विगत २८ वर्षदेखि मध्य पहाडी पूर्वीय जिल्ला काभ्रेको व्यापारिक नगरी बनेपामा मिडिया इन्स्टिच्युट सञ्चालन गरेर विद्यार्थीहरूको शिक्षण सिकाई अंग्रेजी ल्याङ्ग्वेज, टुयुसन कक्षा सञ्चालनबाट शिक्षण सेवामा प्रवेश गरी संधर्ष गर्नुभएका कर्मठ युवा व्यक्तित्व हुनुहुन्छ रामप्रसाद तिमल्सिना । २३ वर्षअघि एबिएम स्कुल सञ्चालन गरेर संस्थागत विद्यालय सञ्चालन गर्नुभयो । निजी लगानीमा सञ्चालित एबिएम स्कुलमा प्लेग्रुपदेखि माध्यमिक तह र उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाको रूपमा परिचित छ । विद्यार्थीहरूलाई संस्कारसहित सिर्जनात्मक र गुणस्तरीय शिक्षा प्रदान गर्न दक्ष, अनुभवी क्षमतावान शिक्षकहरूको लगनशीलताले विद्यालयले स्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुहुन्छ एबिएम स्कुलका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिना । माध्यमिक तहको भर्ना अभियान, विद्यालयको शैक्षिक स्तरीयताको बारेमा संस्थापक प्रिन्सिपल तिमल्सिनासँग रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
एबिएम स्कुलको शैक्षिक उपलब्धीलाई कसरी नियाल्न सकिन्छ ?
२०६० सालमा स्थापित एबिएम स्कुल २०६१ मा ३५ जना विद्यार्थीबाट विद्यालय संचालन गरेको हो । शिक्षण सिकाइलाई थप प्रभावकारी बनाइ शिक्षा प्रदान गरेका छौं । नर्सरी देखि कक्षा १० सम्म ८ सय ५० र कक्षा ११ र १२ मा गरी जम्मा एक हजार एक सय ५० विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीहरुको इच्छा, रुचि र चाहना अनुरुप अन्तरनिहित प्र्रतिभालाई सृजनामा बदलेर जीवन उपयोगी शिक्षा प्रदान गरेका छौं । ज्ञान, सिप, संस्कार र अनुशासन सहितको शिक्षा ग्रहण गर्ने शान्त वातावरणमा अध्ययन गर्ने अवसर छ । शिक्षकहरुको सक्षमता विकास सहित विद्यार्थीहरुको चौतर्फी विकास गर्ने शिक्षा प्रदान गरेका छौं । बालमैत्री शिक्षण सिकाइ कक्षा नर्सरीबाट प्रारम्भ गरिएको छ ।
शैक्षिक शत्र २०८३ को भर्ना अभियानमा नयाँ सरकार गठनसँगै आएको शिक्षा मन्त्रालयको निर्देशनले कस्तो प्रभाव पा¥यो ?
शिक्षा ऐन २०२८ त्यसपछिका निर्देशनका र नियमावलीको भरमा शैक्षिक प्रणाली सञ्चालन भएको छ । शैक्षिक विकासमा परिणाममुखि बनाउन सामुदायिक विद्यालय सार्वजनिक शिक्षा र संस्थागत विद्यालयले प्रदान गरेको शिक्षालाई थप व्यवस्थित बनाउन नयाँ शिक्षा ऐनको खाँचो छ । संस्थागत विद्यालयहरुलाई कम्पनी ऐन अन्तरगत स्वीकृत दिएर शिक्षा प्रदान गर्ने नीतिसँगै त्यस्तै प्रतिष्ठान निर्माण गरेर संस्थागत विद्यालय सञ्चालन गरिएको छ । शैक्षिक गुणस्तर विकासमा राज्यलाई संस्थागत विद्यालयले राम्रैसँग सघाएको छ । सरकार फेरिएसँगै संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणमा एकरुपता छैन । संस्थागत विद्यालयलाई थप व्यवस्थित गर्न विद्यालय शिक्षा ऐनमा पहिचान र गरिमा बढ्ने, उद्यमसिलता, सृजनशिलता, गरिखानी प्रविधिमैत्री विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्ने गरी पाठ्यक्रमको बिकास, स्थानीय र प्रदेश सरकारले शैक्षिक स्तर विकासमा सहयोग पुग्ने वातावरण, अनुगमनको दायरा फराकीलो पार्नुपर्छ । चैत्र मसान्त लगत्तै भर्ना सञ्चालन गर्नुपर्नेमा सरकारले २०८३ बैशाख १६ गते देखि मात्र विद्यालय संचालन गर्न निर्देशन हुँदा केहि अन्यौलता भयो । हरेक वर्ष भर्ना शुल्क नलिने, २०८३ बैशाख महिनाको मासिक शुल्क पनि नलिने भन्ने निर्देशनले केहि अन्यौल्ता कायम रह्यौं । अभिभावक वर्गलाई हामीले बुझाउने कार्य ग¥यौं । संस्थागत विद्यालय भनेका कमाउन खोलेका भन्ने बुभ्mनेहरु पनि केहि समाजमा छन् । सबै त्यस्ता छैनन् । संस्थागत विद्यालयले शैक्षिक स्तर बिकासमा सहयोग पु¥याएको छ । २०८३ बैशाख १ देखि भर्ना र १६ गतेदेखि कक्षा सञ्चालन गरेका छौं ।
हरेक वर्ष विद्यार्थीसँग भर्ना शुल्क लिने गरियो भन्ने गुनासो आएको छ, एबिएम स्कुलले त्यस्तो गरेको अवस्था हो वास्तविकता के हो ?
