२०७९ सालमा स्थापना भएको बनेपाको जनगालमा संचालित संकल्प कलेजमा BHM र BIM विषयको अध्यापन प्रारम्भ गरेर काभ्रे जिल्लामा शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ Bachelor of Hotel Management (BHM) र Bachelor of Information Technology Management (BITM) विषयको विषगत महत्व उपयोगीता, विद्यार्थीहरुले ४ वर्षे कोर्ष ८ सेमस्टर अध्ययन सपलतापछि प्राप्त गर्ने अवसरको बारेमा संकल्प कलेज बनेपा जनगालका प्रिन्सिपल सुर्यवहादुर बस्नेतसँग विद्यार्थीहरुलाई उपलब्ध गराएको सेवा सुविधा, शैक्षिक गुणस्तर विकास, शिक्षालाई प्रविधिसँग जोडीएको सवालमा Masters of Science Information Technology शैक्षिक योग्यता हाँसिल गर्नुभएका कलेजका प्रिन्सिपल बस्नेतसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :
कक्षा १२ को नतिजा सार्वजनिक सँगै विद्यार्थीहरु कलेज र विषय छनोट गर्न दौडधुपमा छन्, भर्ना अभियान कुनरुपमा अघि बढेको छ ?
कक्षा १२ को नतिजा सार्वजनिक सँगै स्नातक BHM (Bachelor of Hotel Management) र BITM (Bachelor of information Technology Management) कक्षा सञ्चालन अघि कलेजमा शैक्षिक वातावरण बुभ्mने कार्यमा अभिभावक र विद्यार्थीहरु कलेज भ्रमण गरेको अवस्था छ । २०७९ सालमा स्थापना भएको कलेज हो संकल्प कलेज । प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने मुल लक्ष्य लिएको यस कलेजले फ्रि प्रिपरेशन सिम्याट कक्षा सञ्चालन गरेको छ । विद्यार्थीहरु अध्ययनका लागि आउनेक्रम जारी छ । हरेक वर्ष BHM र BITM अध्ययन गर्ने जमात पढ्दै गएको छ ।
BHM र BITM का शैक्षिक अकर्षण के के छन् ?
स्नातक तह व्याचलर लेबल (BHM) तर्फ होटल म्यानेजमेन्ट अध्ययन सफलता गरेका विद्यार्थीहरुले आफ्नो जीवनलाई सकारात्मक मार्गमा डो¥याउन सक्षम हुन्छन् । होटल म्यानेजमेन्टमा राम्रो दख्खल राख्नेले रोजगारी प्राप्त गर्न सक्छन् । होटल पर्यटकीय उद्योगमा रोजगारीको अवसर छ । स्वदेश तथा विदेश दुवैमा होटल म्यानेजमेन्ट अध्ययन पुरा गरेकाहरु विद्यार्थीहरु बेरोजगार बस्नु पर्दैन । विश्वका सर्वशक्तिमान राष्ट्रहरुमा समेत रोजगारीको अवसर प्राप्त गर्न सक्छन् । स्वदेश तथा विदेश दुवैमा होटलको कुक, मेनेजर, वेटर, रिसिप्सनिस्ट तथा हस्पीटालिटी म्यानेजमेन्ट क्षेत्रमा रोजगार प्राप्त गरी मनग्य आम्दानी गर्न सक्छन् । त्यस्तै गरी आप्mनो लगानीमा होटल सञ्चालन गर्न सक्छन् । त्यस्तैगरी स्नातक तह BITM अध्ययन सफलताबाट उद्योग धन्दामा रोजगारीको अवसर छ । बैंक तथा वित्तिय संस्थामा आइटी अफिसर बन्ने अवसर छ । प्राविधिकज्ञान सिप र दक्षता हाँसिल गर्ने सुवर्ण अवसर प्राप्त भएकाले वेरोजगार बस्नु पर्दैन ।
विद्यार्थीहरुले शिक्षण सिकाइमा प्राप्त गर्ने सेवा सुविधाको बारेमा बताइदिनुस न ?
