IMG-LOGO

गणतन्त्र प्राप्तिसँगै विकास निर्माणले गति लिएको छ

 मंगल, भदौ ९, २०८३  निराजन जंगम, कार्यवाहक नगर प्रमुख, धुलिखेल नगरपालिका

    सालीन, भद्र स्वभावका निराजन जंगम आप्mनो बोलि र व्यवाहरले मानिसलाई सांगठनिकरुपमा आपूmतिर आकर्षित गर्ने खुवि वहाँमा छ भन्ने चर्चापरिचर्चा छ । नेकपा एमालेको संगठनमा आवद्ध भइ एमाले धुलिखेल नगर समिति सचिव भएकै बखत २०७४ को स्थानीय सरकारको चुनावमा धुलिखेल वडा नं. ८ को वडा अध्यक्षमा निर्वाचित हुनुभयो । एमाले काभ्रेको जिल्ला सदस्य समेत हुनुभएका निराजन जंगम २०७९ मा नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो । २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट टिकट प्राप्त गरी एमालेकी महिला नेतृ लालतारा अधिकारीलाई पराजय गरी धुलिखेल नगरपालिकाको उप–प्रमुखमा लोकप्रिय मत प्राप्तगरी विजयी हुनुभयो । नागरिकहरुको कुरा सुन्ने, गुनासो र आलोचनालाई सुझावको रुपमा ग्रहण गरी नगरवासीको समस्यालाई समाधान गर्न लागि पर्ने युवा नेताकारुपमा परिचित जंगम हाल धुलिखेल नगरपालिकाको कार्यवहाक नगरप्रमुखको जिम्मेवारी समाल्दै आउनुभएको छ । २०८२ भाद्र २३ र २४ गते भएको जेन्जी विद्रोहबाट नयाँ परिस्थिति निर्माण भइ कांग्रेस र एमालेको संयूक्त के.पी. ओलीको नेतृत्वको सरकार सत्ता च्यूद भएसँगै २०८१ फागुण २१ गतेको निर्वाचन भयो । २०७९ को स्थानीय निर्वाचनमा धुलिखेल नगरपालिकाको प्रमुखमा अशोक व्यञ्जुले विजयी प्राप्त गर्नुभएको थियो । गत फागुण २१ गतेको निर्वाचनमा प्रतिनिधिसभाको सदस्य काभ्रे क्षेत्र नं. २ मा उम्मेदवार बनेसँगै नगरपालिकाको नगर प्रमुख पदबाट राजिनामा दिएसँगै धुलिखेल नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी समाल्नुभएका वहाँ नेपाली कांग्रेस काभ्रेका जिल्ला समिति सदस्य समेत रहनुभएका कार्यवाहक नगरप्रमुख जंगमसँग धुलिखेल नगरको विकास र समृद्धिको सवाल र गत आ.व. २०८२÷०८३ को विकासको समिक्षाको बारेमा रेडियो एविसी ८९.८ मेगाहर्जमा समय सन्दर्भमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

                धुलिखेल नगरपालिकाले आ.व. २०८२÷०८३ को समग्र विकासको उपलब्धीमुलक कार्य के के हुनसके ?

धुलिखेल नगरको १२ वटै वडामा भौतिक पूर्वाधार सडक सञ्जाल विस्तार भइसकेको र त्यसलाई व्यवस्थित गरी स्तर उन्नती गरी बाह्रै महिना निर्वाध ढङ्गबाट सडक सञ्जाल संचालन गर्ने अवस्थाको सृजना गरिएको छ । संघ र प्रदेश सरकारको सहकार्यमा ग्रावेल सडक ६ किमी, नयाँ ट्रयाक २९ किमी, सडक ढलान ३ किमी, पक्की नाली १ किमी र सिढीं निर्माण ३ सय ३९ मिटर निर्माण सम्पन्न भएको छ । प्रदेश सरकारको सहयोगमा धुलिखेल कभडि ढल निर्माण कार्य भइरहेको छ । काभ्रे भन्जयाङ, फुलवारी, नमोबुद्ध सडक निर्माणको चरणमा छ । संघ सरकारको समपुरक अनुदानमा सरस्वती बजार पिपलबोट भट्टीडाडा काभ्रे भन्ज्याङ सडक निर्माणको सम्पन्न चरणमा छ । नगरस्तरीय यातायात पूर्वाधार योजना वडा विशेष अनुदान शीर्षकका गरी करिब २६ वटा सडक पूर्वाधारहरु निर्माण सम्पन्न भएका छन् । धुलिखेल स्वस्थ सहर अन्तरगत डब्लु.एच.ओबाट धुलिखेल नगरपालिका पुरस्कृत सहित सम्मानित भयो । स्वास्थ्य सेवा प्रवाह ग्रामीण तहसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ । स्वास्थ्य, सरसफाई, खानेपानी, एक घर एक धारा अभियान अन्तरगत खानेपानी टयाङ्की ४ वटा निर्माणधिन रहेका छन् । ३० घर धुरीमा खानेपानी नयाँ धारा जडान गरी हाल सम्म ७ हजार ४ सय ७० घर धुरीलाई खानेपानी उपलब्ध गराएर र समग्र विकासमा देशकै नमुना सहरकोरुपमा स्थापित गरेको छ । त्यस्तैगरी आर्थिक विकास तर्पm ६९.४५ प्रतिशत, सामाजिक विकास ८५.३ प्रतिशत, पूर्वाधार विकास ५६.३७, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र ४४.८५, कार्यालय संचालन तथा प्रशासनिक तर्पm ७०.७७ गरी कुल १ अर्ब २ करोड २३ लाख ३५ हजार, खर्च ७२ करोड ९७ लाख ७५ हजार ५ सय ७१ कुल प्रतिशतमा ७१ दशमलब ३८ प्रतिशत क्षेत्र तथा उपक्षेत्रमा प्रगति भएको छ ।

                धुलिखेल नगरलाई पर्यटन क्षेत्रको विकासमा उल्येखनीय भएका कार्यहरु के के छन् ?

धुलिखेल नगरको प्रमुख सौन्दर्यता भनेकै होटल व्यवसाय प्रवद्र्धन, यहाँबाट देखिने हिमसृङ्खला, रमणीय वन क्षेत्र, यहाँका मठमन्दिर, हजार सिढीं, देवीस्थान क्षेत्र, बुद्धपार्क, बलभद्र कुँवर पार्क, गौखुरेश्वर मन्दिर, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विकास भएको छ । यसलाई दिगोपना दिन खोज अनुशन्धान गर्न पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्न पर्यटन क्षेत्रको लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको छ । पर्यटन सूचना शाखामा सरोज थापाले कार्य जिम्मेवारी वहन गरेको छ । बहिया पर्यटक भित्रयाउन र आन्तरिक पर्यटकहरुको प्रवद्धनको लागि नगरपालिका सहिमार्ग पहिल्याउन लागि परेको छ ।

                स्थानीय सरकार संचालनका मुख्य चुनौतीहरु के के छन् ?

स्थानीय सरकार नागरिकहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नेदेखि लिएर सुख दुःखको सारथी हो । सरकार नागरिकहरुको अभिभावक हो । नागरिकहरुको समस्याहरु, विकासप्रतिको चाहना, विकासको आवश्यकता र औचित्यको आधारमा जनभावनाको कदर गर्दै स्थानीय सरकारले सम्बोधन गर्नुपर्छ । स्थानीय सरकारको विकासको आवश्यकता के हो ? जनचाहना के छ । सोको आधारमा नगर तथा गाउँका वडाकार्यालयबाट छनोट भइ आएका योजना वडा र नगर स्तरीय योजनाहरु छनोट गरी गाउँ÷नगरपालिकाको सिफारिसमा प्रदेश र संघ सरकारले बजेट विनियोजन गरी बिकास निर्माण कार्य अघि बढाउनु पर्नेछ । तर विगतको बजेट विनियोजनको संस्कार र प्रवृतिलाई निरन्तरता दिइएको स–साना योजनामा हचुवाको भरमा बजेट विनियोजन गरिएको छ । यसले विकासमा गुणस्तरीयता ल्याउन सक्दैन । वडा, गाउँ र नगरले माग गरेको योजना बजेट नदिने, आप्mनै मनोमानीले बजेट छुट्टाएर कनिका छरेजसरी बजेट बाँड्नु ठिक हैन । यस किसिमबाट विकास गर्दा विकास र समृद्धिका सरकारको लक्ष्य पुरा हुँदैन । प्रदेश सरकार अस्थिर भयो । ४ वर्ष नवित्दै जिम्मेवारी समालेका एउटै मन्त्रालय मन्त्री हेरफेर भएर ९÷१० जना पुगि सकेका छन् । त्यसैगरी माध्यमिक तह सम्मको सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरीय विकास, विद्यालयको अनुगमन दरवन्दी मिलान गर्ने भनिएको छ । स्पष्ट कानुनको अभावले संघ र स्थानीय सरकार बीच समन्वय प्रभावकारी हुन सकेको छैन । स्थानीय सरकार मजबुद बन्न आर्थिक विकासमा मजबुद बन्नुपर्छ । त्यसो हुन सकेको छैन, स्रोत साधनमा कमि छ, संघ र प्रदेशको भरमा स्थानीय सरकार संचालन हुँनुपर्दा धेरै जटीलता छन् । उत्पादनमा आत्मनिर्भरता, उद्यमसिलताको विकास गर्ने गरी संघ सरकारले नीति निर्माण गर्नुप¥यो । २०२८ सालकै शिक्षा ऐनबाट शिक्षा सम्बन्धी निर्देशीका र नियमावलीको भरमा शैक्षिक क्षेत्र जस्तो सम्वेदनशिल विषयलाई हेलचेक्राइ गर्नुभएन । सेवा प्रवाह र विकास निर्माणको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारलाई दिनुप¥यो । संघ र प्रदेश सरकारले देशमा सुशासन कायम गर्न ऐन नियम कानुन निर्माण गर्नुप¥यो ।

