बनेपाका सालिन स्वभावका डाक्टर मनिशभक्त प्रधान विगत ५ वर्ष देखि एरोगीन हेल्थ केयर विशालनगर काठमाण्डौंमा नेपालमै पहिलो पटक कपाल प्रत्यारोपण कार्य प्रारम्भ गर्नुभयो । नेश्नल मेडिकल कलेज एण्ड टिचिङ हस्पीटल विरगन्जबाट २०१९ मा पोष्ट ग्राजुएड इन डेरमोलोजी भेनोरोलोजी एण्ड लेप्रोसी, सन् २०२१ जुन १६ देखि २७ सेक्टेम्बर सम्म इण्डिया डिल्लीबाट फेलोसिप इन हेयर ट्रान्सप्लान्ट गर्नुभयो । उहाँले सन् २००९ फेव्ररी हेवी मेडिकल युनिभरसीटी चाइनाबाट ९ःद्यद्यक्० गर्नुभयो । कपाल सर्जरी सम्बन्धी इण्डियाको डिल्लीबाट विशेषज्ञता हाँसिल गरी आप्mनो सिप क्षमताको भरपुर प्रयोग गरी कपाल प्रत्यारोपण कार्य गर्दै आउनुभएको छ । बंशाणुगत दीर्घकालीन र अस्थायीरुपमा पौष्टिक आहार, थाइराइडको समस्या, रगतमा आइनको कमीको कारण कपाल झर्ने समस्या हुन्छ डा. प्रधानको भनाई रहेको छ । वंशाणुगत दीर्घकालीन, अस्थायीरुपमा पौष्टीक आहारमा भएको समस्यालाई सहजीकरण समस्या समाधानको उपाय कपाल झरेको कुन कारणले हो सोको अनुशन्धान गरेर सल्यक्रिया र औषधी उपचार दुवैबाट सहजढङ्गबाट कपालको प्रत्यारोपण हुने बताउनुहुन्छ डा. प्रधान । उहाँसँग एरोगीन हेल्थ केयरको उद्देश्य, परिकल्पना, दृष्टिकोण, भावी योजना र उपलब्ध गराएका सेवा प्रवाहका बारेमा रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा डा. मनिशभक्त प्रधानसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
विगत ५ वर्ष देखि कपाल विहीन (तालु खुइलेहरुको) लागि कपाल प्रत्यारोपण कार्य अघि बढाउनुभयो व्यवसायिक अवस्था कस्तो छ ?
नेपालमा सन् २०१६ देखि नेपालमा एरोगीन हेयर एण्ड स्कीन केयर सेन्टरको अनुशन्धान कार्य गरी कपाल प्रत्यरोपण कार्य प्रारम्भ गरिएको हो । म विगत ५ वर्ष देखि यस केयर सेन्टरबाट एरोगीन ग्रुपबाट गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरेका हौं । कपाल विहिन भएका व्यक्तिहरुलाई कपाल प्रत्यारोपण गरी सुन्दर बनाउने अभियान हाम्रो जारी छ । त्यस्तै गरी कपाल, छाला, मनोसामाजिक परापर्श र मेडिकल औषधी सहितको उपचार गरिन्छ । अन्तराष्ट्रिय मापदण्ड अनुरुप स्तरीय स्वास्थ्य सेवा प्रवाह गरिएको छ । विशेषज्ञ डाक्टरहरुको सक्रियतामा कपाल प्रत्यारोपण, औषधी उपचार, औचित्य र आवश्यकताका आधारमा कपाल प्रत्यारोपणको सर्जरी गर्ने गरिन्छ । महिला र पुरुष दुवैमा वंशाणुगत, अस्थायी रुपमा पौस्टिक आहार विहारका कारण कपाल जलेर वा झरेर नस्ट भएकाको आधुनिक उच्च प्रविधिको विकासलाई सहि उपयोग गरी उपचार गर्ने गरिएको छ ।
कपाल झर्ने समस्यालाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
कपाल झराई दुई किसीमको हुन्छ । वंशाणुगत (दीर्घकालीन) र अस्थायीरुपमा पौष्टिक आहारका कारण जुन विविध हर्मोनमा हुने उतार चडाव, रगतमा आइनको कमी, थाइराइडको समस्याले त्यस्तै कपाल जलेर नस्ट हुने जस्ता कारणले कपाल झर्ने हुन्छ, उक्त अवस्थाको अनुशन्धान गरी उपचार विधि अपनाउनुपर्छ । वंशाणुगतको दीर्घकालीन हो भने औषधी उपचार, कपाल प्रत्यारोपण (कपालसर्जरी) विधि छालाको पहिलो लियरमा कपाल रोप्न सकिन्छ । पौस्टिक आहाको कारणबाट भएको छ भने भिटामिन, खानामा सन्तुलित भोजनबाट कपाल झर्नलाई नियन्त्रण गर्न सकिन्छ ।
कपाल प्रत्यारोपण गर्ने विधि र प्रक्रियाको सवालमा प्रस्ट पारिदिनुस् न ?
वंशाणुगत दीर्घकालीन कपाल झर्ने, टाउकोको अगाडि देखि पछाडी भाग सम्म कपाल नभएकाहरुको लागि औषधीको प्रयोग, त्यस्तै गरी टाउकोको एकतहको छालाको एकतह भाग शल्येक्रिया गरेर कपाल रोप्ने गरिन्छ । पौस्टीक आहारको कमी भइ अस्थायीरुपमा कपाल झर्ने हुन्छ, थाइराइड भएर त्यसको लागि भिटामिनको कमीकोकारण कपाल झर्ने समस्यालाई समाधान गर्न हाम्रो एरोगीन हेल्थ केयर प्रा.लि.का डाक्टरहरुको टिम शसक्त ढङ्गबाट एकताबद्धभई लागि परेको छ । छालाको अपरेशन गरी कपाल रोप्दा छालामा दाग देखिन्छ रोग लाग्छ भन्ने मानिसमा भ्रम छ । त्यस्तो केहि हुँदैन । कपाल रोपेर आप्mनो टाउको सुन्दर र सुरक्षित राख्न म आग्रह गर्न चाहन्छु ।
तालु खुइले कपाल नभएको व्यक्ति भनेर गीज्याउने गरेको सुनिन्छ । कपालको चेरचाह कसरी गर्न सकिन्छ ?
वंशाणुगत रुपमा कपाल नहुनुबाट ग्रसित भएको ३० देखि ३५ वर्ष उमेर समुहको, अहिले त २० देखि २५ वर्ष उमेर समुहको व्यक्तिहरुमा पनि कपाल झर्ने समस्या छ । त्यस्तो समस्यालाई नियन्त्रण गर्न नजिकको अस्पतालका छाला रोगको विशेषज्ञलाई परिक्षण गराइ वंशाणुगत हो या अस्थायी रुपमा पौस्टीक आहार खानाको असन्तुलन के भएको हो ? त्यसको अवस्था बुभ्mनुपर्छ । छाला विशेषज्ञको सुझाव बमोजीम के गर्ने हो निक्र्यौल गरेर उपचार विधि अवलम्बन गर्नुपर्छ । औषधी खाने वा पौस्टीक आहारको सन्तुलन मिलाइ खाने के कस्तो गर्ने अवस्थाको सृजना हुन्छ सोही अनुसार गर्नुपर्छ ।
कपाल प्रत्यारोपण गर्न सहज वा असहज के छ बताइदिनुस न ?
प्रविधिको विकासले गर्दा विगतको परम्परागत शैलीभन्दा अहिले निक्कै फरकपन छ । विशेषज्ञ डाक्टरहरुबाट सिप दक्षता, क्षमताको अधिकतम प्रयोग उच्च प्रविधिको मेशिनको प्रयोगबाट कुन खालको समस्या हो त्यसको अनुशन्धान गरी कार्य गरिन्छ । कपाल रोप्न आउने व्यक्तिहरु विहान आएर बेलुका कपाल प्रत्यारोपन गरी घर फर्कन सक्छन् ।
कपाल प्रत्यारोपण निकै खर्चिलो छ भनिन्छ, वास्तविकता त्यस्तो हो र ?
उपकरण, गुणस्तरीय जनशक्ति, कपाल प्रत्यारोपण गर्ने विशेषज्ञ डाक्टरहरुको संलग्नता, हेल्थकेयर, अस्पताल संचालन व्यवस्थापन, औषधीको प्रयोग, अन्तराष्ट्रिय मापदण्डको स्तरीय सेवा प्रवाह गर्ने भएको हुँदा केहि खर्चीलो त हुन्छ । कपाल प्रत्यारोपण गर्ने अवस्था अनुसार छालाको शल्याक्रियाको आधार बमोजीम सबै तय गरेर प्रतिवटा ६० देखि ८० रुपैयाँको दरले शुल्क लाग्ने हुन्छ । अधिक शुल्क लाग्ने छैन । पहिलो देखि ७ औं चरणको कपाल प्रत्यारोपण हुन्छ । शुल्क नै त्यहि अनुसार तयहुन्छ ।
पछिल्लो चरणमा कपाल प्रत्यारोपण गर्न आउनेहरुको सन्दर्भमा कसरी नियाल्न सकिन्छ ?
३५–४० र २०–२५ उमेर समुहका कपाल र छाला रोगको समस्या भएका व्यक्तिहरु सेवा लिन आउने गरेका छन् । दैनिक १० देखि २० जनाको हाल सेवा लिन आउने गरेका छन् । कपाल प्रत्यारोपण त्यस्तो जटिल कार्य हैन आधुनिक प्रविधिको विकासलाई आत्मसाथ गरी विहान कपाल प्रत्यारोपण गर्न आएको व्यक्ति वेलुका घर फर्कन्छ । कलाकारहरु मनोज गजुरेल, रवि डङ्गोल, पुरुषोतम, त्यस्तै खेलकुद जगतका कृकेट खेलाडी पारस खड्का र राजनीतिककर्मी र स्वास्थ्य कर्मीहरुको समेत कपाल प्रत्यरोपण कार्य गर्दै आएका छन् ।
अन्त्यमा केहि भन्नु छ की ?
कपाल प्रत्यारोपण गर्न जटिल अवस्था होइन सहज हुन्छ । कपाल रोप्दा टाउकोको छाला कालो हुन्छ दुख्छ, दिमागमा असर गर्छ, ठूलो घाउ हुन्छ भन्ने भ्रम छ । त्यस्तो केहि हुँदैन, वंशाणुगत दीर्घकालीन, त्यस्तै अस्थायी खानपीन आहार विहारको कारण हुन्छ । त्यसको अवस्थालाई अनुशन्धान गरी आवश्यकताका आधारमा कपालको प्रत्यारोपण, औषधी उपचार हुन्छ । डराउनु पर्ने आत्तीनुपर्ने केहि छैन भन्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