त्रिभुवन विश्व विद्यालयबाट जारी मापदण्ड बमोजीम छात्रवृति १० प्रतिशत, त्यस्तैगरी उत्कृष्ट अंक ल्याउने कार्य सम्पादन कार्यदक्षता स्तरीय भएकाहरुलाई विशेष छुटका साथ अध्ययन गर्ने अवसर छ । स्मार्ट क्लासेस, फुल इन्टरनेट, मेरिट बेस, फुड प्रोडक्सन एण्ड बेकरी ल्याव, मोर्डन आइटी ल्यावस, हाउस किपिङ रुम, ओपन इ लाइवेरी, लाइवेरीको उचित प्रबन्ध, वेभरेज तथा सर्भिस ल्याव, यातायातको सुविधा सम्बन्धीत विषय बस्तु अध्ययनको खोज अनुशन्धान कार्य गर्ने अवसरको सृजना गरेको छ । रमणीय खेल मैदान, फुडसल, वास्केटवल खेल्ने प्रबन्ध छ ।
कलेजमा विद्यार्थीहरुले अध्ययनका लागि बुझाउनु पर्ने शुल्क तथा शिक्षण सिकाइ प्रभावकारीताको सवाललाई कसरी नियाल्न सकिन्छ ?
स्नातक तह BHM र BITM ६०, सिट संख्या १० प्रतिशत छात्रवृति कोटा गरेर ६६/६६ वटा सिट संख्या रहेका छन् । टियुको मेरिट बेस बमोजीम, दलीत, जनजाती, अपाङ्ग, अल्प संख्ययक, गरिब, जेहन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान, स्नातक तह ४ वर्षे BHM अध्ययनका लागि ७ देखि ७ लाख ५० हजार, त्यस्तैगरी BITM अध्ययनका लागि ६ लाख शुल्क लाग्छ । यी नै विषय विश्व विद्यालय र सहरी क्षेत्रमा सञ्चालित संस्थागत नीजि क्षेत्रकै कलेजमा प्राविधिक विषयको उच्च शिक्षा अध्ययनका लागि ३० देखि ४० लाख शुल्क लाग्ने हुन्छ । हाम्रो संकल्प कलेजले न्यूनतम शुल्क मै सिपको व्यवहारिक ज्ञान सहितको शिक्षा अध्ययन गर्ने अवसर विद्यार्थीलाई प्रदान गरेका छौं । बजार माग, विश्व बजारमा बिक्ने शिक्षा हामीले प्रदान गरेका छौं ।
शैक्षिक सुधार गर्ने भावि कार्ययोजना शैक्षिक उपलब्धीको गन्तव्यको बारेमा प्रस्ट पारीदिनुस न ?
