२०७९ बैशाख ३० गते स्थानीय सरकारको निर्वाचनमा बनेपा नगरपालिकामा नेकपा एमालेको तर्पmबाट उप–प्रमुखमा निर्वाचित महिला नेतृ सालीन स्वभावकी प्रस्ट वक्ता हुनुहुन्छ विमला सापकोटा दाहाल । महिलाहरुलाई शिक्षा, नेतृत्व विकास, क्षमता विकास, महिला सशक्तिकरण, उद्यमसिलताको विकासले महिलाहरुको आयआर्जन सहित आत्मनिभरता कायम हुन्छ । देशको समृद्धि र विकासमा मद्दत पुग्ने बताउनुहुन्छ उप–प्रमुख सापकोटा । जिम्मेवारी समालेको तीन वर्ष ८ महिना वितिसक्न लाग्यो । यो अवधिमा बनेपा नगरपालिकाको समग्र विकासको अवस्था, न्याय सम्पादनको सवाल, दिगो विकास लक्ष्य हाँसिल गर्न गरिएका सकारात्मक प्रयासका बारेमा बनेपा नगर उप–प्रमुख विमला सापकोटा दाहालसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
बनेपा नगरपालिकाको उप–प्रमुखको जीम्मेवारी सहित न्यायिक समितिको सयोजक पनि हुनुहुन्छ न्याय सम्पादन गरेको कार्यका बारेमा बताइदिनुस न ?
स्थानीय सरकार संचालन ऐन २०७४ दफा ४७ को उपदफा २ बमोजीम नगरपालिकाको उप–प्रमुख तथा गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक, अनुगमन समिति र योजना तर्जुमाको समेत संयोजक रहने कानुनी व्यवस्था छ । सोही अनुसार मैले बनेपा नगरपालिकामा आप्mनो जीम्मेवारी समाल्दै आएको छु । १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । न्यायिक समितिमा ५८ जना मेलमिलाप कर्ता सूचिकृत भएका छन् । २०८१÷०८२ मा ३४ वटा उजुरी दर्ता भएको र ७ गत वर्षको सरी आएको मुद्दा छ । आ.व. २०८१÷०८२ मा ३१ वटा मुद्दाहरु फर्छयौट गरेको र ५ वटा मेलमिलापबाट टुङ्गएको, ५ वटा मेलमिलाप हुन नसकेर अदालत पठाएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ मा ८ वटा उजुरी दर्ता भएको ६ वटा नै कारवाही प्रक्रियामा रहेको छ ।
बनेपा नगरपालिका र वडालाई समेत विपक्षी बनाई मुद्दा उजुरी दिएको छ भनिन्छ नी ?
वडा र नगरपालिकालाई विपक्षी बनाइ १७ वटा मुद्दा उजुरी गरेका छन् । वर्तमान जनप्रतिनिधि रहँदाको अवस्थामा छ । दर्ता भएका ११ वटा अगाडीबाट सरेर आएको छ गरी १७ वटा मुद्दा भएका हुन् । अदालतमा विचाराधिन, १ वटा, निवेदकले फिर्ता लिएको २ वटा मुद्दा, नगरपालिकाको पक्षमा पैmसला भएको १ वटा र नगरको विपक्षमा पैmसला भएको मुद्दा एक छ ।
कस्ता प्रकृतिका बुद्धा दर्ता भएका हुन् ?
नगरभित्रका नागरिकहरुको आप्mनो घर जग्गा वरीपरी नगर र वडाले मापदण्ड विपरीत कानुन विपरित जग्गा अतिक्रमण ग¥यो, जन्म दर्ता, सिफारिस दिएन भनेर मुद्दा दर्ता गर्छन् । पुन्यमाता करीडोर बाटो निर्माण सन्दर्भमा विवाद भइ मुद्दा दर्ता भएको १ वटा मुद्दा नगरपालिकाको विपक्षमा पैmसला गरेको छ । स्थानीय सरकारले मोटर बाटो निर्माण, भौतिक संरचना निर्माण गर्दा निश्चित मापदण्ड तोक्न सक्ने, संरचना हटाउन सक्ने कानुन बनाउन सक्ने छ । त्यस्तै गरी संघीय कानुन अनुसार सम्पती प्राप्ती जग्गा भोक चलन गर्ने हक सम्बन्धी ऐन २०२५ मा जोकोहीको जग्गा आफु खुसी भोग चलन गर्न नपाउने मुआब्जा दिएर मात्र उपयोग गर्नपाउने कानुनी व्यवस्था छ ।
कस्ता मुद्दाहरु न्याय निरुपण गर्नुभएको छ ?
साँघ सिमाना, बाटो घाटो, कुलकेलेसा, खानेपानी मुहानविवाद, महिला हिँसा जस्ता प्रकृतिका मुद्दाहरु जुन फौजदारी बाहेकका मुद्दाहरुको न्याय निरुपण गरिएको छ ।
स्थानीय सरकारले २२ वटा आधिकारिक अधिकार प्रयोग गरी ऐन निर्माण गर्न सक्छ, बनेपा नगरपालिकाले कति कानुन निर्माण ग¥यो ?
बनेपा नगरपालिकाले संवैधानिक व्यवस्था अनुरुप २२ वटा अधिकार प्रयोग गरी ऐन नियम २४ वटा कार्य विधि र निर्देशीका गरी ४९ वटा निर्माण भएका छन् । प्रदेश र संघ र स्थानीय सरकार बीचका साझा अधिकारका ऐन नियम भने निर्माण गर्न बाँकी रहेका छन् । संघ र प्रदेशले कानुन निर्माण गरेपछि आर्थिक सुशासन, पादर्शीता, जन उत्तरदायि प्रशासन सेवा प्रवाह गतिशिल बनाउन र समग्र विकासमा गुणस्तरीयता प्रदान गर्न सहयोग पुग्ने छ ।
ऐन नियम कानुन बनेपछि नागरिकहरुको बीच बहस पैरवि गर्ने काममा कन्जुस्याई गरियो भनिन्छ नी ?
न्यायिक समितिको बैठक ४५ वटा, न्यायिक समितिमा ५८ जना मेलमिलाप केन्द्रमा सूचिकृत भएका छन् । कानुन निर्माण भएका विषयवस्तु समेटी मेलमिलापकर्तालाई ३ दिने पुर्नरताजगी तालिम, हरेक वडामा मेलमिलापकर्ताहरुको सहजिकरणमा र नगरपालिकाको समन्वयमा ऐन नियम कानुनको सवालमा नागरिकहरुलाई सूसूचित गराउने कार्य गरिएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिकहरुको हितका लागि नगरपालिकाले गरेको के के कार्य ग¥यो ?
गृहेणी महिलाहरुको लागि उद्यमी व्यवसायी बनाउने तालिम, नेतृत्व बिकास, महिला सशक्तिकरण गर्न सिलाई बुनाइ, जुत्ता बनाउने तालिम प्रबन्ध, सिप र प्रविधिको हस्तान्तरण कार्यक्रम, उद्योग दर्तामा महिलाहरुको लागि ५० प्रतिशत छुट प्रबन्ध, महिलाहरुको लागि प्रजनन स्वास्थ्य पाठेघरको मुखमा हुने क्यान्सरको साचेतिकरण, स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । किसानहरुले उत्पादन गरेका कृषिउपजको बजारीकरण कृषि हाटबजार सञ्चालन, सचेतनामुलक कार्यक्रमहरु गरिएको छ । त्यस्तैगरी बालबालिकाहरुको अधिकार संरक्षण, सबै बालबालिकाहरुको शैक्षिक विकासमा मद्दत पु¥याउने कार्य गरिएको छ । बाल विवाह रोक्न सचेतिकरण, हरेक वडामा सञ्जाल गठन गर्नेm व्यक्तित्वकला, निबन्ध प्रतियोगीता गरिएको छ । त्यस्तै गरी जेष्ठ नागरिकहरुलाई ९० वर्ष उमेर समुह भन्दा मुनिका लागि हरेक वर्ष जेष्ठ नागरिक सम्मान, न्यानो कपडा र पौष्टिक आहर वितरण गरिएको छ ।
बजेट निर्माण कार्य विधि र निर्देशीका अनुसार महिला, बालबालिका, दलित जनजाति, अल्प संख्यख्यकको लागि बजेट विनियोजन गरिएन भनिन्छ किन ?
बजेट निर्माण कार्य विधि र निर्देशीका बमोजीम बजेट विनियोजन गरेको छ । महिला, बालबालिका क्षेत्रको लागि १ करोड बजेट विनियोजन गरेको छ ।
अपाङ्ग असाहयका लागि सेवा सुविधा, रोजगारको लागि के के गरेको छ ?
अपाङ्ग असाहयका लागि जीवन सहजताका लागि आवश्यकताका आधारमा लौरो, ह्वील चेयर प्रदान, विपन्न परिवारलाई, असाहयका लागि गिरीराज कुखुरा वितरण, बाख्रा वितरण आय आर्जनमा सघाउने कार्य गरेको छ । बालबालिकाहरुको लागि छात्रवृति, मखमलको जुत्ता बनाउने, धुप बनाउने तालिम, पूँजी अभावहुनेलाई थोरै विउपूँजीको प्रबन्ध गरिएको छ । नागरभित्रका नागरिकहरुलाई लोकसेवा आयोगमा नाम निकाल्न सरकारी जागीरको लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको छ ।
जेष्ठ नागरिकहरुको लागि थप उपलब्धी मुलक कार्य के के गर्नुभयो ?
बनेपा नगरपालिकाको १, २, ३, ४ र ५ वडामा जेष्ठ नागरिक विश्राम स्थल निर्माण गरिएको छ । ९० वर्ष मुनीका जेष्ठ नागरिकहरुलाई हरेक वर्ष उमेर समुह अनुसार सम्मान, न्यानो कपडा वितरण गरिएको छ ।
न्यायिक समिति, योजना तर्जुमा र अनुगमन समितिको संयोजक हुनुहन्छ, पूर्वाधार विकासमा गुणात्मकता र दीगो विकास लक्ष्यका कार्यहरुमा किन ढिलाई भएको पाउनुभयो ?
संघ र प्रदेशले पनि स्थानीय सरकारका वडातहमा ४, ५ र १० लाख सम्मको बजेट विनियोजन गरेर पठाउँदा नगरले हरेक वडालाई प्रदान गरेको बजेट अनुरुप भौतिक पूर्वाधार विकास काय अघि बढेकै छ । स–सना टुक्रेयोजनामा बजेट विनियोजन गर्दा कम उपलब्धी भयो भनेर मान्नु हुँदैन जनताका बिकासका आवश्यकता, चाहना असिमित छन् । श्रोत साधन सिमित छन् । कुल, कलेसा निर्माण ढल निकास, पोखरी निर्माण, सडक विस्तार जस्ता कार्यमा बजेट खर्च भएको छ । जनताका आवश्यकताका आधार विकास गर्नुपर्छ विकास निरन्तर चल्ने कुरा हो । ३ देखि ५ लाख सम्मको योजना वडाबाट नै विनियोजन गरिएको छ । १४ वटा वडामा करीब ४ सय वटा योजना छनौट भइ अघि बढेको थियो । नगरस्तरीय योजना बाँडफाड गरिएको छ । संघ र प्रदेश स्तरका पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यको पहुँच विस्तारका योजना स्थानीय सरकारको समन्वय र विकास बिज्ञको सिफारिसमा हुनुपर्छ । विकासको दिगोपनमा स्थानीयहरुले यो हाम्रो हो भनेर अपनत्व अनुभूति महसुस गरेर लाग्नुपर्छ ।
विकास निर्माणका क्रममा सांस्कृतिक सम्पदा संरक्षणमा र बनाउँदा समेत पुरातात्यिक महत्वलाई वेवास्ता ग¥यो भन्ने छ त ?
धार्मिक, सांस्कृतिक संरक्षण गर्न बनेपा नगरपालिका कटिबद्ध छ । मठ, मन्दिर निर्माण गर्न सकभर प्रारम्भै मोडलमा बनाउन सम्बन्धीत विज्ञको सुझाव अनुसार कार्य गर्नुपर्छ हामी त्यो गर्न तयार छौं ।
नगरपालिकाले करको दायरा बढाउने राजश्व वृद्धि गर्न सकेन नि राजश्व संकलनबाट कर्मचारी पाल्न पुग्दैन किन ?
चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब २४ करोड त्यसमा विकास बजेट ३२ करोड हो । संघ र प्रदेशको सहयोग विना विकास असम्भव छ । नगरपालिकाले १३÷१४ करोडको राजश्व संकलनको प्रक्षेपण गरेको सोही अनुसार गत वर्ष संकलन गरेको छ । उद्यम व्यवसाय गर्ने व्यवसायीहरुको दर्ता, नविकरण दायरा फराकिलो पारी वृद्धि गरिएको छ । खानी, उद्योग धन्दा केहि नहुँदा, एकीकृत सम्पती, घरभाडा, मालपोत, दस्तुर नै आम्दानीको श्रोत हो । राजश्व बाँडफाडबाट आएको रकमबाट र संघ र प्रदेश सरकारले दिएको बजेटबाट विकास निर्माण कार्य अघि बढेको छ ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
