रोशी गाउँपालिका वडा नं. ५ सिसाखानी पिता ज्ञानध्वज लामा÷ माता चन्द्रमाया लामाको छोरा टंकबहादुर लामाको जन्म २०३७ साल कार्तिक २२ गते भएको हो । श्रम संस्कृति पार्टीको केन्द्रीय सदस्य रहनुभएका लामा आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्र नं. २ का उम्मेदवार छनौट भइ चुनावी मैदानमा उत्रेर जनताको घरदैलो अभियानमा लाग्नुभएको छ । काभ्रे क्षेत्र नं. २ का चुनाव प्रचार प्रसारको संयोजक राजन भट्टराइ लगायतका नेता प्रचार प्रसारमा होमीएमा छन् । जेन–जी आन्दोलनपछि देश संकटको भूमरीमा परेको, विदेशी हस्तक्षेपमुक्त गराई श्रम र सीपको प्रयोग गरी देशलाई समृद्ध बनाउने अभियानमा देशभक्ती नेता हर्क साम्पाङलाई पार्टीले देशको प्रधानमन्त्री घोषणा गरी चुनावी मैदानमा उत्रेको छ । काभ्रे क्षेत्र नं. २ श्रम संस्कृति पार्टीको तर्पmबाट उम्मेदवार बन्नुभएको टंकबहादुर लामासँग उक्त क्षेत्रको विकास, चुनावी एजेण्डा, विजयी हुने आधारका सवालमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
चुनावी मैदानमा उत्रेर घरदैलो अभियानमा जानुभएको छ जनताको कस्तो प्रतित्रिया पाउनुभयो ?
कांग्रेस, एमाले, नेपाली कम्यूनिस्ट पार्टीहरुलाई विगत ३५ वर्ष देखि मतदिएर पठायौं । पुराना पार्टीका नेताहरुले जनताका समस्या बुझेर विकास निर्माण गरेनन् । बेथिती, विकृति भ्रस्टाचार अधिक भयो । सेवा प्रवाहमा सहजीकरण भएन, हाम्रा छोराछोरी देशमा रोजगारी प्राप्त गर्न नसकी विदेश पलायन हुन वाद्य भए । हामी गाउँघरमा एक्लै छौं । अब हामी जसले देशमै रोजगारीमो अवसर दिने, शिक्षा, स्वास्थय निःशुल्क गराउने संकल्प गर्छ त्यहि पार्टीलाई मतदान गर्ने प्रतिक्रिया आम नागरिकले गर्नुभएको छ ।
काभ्रे क्षेत्र नं. २ मा २४ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ तपाईलाई नै जनताले किन मत दिने ?
हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश । श्रम गरौं सबै मिली बनाऔं यो देश भन्ने अभियानका साथ हामी देशभरी चुनावमा लागेका छौं । अब भाषणको खेति हैन श्रमको क्रान्ति गरौं हाम्रो संकल्प मार्गचित्र देशमा भ्रस्टाचारको अन्त्य, कर्मचारी प्रशासनको संरचनागत सुधार पनि हो । पार्टीका नेता र कर्मचारी वर्ग जनताका सेवक भएर कार्य गर्नुपर्छ । त्यसो हुन सकेको छैन । लोकतन्त्र संघीयता, प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासन प्रणाली, समानुपातिक, समावेशी, धर्म निरपेक्ष राज्य, हर्कवाद (प्रकृति, संस्कृति र प्रविधि), काभ्रेलाई कृषि प्रधान क्षेत्रको रुपमा विकास गर्दै श्रम संस्कृति अभियान चलाउने । श्रम संस्कृति नै परिवर्तनको सर्वोपरी माध्यम, सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक रुपान्तरण, प्रकृति, संस्कृति प्रविधिको उच्चतम प्रयोग सन्तुलित ढङ्गले गर्ने, प्राकृतिक संरक्षण स्रोत परिचालन, काभ्रेलाई पर्यटकीय क्षेत्र बनाउने, सांस्कृतिक उन्नयन, विश्वव्यापी प्रवद्र्धन, प्रनिधिको बिकास र विश्ववजारमा प्रवद्र्धन गर्न श्रम संकृति पार्टीलाई विजयी गराउन आग्रह गर्दछु ।
विजयी हुने आधार के छन् ?
देश भ्रस्टाचारको दल दलमा फसेको छ । ३५ वर्ष शासन सत्ता हाँकेका दल कांग्रेस, एमाले, नेपाली कम्यूनिस्ट पार्टीले शुसासन कायम गर्न सकेनन् । यस्तै गरी नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ भ्रम सृजना गर्ने, सहकारीबाट जनताको पैसा अपचलन गरेको विषयमा पार्टीका अध्यक्ष रवि लामिछानेको विरुद्धमा अदालतमा ४÷४ वटा मुद्दा परी टुङ्गो नलाग्दा पनि अनेक श्रमछरेर विदेशीको गोटी वनेर देशलाई संकटमा धकेल्ने कार्य भयो । जनताले अब बुझी सके, अब देश बनाउने पार्टी श्रम संस्कृति पार्टी हो । अनिवार्य श्रम र श्रमदान, चेतनागत आर्थिक र मानवीय विकास, समतामुलक समाज, एक गाउँ एक उद्योग एक व्यक्ति एक उद्यमशिलता, विदेश पलायन रोक्ने, देशको जनशक्तिको प्रयोग, कला साहित्य र खेलकुदको औधोगीकरण गर्ने, कानुनी, सामाजिक र सांस्कृतिक न्याय विदेशी हस्तक्षेपमुक्त स्वाधिनता सहितको समृद्धिको लागि श्रम संस्कृतिको उम्मेदवारलाई जिताउनु पर्छ ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
