नमोबुद्ध नगरपालिकाका वडा नं. ६ मा जन्मनुभएका कुन्सङ लामा नेपाली कांग्रेस पार्टीको सच्चा सिपाही हुनुहुन्छ । हक्की स्वभावका विकास प्रेमी नेताको रुपमा परिचय बनाउनुभएका नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामासँग नगरको बिकास र समृद्धिको सवालमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :
आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?
स्थानीय सरकारको प्रमुख भएर जिम्मेवारी बहन गर्ने अवसर प्रदान गर्ने नगरवासीमा आभार व्यक्त गर्दछु । नगरमा ११ वडा रहेका छन् । विहानदेखि वेलुका सम्म जनताका समस्या समाधान गर्ने उपायहरु पहिल्याइ आप्mनो कर्यमा लागेको छु । जनताका विकासका आवश्यकता, इच्छा चाहना सँगसँगै विकासको औचित्यको आधारमा हाम्रो जनप्रतिनिधिको टोली कर्मचारी वर्ग सबैको एकताबद्धताबाट विकास निर्माण देखि, जनताले प्राप्त गर्ने सेवा प्रवाह समेत चुस्त दुरुस्त बनाउने अभियानमा लागेको छु ।
चालु आर्थिक वर्षको अन्त्य हुन लागेको छ । विकास निर्माण योजना सम्पन्नताको अवस्था बारे बताइदिनुस न ?
आ.व. २०८२÷०८३ योजना निर्माण गरि छनोट भएका योजना कार्यान्वयनको सवाललाई तिब्रता दिइएको छ । असार २० गते सम्म विनियोजित बजेटको कार्यान्वयन भइ सक्नुपर्ने छ । उपभोक्ताबाट भएको विकास निर्माण कार्य १५ देखि २० प्रतिशत पुरा हुन बाँकी छ अबको २ हप्ता भित्र पुरा हुन्छ । त्यस्तैगरी ठेक्का आह्वानबाट भएको विकास निर्माणका कार्यहरु ६५ प्रतिशत सम्पन्न भएका छन् । सडक पिचको लागि विटुमिन अभावको कारण केहि समस्या भइ निर्धारित समयमा सकिने निक्कै कठीन भएको छ । अब सहज हुन्छ भनेको छ । वित्तीय प्रगति ४८ प्रतिशत भएको छ । काम सम्पन्न भएको भूक्तानी हुनेक्रम जारी छ । असारको अन्त्य सम्ममा ६५ देखि ८० प्रतिशत योजना सम्पन्न हुने छन् ।
शिक्षा, स्वास्थ्य र खानेपानीको पहुँच विस्तारमा भएका प्रगतिका सवालमा बताउँनुस न ?
शैक्षिक गुणस्तर विकासमा काभ्रे जिल्लामा हाम्रो नमोबुद्ध नगरपालिका दोश्रो स्थानमा छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि विद्यार्थीहरुको चौतर्फी विकास हुने कार्यक्रम सञ्चालन, विद्यालयमा शिक्षक दरवन्दी मिलान गरियो । त्यस्तै गरी स्वास्थ्य क्षेत्रको विकासमा मेथिनकोट अस्पताललाई थप व्यवस्थित गरी नागरिकहरुलाई स्वास्थ्य सेवा पु¥याएको छ । हरेक वडाका स्वास्थ्य संस्थाबाट निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरण, गाउँघर स्वास्थ्य क्लिनिक, स्वास्थ्य शिविर सञ्चालन गरीएको छ । त्यस्तैगरी नागरिकहरुलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने कार्यलाई विगतमा प्रारम्भ गरेको एक घर एक धारा निर्माण कार्यलाई थप प्रभावकारी बनाई अघि बढेको थियो । २०८१ असोज १० देखि १२ गतेको भिषण वर्षाले पानीको मुहान र पाइपमा ठूलो क्षति पु¥यायो । २०८१ मा ८० प्रतिशत नागरिकहरुलाई एक घर एक धारा जडान गरी खानेपानी उपलब्ध गरिएको थियो । २०८१ असोजमा धेरै क्षति व्यहोर्दा ३० प्रतिशतमा झ¥यो । सबैको प्रयासबाट हाल खानेपानीको ७० प्रतिशत काम भएको छ । आगामी वर्ष सम्ममा खानेपानी योजना सम्पन्न गरी सबै नागरवासीलाई पानी खुवाँछौं ।
स्थानीय स्तर ग्रामीण क्षेत्रको विकास गर्न प्रमुख चुनौती र संकटको बारेमा बताइदिनुस न ?
अधिकांस स्थानीय सरकारसँग आफ्नै आर्थिक स्रोत साधन छैन । आन्तरिक राजश्व संकलन थोरै छ । उद्योग धन्दा छैन । एकीकृत सम्पति, व्यवसाय कर, मालपोतकर आय स्रोत हो । प्रदेश र केन्द्रीय सरकारसँग बजेटको निर्भरता छ । संवैधानिक अधिकार अनुसार केन्द्रीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कार्यगर्न दिएको छैन । स्थानीय सरकारले २२ वटा अधिकारीक अधिकार प्रयोग गरी ऐन नियम बनाएर कार्यान्वयन गर्न सक्छन् । स्थानीय सरकार, प्रदेश सरकारले प्रयोग गर्ने साझा अधिकार त्यस्तै प्रदेश र केन्द्रीय सरकारको साझा अधिकारको कानुन बन्न सकेको छैन । संघीय संरचना, संघीय मुल्य मान्यता, सिद्धान्त अनुसार स्थानीय सरकारलाई कार्य गर्न दिइएको छैन । संघ र प्रदेश सरकारका मन्त्रीहरु आ–आफ्नो क्षेत्रमा बजेट लगेर विकास निर्माण गर्ने अरुलाई विभेद गर्ने । समानुपातिक बजेट प्रणाली नअपनाई मनोमानी तरीकाले बजेट विनियोजन गर्ने परम्परा बस्यो । स्थानीय सरकारलाई जोगी र माग्नेको दर्जा दिएको जस्तो लाग्छ । हरेक वर्ष हाम्रो जनताको विकासको आवश्यकता चाहना पुरा गर्न जोगीको भेषमा माग्ने भिकारी जसरी प्रदेश र केन्द्रीय सरकारको मन्त्रालय, मन्त्रालय धाउनु पर्ने अवस्था छ । भौगोलिक र जनसंस्थासिक हिसाबले विकासको मुल मर्मलाई आत्मसाथ गरी विकास र समृद्धिको खाका कोर्ने गरी केन्द्र र प्रदेश सरकारले बजेट उपलब्ध गराउनु पर्छ । पहुँच र हैसियतको आधारमा बजेट छुट्याउन भएन ।
कृषि क्षेत्रको व्यवसायिक विकासमा सुधार गरेका प्रयासहरु ?
कृषि उपजमा वृद्धि गर्न, मलखाद विउविजन सहजता कायम गर्न लागि परेका छौं । कृषि र पशुधनको विकासका लागि हेरक वर्ष बजेट उपलब्ध गरी व्यवसायिक विकास र जीवन निर्वाहको लागि खेति किसानी गर्ने कृर्षकहरुलाई कृषि उपजमा वृद्धि ल्याउन कृषि प्रविधि भित्रयाइ उत्पादनमा वृद्धि ल्याएको छ । खेतवारी जोत्ने टयाक्टर वितरण, पशुुधनको लागि बीमा कार्यक्रम, च्यापकटर वितरण जस्ता कार्यहरु हरेक वर्ष गरिएको छ । हरेक वर्ष हरेक वडालाई ४०÷५० वटा टयाक्टर वितरण गरेको छ ।
अन्त्यमा केहि भन्नु छ की ?
हाम्रो सामथ्र्यले भ्याए सम्म नगरको विकासमा हाम्रो ध्यान केन्द्रीत छ । भकारीमा जे जति छ त्यसको सहिसदुपयोग गरी शिक्षा, स्वास्थ्य खानेपानी क्षेत्रमा बजेट विनियोजन गरी जनताहरुलाई सेवा सुविधा पु¥याउने कार्यमा हामीले कन्जुस्याई गरेका छैनौं । आर्थिक सुशासन पादर्शीता कायम गर्न निरन्तर लागेका छौं । नमोबुद्ध नगरपालिकालाई जलाधार क्षेत्रको संरक्षण गरेकोमा र जल स्रोतको पुनरजीवन गरेकोमा जिल्ला समन्वय समिति काभ्रेले सम्मान ग¥यो । यो सबै जनप्रतिनिधि, कर्मचारी वर्ग सबैको कर्मले सम्भव भएको हो । नगरपालिकामा वेरुजु सुन्य बनाउने कार्यमा हामी लागि परेका छौं ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने
