काभ्रे उपत्यका एकीकृत खानेपानी बनेपा धुलिखेल र पनौती नगरपालिकाको वृहत खानेपानी आयोजना हो । २०१२ हिसेम्बर १९ मा निङबो निङ सिग इन्टरनेश्नल इन्क निर्माण कम्पनीसँग सम्झौता भइ २०१३ जुन १२ बाट कार्य प्रारम्भ भएको हो । सुरुको लागत अनुमान ६७ करोड ३३ लाख २६ हजार ११० भएपनि चौथो भेरिएसनमा बजेट थप गरी ९९ करोड ८ लाख ७ हजार ८२१ बजेटमा २०१५ जुन १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्येख छ । १२ पटक म्याद । २०२० नोभेम्वरमा काम सक्नुपर्ने थियो सम्पन्न हुन सकेन, ७६ दशमलव ३२ प्रतिशत वित्तीय प्रगती भयो तर हाल सम्म खानेपानी आयोजना सम्पन्न भएको छैन । सन २०२४ को सर्वेक्षण अनुसार बनेपाका ३६ हजार ६ सय ८८, धुलिखेलका १९ हजार २५९ र पनौती नगरपालिकाको ३६ हजार ८८३ नागरिक लाभान्वित हुने जनाएको छ । पहिल्लो सर्वेक्षण अनुरुप भने तीनैवटा नगरपालिकाको १ लाख ४० हजार नागरिकले खानेपानीबाट लाभाम्वीत हुने प्रक्षेपण गरिएको छ । यसै सन्दर्भमा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना ७६.३२ प्रतिशत वित्तीय प्रगति भनिएको थियो, प्राकृतिक विपत्तीमा परेको २ वर्ष वितिसक्दा पनि खानेपानी आयोजना मर्मत सुधार हुन किन सकेन ? नगरवासीहरु खानेपानी उपभोग गर्न नपाइ व्याकुल छन, धेरै आक्रोसित छन् । आयोजना पुनः संचालन गर्न के ले रोक्यो ? भन्ने जनचासोलाई मध्य नजर गरी यसै सन्दर्भमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र धुलिखेल नगरपालिका कार्यवाहक नगर प्रमुख निराजन जंगमसँग अब नगरवासीले कहिलेदेखि काभ्रे उपत्यका एकीकृत खानेपानी उपभोग गर्न पाउँछन् भन्ने सवालमा गरिएको कुराकानीको मुख्य अंश उहाँ प्रस्तुत गरिएको छ :
धुलिखेल नगरपालिकाले नगरवासीलाई सुद्ध पिउने पानी खुवाउने कार्य धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गर्दै आएको छ । त्यस्तै एक घर एक धारा अभियान जारी गरी नगरपालिकाका अधिकांश नगरवासीलाई पानी खुवाएका छौं । बनेपा, धुलिखेल र पनौती नगरपालिकाको बृहत खानेपानी आयोजना काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना संघ सरकारको सहयोग बिना सम्भव छैन । बहुवर्णीय योजना अनुरुप नेपाल सरकारले २० करोड बजेट चालु आर्थिक वर्ष देखि छुटाएको छ । तीनैवटै नगरपालिकाले समन्वय गरेर आवश्यक पर्दा साझेदारी गरी कार्य सम्पन्न नभइन्जेल गर्नुपर्छ । जहाँ कहीबाट पानी व्यवस्था गरेर नगरवासीलाई पानी खुवाउनुपर्छ । धुलिखेल नगरपालिकाले सबै नागरिकहरुलाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउने योजना पुरा हुँदै गएको छ । केहि वडाहरुका नागरिकहरुले पानी प¥याप्त नपाएको हुन सक्छ । स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता परिपूर्तिमा सहजीकरण, भौतिक पूर्वाधार सडक निर्माण, विजुली बत्ती, खानेपानी, शिक्षाको पहुँच विस्तार, स्वास्थ्य क्षेत्रमा नागरिकहरुले प्राप्त गर्नुपर्ने स्वास्थ्य सेवा प्रभावकारीतामा ध्यान केन्द्रीत गरेको छ । ४ वटा खानेपानी टयाङकी निर्माणधिन रहेका छन् । ३० घरधुरीमा नयाँ खानेपानी उपलब्ध गराइने छ । हालसम्म ७ हजार ४ सय घर धुरीलाई खानेपानी उपलब्ध गराएको छ । खानेपानी पूर्वाधार विस्तार तथा संरक्षण अन्तरगत १ वटा डिप बोरिङ, १ वटा इन्टेक निर्माण, ४ वटा कुवाको संरक्षण, १ वटा ढुङ्गेधारा निर्माण गरिएको छ । खानेपानीको समस्या भएका वडाहरुमा आगामी वर्ष भित्र एक घर एक धारा जडान गरी सबै नागरिकहरुलाई खानेपानी उपलब्ध गराइनेछ । २०८१ असोज १० देखि १२ गतेको प्राकृतिक विपत्तीको कारण, मुहानको पानी टयाङ्की, विक्षाइएको पाइप क्षतिविक्षत भइ धेरै नोक्सान भयो । करीब १ अर्ब बराबरको क्षति अनुमान गरेको छ । बहुबर्षीय योजना अन्तरगत ७९ करोड निर्माण लागतमा बन्ने भनिएको हुँदा नेपाल सरकारले २०८३÷०८४ को बजेटबाट २० करोड रकम विनियोजन गरेको छ । आगमी महिनामै टेण्डर आह्वान गरी कार्य सञ्चालन गरीने छ । उक्त खानेपानी आयोजनाको कार्यालय संचालन गरिएको छ । बहुवर्षीय योजना अन्तरगत खानेपानी आयोजन निकट भविष्यमै बन्ने छ । बनेपा, धुलिखेल र पनौती तीनै पालिकाले सहजीकरण गरी खानेपानी आयोजना सम्पन्न गर्न सहजीकरण गर्नुपर्छ । तीनवटा नगरपालिका एकतावद्ध भइ खानेपानी आयोजना सम्पन्न गर्न लाग्नुपर्छ ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने
