पिता सुरेन्द्रकुमार राई÷माता मुङ्गी राईको छोरा रञ्जितकुमार राईको सिराह गोलबजारमा २०३६ सालमा जन्मनु भएको हो । २०४६ सालदेखि काभ्रे जिल्लाको धुलिखेल–४ मा स्थायिरुपमा बस्दै आउनुभएको छ । विगत २६ वर्षदेखि शिक्षण सेवा गर्दै आउनुभएका रञ्जितले संस्थागत विद्यालय, काभ्रे बहुमुखी क्याम्पस, श्रीखण्डपुर माविमा समेत अध्यापन गराउनुभयो । २०७१ सालमा शिक्षक पेशामा स्थायी हुनुभएको राई आप्mनो उर्जाशिल समय शिक्षण सिकाइमा नै खर्च गर्नुभयो । उहाँले धुलिखेल नगरपालिकाको स्थापना दिवसमा शिक्षा क्षेत्रमा योगदान पु¥याए बापत जनसेवा श्री पदकबाट सम्मानित हुनुभयो । २०७८ पुष १ गतेबाट कालीदेवी मावि धुलिखेल ११ डाँडाँ गाउँको प्रधानाध्यापकको जिम्मेवारी समाल्नुभएका रञ्जीतकुमार राईले अंग्रेजी विषयमा मास्टर डिग्री गर्नुभएको छ । विद्यलयको शैक्षिक स्तरीयता, शैक्षिक सुधारका सवालमा कालीदेवी माविका प्रधानाध्यापक राईसँग रेडियो एविसीमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ः
कालीदेवी मावि स्थापनाभएको ४७ वर्षे यात्राको शैक्षिक आरोह अवरोहलाई कसरी नियाल्न सकिन्छ ?
२०३४ सालमा स्थापना भएको यस विद्यालयको शैक्षिक यात्रा ऐतिहासिक छ । यहाँका शैक्षिक, बौद्धिक व्यक्तितत्व, अभिभावक वर्ग सबैको समरर्मणले विद्यालयको शैक्षिक गरिमा उच्च रहेको छ । संस्थापक प्रधानाध्यापक भवानी शंखर शर्मा र उद्धव तिमल्सिना लगायत अग्रज शैक्षिक व्यक्तित्व सबैलाई स्मरण गर्न सकिन्छ । विद्यार्थीहरुको शिक्षण सिकाईलाई थप प्रभावकारीता ल्याउन सबै शिक्षक वर्गको महत्वपूर्ण भूमिका छ । धुलिखेल नगरपालिका भित्र २७ वटा सामुदायिक विद्यालयहरु छन् । ती मध्ये नमुना शैक्षिक संस्थाको रुपमा परिचित छ कालीदेवी मावि । एमजी एमएल कक्षा सञ्चालन, अंग्रेजी र नेपाली दुवै माध्यमबाट शिक्षण सिकाई गरिएको छ । नर्सरी देखि कक्षा १० सम्म पढाइ हुने यस विद्यालयमा हाल १ सय ३१ विद्यार्थी अध्ययनरत छन् । यो शैक्षिक शत्रमा ११ जनाले एसईई दिएका छन् । यहाँ अध्ययन सफलता हासिल गरेका विद्यार्थीहरु, सरकारी उच्च ओहदा, सामाजिक संघ संस्था, बैंक तथा वित्तीय संस्थामा रोजगारी प्राप्त गर्न सकेका छन् । बाल केन्द्रित शिक्षण सिकाई, विद्यार्थीहरुको चौतर्फी बिकास सहितको शिक्षा हामीले प्रदान गरेका छौं । विद्यार्थीहरुको जीवनमा आइपर्ने सम्पूर्ण समस्यासँग जुध्न सक्ने क्षमता, सामाजिक अभियान, जीवनलाई सत्यको मार्गमा डो¥याउने, देशको योग्य नागरिक उत्पादन गर्न हाम्रो प्रयास निरन्तर जारी छ । २०८१ मा एसईईमा सतप्रतिशत नतिजा ल्याउन सफल भयो हाम्रो विद्यालय ।
सामुदायिक विद्यालयका मुख्य चुनौती ?
मानवीय जन शक्तिको अभाव, अभिभावक वर्गमा आप्mना बालबालिकाहरुलाई नियमित विद्यालय पढाउनु पर्छ भन्ने ज्ञानको कमी पहिलो बालबालिकाको पाठशाला घर हो शिक्षक माता पिता हुन् । शिक्षा हाँसिलको लागि प¥याप्त शैक्षिक वातावरण तयार गर्नुपर्छ भन्ने ज्ञान थोरैमा भएको पाइन्छ । सतप्रतिशत अभिभावक वर्गमा शैक्षिक अभिमुखीकरण गर्न जरुरी छ । बालबालिकाहरुलाई घरमा नियमित गृहकार्य गराउनु पर्छ । बालबालिकाहरु नियमित विद्यालय गए गएनन्, शिक्षक वर्गले के कसरी अध्यापन गराउनुभएको छ । कसको के कमजोरी छ सुधार गनुपर्ने पक्ष, शिक्षक वर्गले शिक्षण सिकाईमा सुधार गरेर बालबालिकाको प्रगति भएको छ भने प्रसंसा गर्ने, कमजोरी भएको छ भने वाहिर चिया चौतारीमा कुरा काट्ने नभइ विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन भित्र आएर भन्ने कार्य गरिनुपर्छ । शिक्षक वर्गमा समाजले हेर्ने दृष्टीकोण सकारात्मक हुन जरुरी छ । विद्यालय व्यवस्थापन समिति गठन विगतमा पेचिलो थियो । हाल व्यवस्थापन समितिमा बस्ने अभिभावक भेट्नै मुस्कील छ । संघ, प्रदेश र स्थानीय सरकारले विद्यालयको शैक्षिक विकासलाई थप प्रभावकारी बनाउने स्पस्ट समयसापेक्ष नीति निर्माणको खाँचो छ । शिक्षा ऐन २०२८ हालसम्म आकर्षीत हुुनु । विषयगत शिक्षक दरवन्दी पुरा हुन नसक्नु पनि चुनौती भित्र पर्दछन् ।
सामुदायिक विद्यालयमा सरकारले कुल बजेटको १०–१२ प्रतिशत लगानी गरेको छ तर एसईई परिक्षामा आधा भन्दा बेसी अनुतिर्ण हुन्छन् यसमा कसको कमजोरी देख्नुहुन्छ ?
सामुदायिक विद्यालयमा अध्यापन गराउने स्थायी शिक्षकहरु लोकसेवा आयोगबाट प्रतिस्पर्धामा उत्रेर उत्तीर्ण भएका तालिम प्राप्त शिक्षकहरु हुनुहुन्छ । शिक्षकहरुको योग्यता र दक्षतामा प्रश्न उठ्ने ठाउँमा देख्दीन । नेपाल सरकारले शिक्षामा लगानी राम्रो नै गरेको म ठान्दछु । विद्यालयको व्यवस्थापन समिति, शिक्षा नीति समय सापेक्ष नहुदाँ शिक्षण सिकाइमा केहि समस्या छ । शिक्षक अलि बढी जिम्मेवार हुनैपर्छ, अभिभावक वर्गले आप्mना बालबालिकालाई विद्यालयमा शिक्षण सिकाइमा पठाइ दिएको छु । सबै सफलतामा पु¥याउने जिम्मा शिक्षकको मात्र हो भन्ने चेतनाको विकासले हुँदैन । शैक्षिक क्रियाकलापको लागि आवश्यक पर्ने शैक्षिक समाग्री उपलब्ध गराउने र आप्mना बालबालिकाले शिक्षकले दिएको गृहकार्य नियमित गरेको छ कि छैन हेरिदिने गर्नुपर्छ । विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा शिक्षक र विद्यार्थीको क्रीयाशिल सहकार्य आवश्यक छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले शैक्षिक गुणस्तर वृद्धिका लागि दरवन्दी अनुरुपको शिक्षक पदपूर्ति, राम्रो कार्य गर्ने शिक्षकहरुलाई पुरस्कृत, नराम्रो गलत गर्नेलाई दण्डित गर्नुपर्छ विद्यालयमा राजनीतिक पूर्वाग्रह नराखी शैक्षिक वातावरण स्तरीय बनाउन लाग्नुपर्छ एकले अर्कोलाई दोष थोपरेर शैक्षिक गुणस्तर वृद्धि उपलब्धी मुलक हुँदैन । संस्थागत विद्यालयमा सरकारी सेवा सुविधाको आधा तलबमा शिक्षकहरुले काम गरेर विद्यार्थीहरुको शिक्षण सिकाइमा अब्वलता कायम गरी सतप्रतिशत नतिजा ल्याउन सकिने सामुदायिक विद्यालयमा नसकिने भन्ने हुँदैन । केहि कमजोरी छन् सुधार गरेर जान सक्नुपर्छ ।
कालिदेवी माविले शैक्षिक सुधारमा गरेका प्रयासहरु ?
म प्रधानाध्यापक भएदेखि शैक्षिक सुधारका ५ वर्षीय रणनीतिक योजना प्रस्तुत गरे । यस अघिका प्रअहरु र शिक्षक वर्गहरुले राम्रो गर्नुभएकै थियो । हाम्रो शिक्षक वर्ग शैक्षिक सुधारमा लागनसिल भएर लागेका छौं । वार्षिक शैक्षिक क्यालेण्डर निर्माण जुन धुलिखेल नगर भित्रका सबै २७ वटा सामुदायिक विद्यालयमा एकरुपता कायम छ । विद्यार्थीहरुको शिक्षण सिकाइलाई व्यवहारमा रुपान्तरण गर्न व्यवहारिक प्रस्तुतीकरण, कमजोर विद्यार्थीहरुको लागि उपचारात्मक कक्षा सञ्चालन, विज्ञान, गणीत विषयको ल्याब सञ्चालन, १५÷१५ दिनमा परीक्षा, त्रैमासिक परीक्षाबाट मुल्याङ्कन परिपाटी, एमजीएमएल, जर्मन नेपाल साहयोग संघको सहयोग उपलब्ध, दाताहरुको सहयोग उपलब्ध, कक्षा ३ सम्म एमजीएम एल, अग्रेजी माध्यामबाट शिक्षण सिकाइ, संस्कार संस्कृति, अनुशासनमा तल्लिन रहि समाजमा गर्नुपर्ने कार्य, कृषि, सरसफाइ जीवनमा आइपर्ने संघर्षको यात्रालाई जुध्न सक्ने देशको लागि योग्य जनशक्ति निर्माणमा हाम्रो निरन्तर यात्रा कायम छ ।
अन्त्यमा केही भन्नु छ कि ?
बालबालिकाको उज्जवल भविष्य निर्माणका लागि अभिभावक वर्गले शिक्षामा राम्रो लगानी गर्नुपर्छ । पहिलो पाठशाला घर भएकोले बालबालिकालाई संस्कार सिकाउनुपर्छ, सरकारले अभिभावक वर्गलाई शैक्षिक अभिमुखीकरण, समय सापेक्ष युगसुहाउँदो माटो सुहाउँदो उद्यमसिलतासँग जोडेर शिक्षा प्रदान गर्नुपर्छ । शिक्षक वर्गको लागि समय सापेक्ष प्रविधिको उपयोग गरी तालिमको प्रबन्ध गरिनुपर्छ । नयाँ शिक्षा नीति जसले शैक्षिक विकासमा आमुल परिवर्तन ल्याइ देश विकासको खम्बा बन्न सकोस । शिक्षकहरुलाई नीजामती कर्मचारी सरह सेवा सुविधा र शिक्षक वर्गलाई उच्च सम्मान गर्ने प्रबन्ध गर्न सकोस भन्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
