लमजुङ्ग जिल्ला राइनास नगरपालिका वडा नं. ७ मा जन्मनुभएका अशोक पाण्डे २०७६ सालदेखि शेमरक निस्ट तारा पुञ्ज स्कुल बनेपाको प्रिन्सिपलको जिम्मेवारी समाल्दै आउनुभएको छ । १२ वर्ष अघि बाल केन्द्रीत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको हो शेमरक निस्ट स्कुल । हाल प्ले ग्रुप देखि कक्षा ८ सम्म अध्यापन गरिन्छ । मन्टेश्वरी कक्षा सञ्चालन प्रारम्भ गरिएको उक्त विद्यालयमा बालबालिकाको सर्वाङ्गीण विकास हुने शिक्षा प्रदान गरेको बताउनुहुन्छ विद्यालयका प्रिन्सिपल पाण्डे । अशोक पाण्डेले भ्लनष्किज ीष्तभचबतगचभ बलम एजष्यिकयउजथ त्चष्दजगधबल ग्लष्खभचकष्तथ बाट ःब्, न्यिदबष्शिबतष्यल च्भतजष्लपष्लन क्यगतज ब्कष्ब ीष्तभचबतगचभ, ध्चष्तष्लन एयपजबचब ग्लष्खभचकष्तथ बाट ःएजष्,ि भ्मगअबतष्यल बलम ीबतभकत त्भअजलययिनष्भक शिक्षा र प्रविधि सहित पेशागत विकास काठमाडौं विश्व विद्यालयबाट ९एज्म्० विद्यावारिधि गर्दै हुनुहुन्छ । काभ्रे जिल्ला प्याब्सन जिल्ला कार्यसमिति सदस्य, रोटरी क्लब अफ काभ्रे भ्याली २०२४÷२०२५ को अध्यक्ष समेत रहनुभएका शेमरक निस्ट स्कुलका प्रिन्सिपल अशोक पाण्डेसँग विद्यालयको शैक्षिक स्तरीयता, भावी शैक्षिक कार्ययोजनाका सवालमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
शेमरक निस्ट तारा पुञ्ज स्कुलको ऐतिहासीक पृष्ठभूमिको बारेमा प्रष्ट पारिदिनुस न ?
शिक्षा विद डा. माधव बरालले विद्यार्थीहरुको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्रारम्भ गर्नुभएको शेमरक निस्ट स्कुल र तारा पुञ्ज स्कुल समेत एकीकरण गरी सञ्चालण गरिएको छ । बालबालिकाको शिक्षण सिकाईलाई सृजनामा बदल्ने, सिकेका विषयवस्तुलाई व्यवहारमा लागु गर्ने कार्यलाई प्रोत्साहित गरिएको छ । शिक्षक वर्गले बालबालिकाहरुलाई प्रदान गरेको शिक्षा जीवनमा उपयूक्त हुने वातावरण सृजना सहित सहजीकरण गरिदिएको छ । विद्यार्थीहरुको शिक्षा लगायत चौतर्फी विकास हुने शैक्षिक वातावरण हाम्रो विद्यालयमा छ ।
तपाईं त शैक्षिक संस्थाको ब्यवस्थापन र शिक्षण शिकाईको अग्रेणि भुमिका गर्नुभएको ब्यक्तित्व हुनुहुन्छ, विद्यार्थीहरुको शैक्षिक अब्बलता कायम कसरी सम्भव हुन्छ ?
शिक्षामा गुणात्मकता कायम गर्ने सवाल त्यति सजिलो छैन । सूचनाको जानकारी त अहिले गुगलले दिन्छ । ए आइको दुनियामा प्रविधिको विकासमा विश्व दौडी रहेको छ । प्रविधिको विकासलाई समेत आत्मसाथ गरी अघि बढ्न सक्नुपर्छ विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्न हाम्रो व्यवस्थापन टिम, शिक्षक वर्ग लागि परेको छ । संस्कार, संस्कृति र जीवन पद्धतीलाई जोड्ने व्यवहारिक ज्ञान सहितको जुन दैनिक जीवनमा जोड्न सकियोस उक्त कार्य गरिएको छ । संघर्ष र समस्यासँग जुध्न सिकाउने शिक्षा प्रदान गरेका छौं ।
विद्यालयले शैक्षिक सुधारका सवालहरुको कार्यान्वयन कसरी गर्दै अधि बढेको छ ?
बाल केन्द्रीत शिक्षण सिकाई, ५० प्रतिशत, अतिरिक्त क्रियाकलाप ५० प्रतिशत सहायक अतिरिक्त क्रियाकलाप, प्रोजेक्ट वर्क, बालबालिकाको क्षमता पहिचान, शैक्षिक क्रियाकलापको सृजना, नृत्य, गायन, टायलेन्ट सो, निबन्ध प्रतियोगिता, हाजीरी जवाफ प्रतियोगिता, आन्तरिक विद्यार्थीहरु बीच प्रतिष्पर्धा, अन्तर विद्यालय शैक्षिक प्रदशर्नी लगायतका शैक्षिक र अतिरिक्त क्रियाकलाप गराउने कार्य गरिएको छ ।
गुणस्तरिय शिक्षा प्रदान गरिएको सवाल उठाइन्छ, त्यसका परिसूचकहरु के के हुन सक्छन् ? हामीले गरेका कार्यहरु के के छन् ?
गुणस्तरीय शिक्षा सुगा रटाइ गरेर हुँदैन । भौतिक पूर्वाधार, खेलकुद मैदान, स्वीमिङ पुल, फुटसल भएर मात्र राम्रो मानिदैन । विद्यार्थीहरुलाई सिकाउने ३ पाटाहरु हुन्छन् ः विद्यार्थीले के सिक्छ ? कसरी सिकाइन्छ, सिकेको विषयवस्तु व्यक्तिगत र सामाजिक र राज्यको मेरुदण्डमा कसरी जोडीन्छ त्यसमा भर पर्दछ । ५० प्रतिशत सिकेर र ५० प्रतिशत व्यवहारमा उतारेर प्रस्तुती गरेर विद्यार्थीहरुलाई सिकाइन्छ । शैक्षिक गुणस्तरको सवाल राज्यको नीतिले समेत प्रभाव पार्छ ।
विद्यालयको शैक्षिक आकर्षण बालकेन्द्रित शिक्षाका सवालमा भन्नू पर्दा ?
परम्परागत शिक्षा प्रणालीलाई टोड्दै आधुनिक प्रविधियुक्त शिक्षासँग जोड्दै शिक्षण सिकाई गरिएको छ । विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापको ग्रुप छलफल गराउने, विद्यार्थीहरुले सिक्न चाहेका खोजेका विषयको पहिचान, शैक्षिक सृजनालाई सिपमा बदल्ने, प्रविधिको विकासलाई आत्मसात गर्ने स्मार्ट वोर्डको प्रयोगबाट शिक्षण सिकाई प्ले ग्रुप, मन्टेश्वरी हाल कक्षा ८ सम्म अध्ययन गर्ने अवसर छ । यातायातको सुविधा, क्यान्टीनमा हाइजीनीक खानपान प्रबन्ध, नियमित आँखा जाँच, स्वास्थ्य शिवीर सञ्चालन, बालबालिकाहरुको लागि नियमित स्वास्थ्य परीक्षणको लागि नर्सीङ्गको प्रबन्ध गरिएको छ ।
विद्यावारिधी (एज्म्) को तयारी कुन विषयमा गर्दै हुनुहुन्छ ?
एमफिल सकिएसँगै विद्यावारीधि एज्म् अध्ययन काठमाडौं विश्व विद्यालयमा गरिरहेको छु । शिक्षा र प्रविधि सहित पेशागत विकासमा एज्म् को लागि अध्ययन गरिरहेको छु ।
शिक्षा र स्वास्थ्य हाम्रो निकै महँगो भयो संस्थागत विद्यालयबाट प्रदान गर्ने त झनै महँगो भयो भनिन्छ नी ?
हरेक व्यक्तिले राम्रो शिक्षा दिक्षा पाउनुपर्छ । शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ । माध्यमिक तह सम्म त सरकारले शिक्षा निःशुल्क भनेको छ । प्रविधिक, सिपमुलक र रोजगारी सृजनाको प्रबन्ध अभैm हुन सकेको छैन । नेपाल सरकारले शिक्षा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ । निजी क्षेत्रले व्यक्तिगत लगानीमा दक्ष जनशक्ति उत्पादनमा राज्यलाई सघाएको छ । राज्यले शिक्षा क्षेत्रमा लगानी गरेको छ । विद्यालय नमुना शैक्षिक कार्यक्रम भनेर सामुदायिक विद्यालयहरुलाई नै विभेद गरेको छ । सामुदायिक विद्यालयमा अनुगमन गर्न नसक्नु राज्यको अर्को कमजोरी हो ।
अन्त्यमा केही भन्नु छ की ?
एकले अर्कोलाई दोशी देख्ने कार्य बन्द गरौं । शिक्षा नीतिमा परिवर्तन गरौं । व्यवहारिक गरिखाने शिक्षा, पढ्दै गर्दैको सिस्टम ल्याउन जरुरी छ । शिक्षालाई उत्पादन र उद्योगसँग जोड्न राज्यले भूमिका खेल्नुपर्छ । न्यूनतम शुल्कमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा हाम्रो विद्यालयले प्रदान गरेको छ ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
