पर्वत जिल्ला पइयौं गाउँपालिकामा जन्मनु भएका सागरमणी तिवारी विगत ३१ वर्षदेखि शिक्षण सेवामा लागि आप्mनो उर्जाशिल समय वेतित गर्नुभयो । २०५४ सालमा स्थापित धुलिखेल क्याम्पसमा २०५६ सालदेखि +२ सञ्चालन भयो । २०४८ सालदेखि काभ्रे जिल्लामा शिक्षा पेशा अगाल्नुभएका सागरमणि तिवारी धुलिखेल क्याम्पसको प्रमुख जिम्मेवारी समाल्दै आउनुभएको छ । राज्यले शिक्षामा लगानी बढाई उत्पादनलाई उद्योगसँग जोडेर शिक्षा क्षेत्रलाई परिणाममुखी बनाउन सामुदायिक क्याम्पसहरुको भौतिक पूर्वाधार र अध्यापन गराउन सक्ने जनशक्ति भएको ठाउँमा प्राविधिक धारका विषयहरु सञ्चालन गर्न दिनुपर्ने तर्क गर्नुहुन्छ क्याम्पस प्रमुख तिवारी । शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने धारणा राख्नु हुन्छ क्याम्पस प्रमुख तिवारीले MBA, MPA र MA शैक्षिक योग्यता हाँसिल गर्नुभएका क्याम्पसका प्रमुख सागरमणि तिवारीसँग स्नातक तह ४ वर्षे BBS को भर्ना अभियान कसरी चलेको छ, क्याम्पसको भावि शैक्षिक योजना के छन् भन्ने सवालमा क्याम्पस प्रमुख सागरमणि तिवारीसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंशहरु यहाँ प्रस्तुत गरिएको छ :
कक्षा १२ को नतिजा सार्वजनिक भयो (BBS) स्नातक तह भर्ना अभियान सञ्चालनको अवस्था बारे बताउनुस न ?
हाम्रो धुलिखेल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ मा विगत वर्षमा ७० देखि ७५ प्रतिशतले उत्तीर्ण गरेको अवस्था हो । यस वर्षको कक्षा १२ मा ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिइ स्नातक तहको कक्षा सञ्चालन गरेको हो । राष्ट्रिय परीक्षा वोर्डबाट स्वीकृत लिई कक्षा ११ र १२ सञ्चालन गरिएको हो । देशको शैक्षिक गुणस्तर विकासमा अनुशासित संस्कार सहितको दक्ष योग्य नागरिक उत्पादन गर्न सहयोगी भूमिका खेलेका छौं । कक्षा ११ र १२ को नतिजा सार्वजनिकमा पटक पटक गरी हालसम्म १८ पटक काभ्रे जिल्ला प्रथम हुन सकेको छ । अनुभवि प्राध्यापक, शिक्षक तथा प्रशासनिक कर्मचारी वर्गको लगनसिल स्थानीयहरुको सतविस्वासले हामीले विद्यार्थीहरुको रुचिलाई मध्यनजर गरी उच्च शिक्षा प्रदान गरेका छौं । उपयूक्त शैक्षिक वातावरण भएको यस क्याम्पसमा विद्यार्थीहरुको भर्ना अभियान सञ्चालन भएको छ । अभिभावक वर्ग र विद्यार्थीहरुलाई कलेज भ्रमण गर्न आग्रह गर्दछु ।
स्नातक तहमा BBS नै विद्यार्थीहरुको रोजाइ हुनुपर्ने कारण ?
