IMG-LOGO

बि.बि.ए. र एल.एल.बि. विषय संचालनको तयारीमा जुटेका छौं

 मंगल, भदौ १६, २०८३  तिर्थराज दाहाल, क्याम्पस प्रमुख, बनेपा आदर्श बहुमुखी क्याम्पस, बनेपा–११, काभ्रे

                बेथानचोक गाउँपालिका वडा नं. ५ मा २०३९ चैत्र १ गते जन्मनुभएका तिर्थराज दाहालले कानुन र मानव शास्त्रमा स्नातकोत्तर (मास्टर डिग्री) गर्नुभएको छ । सरल, भद्र स्वभावका तिर्थराजले शिक्षा क्षेत्र र कानुन व्यवसायलाई एक साथ अघि बढाई कार्य गर्दै आउनुभएको छ । कानुनमा समेत राम्रो दख्खल राख्नुभएका तिर्थराज दाहाल २०८१ सालमा स्थापित बनेपा आर्दश बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी समाल्दै आउनुभएको छ । २०७० सालदेखि कानुन व्यवसायीको लाइसेन्स लिइ आफ्नो कर्म गरी जिम्मेवारी वहन गर्नुभएको छ । गुणस्तरीय व्यवहारिक र प्रविधिसँग मेलखाने विश्व बजारमा प्रतिस्पर्धारुपमा संचालन हुँदै आएको विज्ञान विषय पछिको दोश्रो महत्वको विषय स्नातक तह BBS विविएस विषय अध्यापन गराउने प्रमुख जिम्मेवारी वहन गर्नुभएका बनेपा आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख तिर्थराज दाहालसँग शैक्षिक गुणस्तर विकास, शैक्षिक सुधारका योजनाका बारेमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

                आदर्श बहुमुुखी क्याम्पसको शैक्षिक आकर्षण तथा शैक्षिक उपलब्धीको बारेमा बताइदिनुस न ?

नेपालमा उच्च शिक्षा अध्यापनमा सबभन्दा बेसी विद्यार्थी संख्या भएको विश्व बजारमा उच्च प्रतिष्ठा कमाएको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिइ २०६६ सालमा सम्बन्धन लिइएको कलेज नयाँ व्यवस्थापनका साथ एविएम स्कुलका संस्थापक रामप्रसाद तिमल्सिनाको सक्रियता, रामकृष्ण आचार्यको अध्यक्षतामा BBS विविएस विषय अध्यापन गराउँदै आएका छौं । गुणस्तरीय, व्यवहारीक शिक्षा प्रदान गर्ने हाम्रो मुल उद्देश्यका साथ शिक्षण सिकाइ गर्दै आएका छौं । प्रयोगात्मक ज्ञान, रोजगारी प्रदान र उद्यमसिलता विकासलाई समेत जोड्ने गरी हामीले विद्यार्थीहरुलाई शिक्षा प्रदान गरेका छौं । अनुभवी तथा योग्य प्राध्यापकहरुद्वारा अध्यापन, व्यवहारीक र गुणस्तरिय शिक्षा पद्दती, शान्त, स्वच्छ र सुरक्षित शैक्षिक वातावरण, आधुनिक पुस्तकालय कम्प्यूटर ल्यावको सुविधा, सिप मुलक तथा रोजगार मुलक शिक्षा, छात्रवृति तथा वित्तीय सहुलीयतको व्यवस्था अतिरक्त क्रियाकलाप, गुणस्तरिय शिक्षा अनुशासित विद्यार्थी उत्पादन, बैंकिङ र बीमा कम्पनीमा रोजगारीको अवसर, त्यस्तै गरी उद्योग धन्दामा समेत रोजगारीको अवसर नै मुख्य आकर्षण तथा शैक्षिक उपलब्धी हो । अनुशासित, दक्ष देशको लागि योग्य नागरिक उत्पादन गरेका छौं ।

                बर्तमान शिक्षा प्रणाली अन्तरगत उच्च शिक्षा अध्ययन सफलताले रोजगारी सृजना गर्न सकेन शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने उद्योगको रुपमा हेरियो बास्तविकता त्यस्तै हो ?

उच्च शिक्षा अध्ययन सफलता प्राप्तपछि विद्यार्थीहरुले आफ्नो जीवनयापनमा आर्थिक उपार्जनसँग जोडेर हेर्छ । रोजगारी त पाएको छ, तर दक्षता योग्यता अनुसार हैन । परिस्थिति र वातावरण  अनुसार मात्र अहिलेको जेनेरेशन चाहन्छ विश्व परिवेश, नेपालको बदलिदो परिस्थिति अत्याधिक महगीले जीवन धान्न कठीन हुनु आदीका कारणले गर्दा स्मार्ट जीवन जीउनका लागि रोजगारदाता, कम्पनीले समय सापेक्ष, योग्यता दक्षता अनुरुपको तलब सेवा सुविधा दिन सक्दैनन् । यस्ता कारणले गर्दा पनि नयाँ पिढीले स्मार्ट जीवन जीउन नसकेको हुँदा त्यस्तो भनेको हो । विदेश गइ पढ्दै  गर्दै गर्दा नेपालको भन्दा बेसी कमाउन सकिने, अतिरिक्त समयमा पनि कामगर्ने अवसर हुँदा स्वदेशमा युवा पुस्ता नअडिइ विदेश पलायन बढेको छ । यसलाई रोक्न राज्यले राम्रो शिक्षा नीति बनाउन आवश्यक छ । नेपालमा बैंक तथा वित्तीय संस्था, संघ संस्था, सरकारी निकायमा रोजगारीको अवसर छ । आफ्नो घर परिवारको राम्रो शिक्षा दिक्षा स्मार्ट जीवन संचालनलाई त प्राप्त तलबले जीउन कठीन नै छ । साधारण जीवन जीउन शिक्षा दिक्षाको लागि आफ्नै देशमा रमाएर आफ्नो परिवारको खुसीमा रमाउन सिक्नुपर्छ । सैद्धान्तीक बढी व्यवहारिक र प्राविधिक शिक्षा कम जोडिएको छ । अब गरी खाने उद्यम र उत्पादन सँग जोड्ने शिक्षा प्रदान गर्न राज्यले राम्रो नीति बनाउनुपर्छ ।

                नीजि स्तरबाट संचालीत कलेज संचालनका मुख्य चुनौती ?

त्रिभुवन विश्व विद्यालयले निर्धारिण गरेको शैक्षिक क्यालेण्डर अनुसार अध्यापन, परीक्षा प्रणाली, नतिजा प्रकाशनमा ढिलाइ हुनु, शैक्षिक क्यालिण्डर कार्यान्वयनमा ठूलो समस्या हुनु हो । महामारी, प्राकृतिक प्रकोप, भूकम्प जस्ता विपत्तीको कारणले पनि शैक्षिक क्यालेण्डर परिवर्तन हुन्छ र ढिला सुस्ति भएको छ । यसलाई सुधार गर्नुपर्छ । अध्ययन सफलता पछिपनि लाइसेन्सका लागि पुनः परीक्षा लिइ पुनपास गर्नुपर्ने अवस्था छ । जुन विषयमा विषय विज्ञता हाँसिल गरेको हो, उक्त विषयमा राम्रो नतिजा ल्याउँदा पनि पुनः परीक्षा दिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । शैक्षिक प्रणाली पाठ्यक्रम सुधारगरी जीवनपद्दतीमा मेल खाने हुनुपर्छ । देशको लागि कुन क्षेत्रमा कस्तो जनशक्ति आवश्यक छ सोही अनुसार अनुसन्धान गरी विद्यार्थीहरुलाई अल्यापन गराएको खण्डमा दक्षजनशक्ति पलायन हुन पाउँदैन । संस्थागत विद्यालय÷कलेजहरुलाई देशको शैक्षिक विकासमा सारथी भूमिका खेलेकोरुपमा हेरिनु प¥यो त्यसो हुन सकेको छैन ।

                क्याम्पसका भावि शैक्षिक योजना के के छन् ?

व्यवहारिक र सैद्दान्तिक दुवै ज्ञान प्रदान गर्ने शिक्षा हुनुपर्छ । हाम्रो मुल उद्देश्य भनेकै उद्यमी, व्यवसायी बन्ने, रोजगारी प्रदान गर्ने शिक्षा प्रदान गर्न हामी लागि परेका छौं । अब ए.आइ. प्रविधिको विकास भइसकेको छ । सूचना र प्रविधिको युगलाई समेत मध्य नजरगरी शैक्षिक क्रियाकलाप संचालन गर्ने हाम्रो योजना छ नै । BBA स्नातक तहमा नयाँ प्रविधिक विषय हो । जीवनलाई सकारात्मक मार्गमा, उद्यमसिलतामा जोड्न यो कार्यक्रम आवश्यक छ । TU बाट सम्बन्धन लिन व्याचलर अफ ल (LLB) कक्षा संचालनका लागि हामी लागि परेका छौं । नयाँ कार्यक्रम प्रस्ताव गरेका छौं । निकट भविष्यमै माथिका कार्यक्रम संचालन गरी विद्यार्थीहरुको रोजाइ अनुसारको शिक्षण सिकाइ गर्ने हाम्रो गन्तव्य पुरा गर्न लाग्छौं । त्यस्तैगरी वि.ए. एल.एल. विषयहरुको स्वीकृति लिई अध्यापन गराउने योजनामा जुटेका छौं ।

                तपाई कानुनको ज्ञाता पनि हुनुहुन्छ, कानुन विषय अध्ययन गर्न किन आवश्यक छ ?

देशको मुल नीति राजनीति, त्यस्तै मुल कानुन संविधान अन्तरगत बनेका कानुन अध्ययन गर्न आवश्यक छ । यसले समाजलाई सभ्य बनाउन र नैतिकताको पाठ पनि सिकाउँछ । नीजामति सेवा होस या न्यायलय क्षेत्रमा लगायत सबै क्षेत्रमा यसको महत्व छ । कानुन बुझेको छैन, जानेको छैन भनेर अपराध क्षम्य हुँदैन ।

प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्