IMG-LOGO

उद्योग र उद्यमसिलतामा आधारित शिक्षण सिकाइ गरेका छौं

 मंगल, सावन २६, २०८३  नवराज चौलागाई, सहायक क्याम्पस प्रमुख, ज्ञानकुञ्ज कलेज, बनेपा, काभ्रे

                सरर्लाही जिल्ला इस्वरपुर नगरपालिका वडा नं. ४ मा जन्मनु भएका नवराज चौलागाईले फाइनान्स र मानव संसाधन व्यवस्थापनमा मास्टर डिग्री गर्नुभएको छ । बैंकिङ क्षेत्रबाट सेवा प्रारम्भ गर्नुभएका नवराज चौलागाइले विगत ७ वर्ष देखि ज्ञानकुञ्ज शेक्षिक प्रतिष्ठानद्वारा सञ्चालित ज्ञानकुञ्ज कलेजको सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समाल्नु भएको छ । संस्थागत विद्यालयको मुख्य आकर्षण विद्यार्थीहरुलाई सृजनात्मक सिकाइ, प्रविधिको विकाससँग जोडेर व्यवहारीक ज्ञान प्रदान, सिक्दै गर्दै गरी गुणस्तरीय शिक्षा प्रवाह गरेकै कारण संस्थागत विद्यालय विद्यार्थीहरुको रोजाइ भएको तर्क गर्नुहुन्छ सहायक क्याम्पस प्रमुख चौलागाई । क्याम्पस प्रमुख चौलागाईसँग BBS भर्ना अभियान, भावि शैक्षिक कार्ययोजनाको सवाल, ज्ञानकुञ्ज कलेजको शैक्षिक अवस्थाको बारेमा गरेको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

                BBS स्नातक तहमा अध्ययन गर्न विद्यार्थीहरुको रोजाइ ज्ञानकुञ्ज कलेज हुनुपर्नेका कारण ?

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज स्कुल २०५९ सालमा स्थापना भएको हो । “नैतिक, व्यवहारिक तथा व्यवसायिक शिक्षाका लागि ज्ञानकुञ्ज” भन्ने मुल नाराका साथ सञ्चालन भएको विद्यालयले २०६६ मा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ र १२, त्यस्तै गरी स्नातक तह ४ वर्षे (BBS) कक्षा समेत संचालन गरियो । २०७० सालमा एम.वि.एस. कक्षा सञ्चालन हुँदै आएको छ । शिक्षा विद्यार्थीका लागि, विद्यार्थी देशका लागि भन्ने अभिप्रायलाई स्थापित गर्न विद्यार्थीहरुको चौतर्फी विकास गर्ने, सृजनासिल, व्यवहारिक, सिप, संस्कार सहितको शिक्षा प्रदान गरेका छौं । शिक्षालाई उद्यमसिलता र उद्योगसँग जोड्ने गरी शिक्षण सिकाइ गरिएको छ । रिसर्च बेसमा आधारित रहि दक्ष अनुभवी प्रध्यापकहरुबाट अध्यापन गरिन्छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौं ।

                गुणस्तरीय शिक्षा प्रदानको सूचाङ्कको सवालमा बताइदिनुस न ?

एक किसीमबाट विश्लेषण गर्दा विश्वविद्यालय, विश्वविद्यालय अन्तरगतका आङ्गिक क्याम्पसबाट सम्बन्धन लिइएका होस या त्रिभुवन विश्वविद्यालयबाट संम्बन्धन लिइएका संस्थागत र सामुदायिक कलेजहरुले अध्यापन गराएका विद्यार्थीहरुले सतप्रतिशत नतिजा ल्याएको अवस्थामा राम्रो शिक्षा प्रदान गरेको हिसाबमा हेरिन्छ । त्यो मात्र गुणस्तरीय शिक्षा हैन । शैक्षिक संस्थाहरुबाट विद्यार्थीहरुले आप्mनो जीवनमा आइपर्ने सम्पूर्ण समस्याहरुको हल गर्न सक्ने, ज्ञान, सिप, संस्कार, व्यवहारिक, व्यवसायिक दक्षता हासिल गरेर स्वरोजगार होस या जागीर दुवैमा कार्य गर्न सक्ने क्षमताको बृद्धि विकास भइ अर्थ उपार्जन समेत गर्न सक्नुपर्छ । तब मात्र शैक्षिक संस्थाबाट सफलता हाँसिल गरेको शैक्षिक गणतव्य पुरा भइ विद्यार्थीहरुको गुणस्तरीय शिक्षा प्राप्त गरेको ठहरिन्छ । हामीले उद्योग र उत्पादनसँग जोड्ने गरी शिक्षण सिकाई गरेका छौं । हरेक वर्ष BBS र MBS मा अध्इयनरत विद्यार्थीहरुले सतप्रतिशत उत्तीर्ण हुन सफलभएका छन् ।

                अरु प्रतिस्पर्धी कलेज भन्दा फरक नमुना योग्य शिक्षण सिकाइ गर्न सकिएको छ त ?

विद्यार्थीहरुको मनोभावनालाई बुझेर विद्यार्थीको शिक्षाप्रतिको लगाव अभिभावक वर्गको चाहना अनुरुप विद्यालय व्यवस्थापन टिम, शिक्षक वर्ग, प्रशासनिक क्षेत्रका कर्मचारी सबैको एकताबद्ध सक्रियता, सत प्रयासले समुदाय र देशको लागि आवश्यक शैक्षिक जनशक्ति उत्पादनमा ज्ञानकुञ्ज कलेज निरन्तर लागि परेको छ । विद्यार्थीहरुको शैक्षिक क्रियाकलापको साथ साथै नेतृत्व विकास र व्यक्तित्व विकासमा समेत शैक्षिक लगानी वृद्धि गरेका छौं । फुटबल, भलिवल प्रतियोगिता जस अन्तरगत स्थानीय तथा जिल्ला व्यापी, राष्ट्रपति रनिङ सिल्ड, प्रदेश स्तर र राष्ट्रिय स्तर सम्म नै खेलकुद क्षेत्रमा समेत विद्यार्थीहरुले प्रतिष्ठा कमाएका छन् । नृत्य, गायन, बक्तीत्व कला, शैक्षिक प्रदर्शनी, अपाङ्ग मैत्री बास्केट बल प्रतियोगीता, विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई निःशुल्क अध्यापन, उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई मासिक शुल्क तिर्नु पर्दैन । ज्ञानकुञ्ज रोडरेस प्रतियोगिता, एम.बि.एस. प्रथम सेमस्टरमा अरुण तिमल्सिना र अनुप पोखरेल काभ्रे जिल्ला टपर हुनुभयो । विद्यार्थीहरुको लागि डिरेक्सन, डिजीटलाइजेसन र ए आइ स्कील प्रदानका लागि आधारभूत पूर्वाधार तयारगरी शिक्षण सिकाइ गरेका छौं ।

                संस्थागत विद्यालय तथा संस्थागत कलेज सञ्चालनका चुनौती के के छन् ?

संस्थागत विद्यालय तथा कलेज संचालनका लागि नीतिगत समस्या छन् । संस्थागत कलेजहरु संचालन गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गरेको छ । राज्यलाई सहयोग पु¥याएको छ । तर सरकारले उक्त कार्य बुभ्mन सकेको छैन । अर्को समस्या भनेको विश्वविद्यालय, सामुदायिक कलेज र संस्थागत कलेजमा पढ्ने विद्यार्थीहरुको खडेरी छ । कक्षा १२ पास गर्ने वित्तीकै पढ्न र कमाउनका लागि युरोप र अमेरिका जानेक्रम बढ्यो दैनिक करिब २ हजार जनशक्ति विदेशीएको छ । यसलाई रोक्न सरकारले नीति ल्याउनुप¥यो ।

                नयाँ कार्यक्रमिक शैक्षिक योजना के छन् ?

