३ वर्ष अघि स्थापना भएको बनेपा आधारभूत नगर अस्पतालमा डेढ वर्ष अघिदेखि स्वास्थ्य सेवा प्रवाहमा नेतृत्वदायि भूमिका निर्वाह गरी आउनु भएको डा. कृतिक भण्डारी बनेपा आधारभूत नगर अस्पतालको मेडिकल अफिसर हुनुहुन्छ । १५ वेडको सुविधा सहित सञ्चालित नगर अस्पतालमा प्राथमिक स्वास्थ्य उपचार, निःशुल्क औषधी वितरण, नियमित स्वास्थ्य परीक्षण गरी नगरवासीहरुलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको बताउनुहुन्छ मेडिकल अफिसर डा. कृतिक भण्डारी । नियमित आहर विहारमा ध्यान केन्द्रीत, जीवन सैलीमा सुधार ल्याइ रोग लाग्न नदिन नागरिक आपैm सचेत हुनुपर्ने धारणा राख्नुहुन्छ मेडिकल अफिसर भण्डारी । ’हाम्रो बनेपा’ कार्यक्रममा नगर अस्पतालले नगरवासीलाई उपलब्ध गराएको स्तरीय स्वास्थ्य सेवा प्रभावकारीता, चुनौतीको बारेमा बनेपा आधारभूत नगर अस्पतालका मेडिकल अफिसर डा. कृतिक भण्डारीसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ः
बनेपा आधारभूत नगर अस्पतालले नगरवासीलाई उपलब्ध गराएको स्वास्थ्य सेवा बारेमा प्रस्ट पारिदिनुस न ?
बनेपा नगरवासीलाई चुस्त दुरुस्त स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ ३ वर्ष अघि संस्थालित नगर अस्पतालमा नागरिकहरुको नियमित स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य सेवा सहित १ सय ५० किसीमका औषधी निःशुल्क वितरण गरिएको छ । राष्ट्रिय बीमा स्वास्थ्य सेवा, मानसिक रोग सम्बन्धी परामर्श, निःशुल्क औषधी वितरण, महिला सुरक्षित प्रसुती सेवा, मातृत्व शिशु सेवा, २४ सै घण्टा सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराएका छौं ।
स्वास्थ्य पहुँच विस्तारमा नगर अस्पतालले स्वास्थ्य सेवा प्रभावकारीताको सवालमा के के गर्न सक्यो ?
बनेपा आधारभूत नगर अस्पताल समुदायमा आधारित हो । मासिक खोप अभियान सञ्चालन, नयाँ आमा बन्नु भएकालाई स्वास्थ्य सेवा, सुरक्षित महिला सुत्केरी सेवा, महिला प्रजनन स्वास्थ्य सेवा, विद्यालय स्तरमा बालबालिकाहरुलाई लाग्ने रक्त अल्पता रोगको उपचार, नियमित आँखा जाँच, रेयुकाइ आँखा अस्पतालसँग समन्वय गरेर बालबालिका, जेष्ठ नागरिकहरुको लागि आँखा जाँच, आवश्यक परेको खण्डमा सल्येक्रिया, मातृ शिसु सेवा, दन्त सेवा, मानसिक स्वास्थ्य परामर्श निःशुल्क औषधी वितरण गरिएको छ ।
नगर अस्पतालबाट सेवा ग्राहीले न्यूनतम आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सकेनन् अझ राष्ट्रिय स्वास्थ्य बीमा सेवा लिन जटील भयो भनिन्छ नि चुनौती के के छन् ?
जनशक्ति, भौतिक पूर्वाधारको अभाव, उपचारको लागि उपयूक्त मेशीन, औजार, प¥याप्तता हुन जरुरी छ । हामीसँग सिमित स्रोत साधन छ । “हाम्रो उद्देश्य सरल सहज ढङ्गबाट स्तरीय स्वास्थ्य सेवा नागरिकहरुलाई उपलब्ध गर्ने नै हो । सल्यक्रियाको लागि उपकरण, औजार आवश्यक छ । डाक्टर ५, नर्स र प्रशासनिक कर्मचारी गरी ३५ जनाले सेवा दिएका छौं । दन्त सेवा दिएका छौं, त्यसलाई थप व्यवस्थित गर्नु छ । इलेक्ट्रीकल डिजीटल अभिलेखीकरण गरिएको छ । बिरामीले आपूmलाई लागेको रोगको पुरानो कार्ड ल्याउन विर्से पनि विगतमा कुनरोगको उपचार गरेको थियो त्यसको समेत विवरण उपलब्ध गराउने गर्छ । बनेपा नगर स्वास्थ्य शाखाले आगामी १ महिना भित्रमा नै रेडियोलोजी सेवाका लागि मेसिन खरिद, एक्स्रे मेसिन खरिद गरि ल्याउने प्रबन्ध गरिएको छ । १८ रोपनी जग्गाको क्षेत्रफलमा निर्माण भएको अस्पताललाई थप व्यस्थित गरी पूर्वाधार निर्माण कार्य गर्ने योजनाका साथ कार्य अघि बढेको छ ।
मानवलाई रोग लाग्नै नदिने उपाय के के हुन सक्छन् ?
मानव जीवनलाई सरल र सहज ढङ्गबाट जीवन जिउन, खानपान, जीवन शैलीमा परिवर्तन ल्याउनुपर्छ, नियमित योग अभ्यास गर्ने, शरिरीक व्यायम, दैनिक आधा देखि १ घण्टा पसिना निस्कने गरी हिड्डुल गर्ने, अमिलो पिरो चिल्लो बोसो कम भएको खानेकुरा खाने गरेमा रोग लाग्नबाट बच्न सकिन्छ । जस्तो उदाहरणको लागि भूकम्पलाई रोक्न सकिदैन, त्यसको जोखिम कम गर्न भूकम्प प्रतिरोधिक घर निर्माण गर्न सकिन्छ, त्यसैगरी निरोगी जीवन जीउन स्वच्छ वातावरण हावा पानीका लागि आपूmले सकारात्मक पहल गर्ने, नियमित योग, शारिरीक व्याम, खानपानमा विशेष निगरानी राखेर सचेतका साथ खानपीन गर्नुपर्छ । रोग लागेपछि रोकथाम र नियन्त्रणका लागि उपचार गर्ने हो ।
विगतमा भन्दा वर्तमान अवस्थामा कडा दीर्घरोगीहरु बढ्नुको कारण ?
विगत ४०÷५० वर्ष अघि मानवले खाद्यबस्तुको उत्पादन आप्mनैबाट प्रयोग हुन्थ्यो । उत्पादनमा करिब करीब आत्मनिर्भर रहेको थियो । हाल ७० प्रतिशत खाद्य तथा फलपूmल बस्तु आयत गरीन्छ । खाद्य सामग्रीमा समस्या विगतमा कम थियो । हाल जङ्गफुड, विषादीको प्रयोग भएको खाद्य समाग्रीको प्रयोग, विगतमा सर्ने रोगहरु लाग्ने हुन्थ्यो । हाल गाउँगाउँमा स्वास्थ्य सेवा पुहँच पुग्नु औषधी उपचार वेलैमा पउनुले सर्नेरोग कम लागेको हो । हाल जीवन धेरै व्यस्त, तनाव पूर्ण जीवन विताउनु आदी जस्ताले रोग बढाउँदै लगेको छ । जीवन हासी खुसी विताउनुपर्छ । मदिरा सेवनले दीर्घरोगी बढाउँछ । मुटु, मृगौला, क्यान्सर जस्ता रोगहरु लाग्ने संख्या दिनप्रति दिन बढेको अवस्था छ । यसलाई कमगर्न जीवन शैलीमा सुधार ल्याउने गर्नुपर्छ । विश्वमा हाल २४ प्रतिशत मुटुरोगी, २१ प्रतिशत दम, ११ प्रतिशत क्यान्सर, मृगौला तथा डायवेटीज ४ देखि ५ प्रतिशत रोग लाग्ने गरेको तथ्याङ्कमा उल्लेख गरेको छ । नियमित औषधी सेवन, खानपानमा ध्यान, योग ध्यान गर्ने, खुसी रहने गर्नुपर्छ । मंदिरा सेवन नगर्ने गर्नुपर्छ ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
