धुलिखेल नगरपालिका वडा नं. ३, पिता भिमसुन्दर श्रेष्ठ ÷ माता लक्ष्मी श्रेष्ठको छोरा रञ्जीव श्रेष्ठको जन्म २०३९ सालमा भएको हो । विगत ४ वर्ष देखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय राजनीति प्रारम्भ गर्नुभएका रन्जीव सामाजिक अभियान्ताकोरुपमा काभ्रेमा परिचित हुनुहुन्छ । काभ्रेका विभिन्न पालिकाकाको सामुदायिक विद्यालयको भौतिक, पूर्वाधार शैक्षिक स्तर उकास्ने कार्यमा सघाउँदै आउनुभएको छ । कांग्रेसका विपी र गणेशमानको राष्ट्रियता प्रजातन्त्र र समाजवादबाट प्रेरित भई पार्टीमा लाग्नुभएको बताउनुहुन्छ रन्जीव । राप्रपा नेता राञ्जीव राजा महेन्द्रको देश बिकास र राष्ट्रभक्तिले मुलुकलाई अग्रगतिमा लागेको बुझाइका साथ सम्वैधानिक राजतन्त्र र हिन्दु राज्य कायम गरी मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने वहाँको तर्क छ । राप्रपाबाट काभ्रे क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार भई चुनावी मैदानमा मत माग्न जनताको घर दैलोमा जानु्भएको छ । काभ्रे क्षेत्र नं. २ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा चुनाव जित्ने आधार, चुनावी एजेन्डाको बारे रन्जीव श्रेष्ठसँग रेडियो एविसीमा गरिएको कुराकानी प्रस्तुत गरिएको छ ः
प्रतिनिधिसभा सदस्य काभ्रे क्षेत्र नं. २ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन् तपाईको उम्मेदवारी किन ?
राप्रपाले मलाई विस्वास गरेर टिकट प्राप्त गरे । अहिले काभ्रे क्षेत्र नं. २ मा चुनावी प्रचार प्रसारका लागि घरदैलोमा मत माग्न गएको छु । जनताहरुले नयाँ परिवर्तन खोज्नु भएको छ । पुराना दलका नेताहरुले हिजोका दिनमा जनताका बिचमा गरेका बाचाहरु पुरा गरेनन्, जनताका आधारभूत आवश्यकता, अधिकांस नागरिकहरुको प्रमुख समस्या, गाँस बास कपासको अभैm समस्या छ । सडक पूर्वाधार बिकास भएको छ व्यवस्थित छैन, सडक सञ्जालहरु अधिक बनेका छन् ग्रावेल, पिच हुन सकेका छैनन्, विद्यालयका संरचनाहरु राम्रा बनेका छन् शैक्षिक गुणस्तरीया वृद्धि हुन सकेका छैनन्, कृषि क्षेत्रको आधुनिक बिकास व्यवसायिक खेती गरी रोजगारीको सृजना गर्न दीगो बिकासको लक्ष्य हाँसिल गर्न राम्रो नीति ऐन कानुन बनाउनु पर्नेछ । आर्थिक र सामाजिक बिकास विना देश समृद्धिको मार्गमा अघि बढ्न सक्दैन । काभ्रे जिल्लामा कृषि र पर्यटन क्षेत्रको काभ्रेमा प्रवल सम्भावना छ, कृषि उपज उत्पादनमा वृद्धि गर्न नागरिकको आवश्यकता अनुसार समयमा मल विउ विजन उलपब्ध गर्न राज्यले सकेको छैन, कृषि योग्य जमिनमा सिंचाइको प्रबन्ध पर्यटन क्षेत्रको व्यवसायिक बिकास, कृषि क्षेत्रमा प्रविधिको विकास गर्नुछ । नेदरल्याण्ड पछि कृषि उपज उत्पादनमा दोश्रो नेपाल छ तर ७५ प्र्रतिशत खाद्य समाग्री विदेशबाट आयत गर्नुपर्ने अवस्था छ, आयतित अर्थतन्त्रले देश बिकास हुन सक्दैन । रासानैकि मल उत्पादन काभ्रेमा स्थापना गर्न मैले भूमिका खेल्छु । गुणस्तरीय खानेपानी, फोहोरको दीगो व्यवस्थापन गर्न ट्रिटमेन्ट प्लान्ट निर्माणको लागि, देश भ्रस्टाचारको दल दलमा फसेको छ । भ्रस्टाचारको अन्त्य विना देशमा सुशासन कायम हुन सक्दैन । भ्रस्टहरुलाई कारवाही गर्न उच्चस्तरीय आयोग बनाउनुपर्छ देशमा उद्योगधन्दा कलकारखाना खोली रोजगारीको सृजना गरी विदेश पलायन रोक्ने कानुन निर्माणमा मेरो उम्मेदवारी हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणा पत्रको प्रमुख प्राथमिकता के के हुन् ?
भ्रस्टाचार नियन्त्रण गरी सुशासन कायम गरी मुलुकलाई समृद्धिको गन्तव्यमा पु¥याउन, संघीयता देशको आर्थिक बोझ भएको छ । हाम्रो पार्टीको बुहमत सरकार गठनका लागि देशै भरका आम नागरिकमा अपिल गर्न चाहन्छु । देश परिवर्तन गर्न, मत परिवर्तन गरौं, सुशासन नारा मात्र हैन, जनजीवनको आवश्यकता हो । भ्रस्टाचारको अन्त्य बिना मुलुक बन्दैन । सुशासनको माग सहित गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको वलमा नयाँ सरकार गठनपछि देशको निकासको लागि गर्ने निर्वाचन जुन आगामी फागुण २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले दिन्छ । देशलाई अग्रगतिमा लग्न सक्ने नेतृत्व, राष्ट्रिय प्रजातन्त्र पार्टीको राजेन्द्र लिङदेलले लिनुभएको छ । देशैभरका राप्रपाका उम्मेदवारलाई मतदान गरी बहुमत ल्याउन सहयोग पु¥याउन म आग्रह गर्न चाहन्छु । राजा सहितको लोकतन्त्रले विदेशी हस्तक्षेप रोक्न सक्छ । २०४६ सालपछि यो देशमा पश्चिममा, दक्षिणपन्थी र उत्तरी क्षेत्रको देशले हामी माथि थिचोमिचो गरेको छ । त्रिपक्षीय शक्ति सन्तुलनलाई समान ढङ्गबाट कुटनीति कायम गरी मुलुकको बिकास र समृद्धि कायम गर्नुपर्छ । संघीयता धेरै महङ्गो भयो १० खर्ब रकम प्रदेशको जनप्रतिनिधि, कर्मचारीतन्त्रमा खर्च भयो । उक्त रकम बचाएर उद्योग धन्दा सञ्चालन गर्ने । गुणस्तरीय शिक्षा, स्वास्थ्यको पहुँच विस्तार, रोजगारीको सृजना गरी विदेश पलायन न्यूनिकरण गर्नुपर्छ । धार्मिक सांस्कृतिक, सम्पदाको संरक्षण, पहुँच सुधार आन्तरिक तथा वाहिय पर्यटनलाई आकर्षित गर्ने । सनातन हिन्दु धर्म, हिन्दुराज्य स्थापना, सम्बैधानिक राजतन्त्रको स्थापना गरी देशका सबै नागरिकलाई सम्पन्नता बनाउने कार्य गर्नुछ । प्रत्येक वडामा खेलकुद मैदान स्तोरोन्नति, कर्भड हल निर्माण कृषि योग्य जमिन वर्गीकरणलाई प्रभावकारी रुपमा लागु गर्न वैज्ञानिक नाप जाँच, भूउपयोग नीतिको कार्यान्वयन, दिगोलक्ष्य विकासका लागि आवश्यक पर्ने कानुन निर्माण गरी देशमा सुशासन, कर्मचारी तन्त्रबाट भएको ढिलो सुस्तिको अन्त्य, सेवा प्रवाहमा सहजीकरण, संघ सरकारले राष्ट्रिय गौरवका योजनाका लागि बजेट बनाउने, बिकास निर्माण गर्ने । स्थानीय सरकारले स्थानीय स्तरको जनअंकाक्षा औचित्यको आधारमा विकास निर्माण गरी कृषि उत्पादनमा वृद्धिल्याई कृषि उपजलाई उद्योगसँग जोड्ने रोजगारीको सृजना गर्ने ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्योग धन्दा सञ्चालनबाट ५ वर्षमा १० लाखलाई रोजगारी दिने । शिक्षा स्वास्थ्य निःशुल्क गर्ने हाम्रो लक्ष्य छ ।
अब पनि हिन्दु राज्य र सम्वैधानिक राजतन्त्रको मुद्धा लिएर चुनावमा गएर चुनाव जितिन्छ त ?
देशलाई जोगाउन भारत, अमेरिका र चीन तीन देशलाई विस्वासमा लिइ विकास, निर्माण, प्रविधिको बिकास आधुनिक बिकास प्रणालीलाई आत्मसाथगरी सबै राजनीतिक दलको सहमतीमा राजा सहितको लोकतन्त्रले मात्र मुलुकमा शान्ति अमन चयन गरी देशमा बिकास र समृद्धि ल्याउन सकिन्छ । राजा महेन्द्र र विरेन्द्र विकास प्रेमी राजा हुनुहुन्थ्यो । वहाँहरुकै पालामा ५ विकास क्षेत्र १४ अञ्चल ७५ जिल्ला कायम गरी उद्योग धन्दा सञ्चालन गरी विना ऋण देशको विकास, वैदेशीक हस्तक्षेप हुन सकेको थिएन ।
अन्त्यमा केही भन्नु छ ?
देश रहन्छ की रहदैन भन्ने संकटको अवस्था छ । मुलुक जोगाउन राजासहितको लोकतन्त्र आवश्यक छ सबै राजनीतिक दल मिलेर देशको बिकास र समृद्धि गरौं । वैदेशीक हस्तक्षेप रोक्न राजनीतिक पार्टी राजा एक ठाउँमा उभिऔं । असमान्ता गरिवी अशिक्षाको अन्त्य गरौं । राष्ट्रवादी पार्टी राप्रपालाई हलो चिन्हमा मतदान गरी विजयी गराउन मतदातालाई आग्रह गर्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
रास्वपा बागमती प्रदेश उपसभापति हुमागाई, राणा र मधेशकी भूर्तेलबाट पार्टी परित्याग
राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् । उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा घोषणा गरेका छन् । उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन् । उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ । हुमागाँईले वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको बताएका छन् ।
विशेष रूपमा, दुई–चार दिन अघाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, बाटोमा हिड्नेलाई विना योगदानका बाटो स्वार्थको आधारमा उम्मेदवार बनाइएको उनको आरोप छ । हुमागाईँले अघिल्लो निर्वाचनमा काभ्रे २ बाट १० हजार ५७३ मत ल्याएका थिए । रास्वपामा पछिल्लो समय उम्मेदवार चयन प्रक्रियामा चलखेल बढेको र आर्थिक पारदर्शीतामाथि प्रश्न उठाउँदै पार्टी छाड्नेको संख्या बढेको छ । त्यस्तै रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेल, डा. प्रणय राणाले पनि पार्टी छाडेका थिए । गए साता मात्र रास्वपाका एक दर्जनभन्दा बढी नेताले पार्टी परित्याग गरेका छन् ।
