विगत ४८ वर्षदेखि नेपाली कांग्रेस पार्टीमा निरन्तर लागि परेका योद्धा हुनहुन्छ मधु आचार्य । २०५७ सालमा नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापति भई कार्य गर्नुभयो भने २०७२ सालमा जिल्लाको पार्टी हाक्ने जिम्मेवारी प्राप्त गर्नुभयो । आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ को उम्मेदवारमा समेत मधु आचार्य सिफारीस हुनुभएको छ । कांग्रेस पार्टीको १५ औं महाधिवेशन आगमी पुष २६, २७ र २८ गते काठमाण्डौंमा सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक भइ सकेको छ । अर्को तिर आगामी फागुण २१ गते प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको तयारी छ । कांग्रेस पार्टीले दुवैको तयारी, अबको नयाँ नेतृत्व चयनलाई कसरी अघि बढाएको छ भन्ने सवालमा काभ्रे टाइम्समा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यसँग गरिएको मुख्य कुराकानीको प्रस्तुत गरिएको छ ः
आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?
गत भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनबाट निर्माण परिस्थितिको आकलन गरी मुलुकलाई संकटबाट मुक्त गरी सहजीकरणको यात्रा तय, लोकतन्त्रलाई संस्थागत गरी कांग्रेस पार्टीलाई सुढृदीकरण गर्ने अभियानको थालनी गरेका छौं । पार्टी भित्रका आन्तरिक समस्या हल गरी रुपान्तरण गर्ने कार्य तिर कांग्रेस पार्टीको ध्यान केन्द्रीत गरिएको छ ।
कांग्रेस पार्टीलाई एकातिर १५ औं महाधिवेशनको चटारो अर्कोतिर आगामी फागुण २१ को चुनावको तयारी कसरी व्यवस्थापन गर्नुहुन्छ ?
आशन्न नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ पुष २६, २७ र २८ गते काठमाण्डौंमा गर्ने कार्यतालिका तय भएको छ । विशेष महाधिवेशनको लागि ४५ दिनको छलफलले नियमित महाधिवेशन गर्ने सहमती जुट्यो । जहाँ सम्म आगामी फागुण २१ गतेको चुनावको सन्दर्भ छ । महाधिवेशनको तिब्र तयारी सँगै चुनावको पूर्ण तयारी हो भनेर बुभ्mदा हुन्छ । कृयाशिल सदस्य नविकरण गर्ने क्रम जारी छ । तहगतरुपमा वडा देखि गाउँ, नगर क्षेत्र प्रदेश सबैबाट दलित, जनजाति अल्प संख्यक, महिला, युवा वर्गको सहभागितामा महासमिति सदस्य छनौट गरी पार्टी बिधान संसोधन, मुलुकको भाग्य र भविष्य निर्माणको लागि असल नेतृत्व चयन गर्ने हाम्रो अभियान जारी छ ।
नेपाली कांग्रेसमा अबको नेतृत्वमा को उहि बुढो पुरानोनै नयाँ नेतृत्व आउँछ ?
देशलाई अग्रगमनमा लाग्ने राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउन नेपाली कांग्रेस पार्टी निरन्तर लागि परेको छ । जेन–जी पुस्ताको जायजमागलाई राष्ट्रको हितमा प्रयोग गर्ने, नागरिकहरुलाई दैनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त शान्ति अमन चयन कायम गर्न सक्ने दृढ अठोट भएको नेतृत्व जसले पार्टी र देशैको नेतृत्व समाल्ने क्षमता राखोस त्यस्तो क्षमता भएको युवाको ढुकढुकी देशको आशा र भरोसाको केन्द्र अहिलेका महामन्त्री गगन थापा कांग्रेस पार्टीको सभापति बनाउन कांग्रेसको असल सिपाही लाग्नुपर्छ । देशमा भएको विकृति विसंगतिको चाङ्गलाई चिर्न कांग्रेस पार्टीको अबको नयाँ नेतृत्व पार्टी पंक्ति सबै एकता हुन जरुरी छ । अबको नयाँ नेतृत्वले आगामी फागुण २१ को निर्वाचनमा कांग्रेस पार्टीलाई पहिलो दल बनाइ बहुमतको सरकार निर्माण गर्ने ल्यागत राख्नुपर्दछ । राख्द छ सबै राष्ट्र भक्ति भएका राष्ट्रवादी सशक्ती देश निर्माणमा जुट्नुपर्छ ।१५ औं महाधिवेदनमा मेरो पनि पदाधिकारीमा उम्मेदवारी हुने छ ।
कांग्रेसको १५ औं महाधिवेदनमा गगन थापा, शेखर कोइराला, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी आधा दर्जन जति नै सभापतिमा प्रतिस्पर्धामा उत्रने भनिएको छ अनि कसरी सम्भव छ गगन थापा नेतृत्वमा आउन संस्थापन पक्ष देउवाको साथ बेगर ?
ग्रामिण दुर दराजका कार्यकर्ता देखि शुभचिन्तक र नागरिकहरु सबैले कांग्रेसमा अबको नेतृत्व महामन्त्री गगन थापाले लिनुपर्छ । पार्टीभित्र र देशमा आमुल परिवर्तन ल्याइ आम नागरिकहरुको जीवनस्तर वदली राष्ट्र निर्माण गर्ने जुन अभिभारा छ त्यो पुरा गर्न अबको युवा पिंढीको महत्वपूर्ण भूमिका छ । म आपूm पनि देशको अधिकांस भुभाग पूर्ण मेची देखि पश्चिम महाकालीका क्षेत्र गएको छु । आम कार्यकर्ताको भावना नयाँ नेतृत्वको खाँचो छ । देश निर्माणको जिम्मा कांग्रेसले लिन्छ । त्यो सामार्थय हामीसँग छ । विसम परीस्थितिमा कांग्रेस संस्थापन पक्ष शेरबहादुर देउवा समेतले सघाउने वातावरण बन्छ ।
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ र २ बाट आगामी फागुण २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी छनौट भए ? कांग्रेस चुनावमा केन्द्रीकृत भएको हो ?
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी विधिको शासन मुल मन्त्र हो । पार्टीको केन्द्रीय कार्य समितिले आगामी फागुण २१ गते हुने निर्वाचनमा भाग लिने भनेर निर्णय गरेको छ । जेन–जी आन्दोलनबाट उत्पन्न देशको परिस्थितिको समाधानको लागि लोकतान्त्रिक गणतन्त्रको संस्थागतका लागि चुनाव आवश्यक छ । विकास र समृद्धि भ्रस्टाचारको अन्त्य सुशासनका लागि चुनाव अनिवार्य छ । काभ्रेको दुवै क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचनका लागि क्षेत्रबाट सिफारिस भएको छ । अब जिल्लाबाट केहिदिनमा सिफारिस भएर जान्छ । टिकट पाउने साथीहरुलाई सघाएर कांग्रेस अघि बढ्छ ।
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ मा तपाईको दावी हो ?
अरु साथीहरुको पनि नाम सिफारिस भएको छ । योग्यता क्षमता अनुसार पार्टीले मुल्याङ्कन गर्ने छ । यस अघिको निर्वाचनमा मेरा मित्र शिवप्रसाद हुमागाई उठ्नु भएको हो । एमाले नेता गोकुल बाँस्कोटा सँग पराजीत हुनुभयो । पार्टीले चुनावमा कस्तो हिसाबले टिकट बाँड्ला मेरो दावी छ नै । म चुनावी मैदानमा उत्रन्छु ।
कांग्रेस र एमाले नै संसद पुनरस्थापनाको लागि अदालत जाने भएको छ, एकातिर चुनावको रटान अर्को तिर संसद पुनरस्थापनाको मुद्दा यस्तो दोहोरी चरित्र किन ?
नेकपा एमालेले पार्टीबाट नै संसद पुनः स्थापना गर्नुपर्छ भनेर निर्णय गरेको छ । संसदहरुको हस्ताक्षर गरिसकेको छ । कांग्रेस पार्टीले संसद पुनस्थापनाको मुद्दाको निर्णय पार्टीले गरेको छैन । हाम्रो प्राथमिकता देशमा चुनाव हुनुपर्छ । संकटको समाधान विकास र समृद्धिका लागि चुनाव गर्नुपर्छ । एमालेका ७५ निवर्तमान साँसदहरुले हस्ताक्षर संकलन गरेर संसद पुनरस्थापनाका लागि सर्वोच्चमा हस्ताक्षर बुझाएको छ । कांग्रेसले निर्वतमान ६६ सांसदहरुले पुनरस्थापनाको लागि हस्ताक्षर संकलन गरेको छ ।
फेरी महाधिवेशनकै सन्दर्भ जोडे केहि जेन–जी पुस्ताले यथास्थितिमा चुनाव हुन सक्दैन त्यही संसदीय अभ्यासको चुनाव किन गर्ने त्यहि पुराना अनुहार विकृति र बेथितिका नाइके आउने चुनाव हुन दिन्नौ, अब नेपाली जनताले चुनेको प्रमुख कार्यकारीको चुनाव हुनुपर्छ भनेका छन् । कांग्रेसले महाधिवेशनमा यो मुद्दा उठाउँछ ?
भ्रस्टाचारको अन्त्य व्यवस्था परिवर्तनले सुशासन कायम भएन भन्ने छ । केहि कमी कमजोरी छन् । पार्टीहरुका पुराना नेताहरुले आप्mना कार्यसैली बदल्नुपर्छ । पार्टी भन्दा माथि देश र जनता हुन् जनतालाई सुख शान्ति अमन चयन, सामाजिक विभेदको अन्त्य गरिवी निमिटयान्न पार्नुपर्ने जिम्मेवारी प्रमुख शिर्ष पार्टीका नेतृत्वमा थियो । २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई केहि मुठ्ठीभरका व्यक्तिहरुले निहित स्वार्थका कारण १९ वर्षको अन्तरालमा जन अपेक्षा अनुरुप नभएकै हो । अब त्यस्तो अवस्था आउनदिनु हुन्न । युवा पुस्तालाई देशमै रोजगारीको अवसर, उद्यम व्यवसाय गर्ने अवस्था हुनुपर्छ त्यो अबको नयाँ नेतृत्वको कांग्रेसले गर्छ । ग्रामीण दुरजराजमा भौतिक पूर्वाधारको बिकास, खानेपानी उपलब्ध, विद्युतीय कारणका काम भए । ग्रामीण अर्थतन्त्र बलियो बनाउने किसानलाई धनी बनाउने कार्य हुन सकेको छैन यो हुन जरुरी छ । जेन–जीले उठाएका जायजमागलाई सम्बोधन गर्नुपर्छ । महाधिवेशनमा जनताले प्रत्यक्ष कार्यकारी चुन्ने व्यवस्थाको बारेमा पनि धनिभुत छलफल हुन्छ । जन चाहना बुझेर जनताको माग भए गर्न सकिन्छ ।
जेन–जी आन्दोलनमा ७६ जनाको ज्यान गएको छ । सर्वोच्च अदालत, प्रहरी बस्ने भवनहरु जलेर नष्ट भएका छन्, प्रहरीका हातहरितयार लुटीएका छन्, कयौं कैदीबन्दीहरु भागेका छन् । तत्कालिन सरकारका प्रम र गृहमन्त्रीको पासपोर्ट रद्ध गरिएको छ । सरकारले विदेश जान रोक लगाएको छ । एमाले अध्यक्ष केपी ओलीलाई स्थानहद गरेको छ । राजनीतिक दलका नेता चुनाव प्रचार गर्न जान नपाउने गर्ने शुसीला कार्की नेतृत्वको सरकारले चुनाव गराउँछ भनेर संका नगर्ने ठाउँ देख्नुहुन्छ ? चुनाव हुन्छ भनेर कसरी विस्वास गर्ने ?
आगामी फागुण २१ गते निर्वाचन हुने वातावरण निर्माणमा शुसीला कार्की नेतृत्वको सरकार दत्तचित्त भइ लाग्नुपर्छ । राजनीतिक दलहरुका शिर्ष नेतृत्वसँग बहस छलफल गर्नुपर्छ । जेन–जी आन्दोलनमा होनहार युवा लगायत ७६ जनाको ज्यान जाने गरी भएको घटना ज्यादै दुःखद छ । कार्की आयोगले छानविन गर्दै छ सत्य तथ्य बाहिर ल्याउनुपर्छ गलत गर्ने कारवाहीको भागीदार हुनुपर्छ । नेताहरुलाई चुनाव प्रचार गर्न स्थानहद हुनुहुन्न । प्रहरीका लुटिएका हतियार र कैदीवन्दीहरुलाई नियन्त्रणमा लिएर आगामी फागुण २१ गते निर्वाचन गर्नुपर्छ ।
वषौं सम्म नेतृत्वमा रहिरहने परमपराको अन्त्य कहिले गर्ने ?
नेपाली कांग्रेसले गए १४ औं महाधिवेशन देखि नै केन्द्रमा र जिल्ला कार्यसमितिमा सभापति २ कार्यकाल मात्र हुने पार्टी विधानमा उल्येख गरेको छ । अब प्रदेश र स्थानीय तहका इकाई कमीटीमा समेत यहि व्यवस्था गर्नुपर्छ । नेतृत्व हस्तान्तरण र पुरस्तारण हुनुपर्छ ।
संवैधानिक व्यवस्थामा नै सांसद प्रधानमन्त्री र मन्त्रीपनि दुई पटक भन्दा बेसी हुन नपाउने प्रबन्ध गर्न ढिला भयो भन्ने यहाँलाई लागेको छैन ?
संविधान संसोधन गरेर भएपनि सांसद, प्रधानमन्त्री, मन्त्री दुईपटक भन्दा बेसी हुन नपाउने प्रबन्ध गर्नुपर्छ । योग्यता दक्षता र क्षमता भएका संमवन्धित मन्त्रालयको जिम्मेवारी समाल्नुपर्छ देश र जनताको शिरमा राखेर काम गर्नुपर्छ । देशका नागरिकहरुको समृद्धिको यात्रा नै प्रमुख मुद्दा हुनुपर्छ । समाज परवर्तनको लागि राजनीति गरेका राजनीतिक कर्मीहरु निहित स्वार्थमा लाग्न छुट छैन ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
