गिता बञ्जरा
उप प्रमुख
पनौती नगरपालिका
कोभिड–१९ प्रकोप महामारीको रुपमा फैलँदै गएको छ । पछिल्लो समय संक्रमित संख्या झन बढ्दा जनत्रास थपिएको छ ।कोभिड–१९ कै कारण व्यापार व्यवसाय अवरुद्ध हुँदा आर्थिक क्षेत्र चलायमान हुन सकेको छैन् । नागरिकहरू घर भित्रै थुनिनुले जीवन यापन कस्टकर बन्दै गएको छ । बन्दा बन्दी र निशेधज्ञा मात्र कोरोना संक्रमण रोक्ने समस्या समाधान हैन भनेर विज्ञ समूहहरूले बताउन थालेका छन् । हुने खाने वर्गलाई त केही समस्या छैन । हुदाँ खाने वर्ग, विपन्न, असाहय र मजदुर वर्गको चुल्हो बल्न नसकेको यो अवस्थामा प्रदेश र स्थानीय सरकारले रोजगार विहिन भएका विपन्न वर्गलाई काम कि राहतको प्रबन्ध गर्न ढिला भइ सक्यो । पनौती नगरपालिकाले कोरोना कहरको विचमा नागरिकहरूको स्वास्थ्य सुरक्षाको प्रवन्ध तथा विकास निर्माणका सवाललाई कुन रुपमा नियाल्न सकिन्छ भन्ने सन्दर्भमा नगर उपप्रमुख गिता बञ्जरासँग रेडियो ए.वी.सी. एफ.एम. मा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१.कोरोना संक्रमित संंख्या ह्वात्तै बढेको बढै छ नगरपालिकाले नागरिकहरूको जीवन रक्षाको लागि एकान्त वास र आइसोलेसन निर्माण कार्य व्यवस्थित गरी थप गर्ने नयाँ योजना के छन् ।
पछिल्लो समय काभ्रे जिल्लामा पनि कोरोना संक्रमित संख्या बढेका छन् । कोरोना प्रभावले नागरिकहरूको दैनिक जीवन यापन असहज भएको छ । सहज जीवन यापन गर्न र विकास निर्माणका कार्यलाई अघि बढाउन नगरपालिकाका जन प्रतिनिधिहरू सबै एकता बद्ध भएर लाग्नु भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि पनौती नगरपालिका स्वास्थ्य शाखाका डाक्टर, नर्स तथा स्वास्थ्य कर्मी मित्रहरू दिनरात नभनि खटिरहनु भएको छ । आवश्यक औषधी सामग्री व्यक्तिगत स्वास्थ्य सामग्रीको प्रवन्ध गर्न नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन् । विदेशबाट आएका नागरिकहरूलाई सिधै एकान्तवासमा राख्ने व्यवस्था मिलाएको छ । संक्रमित भएकालाई आइसोलेसनमा राख्ने प्रवन्ध गराएको छ । १ सय वेड कक्षको एकान्तवास निर्माण ५ वेडको आइसोलेसन वार्ड निर्माण गरिएको छ । धुलिखेल एकान्तवासमा २ जना पनौतीको एकान्तवासमा ३ जना आइसोलेसनमा राखिएको छ । एकान्तवासमा बस्ने नागरकिहरूको खानपान उचित व्यवस्थापनमा राम्रो प्रवन्ध गरिएको छ । एकान्तवास र आइसोलेसन वार्ड थप आवश्यकतालाई व्यवस्थाको पूर्व तयारीका साथ ५० वेडको बनाउन सक्ने क्षमता हामीसँग छ ।
२. पनौती नगरपालिकामा यहाँहरु निर्वाचित भएको ३ बर्ष भित्र दिगो लक्ष्य प्राप्तिका योजनाहरू के के सम्पन्न गर्नु भयो ?