सान्दर्भिक प्रश्न हो बाहिर बजारमा सुनिएका चर्चा भएका हुन् । शिक्षा ऐन, नियमावली निर्देशीकामा वर्गीकरण अनुसार संस्थागत विद्यालयले सरकारसँगबाट शुल्क लिने सवालमा एकीन गरेको भन्दा थप शुल्क लिने गरेको छैन । निर्देशीकामा नै विद्यार्थी सुरुमा भर्ना हुँदा भर्ना शुल्क एकपटक लिइने हो । एक कक्षाबाट अर्को कक्षामा भर्ना शुल्क लिएको छैन । विद्यालय व्यवस्थापनले विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर बिकासका लागि वर्षभरी गरिने शैक्षिक क्रियाकलाप, अतिरिक्त क्रियाकलापको लागि लिइने वार्षिकरुपमा दुई महिना बरावरको शुल्क वर्षभरीमा लिन सकिन्छ । हामीले हरेक वर्ष भर्ना शुल्क लिइएका छैनौं ।
शैक्षिक सुधारका प्रयासका बारेमा बताइदिनुस न ?
संस्थागत विद्यालय मध्ये काभ्रे जिल्लामा आइएुसओ सर्टिफाइड स्कुल घोषणा कार्यक्रम २०१८ गरियो, विद्यार्थीहरुलाई ज्ञान, सिप, संस्कार अनुशासन, प्रविधि मैत्री शिक्षा प्रदान गरेका छौं । उपयुक्त भौतिक पूर्वाधार, खेलमैदान, शैक्षिक वातावरणमैत्री भवन, शैक्षिक गुणस्तरीयता प्रदान गर्न आवश्यक पर्ने समाग्री उपलब्ध गरेका छौं । प्रदेश सरकार स्थानीय सरकार, शिक्षा विकास इकाईबाट नियमित अनुगमन भएको छ । इ लाइवेरीको प्रबन्ध, स्मार्ट वोर्डको प्रयोगबाट अध्यापन, स्मार्ट कक्षा, विद्यार्थीहरुको नेतृत्व, व्यक्तित्व विकास, प्रतिभाको प्रस्फुटन गराउने, खेलकुद, नृत्य, योगा, हाजीरी जवाफ प्रतियोगीता, साप्ताहिक, मासिक, त्रैमासिक परीक्षा लिने गरिएको छ । सिकेका विषयबस्तुहरुको अभ्यासमा परिणत गरी जीवनोपयोगी शिक्षा दिन हामी निरन्तर लागेका छौं । शिक्षा एप प्रयोग गरी आप्mना बालबालिका बिद्यालय कतिखेर विद्यालय पुग्यो के के पढाइ भयो भएन कतिखेर स्कुलबाट घर पुगीयो त्यसको अभिलेखिकरणको अवस्था अभिभावकको मोबाइल र ल्यापटपमा म्यासेज आउने अवस्थाको सृजना गरिएको छ ।
आइएसओ (ISO) मान्यता प्राप्त गरेपछि विद्यार्थीहरुको सिकाइमा आएको समारात्मक परिवर्तनको सवालमा प्रस्ट पारिदिनुस न ?
शिक्षक वर्गको क्षमता विकास देखि विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासमा परिणाममुखि परिवर्तन भएको छ । विद्यार्थी घर देखि विद्यालय कक्षा कोठा सम्म आइपुग्दा समेत शैक्षिक क्रियाकलापमा परिणाममुखी परिवर्तन आएको छ । विद्यार्थीहरुको शिक्षा सहित सर्वाङ्गण विकासमा आमुल परिवर्तण आएको छ । अभिभावकले आप्mना बालिकाहरुको विगतको शिक्षण सिकाइको अवस्था र अन्तराष्ट्रिय स्तरको आइएसओ (ISO) प्रविधि सहितको शिक्षा ग्रहणले जीवनमा आइपर्ने परिस्थितिजन्य अनेक खालका संघर्षका यात्राहरु सामना गर्ने क्षमता समेत विद्यार्थीहरुमा हुनसकेको छ । सिकेका विषयबस्तु व्यवहारिक रुपमा प्रस्तुत गर्न सक्ने क्षमताको बिकास भएको छ । विद्यार्थी अभिभावक र शिक्षक सबै सन्तुस्ट भएको पाएको छु । शैक्षि सुधार समय सापेक्ष गर्दै जानुपर्छ ।
शिक्षक तथा प्रशासनीक क्षेत्रका कर्मचारीहरुको दीर्घ बिकासका लागि के के गर्न सकिएको छ ?
लामो समय देखि कार्य गर्ने शिक्षक तथा कर्मचारीहरुलाई सञ्जयकोष र सामाजिक सुरक्षाकोषमा रकम राखीदिने गरेको छ । हरेक वर्षको वार्षिक कार्यक्रममा शिक्षक तथा कर्मचारीहरुको योगदानलाई कदर गरि कार्यसम्पादन मुल्याङ्कनका आधारमा पुरस्कृत गरिने गरेको छ ।
प्रस्तुतकर्ता : रमेशप्रसाद न्यौपाने
