काठमाण्डौ विश्व विद्यालयबाट म्याथ म्याटीक्समा एमफिल गनर््ुभएका जुजुभाई मानन्धर विगत ४३ वर्ष देखि शिक्षण सेवामा लाग्नु भएको व्यक्तित्व हुनुहुन्छ । निडर कडा प्रशासकीय क्षमताकोरुपमा परिचित उहाँ चैतन्य बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । २०४८ सालमा स्थापीत उक्त कलेज काभ्रे जिल्लाको मास्टर डिग्री तह सम्म अध्यापन गराउने पहिलो सामुदायिक क्याम्पस हो । बागमती विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा विगत ६ महिना अघि सम्झौता गरी चैतन्य क्याम्पस संचालन गर्ने शैक्षिक शत्र २०८३/०८४ देखि नै नयाँ कार्यक्रमका साथ अघि बढेको छ । BEd, BBA, BIT र LLB स्नातक तहका कक्षा सञ्चालन हुनेछन् । चैतन्य कलेजको शैक्षिक स्तरीयता भावी कार्ययोजनाको सवालमा क्याम्पस प्रमुख जुजुभाइ मानन्धरसँग रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :
बागमती विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा चैतन्य क्याम्पस संचालनको अन्तरक्रिया गर्नुभयो यसको औचित्य बारे प्रष्ट पारिदिनुस न ?
त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिइ २०४८ सालबाट चैतन्य बहुमुखी क्याम्पसले उच्च शिक्षा अध्यापन गराउन प्रारम्भ गरेको थियो । विगत ३५ वर्षदेखि कक्षा ११, १२ देखि मास्टर डिग्रीसम्मको अध्ययन गर्ने अवसर यस शैक्षिक संस्थामा रहेको थियो । संचालित कार्यक्रमहरु, सैद्धान्तिक ज्ञान बेसी, व्यहारिक शिक्षाको कमि भएको महसुस गरियो । सूचना र प्रविधिको युगमा विश्व बजारमा विक्ने जीवनलाई आत्मनिभरको बाटोमा अघि बढाउन जीवनोपयोगी शिक्षा आवश्यक छ । शिक्षालाई संस्कार, सिप, ज्ञान, उद्यम, व्यवसाय, प्रविधि उत्पादन, उद्योगसँग जोडेर देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न लाग्नुपर्ने टडकारो आवश्यकता रहयो । सोहि अनुसार जिल्लामा रहेका शिक्षा सेवी, शैक्षिक संस्था, सरोकारवाला, सरकारी सम्बन्धीत निकायका प्रतिनिधिहरुसँग बसेर अन्तरक्रिया बहस पैरवी गरेर आधुनिक विश्व बजारमा विक्ने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न ढिलागर्नु हुन्न भन्ने हेतुले बागमती प्रदेश विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ कार्यक्रम गरियो । अन्तरक्रिया छलफलबाट आएका राय सुझावलाई सम्पतीकोरुपमा लिई कार्य अघि बढाउने संकल्पका साथ हामीले विएड, विआइटी, विविए र एलएलवि, विषयहरु सञ्चालन गरी गुणस्तरिय शिक्षा प्रदान गर्न ध्यान केन्द्रीत गरेका छौं । समुदाय र सरोकावालाहरुलाई सूसूचित गराउने हाम्रो मुलध्येय पनि हो ।
BEd, BIT, BBA र LLB कक्षा सञ्चालन गरी क्याम्पसलाई स्थायित्व कसरी दिन सकिन्छ ?
बागमती विश्व विद्यालयबाट सम्बन्धन लिई कार्य अघि बढाउन विगत ८ महिना अघि समुदाय, सरोकार वाला, शिक्षा सेवी, क्याम्पस व्यवस्थापन टिम सबैसँग समेत छलफल बहस पछि निश्कर्षमा पुगेका हौं । BEd, BIT, BBA र LLB कक्षा सञ्चालन गरी स्नातक तहमा माथिका विषयहरु सञ्चालन गरेर शैक्षिक गुणस्तर विकासमा टेवा पु¥याउने र विद्यार्थीहरुलाई स्तरीय जीवनोपयोगी, शिक्षा प्रदान गर्न हामी लाग्ने छौं । विगत ६ महिना अघि बागमती विश्व विद्यालयसँग सम्झौता गरी कार्य अघि बढाएका छौं । समाज, आम नागरिक, सरोकारवाला, सरकारका सम्बन्धीत निकायसँग समन्वय र सहकार्य गरी शैक्षिक संस्था संचालन हुने हो । स्नातक तह ४ वर्षे अध्ययनका लागि रोशी गाउँपालिकाले ३ जना विद्यार्थीलाई छात्रवृति सिफारिस गरिसकेको छ । हामीले काभ्रेका १३ वटै पालिकामा पत्र पठाएका छौं । उच्च शिक्षा अध्ययनका लागि चैतन्य क्याम्पसमा भर्ना गर्न आह्वान समेत गरेका छौं । यसै शैक्षिक शत्र देखि कक्षा सञ्चालन गरिन्छ । ४५ वर्ष मुनी र ४५ वर्ष माथि उमेर समुहकालाई विषय विज्ञताका आधारमा शिक्षक स्थायि नियुक्ती हुन्छन् । हालको लागि प्रशासनीक कर्मचारी ३ जना र शिक्षक ६ जना नियुक्त भइसक्नु भएको छ । उहाँहरुलाई विश्वविद्यालयले नै तलब, सेवा सुविधा उपलब्ध गराउनु हुन्छ । विद्यार्थीहरुको अनुपातका आधारमा कोर्ष कन्टयाकका आधारमा विषय विज्ञता हाँसिल गरेकाले प्राध्यापन (पढाउन) पाउने प्रबन्ध छ । विद्यार्थीले बुझाएको शुल्क सिधै बागमती विश्व विद्यालयको खातामा जम्मा हुन्छ । न्यूनतम शुल्कमा प्रविधि सहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने छौं ।
BEd, BIT, BBA र LLB कक्षा अध्ययन पुरा गर्दा शुल्क कति लाग्ने हुन्छ ?
Bed ४ वर्ष ८ सेमस्टर २ लाख ५० हजार, BBA को ३ लाख २० हजार, BA, LLB ५ वर्ष १० सेमस्टर ४ लाख ५० हजार, LLB ३ को वर्षको १ लाख २० हजार शुल्क लाग्छ । प्रारम्भीक चरणमा २० प्रतिशत छुट, त्यसैगरी १० प्रतिशत छात्रवृतिको व्यवस्था छ ।
BBA र BIT अध्ययन सफलता गरेका विद्यार्थीहरुले कस्तो खालको रोजगारीको अवसर प्राप्त गर्न सक्छन् ?
प्राविधिक ज्ञान, सिप सहित व्यवस्थापन तर्फ BBA विजीनेस र म्यानेजमेन्ट स्कील्स, व्यसायिक ज्ञान जसले व्यवसाय गरी अरुलाई रोजगारी दिने अवसरको शिक्षा कार्यक्रमिक योजना निर्माण गर्न सक्ने क्षमताको विकास हुन्छ । लिडरसिप डेभलपमेन्ट नेतृत्व विकास गरी आपूmलाई आत्मनिभरको मार्गमा अघि बढाउन सक्ने क्षमताको विकास हुन्छ । व्यवसायिक फर्म, उद्योग, धन्दामा रोजगारीको अवसर हुन्छ । आफैले व्यवसाय सञ्चालन गरी अरुलाई रोजगारी दिन सक्ने अवस्था हुन्छ । त्यस्तै BIT प्रोग्रामीङ एण्ड डाँटावेसीज, स्कील मोर्डन आइटी ल्याव र इन्टरसिप एण्ड रियल प्रोजेक्टस कार्यक्रम सिक्ने अवसर छ । BIT ४ वर्षे कोर्ष कम्पीलीट गरी सफलता हाँसिल गरेपछि उद्योग, कलकारखाना, व्यवसायिक फर्म बैंक, तथा वित्तीय संस्थामा आइटी अफिसर बन्ने अवसर हुन्छ । तर एमटेक, एम आइटी अध्ययन समेत पुरा गनुपर्छ रोजगारीको चिन्ता हुँदैन ।
विद्यार्थी र शिक्षक दुवैको खडेरी परेको बखत चैतन्य क्याम्पसमा पढ्दै गर्दै गर्नेको अवसरको कार्यक्रम योजना बनाउनु भएको छ त ?
हाम्रो शैक्षिक गन्तव्य, अध्ययन गर्दै कार्य गदैको अवर कक्षा १२ र विविएस अध्ययन पुरा गर्नासाथ विदेश पलायन हुने अवस्था तिब्ररुपमा छ । जनशक्तिलाई स्वदेश मै रोजगारी सृजना गरी देशको विकास र समृद्धि गर्नुपर्ने सवालमा राज्यकै राम्रो नीति हुनुपर्छ । लगानी गरेर अध्ययन सफलता पछि आफूले चाहे जस्तो रोजगारी प्राप्त गर्न नसक्दा मस्तिक पलायन सोचले गर्दा निक्कै समस्था छ । हाम्रो चैतन्य क्याम्पसले, जुनजुन विषयसँग सम्बन्धीत छ सोही अनुसार उद्यग, आइटी सेक्टर व्यवसायीक कर्मसँग सहकार्य गरी यहाँ अध्ययनरत विद्यार्थीहरुको लागि दक्षता अनुरुप उनीहरुकै रोजाइ अनुसार पढ्दै गर्दै प्रबन्ध गर्ने छौं । विद्यार्थीहरुले अध्ययनबाट सिकेका विषयबस्तुहरु, जुन जहाँ सम्बन्धीत छ । सोही अनुसार फिल्डमै गएर प्रयोगात्मक रुपमा व्यवहारिक ज्ञान आर्जन गरी सबै विषयमा अब्वलता हाँसिल गराउने लक्ष्यका साथ हाम्रो विषयगत दक्षता हाँसिल गरेको शिक्षक टिम प्रशासनीक कर्मचारी सशक्त भएर लागि पर्नेछ ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने
