IMG-LOGO

गीत संगीतले मनोरञ्जन प्रदानका साथै बोल्न नसक्नेहरुको व्यथा बोल्न सक्नुपर्छ

 मंगल, मंसिर १७, २०८२  मच्छेश्वर सापकोटा लोक गायक     

     साविक रयाले गाविस वडा नं. २ हला पनौती नगरपालिका वडा नं. १ पिता स्व. कुन्जरमुनी सापकोटा माता स्व. पदमकुमारी सापकोटाको कोखबाट मच्छेश्वर सापकोटाको २००७ साल मंसिर १७ गते जन्म भएको हो । २०५२ सालमा ’घर त रयाले’ पहिलो गीती एल्बम आप्mनै सृजना, स्वर रहेकोमा उहाँको साथमा चन्द्रकला शाह समेतले गाउनु भएको गीत रेकडीङ गरेर काभ्रेली माटोलाई चिनाउनु भयो । २०३२ सालमा रातो सिन्दुर पहेलो बेसार, मरेपछि लैजानु के छ र बोलको गीत रेडियो नेपालमा प्रथम पटक रेकर्ड शुभारम्भ भयो । जन जागरण, क्रान्तिका सन्देश र समाज रुपान्तरणका लागि समेत उहाँका गीतहरुले उत्तीकै महत्व बोकेका छन् । काभ्रेली सर्जक लोक गायक मच्छेश्वरका गीत र भजनहरु गरी २ सय भन्दा बेसी रेकर्ड भइ सकेका छन् । उहाँका रचनामा स्वर दिने कलाकारहरु ज्ञानु राणा, मदनमान मल्ला, तिर्थ कुमारी, सुनीता रेग्मी, राधादेवी, पूर्णबहादुर नेपाली, बुद्धिकृष्ण लामिछाने, गोविन्द दुलाल, छोरा डाक्टर निरन्जन सापकोटा लगायतका कलाकारहरुले गीत गाउनुभएको छ । विगत ६० वर्ष देखि लोक गायनमा योगदान दिनुभएका गायक मच्छेश्वर सापकोटासँग रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जको ’समय सन्दर्भ“ कार्यक्रममा समाज रुपान्तरणमा गीत, संगीत क्षेत्रले पु¥याएको योगदान, लोकगीतको विगत र वर्तमान सवालमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः

     ६० वर्षको गायन यात्रालाई सरसर्ती सम्झनुसन गायक भनेपछि कसरी बुभ्mथे ?

विगतमा गीत, संगीत साहित्य सृजना गरी अघि बढ्ने व्यक्ति न्यून मात्रामा हुन्थ्ये । अहिले जस्तो सूचना र प्रविधिको विकास भएको थिएन । रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि मात्र गीत गाउन पाइन्थ्यो । मैले पनि २०३२ सालमा प्रथम गीत ‘रातो सिन्दुर पहेलो बेसार, मरेपछि लैजानु के छ र बोलको गीत’ रेकर्ड शुभारम्भ गरेको हो । उक्त गीत स्रोताहरुलाई मन पराउनुभएको थियो । पढे लेखेका शिक्षित निक्कै कम, भएकाले गीत संगीत र साहित्य सर्जकहरुको गरिमा र महत्व थियो नै । संचार माध्याम भनेको रेडियो नेपाल, गोर्खा पत्र र नेपाल टेलिभिजन थिए । २०४६ सालपछि मात्र बहुदलीय व्यवस्था आएसँगै शिक्षित संख्या पत्र पत्रिका रेडियोहरु खुल्नेक्रम बढ्यो । कलाकार र साहित्यकारहरुको सख्या बढ्यो । समाजमा कलाकारहरुको प्रतिष्ठा पनि कायम रह्यो ।

     गायक भएर विग्रनु भयो की सप्रनुभयो ?

गायक भएर म विग्रेको जस्तो अनुभूति कहिल्यै भएन । गीत संगीत क्षेत्रमा लागेर जीव सार्थक भएको महसुस गरेको छु । क्रान्तिको विगुल फुक्ने, सभ्य समाज निर्माण गर्न सन्देशमुलक गीत र भजन गाएर समाजमा केहि मायाकाृ चिनो दिन सके भन्ने लाग्छ । अझ मैले भन्नुभन्दा पनि दर्शक स्रोताले भन्ने कुरा भयो यो त । मैले सृजना गरेको गीत संगीत २ सय बेसी छन् । ज्ञानु राणा, मदनमान मल्ल, तिर्थकुमारी, सुनिता रेग्मी, बुद्धिकृष्ण लामिछाने लगायतले स्वरदिनु भएको छ । घर त रयाले, रातो सिन्दुर पहेलो बेसार, मरेपछि लैजानु के छ र, पानी घुटुक्कै, वैस छन्जेल, फुलकमल नखानु हार जस्ता गीतहरु दर्शक दीर्घाले मन पराइ दिनुभएकोमा आपैm हर्षित भएको छु ।

     यो उमेरमा आउँदा जीवन सरल छ की जटील ?

जीवन आपूmले आपैmलाई चिन्ने हो चिन्न सकियो भने जीवन सार्थक हुन्छ । कर्म असल गर्नुपर्छ जीउन कठीन छैन । साहित्य र कलाकारीता क्षेत्रका सर्जकहरुले समाजमा भएका विकृति, विसंगती विरुद्ध तिखो व्यङ्गय गरी समाज रुपान्तरण गर्न भूमिका खेलेका हुन्छन् । सभ्य समाज निर्माण गर्न अनुशासित, नैतिक आचरण चरित्र निर्माण जस्ता कार्यमा सघाएको पाएको छु । जीवनलाई सकारात्मक मार्गमा अघि बढाई समाजको हितमा कार्य, गर्दै जादाँ जीवन जीउनुको बेग्लै मज्जा छ ।

     ७५ वर्षको यात्रामा के अनुभव गर्नुभयो ?

विगत ६० वर्षदेखि गायन क्षेत्रको सृजना गरी कर्म गर्दै अघि बढें । गायन र सहित्य सृजना भनेको समाजलाई सकारात्मक सन्देश प्रदान गर्ने हो । यो जीवनको यात्रामा समाज र राष्ट्रमा सुवास छर्न सकेको अनुभूति गरेको छु । गीत संगीतले मनोरजनमात्र नभइ सन्देशमुलक जागरुकता, बोल्न नसक्नेहरुको व्यथा बोल्न सक्छ । समाजमा नैतिक आचरण अनुशासीत ढङ्गले कर्म गर्न सके जीवन इन्द्रकमल फुल जस्तै हो जीवन आपूmलाई यसैमा उभ्याएको अनुभूति भएको छ ।

     गीत तथा संगीत क्षेत्रमा लागेर कत्तीको कमाई गर्नुभयो ?

साहित्य सृजना गीत संगितको मार्पmत समाजमा चेतना मुलक सन्देश पैmलाई समाज र राष्ट्रको लागि सघाउने कार्य कलाकार र सहित्यकारले गरेका हुन्छन् । विकृति व्यथितिको विरुद्ध आवाज बुलन्द गरेका हुन्छन् । त्यस्तै सभ्य समाजको निर्माणमा योगदान गरेका हुन्छन् । त्यस्तो गरेपनि गीत संगीत क्षेत्रमा लागेर अर्थ उपार्जन गर्न सकेको छैन । समाजमा मान प्रतिष्ठा छ अर्थ संकलन छैन, कला र साधना गर्न सकियो कमाइ गर्न खासै सकिएन ।

     सरकार प्रमुख र राजनीतिक कर्मीहरु, कलाकार र साहित्यकारलाई राष्ट्रको गहना भन्छन् नि ? वास्तविकता त्यस्तो छ त ?

राजनीतिककर्मी र सरकारको बागडोर समालेकाहरु चुनाव ताका भोट बटुलेर फेरी सत्ताको भ¥याङ चढ्न ओठे रटान लगाई भाषणमा कुर्लन्छन् । कलाकार र साहित्यकारहरु विरामी भए, कडा रोग लागेर उपचार गर्न नसक्दा राज्यले सहयोग गर्दैन कलाकार र साहित्यकारहरु आपैm सक्रिय भइ सहयोग संकलन गरी उपचार गर्नुपर्ने परिस्थिति छ ।

     कलाकार र साहित्यकारहरुको लागि हित र उन्नतिको लागि कस्तो नीति नियमको खाँचो देख्नु हुन्छ ?

कलाकारीता र साहित्यिक क्षेत्रमा लागेका व्यक्तिहरु समाजका प्रतिविम्व र सम्पती हुन समाज रुपान्तरणका वहाक हुन् । उनीहरुले सृजना गरेका विषय बस्तुका आधारमा निश्चित मापदण्ड गरी जीवन निर्वाहका लागि पारिश्रमीक दिने व्यवस्था, जेष्ठ नागरिकलाई प्रदान गरेको जस्तै भत्ता जीवन जीउन सकिने अवस्थाको भत्ताको व्यवस्था, विरामी पर्दा उपचार खर्च प्रबन्ध गर्न सक्नुपर्छ ।

     किसान हुनु र कलाकार हुनुमा कति सहज असहज ?

कलाकार, साहित्यकार, सामान्य किसान नभई जीवन यापन निकै कठीन छ । सिमीत आप्mनो जग्गा जमिनमा परम्परागत खेति किसानी गरेर जीवन सञ्चालनमा जटीलता छ । व्यवसायिक खेति गर्न, पशुपालन व्यवसाय गर्न सरकारले ऋणमा सहुलीयत व्याजदरमा उपलब्ध गराए रोजगारीको सृजना हुने र उत्पादनमा समेत आत्मनिर्भरको मार्गमा जाने छ । राज्यले कृषकहरुलाई मल विउ विजनमा अनुदान दिएर योगदानका आधारमा किसान पेन्सन योजना ल्याउनुपर्छ । कृषकहरु कृषि उपजका संवाहक हुन आर्थिक विकासका खम्बा हुन् । जस्ले उत्पादन गरिदिएको खण्डमा मात्र राजनीतिकर्मी, कलाकार सबैले जीवन जीउन सक्छन् । किसान भनेका सबैका भगवानका प्रतिरुप हुन भन्ने लाग्छ । गीत संगीतका सर्जकहरु सृजना गरेर समाजमा जागरुकता ल्याउन भूमिका खेलेपनि आत्मनिर्भर भइ बाँच्न सक्ने अवस्था छैन । समाज भड्काउने उत्सृङखल असभ्य शब्द चयनगरी विकृत मानसिकताले भरेकाहरुले समाज अद्योगति तिर लागेको छ । समाजमा चेतना पैmलाउने जागरुकता ल्याउने नैतिक आचरण अनुशासनमा रही गीत संगीत गर्नेहरुलाई जीवन जीउन कठीन छ ।

     व्यवसायिक सुन्तला खेति विवहा र गायन सबै सुरुक्षात एकै वर्ष संयोगकी योजना बद्ध ?

संयोग हो । मेरो जीवन संगीनी सरस्वती भित्रेपछि लक्ष्मी भित्रे जस्तै भयो । उनको सरसल्लाह सहयोगले सुन्तला खेति व्यवसायिक रुपमा गरियो । आम्दानीले घर खर्च चल्नुका साथै परिवारको शिक्षा दिक्षामा सहयोग पुग्यो । गीत संगीत क्षेत्रलाई अघि बढाउने कार्य पनि अघि बढ्दै गयो । समाजमा सम्मान मान प्रतिष्ठा कायम रह्यो । सबैकुरा अर्थ सँग जोडेर पनि हुँदैन जीवनलाई रमाएर जीउन सिक्नुपर्छ । २०२६ सालमा गीत सृजना सहित सार्वजनिक गरीयो । २०३२ सालमा रेडियो नेपालमा रेकडीङ शुभारम्भ गरियो हर्षको सिमा रहेन ।

     जीवनको ७५ वर्ष अनी गायनको ६० वर्ष पुरा हुँदा के के छुट्यो के के पाइयो ?

गीत संगीतमा लागियो सँगसँगै खेतिकिसानी गरियो । मानसम्मान पाईयो अर्थ उपार्जन त त्यति गर्न सकिएन । सरकारी जागिर खाइन्थ्यो जागीर छुट्यो । गीत संगीत क्षेत्रमा लागेर मलाई पछुतो छैन । दर्शक श्रोता समाजबाट माया सदभाव पाएको छु ।

     सन्तानले गायक भएर तपाँईलाई पछाएनन, प्रेरणा दिनु भएनकी उनीहरुले चाहेनन् ?

जेठो छोरा डा. निरन्जन युरोपको पर्चुगल बस्छ । र अर्को छोरा रञ्जन सापकोटा सबैले मैले गीत संगीतमा लागि सृजना गरेकोमा हौशला प्रदान गर्ने अरु गीती एल्बम निकाल्न प्रोत्साहित गर्ने कार्य गरेका छन् । छोरो डा. निरञ्जनले त घर त रयाले र आप्mनै सृजना फुलकमल बोलको गीतमा शब्द रचना र स्वर नै दिएर गाएको छ । मेरी श्रीमती सरस्वती, दाजुभाइ, घर परिवार सबैले साथ सहयोग पाएर नि म यहाँ सम्म आउन सकेको हो । छोराहरुले १५ लाख जति लगानी गरेर गीत रेकर्ड गर्न सहयोग गरे ।

     रेडियो नेपालबाट तपाँई लगायतको स्वर गुञ्जदाँ कस्तो अनुभूति गर्नुभयो ?

बयान गरी साध्य छैन । मेरो ज्यान त फुलको थुङ्गो जस्तो भयो । रेडियो नेपालबाट मेरो गीत प्रशारण भएपछि मेरो पूmर्ति निकै बढ्यो । रयाले हाम्रो गाउँ, काभ्रे जिल्लामा नै मलाई गायक सापकोटा बा भनेर चर्चा परिचर्चा हुन थाल्यो । म हर्षित भएँ ।

     रेडियो नेपालबाट गीत प्रशारण हुँदा र गीत गाए बापत पारिश्रमिक पनि पाउनु भयो कि ?

स्वर परीक्षा पास गरेपछि मात्र रेडियो नेपालमा गीत गाउन पाइन्थ्यो । २०३२ सालमा मेरो प्रथम गीत रातो सिन्दुर पहिलो बेसार मरेपछि लैजानु के छ र भन्ने गीत प्रशारण भयो । एउटा गीत गाएको रु. २० हुन्थ्यो । १० देखि २० वटा गीत गाएसँगै ४००÷– प्राप्त भयो । पहिलो पारिश्रमिक लिएपछि रमाउँदै साथीहरुलाई होटलमा भोज खुवाइयो । त्यसपछि बाँकी भएको रकमले खेतबारीमा काम गर्ने २० जना मजदुरलाई ज्याला सम्म दिने कार्य गरें ।

     यो उमेरमा आइ पुग्दा रहरहरु सबै पुरा भएकी बाँकी छन् ?

रहर भनेका जीवनभर पुरा हुँदैनन् । रेडियो नेपालमा पहिलो गीत रेकर्ड भएको दिन अविश्मरणीय क्षण रहयो । स्वदेश तथा विदेश गरी १०० भन्दा बेसी विभिन्न संघ संस्थाबाट सम्मान, प्रसंशपत्र, कदर पत्र, सम्मान पत्र, अभिनन्दन पत्रका साथै नगद पुरस्कार उपाधि पाएको छु, यसमा म खुसी छु । २०७६ असोज ४ गते शब्दयात्रा प्रकाशनको अगुवाइमा अभिनन्दन सहित गीतिभास्कर उपाधि समेत पाउने अवसर मिल्यो ।

     बाँकी जीवन सुखद वा दुःखद कस्तो होला कल्पना गर्नुभएको छ ?

विगतलाई सम्झेर पश्चाताप भविष्यप्रति चिन्तित हुने हैन वर्तमानमा जे छ त्यसमा रमाउन सिक्नुपर्छ निराशावादी हैन आशावादी हुनुपर्छ । हरेक व्यक्तिले लक्ष्य राख्नुपर्छ सपना देख्नुपर्छ । कर्ममा निरन्तर लाग्नुपर्छ असल कर्म गर्नुपर्छ । सकेको सहयोग गर्ने अरुलाई दुःख दिने नियत कहिल्यै नराख्ने आपूmले लिएको लक्ष्यमा दृदतापूर्वक कार्य गरि राख्ने एकदिन सफलतामा पुग्न सकिन्छ ।

     गर्न चाहेर पनि गर्न नसकेको वा तारतम्य नमिलेको केहि छन् की ?

त्यस्तो खास केहि छैन । गीत, साहित्य सृजना पुस्तकको रुपमा निकाल्न परिवारले सहयोग गर्छु भनेकै छन् । मैले पर्दैन भनेको छु । सृजना, गीत संगीत सबै रेडियो नेपाल, युटयूव च्यानल सबैमा छ । आत्मवृतान्त निकालौं भन्छन् त्यो आवश्यक छैन भन्ने लाग्छ ।

     तपाँईको अनुभवबाट अरुले सिक्नैपर्ने कुराहरु के के छन् ?

गीत संगीतको क्षेत्रमा मैले आप्mना सृजना छरेको छु । त्यो मायाको चिनो हो । धर्म भनेको अनुशासन, नैतिकता चित्र र चरित्र हो । अरुको दुःख आप्mनै दुःख सम्झनुपर्छ । अरुको खुसीमा रमाउन सक्नुपर्छ । अरुको डाहा, इर्शा गर्नुहुन्न आप्mनो जीवन अरुको जीवन एउटै हो भन्ने बुभ्mनुपर्छ । एक अर्कोलाई सहयोग गर्न सिक्नुपर्छ । साहित्य, गीत संगित जस्ता सृजनाबाट समाजमा चेतना पैmलाउने समाजरुपान्तरणमा सहयोग पुग्ने हुन्छ । सबैले हरेक क्षेत्रमा असल कर्म गरौं भन्न चाहन्छु ।

     अन्त्यमा केहि भन्नु छ की ?

मैले जेजति गरे मेरो आप्mनो व्यक्तिगत व्यक्तित्व विकास पारिवारिक खुसी र समाजको लागि हित हुने काम गरेको छु भन्ने लाग्छ । मुल्याकंन गर्ने भनेको संचारकर्मी समाज र सरकारले हो । गायन क्षेत्रमा नलागेको भए म एक शिक्षक, सरकारी अड्डाको अधिकृत हुन्थेहोला । पारिश्रमीक आएको रकमबाट जीवन सुखमय हुन सक्छ भन्ने लाग्छ । गीत, संगीतबाट मैले समाजबाट माया सदभाव पाएको छु । समाजमा प्रतिष्ठा कमाएको आभाष मिलेको छ ।

प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्