शिक्षण सिकाइलाई उपलब्धी मुलक, व्यवहारीक, जीवन उपयोगी बनाउनका लागि बनेपा आदर्श बहुमुखी क्याम्पसले व्यवस्थापकीय कार्यमा खेलेको भूमिकाको सन्दर्भमा क्याम्पसका संचालक अध्यक्ष रामकृष्ण आचार्यसँग रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :
बनेपा आदर्श बहुमुखी क्याम्पस विशेष गरी काभ्रे जिल्ला, छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक रामेछाप, दोलखा र सिन्धुली जिल्ला समेतलाई मध्यनजर गरी गुणस्तरीय, व्यवहारिक र प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ व्यवसायी, शिक्षा सेवीहरुको सक्रियतामा संचालन गरिएको क्याम्पस हो । परम्परागत शैक्षिक प्रणालीलाई नपनाई, वर्तमान आधुनिक शैक्षिक प्रणालीलाई अंगिकार गरी विश्व बजारमा प्रतिस्पर्धा गर्ने व्यवस्थापन संकायको स्नातक तह द्यद्यक् विविएस ४ वर्षे कक्षा संचालन गरेका छौं । शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन, शैक्षिक पूर्वाधार विकास, भवन निर्माण, शैक्षिक क्रियाकलाप सकारात्मक किसीमबाट अगाडि बढाउन प्राध्यापकहरुलाई उचित तालिमको प्रबन्ध, विद्यार्थीहरुको चौथर्फी शैक्षिक विकासको लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ । स्वच्छ शैक्षिक वातावरण, प्रविधिको विकासमा स्मार्ट वोर्डको माध्यामबाट शिक्षण सिकाइ गरिएको छ । दक्ष अनुभवि प्रध्यापकबाट अध्यापन गरिन्छ । विद्यार्थीहरुको मनोभावना, रुचि अनुसार जीवन उपयोगी व्यवहारिक ज्ञान सहितको शिक्षा प्रदान गरेका छौं ।