नयाँ संघीय संरचना अनुसार सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिएको छ । त्यहि अनुसार नागरिकहरूले सेवा प्राप्त गरेका छन् । पनौती नगरका सबै वडा जोडिने सडक सञ्जाल निर्माण १२ महिना सडकहरूमा यातायात साधन चल्न सक्ने वातावरण बनाउन बाटो ढलान, ड्रेन वाल निमाण, बाटो कालो पत्रे गर्ने कार्यलाई थप तिव्रता दिइएको छ । १२ वटा ठुला योजना जुन संघ र प्रदेशको साझेदारीमा पनौती नमोबुद्ध सडक स्तर उन्नती सहित कालो पत्रे गर्ने किर्य भएको छ । पनौती ग्वार्को सडक खण्डको निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ । एक वडा एक स्वास्थ्य संस्थाको स्थापना जेस्ठ नागरिक, सुत्केरी महिलाहरूलाई निःशुल्क स्वास्थ्य परिक्षण ७० थरीका औषधी निःशुल्क वितरण गरिएको छ । कृषि क्षेत्रमा आधुनिकिकरण बदल्न कृषकहरूलाई विउ विजनमा अनुदान, कृषि औजारमा अनुदान सामुहिक खेति प्रणालिमा प्रोत्साहन, उत्पादनमा आत्म निर्भर बनाउन कृषि क्षेत्रमा थप बजेट विनियोजन, पशुपालन व्यवसायलाई निर्वाह मुखि मात्र नभइ व्यवसायि मुखि बनाएको छ । महिलाहरूलाई सिप मुलक तालिम, उद्यमी व्यवसायी बनाउने, कुखुरा पालन व्यवसायलाई व्यवसायिकता प्रदान गर्न सहयोग उपलब्ध, हरेक बर्ष कृषकहरूलाई ३ सय भैसीको पाडीहरू नगरपालिका र कृषकहरूको ५० प्रतिशत लगानीमा वितरण गरिएको छ । दुध, मासु र तरकारीमा पनौती नगरपालिकालाई आत्मनिर्भर बनाउन नगरपालिका लागि परेको छ । आगामी बर्ष भित्र सवै नगरवासिले गुणस्तरीय पिउने पानी खान पाउने छन् ।
३. बर्षातका समयमा हिलाम्मे, हिउँदमा धुलाम्मे गाउँ गाउँ वडा वडामा अत्याधिक सडक सञ्जाल विस्तार गर्ने नाममा बारीको काल्लो र जग्गा भत्तकाउने । व्यवस्थित नगर्ने अनि योजना अधिक बनाउने कनिका छरे जसरी बजेट छर्ने कार्यले विकासमा विकृति ल्यएको छ नि त ?
पनौती नगरपालिकाले जनताका इच्छा आकांक्षा र आवश्यकताका आधारमा वडा वडाबाट छनौट भएर आएका योजना छनौट भइ कार्यान्वयनमा जान्छन् । बजेट कनिका छरे जसरी छरेको छैन् । ५ लाख भन्दा कम बजेट विनियोज गरेको छैन् । बारीका काँल्ला र जग्गा भत्काउने र सडक निर्माणमा अलि अव्यवस्थित भएको भने साँचो हो । सडक सञ्जाल विस्तार गर्दा दिगो विकास हुने गरी, जनाताको करको सहि सदुपयोग हुने गरी वातावरण जोगीने गरी कार्य गरिनु पर्छ । बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकहरू क्रमागत रुपमा ग्रावेलीङ गर्ने र कालो पत्रे गर्ने कार्य भएको छ ।
४. निम्न वर्गीय, दलित, जनजाति, अल्पसंख्य, अपाङ्ग, असाहय र महिला सशक्तिकरणको लागि नगरपालिकाले के के गर्न सक्यो त ?
स्थानीय सरकार गठन भए पछि समाजको तल्लो वर्ग, दलित, जनजातिहरूको जीवनमा आर्थिक परिवर्तन ल्याउन, आय आर्जनसँग जोडेर कार्यक्रम ल्याइएको छ । उद्यमी व्यवसायि बनाउन सिपमुलक उचित तालिम दिइएको छ । महिलाहरूलाई उद्यमी व्यवसायि बनाउन आर्थिक पक्ष सवल बनाउन ४५ लाख वजेट विनियोजन गरी कार्य अघि बढाएको छ । महिला हिसं रोक्न कानुनी साक्षरता अभियान सञ्चालन गरिएको छ । एकल महिला गरिवीको रेखा मुनि रहेका वर्गलाई ३० हजार देखि ५० हजार सम्मको विउ पूँजी लगानी गरी वाख्रा पालन, पाडी पालन गर्ने कार्य गरी ६० जना महिला लाभान्वित भएका छन् । अपाङ्गहरूलाई घर भाडा तिरि दिने कार्य गराएको छ । नगरका ६१ जना असाहय अपाङ्गलाई तालिम दिइ आवश्यक सहयोग उपलब्ध गराएको छ ।