                धुलिखेल नगरपालिकाको मुख्य सहरी क्षेत्रमा नागरिकहरुले प¥यात्प खानेपानी उपभोग गर्न पाए तर ग्रामीण भेगका नागरिकहरुले अझै गुणस्तरीय पानी उपभोग गर्न पाएका छैनन् । त्यस तर्फ नगरपालिकाको ध्यान केन्द्रीत हुन सकेन । नयाँ विस्तार भएको नगरको ग्रामीण बस्ति, केहि सहरी भेगका नागरिकहरुले खानेपानी प्राप्त नगरेको गुनासो प्रति तपाई के भन्नुहुन्छ ?

धुलिखेल नगरपालिकाले सबै नागरिकहरुलाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउने योजना पुरा हुँदै गएको छ । केहि वडाहरुका नागरिकहरुले पानी प¥याप्त नपाएको हुन सक्छ । स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता परिपूर्तिमा सहजीकरण, भौतिक पूर्वाधार सडक निर्माण, विजुली बत्ती, खानेपानी, शिक्षाको पहुँच विस्तार, स्वास्थ्य क्षेत्रमा नागरिकहरुले प्राप्त गर्नुपर्ने स्वास्थ्य सेवा प्रभावकारीतामा ध्यान केन्द्रीत गरेको छ । ४ वटा खानेपानी टयाङकी निर्माणधिन रहेका छन् । ३० घरधुरीमा नयाँ खानेपानी उपलब्ध गराउने छ । हालसम्म ७ हजार ४ सय घर धुरीलाई खानेपानी उपलब्ध गराएको छ । खानेपानी पूर्वाधार विस्तार तथा संरक्षण अन्तरगत १ वटा डिप बोरिङ, १ वटा इन्टेक निर्माण, ४ वटा कुवाको संरक्षण, १ वटा ढुङ्गेधारा निर्माण गरिएको छ । खानेपानीको समस्या भएका वडाहरुमा आगामी वर्ष भित्र एक घर एक धारा जडान गरी सबै नागरिकहरुलाई खानेपानी उपलब्ध गराइनेछ ।

                काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना विगत ४ वर्ष अघि नै ९८ प्रतिशत कार्य सकियो भनेको धुलिखेल, बनेपा र पनौतीको वृहत खानेपानी सम्पन्न नहुँदा उपभोक्ताहरु मारमा परेका छन् । यस सवालमा तीनै पालिका किन मौन ?

२०८१ असोज १० देखि १२ गतेको प्राकृतिक विपत्तीको कारण, मुहानको पानी टयाङ्की, विक्षाइएको पाइप क्षतिविक्षत भइ धेरै नौक्सान भयो । करीब १ अर्ब बराबरको क्षति अनुमान गरेको छ । बहुबर्षीय योजना अन्तरगत ७९ करोड निर्माण लागतमा बन्ने भनिएको हुँदा नेपाल सरकारले २०८३÷०८४ को बजेटबाट २० करोड रकम विनियोजन गरेको छ । आगमी महिनामै टेण्डर आह्वान गरी कार्य सञ्चालन गरीने छ । उक्त खानेपानी आयोजनाको कार्यालय संचालन गरिएको छ । बहुवर्षीय योजना अन्तरगत खानेपानी आयोजन निकट भविष्यमै बन्ने छ । बनेपा, धुलिखेल र पनौती तीनै पालिकाले सहजीकरण गरी खानेपानी आयोजना सम्पन्न गर्न सहजीकरण गर्नुपर्छ । तीनवटा नगरपालिका एकतावद्ध भइ खानेपानी आयोजना सम्पन्न गर्न लाग्नुपर्छ ।

                शिक्षा र स्वास्थ्य क्षेत्रको पहुँच विस्तारमा भए गरेका कार्यको विश्लेषण गरौ न ?

शिक्षा क्षेत्रको गुणात्मक विकास २०८१ को एसईईमा ९२ प्रतिशत उत्तीर्ण, २०८२ को एसईईमा ९५ दशमलव ०६ प्रतिशत, १३ पालिका मध्ये पहिलो स्थान हाँसिल २ दशमलव ८१ भन्दा बढी जीपीए हाँसिल गरिएको छ । ८६ दशमलव ६ प्रतिशत, ३ दशमलव ६१ प्रतिशत जीपिए ल्याउने १८ दशमलव ३८ प्रतिशत रहेका छन् । गुणस्तरमा सुधार हुँदै भएको छ । कक्षा १२ मा सामुदायिक विद्यालय तर्फ ८५ दशमलव ०४ प्रतिशत उत्तीर्ण भएका छन् । २.८१ प्रतिशत बढी जीपिए ल्याउने ६० प्रतिशत रहेको छ । त्यसैगरी सामुदायिक विद्यालयका प्रध्यानाध्यापकसँग शैक्षिक सुधारकालागि नगरपालिका शिक्षा शाखाले कार्य सम्पादन सम्झौता गरी कार्यन्वयन गरिएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासमा १ लाख २० हजार ७ सय ६५ सेवाग्राहीहरुलाई स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गरेको छ । नगरभित्रका (EHMS) पूर्वाइलेकट्रोनिक माध्यबाट सेवा प्रदान सबै वडामा समुदाय र विद्यालयस्तर ६ वटा आँखा शिविर संचालन, स्वास्थ्य बीमा कार्यक्रम ४० हजार नागरिकलाई रेफर सेवा, उच्च रक्तचाप केयर क्यासकेड कार्यक्रम मार्फत समुदाय स्तरमा नसर्ने रोग तथा उच्च रक्तचापका ६ हजार ४ सय ११ लाई स्वास्थ्य परीक्षण ६ सय १४ जना बालबालिकाहरुलाई नियमित, १३ वटा रोग विरुद्ध खोप सेवा, धुलिखेल अस्पताल तथा वर्थिङ सेन्टरबाट १ हजार ४ सय आमालाई सुत्केरी सेवा प्रदान गरिएको छ । ९ हजार १ सय ५६ जनाको खकार परीक्षण गरी ४० जना नयाँ क्षयरोग विरामीलाई पहिचान गरी उपचार गरिएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण मार्फत १ हजार ५ सय ५० भन्दा बढीलाई स्वास्थ्य परीक्षण, नसर्ने रोगको प्रकोप नियन्त्रण गर्ने कार्य गरियो ।

                अन्त्यमा केहि भन्नु छ की ?

निकट भविष्यमै काभे भन्ज्याङ्गको १५ शैयाको धुलिखेल नगर अस्पताल संचालन गर्ने, त्यस्तैगरी फोहोरको दीगो व्यवस्थापनका लागि धुलिखेल बजारबाट अरनिको राजमार्ग नजिकैको डम्पीङ साइड हताएर दीगो फोहोर व्यवस्थापनको लागि कार्य प्रारम्भ अघि बढाउने छ । धुलिखेल नगरका होटलहरुलाई नविकरण शुल्क छुट, घर भाडामा ५० प्रतिशत कर छुट गरिएको छ । गणतन्त्र प्राप्तिसँगै देशै भरी विकास निर्माणले गति लिएको छ । संघ र प्रदेश सरकारले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाई आर्थिक, सामाजिक विकासको रुपान्तरण गरी गन्तव्यमा पु¥याउनुपर्छ ।

प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्