IMG-LOGO

शैक्षिक गुणस्तर विकासको दरविलो खम्बा बन्न सकेको छ

 मंगल, भदौ २, २०८३  रामचन्द्र थापा, श्री भालेश्वर माध्यमिक विद्यालय, पनौती, काभ्रे

    २०१४ सालमा स्थापित भालेश्वर माविको ऐतिहासिक र शैक्षिक महत्वको बेग्लै पहिचान बनेको छ । देशकै नमुना विद्यालयको रूपमा परिचित उक्त विद्यालय भौतिक पूर्वाधार, रमणीय शैक्षिक वातावरण रहेको पुष्टि भने हरेक वर्ष विद्यालयमा अध्ययनरत छात्र छात्राले सतप्रतिशत नतिजा ल्याएकोबाट प्रष्ट हुन्छ । राष्ट्रिय परीक्षा बोर्डबाट २०८१ को एसईईको नतिजामा भालेश्वर विद्यालयका १ सय १६ जना अध्ययनरत छात्र छात्रा शतप्रतिशत उत्तीर्ण भएका छन् । 
    ३ दशमलव ८५ जिपिए ल्याई प्रनिश बञ्जारा विद्यालय प्रथम भएका छन् । त्यस्तैगरी २०८२ को एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । विगत २३ वर्षदेखि शिक्षण सेवामा लाग्नुभई शिक्षामा सेवा गर्नुभएका विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापा उक्त विद्यालयमा २०७१ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र शिक्षक वर्गको सक्रिय मेहनत र विद्यार्थीहरूको अध्ययन लगनशीलता अनुशासन, सृजनात्मक प्रतिभाको उपलब्धिले गुणस्तरमा वृद्धि ल्याउने बताउनुहुन्छ उर्जाशील युवा विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापा । नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य समेत रहनुभएका बालेश्वर मावि पनौतीका प्रधानाध्यापक रामचन्द्र थापासँग विद्यालयको शैक्षिक स्तरीयताको बारेमा रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

    २०१४ सालमा स्थापना भएको भालेश्वर माविको शैक्षिक स्तरीयतालाई कसरी मापन गर्न सकिन्छ ?
कुनै पनि विद्यालयको शैक्षिक गुणस्तरीयताको मापन शैक्षिक प्रणाली अनुरुप उत्तीर्ण प्रतिशतको आधार हुन्छ । शतप्रतिशत उत्तीर्ण हुनु झनै राम्रो हो । सरकारी नीति यस्तै छ । त्यसो मात्र हैन । शिक्षण सिकाइमा विद्यार्थीहरुले आपूmले सिकेका विषयबस्तुबाट ज्ञान, सिप, अनुशासन, जीवनलाई सकारात्मक मार्ग पहिलाई घर, परिवार, समाज र देशको लागि दक्ष जनशक्तिको रुपमा कार्य गरी सभ्य नागरिक बन्नु चाहि महत्वपूर्ण हो । जीवन उपयोगी शिक्षा आजको आवश्यकता हो । ३÷४ दशक अघिको शिक्षा प्रणाली र अहिलेकोमा धेरै अन्तर छ । विगतमा बेसी सैहान्तीक ज्ञान, व्यवहारीक शिक्षा कम थियो । अहिले व्यवहारिक, प्रविधिक शिक्षामा जोड दिई काम अघि बढाएको छ । परीक्षामा सहभागी भइ लेखेको आधार ७५ प्रतिशत, आन्तरिक तर्पm परीयोजनामा २५ प्रतिशतलाई पाठ्य क्रमलाई आधार मानेको छ । सुधार गर्दै विश्व बजारमा प्रतिस्पर्धि गर्न सक्ने शैक्षिक प्रणालीको विकास गर्नुपर्छ । राज्यले शिक्षामा लगानी बढाएर देशलाई कुन क्षेत्रमा कस्ता खालका जनशक्ति आवश्यक छ त्यसको अनुशन्धान गरी उद्यमी, व्यवसायी बन्ने गरी नीतिगत सुधार गर्न जरुरी छ । हाम्रो भालेश्वर माविले विद्यार्थीहरुको शिक्षण सिकाइमा प्रभावकारीता ल्याउन, व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, शिक्षक वर्ग सबैको दृढ अठोटमा निरन्तर सक्रिय कार्य, अभिभावक वर्गको साथ सहयोग, विद्यार्थीहरुको शिक्षणप्रतिको उच्च लगावकै कारण आज हामी देशको ४ सय १२ नमुना विद्यालय छनोटमा त्यस मध्ये हामी पार्न पर्न सफल भएका छौं । विद्यार्थी संख्या, शैक्षिक वातावरण, भौतिक पूर्वाधारको विकासमा शैक्षिक सुधार गर्दै शैक्षिक क्षेत्रको स्तर विकासमा इटाँ थप्दै गएको अवस्था छ । हामी नमुना विद्यालयमा छनोट भएका छौं । मैले २०७४ साल श्रावण १३ गतेदेखि प्रधानाध्यापकको जिम्मेवारी समालेको हो । शिक्षक वर्ग, व्यवस्थापकीय, सकारात्मक प्रयास, अभिभावक वर्ग साथ सहयोगले, त्यस्तै गरी संघ प्रदेश र स्थानीय सरकारको लगानीबाट १ रोपनी जग्गाबाट साढे ३४ रोपनी क्षेत्रफलमा भौतिक पूर्वाधार भब्य भवन निर्माण गरेर शैक्षिक शिक्षण सिकाइ गर्दै आएका छौं । एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल छ । पनौती नगरपालिका, जिल्ला र बागमती प्रदेश भरीमा नै उत्कृष्ट नतिजा ल्याउने विद्यालयको रुपमा परिचित छ । 
    संस्थागत विद्यालयमा भन्दा पनि सामुदायिक विद्यालय श्री भालेश्वर माविमा विद्यार्थीहरुको आकर्षण बढ्नुको कारण बताइदिनुस न ?
सबै बालबालिकालाई विद्यालय पढ्न पठाउँ, गुणस्तरीय शिक्षाका लागि भालेश्वर मावि नै पठाउँ । नर्सरी देखि कक्षा ८ सम्म अंग्रेजी माध्याम र कक्षा ९ देखि १२ सम्म नेपाली अंग्रेजी दुवै माध्यामबाट अध्यापन गरिन्छ । कम्प्यूटर ल्याव, विज्ञान प्रयोगशाला, पुस्ताकालयको व्यवस्था, भर्चुहल कक्षा कोठा, दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षकहरुबाट अध्यापन, बालमैत्री शिक्षण सिकाई । नियमित, अभिभावक भेटघाट, अभिभावक, शिक्षक, व्यवस्थापन समिति, शिक्षक वर्ग, अभिभावक संघको, साथ साथमा बैठक, शैक्षिक भ्रमण कार्यक्रम गरिएको छ । मासिक तथा त्रैमाशिक परीक्षाका परीक्षाफल प्रकाशन, ग्रेड प्रणालीमा नतिजा प्रकाशन, स्वमुल्याङ्कनका लागि विद्यार्थीहरुलाई परीक्षामा लेखेको कपी घर पठाउने व्यवस्था, विद्यालयमा १ हजार २ सय ३० विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा १ सय ६०, कक्षा १२ मा १ सय ४४ विद्यार्थी अध्ययनरत छन् ।
