नुवाकोट जिल्ला बटारमा जन्मनुभएका नारदकुमार रिजाल विगत २५ वर्ष देखि शिक्षण सेवा गर्दै आउनुभएको छ । २ वर्ष जति पत्रकारिता क्षेत्रमा समेत कर्म गर्नुभएका रिजाल १८ देखि काठमाण्डौं युनिभर्सिटी हाइस्कुलमा विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने सवालमा अग्रेनी भूमिका खेल्नुभएको छ । शिक्षक, सहायक प्रिन्सिपल हुदैं २०८२ कार्तिक देखि केयु हाइ स्कूलको प्रिन्सिपलको जिम्मेवारी समाल्नु भएको छ । गुणस्तिरीय शिक्षा प्रदान गर्ने उद्देश्यले केयु हाइ स्कूल सन् १९९८ मा स्थापित भएको हो । काठमाण्डौं विश्व विद्यालय र धुलिखेल शिक्षण अस्पतालमा काम गर्ने डाक्टर, नर्स, प्राध्यापक तथा कर्मचारीका छोरा छोरीहरुलाई अध्यापन गराउँदै आएको उक्त केयु स्कूलले हाल काभ्रे र आसपासका जिल्लाका विद्यार्थीहरुलाई समेत न्यूनतम शुल्कमा स्तरिय बाल केन्द्रित शिक्षण सिकाइ गर्दै आएको बताउनुहुन्छ प्रिन्सिपल रिजाल । माध्यमिक तहको भर्ना अभियान, हालसम्मको शैक्षिक उपलब्धी तथा भावी शैक्षिक कार्ययोजनाका सवालमा केयु हाइ स्कूलको प्रिन्सिपल नारदकुमार रिजालसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
विगत २८ वर्ष देखि सञ्चालनमा आएको काठमाण्डौं हाइ स्कूलको शैक्षिक आरोह अवरोहको बारेमा प्रस्ट पारी दिुनस न ?
काठमाण्डौं विश्व विद्यालय र धुलिखेल अस्पतालका डाक्टर, नर्स, प्रशासनिक कर्मचारीहरुका बालबालिकाहरु अध्यापन गराउने उद्देश्यले सन् १९९८ सालमा केयु हाइ स्कूल सञ्चालन भएको हो । गुणस्तरीय शिक्षा, उद्यमसिलतासँग जोड्ने प्रविधिको बिकासलाई समेत आत्मसात गरी सृजनात्मक शिक्षा प्रदान गर्न निरन्तर तत्परता रहेको हाम्रो विद्यालय व्यवस्थापन टिम, शिक्षक वर्ग तथा कर्मचारी वर्गको लगनसिलता र अभिभावकको विस्वासको कारण शैक्षिक संस्थाको गरिमा उच्च रहेको छ । प्रारम्भमा कक्षा १–५ र हाल माध्यामिक तह कक्षा १२ सम्म विद्यार्थीहरुले अध्ययन गर्ने अवसर छ । विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलाप सँगसँगै सृजनात्मक, प्रविधिक ज्ञान सिपको उपयोग गर्न सक्ने, आपूmले सिकेको विषयबस्तुलाई आपैmले प्रस्तुत गरी जीवनलाई सकारात्मक गन्तव्यमा पु¥याउने क्षमताको जनशक्ति उत्पादन गर्न सकेका छौं ।
केयु हाइ स्कूलले शिक्षण सिकाईमा प्रभावकारीता ल्याउन खेलेको भूमिकालाई कुनरुपमा लिन सकिन्छ ?
विद्यालय सञ्चालन गरेदेखि नै बालबाललिकाको शिक्षण सिकाइलाई दिगोपन र स्थायित्व दिन विगत २८ वर्ष देखि शिक्षण सिकाईमा निखारता ल्याउन अनुभवी शैक्षिक व्यक्तित्वहरुबाट अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरुले अध्ययन गरेका विषयहरुलाई व्यवहारिकरुपमा जीवनमा उपयोग कसरी गर्न सकिन्छ, व्यक्तित्व, नेतृत्व विकास, संस्कार, संस्कृतिलाई आत्मसाथ गर्ने, देशको लागि सक्षम, योग्य जिम्मेवार नागरिक उत्पादन गर्न सकेका छौं । जीवनलाई सत्मार्गमा डो¥याई असल, जिम्मेवार गरिखाने सक्षम नागरिक उत्पादन गर्नु हाम्रो मुल कर्म हो । विद्यार्थीहरुको चौतर्फी विकास गर्ने शिक्षा प्रदान गरेका छौं ।
विद्यार्थीहरु पढाइमा भन्दा पनि मोबाइलबाट फेसबुक, स्टाग्राम तिर ध्यान दिइ जीवनलाई गलत मार्गमा लागेको भनिन्छ नि ?
प्रविधि र सूचनाको युगमा फेसबुक, स्टाग्राम, इन्टरनेटको प्रयोग गरी प्रविधिको उच्च प्रविधिको गतिविधिको ज्ञान हासिल गर्ने, अध्ययनका पाठ्य समाग्रीको आवश्यक पर्ने सवालहरु खोजीगरि पढनु त राम्रो हो । नराम्रो लतमा विकृत मानसिकता कायम गरि त्यस्मै अल्झनु ठिक हैन । पहिलो पाठशाला घर भएकोले अभिभावकले पनि आपूm पनि कम चलाउने आप्mना बालबालिकालाई मोबाइल चलाउनै नदिने भन्ने हुँदैन । बालबालिका गृहकार्य गर्ने बेला उनीहरुलाई गृहकार्य गराउने अभिभावक आपूm पनि किताब तथा पत्रपत्रिका पढ्ने बानी गर्नुपर्छ । अनि बालबालिका पनि पढाइ तिर ध्यान केन्द्रीत गर्दछन् ।
विद्यार्थीहरुलाई सामाजिक र नैतिक आचरण अनुसरण गर्नका लागि नैतिक संस्कृति शिक्षा आवश्यक ठान्न खटीएको हो भन्ने लाग्दैन ?
डेढ दशक अघि राज्यले पाठ्यक्रममा नै माध्यमिक तह सम्म नैतिक र संस्कृत शिक्षा दिदै आएको थियो । मानिसलाई सामाजिक क्षेत्रमा समावेश गर्न दुःखी असाहय, गरिवलाई सहयोग गर्ने, सानालाई माया गर्ने आपूmभन्दा ठूलालाई सम्मान गर्ने संस्कार सिक्नु, माता पिता र देशलाई आपूmलाई माया गरे जतिकै माया गर्ने राष्ट्रभक्ति जरुरी छ । असल नागरिकको लागि इमान्दारिता, कर्तव्य निस्ट बन्न संस्कृत र नैतिक शिक्षा आवश्यक छ ।
केयु हाइ स्कुलको शैक्षिक आकर्षण र विशेषताहरु के के हुन् ?
सार्वजनिक गुठीद्वारा सञ्चालित विद्यालय हो केयु हाइ स्कुल । विद्यार्थीहरुलाई न्यूनतम शुल्कमा बालकेन्द्रित प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रदान गरेका छौं । विद्यार्थीहरुले तिरेको शुल्कबाट शिक्षकहरुलाई तलब, विद्यार्थीहरुको शैक्षिक सर्वाङगीण बिकासको लागि, प्रशासनिक कार्मचारीहरुको तलब वृति विकासमा खर्च गरिन्छ । समय सापेक्ष सुचना र प्रविधिको विकाससँग मेल खानेगरी शिक्षाकहरुलाई तालिमको व्यवस्था, विद्यार्थीहरुको शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन सिकेका विषयबस्तुलाई व्यवहारमा उतार्न शैक्षिक प्रदर्शीनी, प्रोजेक्ट वर्क, शैक्षिक विषय बस्तुमा आधारित फिल्ड वर्क तथा भ्रमण, विद्यार्थीहरुको प्रतिभालाई उजगार गर्न प्रतिभा प्रस्फुटन कार्य गरिएको छ । म्यूजीक, डान्स, आर्टस, खेलकुद क्षेत्रको स्तरीय विकास, हाजिरी जवाफ, वक्तित्वकला प्रतियोगिता गरी विद्यार्थी विद्यार्थीबीच प्रतिस्पर्धा गर्ने गरिएको छ । २० देखि २५ वर्ष शिक्षामा अनुभव प्राप्त शिक्षक वर्गबाट पढाइ हुन्छ । नेपालकै नमुना विद्यालयको रुममा सञ्चालित विद्यालय हो केयु हाइ स्कुल ।
नीजि स्तरबाट सञ्चालित अधिकांश सञ्चालकहरु आपूm अधिक कमाउने शिक्षक तथा प्रशासनिक कर्मचारीलाई सोशण गरेको विषयहरु बाहिरिने गरेको छ हाम्रो विद्यालयमा के अवस्था छ ?
हाम्रो विद्यालयमा कर्म गर्ने शिक्षक तथा कर्मचारी वर्गलाई उच्च तहमा काम गर्ने सरकारी कर्मचारी सरहको तलब, भत्ता दिदैं आएका छौं । स्थायित्व र विकासको लागि आर्थिक उपदान, सञ्जय कोषको व्यवस्था, स्वास्थ्य बीमा सेवा, केयु हाइ स्कुलमा काम गर्ने शिक्षक कर्मचारीका छोरा छोरीहरुलाई काठमाण्डौं विद्यालय र धुलिखेल शिक्षण अस्पतालमा अध्ययन गर्न ७५% छुटको व्यवस्था गरिएको छ ।
नीजि क्षेत्रबाट सञ्चालित विद्यालयमा सामान्य व्यक्तिले बालबालिका पढाउन नै नसक्ने गरी शुल्क निर्धारण हुनुले समस्या सृजना गरेको छ भनिन्छ नी यसमा तपाई के भन्नुहुन्छ ?
सामान्य ज्याला मजदुरी गरी आप्mना बालबालिका प्रविधि मैत्री, व्यवहारिक शिक्षा पढाउन कठीन नै छ । शिक्षा र स्वास्थ्यमा सर्व शुलभ गराउने, माध्यमिक तहसम्म मात्र हैन शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिन सक्नुपर्छ । नीजि क्षेत्रबाट सञ्चालित विद्यालयले राज्यले निर्धारण गरेको ऐन नियम भित्र रहेर छात्रवृति प्रदान गरी अध्यापन गराएकै छ । हाम्रो विद्यालयले पनि गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरी पढाएका छौं ।
भावि शैक्षिक योजना के छन् ?
निरन्तररुपमा शैक्षिक बिकासमा आएका परिवर्तन अनुसार विद्यार्थीहरुलाई प्रभावकारी शिक्षण सिकाइ गरी विद्यार्थीहरुलाई प्रभावकारी शिक्षण सिकाइ गरी विद्यार्थीहरुलाई विश्वबजारमा विक्ने दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने गरी शिक्षा प्रदान गरेका छौं । सवल, सक्षम, असल चरित्रवान, राष्ट्रप्रेमी नागरिक जसले देशको विकास र समृद्धिमा सघाइ आप्mनो जीवन सफल गन्तव्यमा पु¥याउन सकोस भन्ने हेतुको शैक्षिक योजना अनुसार कार्य अघि बढाएका छौं । उक्त कार्यमा निरन्तर लगनसिल भइ लाग्ने कर्मशिल नागरिक उत्पादनका लागि हाम्रो विद्यालय व्यवस्थापन टिम, शिक्षक वर्ग तथा कर्मचारी वर्ग सबै एकताबद्ध भई शैक्षिक उपलब्धी हाँसिल गर्नेगरी सृजनाका नयाँ आयम थप्नेगरी शिक्षण सिकाइमा निरन्तर लागि परेका छौं ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
