IMG-LOGO

जमिन, जल, जंगल, जडीबुटी र जनशक्तिको प्रयोगबाट बिकास र समृद्धि

 मंगल, बैशाख १५, २०८३  प्रेमबहादुर भुजेल, अध्यक्ष, भुम्लु गाउँपालिका

    लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछिको स्थानीय तहको दोस्रो निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेमबहादुर भुजेल निर्वाचित हुनु भएको हो । जनताका जनजीविकाको सवालमा समेत सचेत र सजक भई गाउँपालिकाले नागरिकहरुलाई प्रभावकारी सेवा प्रवाह गरेको बताउनु हुन्छ भुजेल । आ. व. २०८२÷०८३ को ९ महिनामा सम्पन्न योजना, समग्र विकासको अवस्था कसरी अघि बढेको छ ? सोको बारेमा समेत पालिका अध्यक्ष भुजेलसँग कुराकानी गरिएको छ । चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा, सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा, भौतिक पूर्वाधार विकास, एक घर एक धारा जडान गरी शुद्ध पिउने पानीको प्रवन्ध, दिगो विकास लक्ष्य हासिल गर्न वहु वर्षीय योजनाहरु निर्माण गरी अघि बढेको बताउनुहुन्छ अध्यक्ष भुजेल । गाउँपालिका अध्यक्ष भुजेलसँग समग्र गाउँपालिका क्षेत्रको विकास निमार्णका प्राथमिकताका सवालमा रेडियो एवीसी ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
    भुम्लु गाउँपालिकाले आ.व. २०८२÷०८३ को ९ महिनाको अन्तरालमा सामाजिक तथा आर्थिक बिकासलाई कसरी नियाल्न सकिन्छ ?
स्थानीय सरकारले आप्mनै स्रोत साधनले मात्र बिकासले गति लिन सक्दैन् । हाम्रो भुम्लु गाउँपालिकाको १५ करोडको प्रशासकीय भवन निर्माण कार्य अघि बढेको छ । बजेट कम छ । विपतको कारण भएको बजेट मर्मत संहारमा खर्च भयो । समपुरक बजेटबाट योजना निर्माण कार्य भएको छ । ५४ नम्वरी डाडा सडक ५० प्रतिशत सम्पन्न भएको छ । सिमथली–बेखसिम्ले सडक निर्माण कार्य अघि बढेको छ । उक्त सडक २ करोडको आयोजनामा ४० प्रतिशत पालिका र ६० प्रतिशत रकम संघ र प्रदेश सरकारले व्यहोर्ने गरी कार्य गरिएको छ । हाम्रो गाउँपालिकाको आम्दानीको स्रोत ढुङ्गा  गिटी खानीबाट प्राप्त राजश्व नै हो । व्यवसाय गर्न बजार क्षेत्र न्यून हुँदा थोरै मात्र राजश्व संकmलन हुन्छ ।
    गाउँपालिका क्षेत्रको तिब्र बिकास किन हुन सकेन ? प्रमुख समस्या र चुनौती के छन् ?
स्थानीय आयस्रोत कम छ । राजश्व संकलनबाट आपैm आत्मनिभर हुन हामी सकेका छैनौं । बजार इलाका नभएको, व्वसायीक फर्म निकै न्यून हुनु । गिटी बालुवा ढुङ्गा खानी टेण्डर लागेको छ । त्यसबाट आएको राजश्व मुख्य आय स्रोत हो । ७ करोडको ठेक्कामा ४ करोड प्राप्त हुन सकेको छ । ५ वटा खानी बन्द गरियो । आम्दानीको ४० प्रतिशत संघ र प्रदेश सरकारलाई बुझाउनु पर्छ । हाम्रो पालिका ६० प्रतिशत भुभाग जंगलले ढाकेको छ । जडीबुटी उत्पादन गरी उद्योग सञ्चालन गर्ने, उत्पादनलाई ब्राण्डीङ गर्ने र विक्रि गर्ने योजना अघि सारेका छौं, काम सुचारु भएको छ । प्रदेशिक वन ऐनको कारण जंगलको काठ निकासी गरेर विक्रि गर्न पाइएको छैन्। संघ र प्रदेश सरकारले वन ऐन नयाँ जारी गरेर स्थानीय क्षेत्रमा भएको वन जंगलमा उद्योग सञ्चालन गर्न आवश्यक जडीबुटी खेति गर्ने, औचित्य र आवश्यकताको आधारमा वन क्षेत्रको सहि सदुपयोग गर्ने प्रबन्ध गरिनुपर्छ । जडीबुटी प्रसोधन कार्यगरी अल्लोबाट धागो उत्पादन हुन थालेको छ । 
    शिक्षा र स्वास्थ्यको पहँुच विस्तार गर्न गाउँपालिकाले गरेका प्रयासका बारेमा बताइदिनुस न ?
पूर्वाधार विकास मात्र सवथोक हैन भनेर हामीले चेतनाको बिकासका लागि सचेतना अभियान, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि दिवा खाजा, अर्गानिक खानाको प्रबन्धका लागि ७२ लाख बजेट विनियोजन गरिएको छ । योगा, नृत्य, खेलकुद, वाला विकास कक्षा सञ्चालनका लागि स्थानीय आयस्रोतबाट तलब व्यवस्था गर्नेगरी शिक्षक नियुक्ती, माध्यमिक तहका दुई विद्यालयमा अध्ययनरत छात्र छात्राले एसईईमा ए प्लस ल्याएको खण्डमा १÷१ लाखको छात्रवृती प्रदान् । विद्यालयका शिक्षक जसले विद्यार्थीहरुलाई अब्वल बनाउन भूमिका खेलेर उत्कृष्ट जीपिए ल्याउन सफल भए त्यसका विषयगत शिक्षकहरुलाई समेत सम्मान गरेको छ । त्यस्तै गरी स्वास्थ्य क्षेत्रमा १४ वटा स्वास्थ्य इकाइ छन् । स्वस्थ घर, स्वस्थ परिवार अभियान अन्तरगत स्वास्थ्य परीक्षण, ९४ प्रकारका औषधी निःशुल्क वितरण, जेष्ठ नागरिकहरुलाई घर घरमा स्वास्थ्य सेवा, स्वास्थ्य संस्था, आधारभूत अस्पतालबाट डाक्टरी सेवा सहित उपचार प्रबन्ध गरिएको छ । यस वर्ष मात्र १ करोडको औषधी खरिद गरेर ल्याउने प्रबन्ध मिलाएको छ । भुम्लु वडा नं. ८ मा १५ वेडको अस्पताल निर्माण गरिएको छ, जुन १६ करोडको लागत स्टीमेटमा बनेको हो ।
    भुम्लु गाउँपालिकाको नमुना बिकास कार्यक्रमका सवालमा भन्नुपर्दा ?
विगत ५० वर्ष अघिदेखि भुम्लु वडा नं. ७ र ८ वडाका जग्गा धनीले पूर्जा प्राप्त गर्न सकेका थिएनन् । गत आर्थिक वर्षमा ८ सय जग्गाधनिलाई लालपूर्जा वितरण गरियो । बेखसिम्ले हुँदै बफल सम्म २५ किमी सडक पिच, फलाटे देखि ० किमी सम्म बाटो पिच, जल, जमिन, जंगल जडीबुटी र जनशक्तिको प्रयोगबाट गाउँपालिकाको समृद्धि र बिकास गर्ने योजना अघि सारेको छ । काम तिब्ररुपमा अघि बढेको छ । 
    किसानहरुबाट उत्पादन गरेका कृषि उपजले बजार भाउ नपाउनु, सित भण्डारण र बजारीकरणमा गाउँपालिकाले किन ध्यान दिन सकेन ?
कृषकहरुले उत्पादन गरेका कृषि उपजले उचित मुल्य प्राप्तिका लागि हामीले प्रयास गरेका छौं । कृषि उपजका लागि भण्डारका लागि कोल्ड स्टोर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ५०÷६० लाखको लगानीमा निर्माण कार्य सम्पन्न हुनेछ । कृषकहरुले उत्पादन गरेका उपजले उचित मुल्यका लागि हाटबजारको योजना, ज्याम्दीमा गोलभेडाको सस बनाउने उद्योग सञ्चालन, कोशेली घर बनाएर कृषि उपजको विक्रि गर्ने प्रबन्धका लागि हाम्रो योजना निरन्तर अघि बढेको छ ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्