शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रे
भूमिका
खोटाङ जिल्लाको साविक सिम्मानी गाविसमा जन्मनु भएका शिवराम पोखरेल मोरङ जिल्लाको रङ्गेली नगरपालिकामा हुर्कनु बढ्नु भयो । नायब सुब्बाबाट जनताको सेवामा कर्मचारी भइ २०५१ मा अधिकृत भइ कार्य गर्नु भयो । पाँचथर र मोरङ जिल्लामा स्थानीय विकास अधिकारीको रुपमा कार्य गर्दै नेपाल राजदूतावास कतारमा २ बर्ष सेवा गर्नु भयो । अग्लो कद हसिलो चेहेराका शिवराम पोखरेल विगत २ बर्ष देखि सहसचिव भइ जनताहरूको सेवामा लाग्नु भएको छ । धुलिखेल नगरपालिकामा समेत कार्यकारी अधिकृत भइ प्रशासनीक क्षेत्रमा राम्रो अनुभव बटुल्नु भएका शिवराम पोखरेल २०७६ भाद्र १९ गतेबाट जिल्ला प्रशासन कार्यालय धुलिखेलमा प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवरी समाल्नु भएको छ । कोभिड–१९ प्रकोपको महामारीले पछिल्लो समय नेपालमा संक्रमित संख्या ह्वात्तै बढेको बढै भएको हु्दाँ हामी सबै अनुशासनमा बसी सजग र सतर्क रहेर विश्व स्वास्थ्य संगठनले निधारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गरी एकताबद्ध हुन सके मात्र कोरोना भाइरस (कोभिड–१९) लाई चाँडै जित्न सकिने उहाँको तर्क छ । २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो । विगत ३ बर्ष अघि देखि हाम्रो देश नेपाल नयाँ संघीय संरचनामा गइ बैधानिकता प्राप्त गरी कार्यान्वयन चरण्मा रहेको छ । संस्थागत हुँदै अघि बढेको छ । नयाँ ऐन, नियम, कानुन अनुसार सेवा प्रवाह गर्नु निक्कै चुनौती पूर्ण छ । देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्दै देशको समग्र क्षेत्रको विकास र समृद्धि हाँसिल हुँदै गएको प्र.जि.अ. पोखरेलको तर्क छ । हाम्रो देशमा संघीय अभ्यास नितान्त नयाँ भएको हुँदा जनताहरूको इच्छा अपेक्षा अनुरुपको उपलब्धी प्राप्त गर्न अझै समय लाग्ने र देशको समग्र विकासको अवस्थालाई मुल्याङ्कन गर्ने वेला अझै भइन सकेको प्र.जि.अ. पोखरेलको धारण छ । काभ्रे जिल्लाको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा जिल्लाको शान्ति सुरक्षालाई मजवुद बनाउन के कस्तो रणनीति बनाइ अघि बढ्नु हुन्छ भन्ने सवालमा रेडियो ए.वी.सी. एफ.एम. ८९.८ मेगाहर्जमा प्र.जि.अ. पोखरेलसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. काठमाण्डौँ, भक्तपुर र ललितपुरमा कोरोना प्रभावका कारण निशेधज्ञा जारी गरेको छ । पछिल्लो समय काभ्रे जिल्लामा कोरोना संक्रमित संख्या बढेको बढै छ । जोखिम न्यूनिकरण गर्न यहाँले कस्तो कदम चाल्नु हुन्छ ?
कोभिड–१९ प्रकोपले महामारीकै रुप लिइ संक्रमण फैलँदो अवस्थामा छ । आम नागरिक सजग र सतर्क रहनु, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु भिड भाड नगरी सचेत भइ बस्न म आग्रह गर्दछु । पक्कै पनि भक्तपुर, ललितपुर र देशको राजधानी काठमाण्डैँमा २ हप्ताको निशेधज्ञा पछि केहि खुकुलो गरी तीन तीन घण्टा व्यापार व्यावसाय गर्न दिइएको छ भने जोर विजोर प्रणालीबाट यातायात सञ्चालन गर्न दिइएको छ । राजधानी छिर्ने नाकामा कडाइ गरिएको छ । काभ्रे जिल्ला, राजधानी देखि २६ कि.मि. नजिक पर्ने भएकोले जोखिम अत्याधिक छ । हामीले सिन्धुपालचोका, दोलखा, रामेछाप र सिन्धुलिबाट आउने सार्वजनिक भाडाका यातायातका साधनहरू पूर्णरुपमा वन्देज नै गरेका छौँ । राजधानी प्रवेश गर्ने साँगा नाकामा अत्यावश्यक काम बाहेकका साधनहरूलाई रोक लगाएका छौँ । अझ थप कगाइ गर्ने हाम्रो योजना छ । मानव मानव विच स्वास प्रस्वासको माध्यमबाट एक अर्कोमा कोरोना संक्रमित हुने हुदाँ सबै सजक रहनु नै उत्तम उपाय हो । भिडभाड हुन नदिन सरकारी आदेशको कार्यान्वयन गराउन हाम्रो सुरक्षा टोली दिन रात जन सेवामा अग्र भागमा रहेर खटि रहनु भएको छ । थप प्रवाभकारी बनाउन हाम्रो ध्यान केन्द्रित भएको छ । सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउँदै स्थानीय पालिकाहरूसँग समन्वय र सहकार्य गर्दैैअघि बढ्छौँ ।
२.दिन प्रतिदिन कोरोना संक्रमित ह्वात्तै बढ्दै गएको छ । काभे्रका स्थानीय पालिकाहरूको एकान्तवास व्यवस्थित गर्नुका साथै, अस्पतालमा आइसोलेसन वार्ड थप गर्नु पर्ने आवश्यकतालाई चाँडै परिपूर्ति गर्ने सवालमा कोभिड–१९ विपद् व्यवस्थापन समितिको तयारी के छ ?
विदेशवाट स्वदेश फर्केका पिसी आर परिक्षण गरेका नेगेटिभ आएका व्यक्तिहरू सिधै घर जान सक्छन् । पिसिआर परिक्षण नगरेका नागरिकहरू सम्बन्धित पालिकाहरूमा एकान्त वासमा १४ दिन बस्नु पर्छ । पिसीआर परिक्षण गर्दा पोजेतिभ देखिए मात्र आइसोलेसन वार्डमा बस्नु पर्ने हो । नगरपालिकाले व्यवस्थामन गरी सञ्जीवनी विद्यालयमा बनाएको एकान्त वास जुन शुरुमा १०० वेडको थियो अहिले ७० वेड थप गरी १ सय ७० वेडको भएको छ । धुलिखेल अस्पतालमा निर्मित शुरुको १० वेड पछि थप गरी २५ वेड क्षमता सम्मको आइसोलेसन वार्ड तयारी अवस्थामानै छ । त्यस्तै बनेपा नगरपालिकाले १० वेड सम्मको आइसोलेसन वार्ड बनाई सकेको छ । अरु पालिकाहरूले एकान्त वास र आइसोलेसन वार्ड निर्माण गरी व्यवस्थित गरी सकेको अवस्था छ । थप आवश्यक पनि तुरुन्त व्यवस्था गर्न सकिने प्रवन्ध मिलाउने अवस्था श्रृजना गरेको छ ।
३.रोगले भन्दा पनि भोकले मर्ने अवस्था भइ सक्यो वस व्यावसायिक कार्य गर्ने मजदुर वर्गर होटल तथा रेस्टुरामा कार्य गर्ने देखि निम्न वर्गीय मजदुर रोजगारीबाट बञ्चीत भइ चुल्हो बल्न नसक्ने अवस्था छ । आ–आफ्ना पालिकाहरूका विपन्न वर्गको अवस्था के छ भनेर बुझ्न र जीवन निर्वाहको लागि आवश्यक कदम चाल्न ढिला भए नर ?
केन्द्र सरकारको नीति अनुरुप प्रदेश सरकारको सहयोगमा स्थानीय पालिकाहरूले दैनिक कार्य गरी जीवन गुजारा गर्ने वर्ग गरिव गरुवाहरूलाई प्रथम र दुतीय पटक राहत समाग्री वितरण गरेको हो । हाल कोरोना संक्रमित हुनबाट जोगाउन रोक थाम तथा नियन्त्रणका लागि नै सरकारको ध्यान केन्द्रिात भइ मानवीय रक्षा गर्न लागि परेको अवस्था छ । पिसिआर परिक्षणको दायर फरकीलो पारेको अवस्था छ । हालसम्म कोरोना संक्रमण संख्या बढे पनि समुदायमानै फैलिएको छैन् । तेस्रो पटकको राहत प्याकेज घोषण नभएको हुँदा केन्द्रिय सरकारले केहि दिनमा नयाँ योजना ल्याएको खण्डमा मजदुर वर्गको जीवन निर्वाको लागि समस्यको बारेमा उनीहरूको रेजी रेटीको लागि बहस गर्नु पर्छ । हामी स्थानीय पालिकाहरूसँग समन्वय गरी अघि बढ्छौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्य विकास निर्माणमा समेत लगाउन सक्ने अवस्था भए सम्म स्म्बन्धित पालिकाहरूले रोजगार दिन सकिने िव्यवस्था भएको हुँदा केहि समस्या हल हुने छन् ।
