IMG-LOGO

जति सक्दो चाँडो नगरबासीलाई पानी खुवाउने कार्यमा जुटेका छौं

 मंगल, भदौ २३, २०८३  शान्तिरत्न शाक्य, नगर प्रमुख, बनेपा नगरपालिका

                     काभ्रे उपत्यका एकीकृत खानेपानी बनेपा धुलिखेल र पनौती नगरपालिकाको वृहत खानेपानी आयोजना हो । २०१२ हिसेम्बर १९ मा निङबो निङ सिग इन्टरनेश्नल इन्क निर्माण कम्पनीसँग सम्झौता भइ २०१३ जुन १२ बाट कार्य प्रारम्भ भएको हो । सुरुको लागत अनुमान ६७ करोड ३३ लाख २६ हजार ११० भएपनि चौथो भेरिएसनमा बजेट थप गरी ९९ करोड ८ लाख ७ हजार ८२१ बजेटमा २०१५ जुन १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्येख छ । १२ पटक म्याद । २०२० नोभेम्वरमा काम सक्नुपर्ने थियो सम्पन्न हुन सकेन, ७६ दशमलव ३२ प्रतिशत वित्तीय प्रगती भयो तर हाल सम्म खानेपानी आयोजना सम्पन्न भएको छैन । सन २०२४ को सर्वेक्षण अनुसार बनेपाका ३६ हजार ६ सय ८८, धुलिखेलका १९ हजार २५९ र पनौती नगरपालिकाको ३६ हजार ८८३ नागरिक लाभान्वित हुने जनाएको छ । पहिल्लो सर्वेक्षण अनुरुप भने तीनैवटा नगरपालिकाको १ लाख ४० हजार नागरिकले खानेपानीबाट लाभाम्वीत हुने प्रक्षेपण गरिएको छ । यसै सन्दर्भमा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना ७६.३२ प्रतिशत वित्तीय प्रगति भनिएको थियो, प्राकृतिक विपत्तीमा परेको २ वर्ष वितिसक्दा पनि खानेपानी आयोजना मर्मत सुधार हुन किन सकेन ? नगरवासीहरु खानेपानी उपभोग गर्न नपाइ व्याकुल छन, धेरै आक्रोसित छन् । आयोजना पुनः संचालन गर्न के ले रोक्यो ? भन्ने जनचासोलाई मध्य नजर गरी यसै सन्दर्भमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र धुलिखेल नगरपालिका कार्यवाहक नगर प्रमुख निराजन जंगमसँग अब नगरवासीले कहिलेदेखि काभ्रे उपत्यका एकीकृत खानेपानी उपभोग गर्न पाउँछन् भन्ने सवालमा गरिएको कुराकानीको मुख्य अंश उहाँ प्रस्तुत गरिएको छ :

    बनेपा, धुलिखेल र पनौती नगरपालिकाको नगरबासीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ मेलम्ची खानेपानीको दोश्रो ठूलो खानेपानी आयोजनाको रुपमा लिइएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना निर्माण कम्पनीले ९८ प्रतिशत सम्पन्न भएको पानीको प्रेसर परीक्षण गरे सँकौ बनेपा धुलिखेल र पनौती नगरवासीलाई कोर बजार क्षेत्रका नागरिकहरुलाई पानी खुवाउने योजना हो । ३ वर्ष अघि बनेपा र पनौतीका बजार क्षेत्रका केहि वडाहरुमा काभ्रे उपत्यका एकीकृत खानेपानी टयाङ्कीमा राखेर नगरवासीलाई खुवाएको हो । २०७९ को स्थानीय निर्वाचनमा मैले घोषणा पत्रमा बनेपाबासीलाई पानी खुवाउने बचनवद्धता व्यक्त गरेको थिएँ । मैले बनेपा नगरको नेतृत्व समालेसँगै बनेपा नगरको बजार क्षेत्रका नागरिकहरुलाई रोशी खोलाबाट ल्याएको काभ्रे उपत्यका एकीकृत खानेपानी खुवाएको हो । २०८१ भाद्र १० देखि १२ गतेको अविरल वर्षातको कारण खानेपानी आयोजनाको मुहानेका टयाङ्की, पाइपहरुमा धेरै ठूलो क्षति पुग्यो । तीन नगरपालिकाको बजेटले मात्र उक्त खानेपानी आयोजना बन्ने सम्भावना रहेन । त्यसैले केन्द्रीय सरकारले बजेट उपलब्ध नगराइ आयोजना सम्पन्न हुने अवस्था छैन । बनेपा नगरपालिकाका १४ वटै वडाका नागरिकहरुले सुद्ध पिउने पानी खान पाउनुपर्छ । ग्रामीण बस्तीका सबै वडाहरुमा एक घर एक धारा अभियान अन्तरगत खानेपानी पु¥याउने कार्य गरिएको छ । पानीको स्रोत मुहान नभएको क्षेत्रमा डिप बोरिङ गरेर समेत खानेपानी खुवाउने कार्य गरेका छौं । बजार क्षेत्रका नगरवासीहरुलाई छिटो भन्दा छिटो पानी खुवाउनका लागि बनेपा, धुलिखेल र पनौतीका जनप्रतिनिधिहरु नै सक्रियरुपमा लागि केन्द्रीय सरकारलाई बजेट छुट्याउन वाध्य पारीयो । आ.व. २०८३÷०८४ को चालु आर्थिक वर्षमा २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय योजना अनुसार केहि महिना भित्रै टेण्डर आह्वान हुने छ । बनेपामा काभ्रे उपत्यका एकीकृत खानेपानीको आयोजना पुरानै ठाउँमा कार्यालय संचालन भएको छ । त्यसैगरी बनेपा नगरले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन सबैलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरेर नगरवासीहरुको वृहत्तर हितमा कार्य गर्दै आएका छौं । बनेपा नगरले छनोट गरेका ३ सय ९६ योजना मध्ये आ.व. २०८२÷०८३ मा ३ सय ४९ योजना सम्पन्न गरेको छ । गत वर्षको वित्तीय प्रगति ७६ दशमलव २६ प्रतिशत, १ सय ३० वटा योजना भने कार्यान्वयन चरणमा छन् । बोलपत्र आह्वानबाट निर्माण गरेका योजना ७ वटा सम्पन्न भएका छन् । ५ वटा योजना म्याद थप गरिएको छ । उपभोक्ता समितिबाट ३ सय ७८ वटा योजना सम्पन्न भएको छ । खानेपानी आयोजना विगतको सम्झौता अनुसार बनेपा, धुलिखेल र पनौती तीनै पालिकाले खानेपानी आयोजना सम्पन्न नभइन्जेल समन्वय सहकार्य गर्ने सर्त छ । आवश्यक परेको खण्डमा खानेपानी आयोजनामा भएका टुटफुट, मर्मत संहार गर्नुपर्दा बराबरी खर्चगरी कार्य गर्नुपर्ने छ । उक्त कार्य गर्न हामी तीनै पालिका सहमत छौं ।

प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्