आगामी दिनमा प्राविधिक व्यवसायिक धारका नयाँ कार्यक्रम संचालन गर्ने योजना छ । व्यवसायिक कुल धरानाका व्यवसायी र शिक्षा सेवीहरुको टिम शैक्षिक क्षेत्रमा लगानी गरेर समाजमा उज्यालो छर्ने अभियानमा लाग्नुभएको छ । व्याचलर लेवलमा BHM, आइटीसँग सम्बन्धीत BITM र BBA कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं । एआइफर एकाउन्ट, प्रविधिमा डिजीलाइजेशन गर्ने कार्यक्रम तय गरेका छौं ।

                शिक्षक तथा कर्मचारी वर्गको वृद्धिविकास स्थायित्वको लागि भएका कार्यको बारेमा बताइदिनुस न ?

देशको विकास र समृद्धि हुन त्यस देशको नवप्रवद्धन र शिक्षाको स्तरीय विकास जरुरी छ । कुल बजेटको सबभन्दा बेसी बजेट शिक्षामा लगानी गरेर नै युरोप र अमेरिका विकसित देश भएका छन् । देशमा युवा जनशक्तिको सहि प्रयोग गरेकाले युरोप, अमेरिका, चीन र भारत जस्ता राष्ट्रहरुले आर्थिक क्षेत्रको विकास गरी रुपान्तरण भएका हुन् । निजी क्षेत्रबाट संचालित संस्थागत विद्यालय तथा कलेजका शिक्षक तथा कर्मचारीलाई समय सापेक्ष तालिम उपलब्ध गराएको छ । नयाँ प्रविधिको विकासको सवालमा तालिम प्रदान गरिएको छ । उत्प्रेरणा लागि भ्रमण, यात्रा, गोष्ठी सञ्चालन गरी शिक्षक वर्ग तथा प्रशासनीक कर्मचारीहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा समेत हाम्रो कलेज व्यवस्थापन टिमले कार्य गरेको छ । त्यस्तैगरी पुरा समय अध्यापन गराउने शिक्षक कर्मचारीलाई संचयकोषको प्रबन्ध । भक्तपुर र काभ्रेका प्रतिस्पर्धि कलेजको भन्दा बेसी आकर्षक तलब, महिनाको तलब नवित्तै सोहि महिनामा दिने गरेको छ ।

                अधिकांस संस्थागत कलेजहरुले अधिक शुल्क लिने त्यहि अनुसारको शैक्षिक गुणस्तर विकासमा लगानी नबढाउने गरेको आरोप लाग्ने गरेको छनी, वास्तविकता त्यस्तो हो र ?

संवधित निकायबाट निर्धारण गरेको शुल्क भन्दा बेसी संस्थागत विद्यालय र कलेजहरुले भर्ना र मासिक शुल्क लिने गरेको हुँदैन । निजी क्षेत्रबाट लगानी गरेको शैक्षिक संस्थाहरुले शिक्षा क्षेत्रको प्रतिष्ठा गरीमा उच्च बनाएको छ । गुणस्तरिय शिक्षा प्रदान गरेको छ । हाम्रो ज्ञानकुञ्ज कलेजले ५ हजार भर्ना शुल्क, २५००/-, ३०० मासिक शुल्कमा BBS स्नातक तह अध्ययन गर्न सक्छन् । यातायातको सुविधा, उचित शैक्षिक वातावरण, उचित खेल मैदान, उद्यमसिलता र उद्योगसँग जोड्ने शिक्षा प्रदान गरेका छौं । संस्थागत विद्यालय र कलेजले शुल्क धेरै लियो भन्ने कुरामा सत्यता छैन भन्ने लाग्छ । हाम्रो ज्ञानकुञ्ज कलेजमा २ दशमल ५० जीपीए भन्दा माथि ल्याउनेलाई छात्रवृति दिइ अध्यापन गराइन्छ भने उत्कृष्ट जीपीए ल्याउने र गरीब तथा जेहन्दार विद्यार्थीलाई कुनैपनि शुल्क नलिइ अध्यापन गराएको छ । विद्यालय तथा कलेजमा संवधित निकायले अनुगमन गरे राम्रो हुन्छ ।

प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्