    सामुदायिक विद्यालयले अनुशरण गर्ने सवाल के के छन् ?
कुनै पनि विद्यालयको शिक्षण सिकाई परिणाममुखी उपलब्धी मुलक हुन त्यस विद्यालयको व्यवस्थापन टिम, शिक्षक अभिभावक संघ, शिक्षक वर्ग, प्रशासनका कर्मचारी र अभिभावक वर्ग सबैको सकारात्मक दृढ संकल्प हुनु जरुरी छ । हाम्रो विद्यालयमा सबैसँग एकता र सहकार्य छ । विद्यार्थीहरुको चौतर्फी विकास हुनेगरी शिक्षण सिकाइलाई ध्यान केन्द्रीत गरी बालमैत्री शिक्षा प्रदान गरेका छौं । विद्यार्थीहरुको प्रतिभा र सृजनालाई उजगार गर्न अध्ययनका साथ साथै गायन, व्यक्तित्वकला, निवन्ध प्रतियोगिता, शैक्षिक प्रदशर्णी, खेलकुद, राष्ट्रपति रनिङ सिल्ड २०७५ देखि तेक्वाडो खेलको प्रारम्भ, विद्यालय क्षेत्रभित्र सिसी टिभी जडान । वार्षिक शैक्षिक कार्ययोजना शतप्रतिशत कार्यान्वयन, विद्यार्थीहरुको आवत जावतका लागि बस सेवा सञ्चालन स्वास्थ्य सेवाका लागि विद्यालय नर्सको व्यवस्था छ । 
    सामुदायिक विद्यालयका मुख्य चुनौती के देख्नुभयो ?
सरकारको शैक्षिक नीति अनुरुप सामुदायिक विद्यालयमा विषयगत शिक्षकहरुको दरवन्दी मिलान हुन नसक्नु, २०२८ सालको शिक्षा ऐन अझै आकर्षीत हुनु, निर्देशीका र नियमावलीबाट शिक्षा क्षेत्र संचालन हुनु । समय सापेक्षा वैज्ञानिक शिक्षा प्रणाली विश्व बजारमा विक्ने शिक्षा प्रदानको लागि आधार बेस तयार गर्न नसक्नु । संघ सरकार, प्रदेश र स्थानीय सरकारलाई शैक्षिक गुणस्तर विकासका लागि आवश्यक कानुन बनाउन सहजीकरण नगर्नु । उद्यमसिलताको विकास उत्पादनलाई उद्योगसँग जोडेर विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्न नसक्नु नै मुख्य चुनौती हो ।
    नमुना विद्यालय छनोट भएपछि त्यसलाई दिइएको नीरन्तरता, विद्यालयले प्राप्त गर्ने सेवा सुविधाको सवालमा प्रष्ट पारी दिनुस न ?
देश भरीमा ४ सय १२ विद्यालय नमुना विद्यालयमा छनोट भए । त्यस मध्ये हाम्रो विद्यालय पनि हो । सरकारले विगतमा विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि बजेट उपलब्ध गराउँदै आएको थियो । विगत दुई वर्ष देखि रोकेको छ । शैक्षिक र व्यवस्थापकीय सुधारको लागि भनेर २० लाख प्राप्त हुन्छ । सरकारले सामुदायिक विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारको निर्माणका लागि आवश्यकताका आधारमा एक देखि २ करोड सम्म अनुदान दिन जरुरी छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पु¥याउँछ ।
    भावि शैक्षिक योजना र शैक्षिक सुधार गर्ने नयाँ कार्यक्रम के छन् ?
शैक्षिक सुधार योजना, परियोजना निरन्तर प्रक्रिया हो । विगतका कमजोरीलाई सच्याउने भविष्यका लागि सुनौलो बनाउन कार्यक्रमिक रणनीतिक शैक्षिक योजना बनाउने हो । विद्यालयमा नयाँ विद्यार्थी भर्ना गर्ने संख्या बढाउने अवस्थामा छैनौं भौतिक पूर्वाधार भवन र खेलकुद मैदान दायरा पढाएर मात्र सम्भव छ । बसाइ सराइ र मजदुरहरुले कामको शिलसिलामा विद्यार्थी अन्यत्र लैजाने हुँदा सरदर कक्षागत २ प्रतिशत विद्यार्थी विद्यालय छोड्ने गरेका छन् । कुनै कक्षामा ८ देखि १० प्रतिशत विद्यार्थी छोड्ने क्रम छ । यसलाई घटाउने योजना छ । कक्षा ११ मा विज्ञान, व्यवस्थापन र शिक्षाका कार्यक्रम सञ्चालन गरेका छौं । पनौतीमा नै प्रविधि शिक्षालय भएकाले अरु प्रविधिक धारका विषय सञ्चालन गर्ने अवस्था छैन । आर्थिक सुशासन पादर्शीता कायम गरेका छौं । हाम्रो शैक्षिक गन्तव्य नै दक्ष जनशक्ति उत्पादन गर्नु हो ।

प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्