विज्ञान शंकायपछि दोश्रो अध्ययनको विद्यार्थीहरुको रोजाइ हुन्छ । विद्यार्थीहरुको इच्छा, आंकाक्षा, आर्थिक हैसियत सबैको सवालमा त्यस्तैगरी अझ प्रमुख कुरा त भविष्यको उद्देश्य के हो ? के बन्ने यकिन गरेर कक्षा ११ र १२ सफलता हाँसिल गरेपछि गहन विस्लेशण गरेर विषय छनौट गर्नु उपयूक्त हुन्छ । जुनसुकै विषय अध्ययन गरेपनि गन्तव्यमा पुग्नेगरी उच्च शिक्षा ग्रहण गरेमा राम्रो अवसर प्राप्त हुन्छ नै वेरोजगार बस्नु पर्दैन । स्नातक तहमा हाम्रो कलेजमा ४ सय ८२ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुलाई सबै विषयमा अब्वलता कायम गर्न हाम्रो कलेज व्यवस्थापन टिम, शिक्षक वर्ग प्रशासनिक कर्मचारी वर्गको लगनसिलता रहेको छ । सामुदायिक कलेजहरु धेरै चुनौती सामना गरी सञ्चालन गरेका छन् । BBS अध्ययन सफलता हाँसिल गरेपछि बैंक तथा वित्तीय क्षेत्रमा रोजगारीको अवसर प्राप्त गर्न सक्नेछन् । हाम्रो कलेजमा अध्ययन सफलता गरेका ८० प्रतिशत व्यक्तिले रोजगारी प्राप्त गर्न सकेका छन् । व्यापार, व्यवसाय उद्योग धन्दामा समेत रोजगारीको अवसर छ । उच्च शिक्षा हाँसिल गरेसँगै आफैले व्यवसाय सञ्चालन सक्छ । सरकारी, अर्ध सरकारी संघ संस्थामा काम पाउन सक्छ । कुशल व्यवस्थापक भई कार्य गर्ने अवसर छ । व्यवस्थापन संकायमा उच्च शिक्षा अध्ययन पुरा गरेकाहरुले सबभन्दा वेसी रोजगारीको अवसर छ । त्यसैले विद्यार्थीहरुको रोजाई BBS भएको हुनुपर्छ ।
हाम्रो शैक्षिक प्रणाली सटीफेकेट मुखी, सिद्धान्तवादी मात्र भयो गरी खाने भएन भनिन्छ नी, यहाँको ३१ वर्षको अनुभवले चाहि के भन्छ ?
हाम्रो शिक्षा नीति दिशा विहिन भयो । देशको वार्षिक बजेटमा शिक्षामा सबभन्दा बेसी लगानी गर्नुपर्छ । शिक्षालाई प्रविधिको विकास, त्यस्तै उत्पादनलाई उद्योगसँग जोडेर गर्दै पढ्दैको प्रबन्ध गर्न जरुरी छ । विकासित मुलुक युरोप, अमेरिका जस्ता देशमा स्नातक तहदेखि उच्च शिक्षा मास्टरडिग्री गर्ने विद्यार्थीहरु गर्दै पढ्दैको प्रबन्ध छ । हाम्रो देशमा पनि पढ्दै गर्दैको नीति अवलम्वन गर्नुपर्छ । ढिलाई गर्नु भएन । हाम्रो राज्य र अभिभावकको शिक्षामा गरेको ठूलो लगानी हामीले उत्पादन गरेका शैक्षिक जनशक्तिको विदेशले प्रयोग गरेको छ । देशको विकास र समृद्धि हाँसिल गर्न हाम्रो देशमा उत्पादन गरेका शैक्षिक योग्य जनशक्तिको अधिकतम प्रयोग गरी देशले युवा वर्गलाई रोजगारी दिन सक्नुपर्छ । शिक्षालाई धर्म संस्कृति संस्कार, अनुशासन कायम राख्नुपर्छ । सिपसँग जोडेर उत्पादनलाई उद्योगसँग जोडीनुपर्छ अनिमात्र देशमा विकास र समृद्धि सम्भव छ ।
सामुदायिक विद्यालय र क्याम्पसको शैक्षिक सुधार गर्न कसरी सम्भव देख्नुहुन्छ ?
