व्यवस्थापनको तयारीमा जुटेका छौ ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्