विद्यार्थीहरुले कक्षा कोठामा सिकेका विषय बस्तुहरुमा सम्बन्धीत रही व्यवहारिक रुपमा ज्ञान हाँसिल गर्न एकेडेमीक एक्सीलेन्स एण्ड होलिस्टीक डेभलपमेन्ट, सम्बन्धीत विषयको लागि होटल, बैंक र उद्योगसँग समन्वय गरेर व्यवहारिक सिप ग्रहण र इन्र्टनसिप गरी अर्थ उपार्जन गर्न सक्ने अवस्थाको सृजना, त्यस्तैगरी होटल म्यानेजमेन्ट तर्फ ३ वर्ष अध्ययन गर्ने, १ वर्ष विदेशको होटलमा प्राक्टीकल कार्यगरी सिप हाँसिल गर्ने अवस्थाको सृजना गरेका छौं । स्नातक तहमा विगत ३ वर्ष देखि नै प्रथम दोश्रो र तेस्रो सेमस्टरमा ८० देखि ८५ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् । नयाँ प्रविधिको विकासलाई थप मजबुत बनाउन नयाँ प्रविधिको विकास तर्फ ए आइको प्रयोग, स्किल क्षमता विकास गर्न, सम्बन्धीत विषयमा खोज अनुशन्धान नवप्रवद्र्धनका लागि मेकानिजम बनाउन हाम्रो कलेज व्यवस्थापन टिम लाग्ने छ । BHM र BITM विषयको विद्यार्थीले अध्ययनमा सफलता हाँसिल गर्न शैक्षिक, प्रभावकारीतामा लगानी बढाउँछौं । उच्च शिक्षा तर्फ प्राविधिक दक्षता हाँसिलको सवालमा स्नातक तहमा नेपालकै नमुना कलेज बनाउने हाम्रो कार्यक्रमिक योजना तयगरी व्यवस्थापन टिम र प्राध्यापकहरुको टोली सशक्त ढङ्गबाट लगनसिल भइ लागेको छ ।
नीजि स्तरबाट सञ्चालित कलेज सञ्चालनका प्रमुख चुनौती के छन् ?
त्रिभुवन विश्व विद्यालयले सम्बन्धीत कलेजहरुले संचालन गर्न चाहेका विषयहरुको स्वीकृती समयमा नदिने । सम्बन्धन लिएका कलेजहरुले शैक्षिक गुणस्तर विकासमा पु¥याएको योगदानलाई कदर गर्न नसक्नु । सरकारले आप्mनो देशको भौगोलिक माटो सुहाउने र प्रविधिको विकासलाई आत्मसाथ गर्ने गरी शैक्षिक प्रणाली लागु गर्न नसक्नु, शिक्षामा लगानी बढाउन नसक्नु । शिक्षा ऐन २०२८ र पछि जारी भएका निर्देशका र नियमावलीको भरमा शिक्षा प्रणाली चलाउनु । गणतनत्र स्थापना भएको २३ वर्षमा समेत नयाँ शिक्षा ऐन नबन्नु भनेको देशको शैक्षिक विकासको महत्वलाई ध्यान केन्द्रीत नगरेको प्रस्ट हुन्छ । नीजि क्षेत्रबाट सञ्चालित कलेजहरुले विद्यार्थीहरुको शैक्षिक स्तर विकासमा खेलेको भूमिकालाई नजर अन्दाज गर्नु, अवमुलयन गर्दा मुलकको शैक्षिक अवस्थामा आमुल परिवर्तन आउन नसकेको स्पस्ट हुन्छ । माध्यामिक तहको शिक्षा निःशुल्क गरिएको छ । समुदायिक स्कुलको शैक्षिक गुणस्तरमा सुधार छैन, शिक्षकहरुलाई पारिश्रमीक सेवा सुविधा प्रयाप्त दिन नसकेको कारण दुई वर्ष अघि शिक्षकहरुको पटक पटकको आन्दोलनले देखाएको छ । शिक्षा, स्वस्थ्य सर्वसुलभ ढङ्गबाट ग्रहण गर्न पाउने प्रबन्ध मिलाउने कार्य राज्यको हो र अभिभावक वर्गले आप्mनो छोराछोरीको क्षमता दक्षता अनुसार देशका संस्थागत होस या सामुदायिक जुनसुकै भएपनि छनोट गरी पढ्न पाउनुपर्छ । सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन गर्ने, लगानी कर्तालाई प्रोत्साहित गर्ने युवा पिढी विदेश पलायन हुने अवस्था नरोकीने भयो । अब देखि उच्च शिक्षा अध्ययनका लागि पढ्दै र कमाउँदैको शिक्षा नीति अवलम्वन गर्नुपर्छ । उद्योगी व्यवसायीलाई पब्लीक पार्टनरसिपमा लगानी गरेर भएपनि युवा जनशक्तिलाई देशमै काम गर्ने अवसर दिनुपर्छ ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने
