IMG-LOGO

विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन मेरो उम्मेदवारी

 मंगल, फागुन ५, २०८२  अशोक कुमार व्याञ्जु

प्रतिनिधिसभा सदस्य काभ्रे क्षेत्र नं. २ का उम्मेदवार

नेकपा एमाले

               पिता बच्चुनाथ व्याञ्जु ÷ माता तुईमाया व्याञ्जुको कोखबाट धुलिखेलमा २०२८ भाद्र १ गते अशोक व्याञ्जुको जन्म भएको हो । हक्की स्वभावका व्याञ्जु नेकपा एमाले काभ्रेको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य समेत हुनुभएको छ । क्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्र र अर्थ शास्त्र र साहित्यमा स्नातक गर्नुभएका व्याञ्जु २०४३ सालबाट राजनीतिमा प्रवेश गनुभएको हो । २०५४ सालमा धुलिखेल नगरपालिकाको उप–प्रमुख, २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा धुलिखेल नगर प्रमुखमा विजयी हुनुभयो । नेपाल नगरपालिका संघको समेत अध्यक्ष भई व्याञ्जुले नेतृत्व समाल्नु भयो । आगामी फागुण २१ गते हुने प्रतिनिधिसभा सदस्य काभ्रे क्षेत्र नं. २ को उम्मेदवार नेकपा एमालेबाट चुनावी मैदानमा उत्रनुभएको छ । उक्त क्षेत्रमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार गरी २४ जना प्रतिस्पर्धामा उत्रेका छन् । काभ्रे क्षेत्र नं. २ का उम्मेदवार व्याञ्जुसँग यहाँको उम्मेदवारी, किन, विजयी हुने आधार, उक्त क्षेत्रको विकास र समृद्धि गर्ने दृढ संकल्प के छ भन्ने सवालमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः

               आगामी फागुण २१ गते हुने निर्वाचन नजिकिदै गर्दा चुनावी मैदानमा उत्रेर घरदैलो अभियानमा हुनुहुन्छ जनताहरुको कस्तो प्रत्तिक्रिया पाउनुभयो ?

               आगामी फागुण २१ गते हुने निर्वाचन नजिकिदै गर्दा फागुण ४ गते देखि चुनावी प्रचार प्रसारलाई तिब्र दिदैं काभ्रे क्षेत्र नं. २ को ६६ वटै वडाको पार्टी कमिटीको विस्तारित बैठक, सम्मेलन कार्यकर्ता भेला, चुनावी प्रचार प्रसार समिति मार्पmत नेकपा एमाले पार्टीको उम्मेदवारलाई जिताउन गाउँदेखि सहरका कार्यकर्ता एक ढिक्का भई चुनावी माहोल सृजना गरी लागी पर्नुभएको छ । एमाले पूर्व पोलिटयूरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा, एमाले काभ्रेको सिंगोटीम सशक्तढङ्गबाट एमाले उम्मेदवार विजयी गराउन अघि लाग्नुभएको छ । मलाई पार्टीले विस्वासगरी टिकट दिएसँगै चुनावी मैदानमा जनताको घरदैलोमा मत माग्न एमाले कार्यकर्ता सहित गएका छौं । जनताहरुले राष्ट्रवादी शक्ति, देश निर्माणको संम्वहाक एमालेको उम्मेदवारलाई जिताउन उत्सहका साथ प्रेरित गर्नुभएको छ ।

               काभ्रे क्षेत्र नं. २ को बिकास र समृद्धि गर्ने यहाँका दृढ संकल्प के छन् ?

               जनताको बहुदलीय जनवादलाई अङ्गिकार गरी देशको बिकास र समृद्धिको यात्रालाई अविचलितरुपमा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शसक्त ढङ्गबाट अगाडी बढ्नुभएको छ । म पनि एक पार्टीको सच्चा सिपाही हुँ । हाम्रो मुल ध्ययनै काभ्रे जिल्लाको समृद्ध काभ्रे सुखी काभ्रेको यात्रा हो । शिक्षा स्वास्थ्यको गुणस्तरीय बिकास, भौतिक विकासलाई दिगो बनाउने, कृषि क्षेत्रको आधुनिकरण गरी व्यवसायिक विकास, उत्पादनलाई उद्योगसँग जोडेर रोजगारीको सृजना गर्ने, युवा वर्गलाई स्वदेश मै रोजगार विदेश पलायनमा न्यूनिकरण गर्ने गरी नीति निर्माण गर्ने कानुन बनाउने सुशासन कायम वेथिति र भ्रस्टाचारको अन्त्य जनता जवाफदेहीता र पादर्शीता कायम गराउने अबको यात्राको गन्तव्य हो ।

               घरदैलो अभियानमा उम्मेदवारहरुले घोषणा पत्रको लालिपप र योजनाको पोका बाँड्ने भन्दापनि सांसद भएपछि देशमा भएको बेथिति, विसँगतिको चाङलाई चिर्ने, भ्रस्टाचारको अन्त्य गरी सुशासन कायम गर्न ऐन नियम कानुन बनाउने हैन र ?

देशको भौगोलिक अवस्था जनताका समस्या, विकासका चाहना अत्याधिक छन् । भौतिक पूर्वाधारको विकास चरणबद्धमा भएका छन् । त्यसलाई थप व्यवस्थित गरी विकासलाई दिगोपन गर्न, जनताहरुलाई प्रशासनिक सेवा सहजीकरण सेवा प्रवाहमा प्रभावकारीताको खाँचो छ । उत्पादनमा आत्म निर्भर, ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने, नीति अवश्यक छ । आयतित अर्थतन्त्रले मुलुक समृद्ध बनाउन सक्दैन । देशमा कृषि क्रान्ति ल्याउनुपर्छ । कृषि उत्पादनलाई उद्योगसँग जोडेर ग्रामीण अर्थतन्त्रलाई उकास्नुपर्छ । देशको भौगोलिक अवस्था जनचाहना अनुरुपको विकासलाई मध्यनजर गरी विकासका योजना साथ साथमा देशको समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन भ्रस्टाचारको नियन्त्रण, वेथितीको अन्त्य गरी सुशासन कायम गर्न नेकपा एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ । एमालेको प्रतिनिधि पात्र काभ्रे क्षेत्र नं. २ को उम्मेदवार बनी म चुनावी प्रतिस्पर्धामा उत्रेको छु । सूर्य चिन्हमा मतदान गरी विजयी गराउनुस जनताको सिर निहुरिन नदिइ जन सेवामा लाग्नेछु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्