सूचना मुलक, सिद्धान्तमुखी शिक्षा प्रदान गरेर शैक्षिक विकास हुन सक्दैन । शैक्षिक प्रतिशत मात्र वृद्धि हुन सक्छ । ज्ञान हाँसिल हुन सक्छ । मानवीय जीवनको चौतर्फी विकास सहित, अनुसाशन, संस्कार संस्कृति कायम, ज्ञान, सिप प्रविधिको विकासको प्रयोग उत्पादनलाई उद्योगसँग जोड्न सक्नुपर्छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्न, शिक्षक वर्गलाई समय सापेक्ष प्रविधि सहितको तालिम उपलब्ध गर्ने, उत्कृष्ट ढङ्गबाट जीवन सञ्चालनका लागि तलब सेवा सुविधा प्रदान गर्ने, भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधारको विकास प्रयाप्त गर्ने । विषयगत दक्षाता हाँसिल गरेका शिक्षकहरुको दरवन्दी उपलब्ध गराउने हरेक स्थानीय तहमा आवसीय सहितको माध्यामिकतहको विद्यालय सञ्चालन गर्ने । निम्न वर्गीय, असाहय अपाङ्ग, अल्प संख्याक व्यक्तिहरुलाई खानपान, शैक्षिक सामाग्री सहितको निःशुल्क शिक्षा प्रदान गर्ने गर्नुपर्छ । ८ घण्टा अनिवार्य काम गर्ने प्रबन्ध गर्ने । त्यस्तै सामुदायिक क्याम्पसको हकमा राज्यले भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधार, निर्माणमा सहयोग उपलब्ध गराउने, वार्षिकरुपमा शैक्षिक गुणस्तर विकासको लागि बजेट उपलब्ध गर्ने हुनुपर्छ । शिक्षक वर्ग, वौद्धिक जगतको गरिमा उच्च राख्न प्रतिस्पर्धामा शैक्षिक स्तर सुधारमा तल्लिन रहेकाहरुलाई सम्मान सहित पुरस्कृत गर्ने, माध्यमिक तह शिक्षा निःशुल्क, उच्च शिक्षा अध्ययनका लागि गुणस्तरीय प्रविधिक, व्यवहारीक जीवनलाई उत्कृष्टता हाँसिल गर्ने गरी खाने शिक्षा प्रदान गर्न शिक्षा नीति ऐन बन्न जरुरी छ ।
सामुदायिक कलेजका मुख्य चुनौती चाहि के के रहेछन् ?
राज्यले शिक्षा क्षेत्रमा शैक्षिक सुधारका लागि त केहि सुरुवात गरेको छ । विद्यविद्यालय अनुदान आयोगले ७५ जना विद्यार्थीभएका सामुदायिक कलेजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । त्यतिले पुग्दैन । प्रमुख चुनौती भनेको नै आर्थिक स्रोत जुटाउन कठीन हो । अभिभावक वर्गमा आय आर्जनमा कमजोर हुँदा घर व्यवहार चलाउन न्यूनतम शुल्क तिर्न धौधौ छ । शैक्षिक स्तर विकास र पूर्वाधार निर्माणमा सहयोग आवश्यक छ । स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुलाई पढ्दै गर्दैको अवसर प्रदान गर्न प्रोत्साहित गर्नुप¥यो । काभ्रे जिल्लामा १२ वटामा ५ वटा क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट सहयोगबाट बञ्चीत हुन पुगेका छन् ।
धुलिखेल क्याम्पसका शैक्षिक विशेषता विद्यार्थीहरुलाई प्रदान गरेको प्रभावकारी सेवा के के छन् ?
धुलिखेल नगरपालिकाका तत्कालिन नगर प्रमुख अशोक व्याञ्जुले सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर विकास गर्न उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई धुलिखेल बासीलाई निःशुल्क, बाहिरबाट आउने विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्कमा अध्यापन गराउने हरेक वर्ष आर्थिक बजेट उपलब्ध गराएको छ । धुलिखेलमा रहेका धुलिखेल क्याम्पस र सञ्जीवनी कलेजलाई नै वार्षिक अनुदान दिएको छ । कक्षा १२ मा, ब्ं ल्याउनेलाई हरेक महिना १००० इन्सेटिभ उपलब्ध गरिएको छ ।
शिक्षक र कर्मचारी वर्गको स्थायित्व र विकास गर्न कलेजले के गर्न सकेको छ त ?
लामो समय कार्य गर्ने शिक्षकलाई स्थायि गरिएको छ । कलेजको आयस्रोत अनुसार शिक्षक कर्मचारीहरुलाई समय सापेक्ष क्षमता अभिवृद्धि तालिमको प्रबन्ध, १३ महिनाको तलब, सेवा सुविधा उपलब्ध गरेका छौं ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने
