IMG-LOGO

संस्कार सहितको सृजनात्मक शिक्षा प्रदान गरेका छौं

 मंगल, मंसिर १०, २०८२  कमल केसी प्रधानाध्यापक, इन्द्रेश्वर माध्यमिक विद्यालय, पनौती

    २०५४ साल देखि निरन्तर शिक्षण सेवामा लाग्नुभएका कमल केसी २०८१ कार्तिकबाट इन्द्रेश्वर मावि पनौतीमा प्रधानाध्यापकको जिम्मेवारी समालेर कार्य गर्दै आउनु भएको छ । ऐतिहासिक नगरी पनौतीमा २००८ सालमा स्थापित भएको इन्द्रेश्वर मावि २०२४ देखि माध्यामिक तह एसर्ईई अध्ययन प्रारम्भ गरेको हो । इसीडी, कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गरिन्छ । व्यवस्थापन, विज्ञान संकायको समेत पढाइ हुने यस विद्यालयमा ३ सय ५८ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुको शिक्षण सिकाईमा सकारात्मक परिवर्तन ल्याइ विद्यार्थी केन्द्रीत शिक्षा प्रदान गर्दै आएको बताउनु हुन्छ प्रअ केसी । इन्द्रेश्वर क्याम्पसको शैक्षिक स्तरीयता र शैक्षिक सुधारको सवालमा रेडियो एविसीको ’समय सन्दर्भ“ कार्यक्रममा इन्द्रेश्वर माविका प्रधानाध्यापक कमल केसीसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः

    इन्द्रेश्वर माविको शैक्षिक आरोह अवरोहको सवालमा बताइदिनुस न ?

ऐतिहासिक नगरी पनौतीमा २००८ सालमा माध्यामिक, २०२४ बाट एसईई अध्यापन प्रारम्भ गरेको इन्द्रेश्वर माविमा इसीडी, कक्षा १ देखि १२ कक्षा सम्मको पढाइ हुन्छ । विद्यार्थी केन्द्रीत, सूचना र प्रविधिलाई समेत आत्मसाथ गरी शिक्षण सिकाइ प्रदान गरेको छ । विभिन्न आरोह अवरोह पार गर्दै इङ्गलिश र नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ । एसईईमा राम्रो जीपीए ल्याउने, जागीर खाने मात्र नभइ सिप, क्षमता कायम गरी जीवनोपयोगी शिक्षाको खाँचो छ । तालिम प्राप्त अनुभवी शिक्षक टिमबाट विद्यार्थीहरुलाई प्रभावकारी शिक्षण सिकाई प्रदान गरेका छौं । नैतिक र संस्कार सहितको शिक्षा खटाकिएको छ, त्यसलाई समेत ध्यान दिइ पाठ्यक्रमको विकास गर्न सरकारले तयारी थाल्न ढिला गर्नुहुन्न ।

    इन्द्रेश्वर माविले शिक्षण सिकाईमा प्रभावकारीता ल्याउन गरेका सकारात्मक पहलकदमीको बारेमा प्रस्ट पारिदिनुस न ?

इसीडी तर्पm मन्टेश्वरी बेससमा अध्यापन गरिएको छ । विद्यार्थीहरुको लागि सिकेका विषयबस्तुलाई अभ्यास गर्न, सामुहिक क्रियाकलाप गराउने, प्रोजक्ट, वर्क गर्न लगाउने, विश्व बजारमा विक्ने सूचना र प्रविधिको विकासलाई समेत मध्यनजर गरी शिक्षण सिकाई पद्धतीलाई हामीले अंगीकार गरेका छौं । शिक्षकहरुले वेला बेलामा संघ प्रदेश र स्थानीय सरकारले शैक्षिक सुधार परियोजना अन्तरगत समय सापेक्ष तालिम प्रदान गरेको छ । तालिममा सिकेका सवाललाई विद्यार्थीहरुको शैक्षिक सुधार गर्न प्रतिवद्धभइ लागि परेका छौं । आधारभूत शिक्षा सम्म पनौती नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्न घोषणा समेत गरेको छ । पनौती नगरपालिका शिक्षा साखाबाट शैक्षिक सुधार, खेलकुद बिकासमा सहयोग पु¥याउँदै आएको छ । वेला वेलामा अनुगमन गरेको छ ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदो अवस्थामा छनी गत वर्षको एसईई को नतिजाले पनि त्यहि देखाउँछ नी ?

अंधिकास सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो छ भन्ने भास्य सृजना गरेको छ त्यस्तो वास्वविकता होइन । विद्यार्थीहरुको एसईई परीक्षामा ल्याएको जीपिएको अवस्थालाई नियालेर धारणा विकास गरी सिकाईको मापन सृजना, विद्यार्थीले प्राप्त गरेको शिक्षण सिकाईले सिप क्षमताले जीवनमा सकारात्मक सुधार, संस्कार, संस्कृति सामाजिक परिवेशमा उसले खेलेको भूमिकालाई समेत मुुल्यांकन गर्नुपर्छ, जीवनमा आइपर्ने सबै खालका समस्यालाई, चुनौतीलाई सामना गर्न सक्ने क्षमता हुन जरुरी छ । आप्mनो घरमा धारा टुटफुट हँुदा होस या विद्युत आपूर्तीमा समस्या भयो बल्ब फेर्नुप¥यो, लाइन जडान गर्नप¥यो, मर्मत गर्नुप¥यो भने कोहि कसैलाई गुहार्नु पर्ने अवस्था आउनु भएन । शिक्षा ग्रहण गर्नु भनेको व्यक्तित्व विकास नेतृत्व विकास चेतनाको विकास, विश्व बजारमा विक्ने सक्षमताको विकास सहितको शिक्षा ग्रहणको अवसर हुनुपर्छ सामुदायीक विद्यालयका शिक्षकहरले विद्यार्थीलाई सोहि अनुरुप पढाएका छन् । परीक्षाको ३ घण्टा समयमा विद्यार्थीले परीक्षा दिएकोलाई मात्र उपलब्धी मान्नु हुँदैन । हाम्रो विद्यालयमा गत वर्ष ९० प्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयका अभिभावकले आप्mना बालबालिकाले नियमित गृहकार्य ग¥यो की गरेन विद्यालयमा नियमित विद्यालय गएको छ की छैन भनेर हेर विचार गर्ने क्रम निक्कै कमजोर छ यसलाई सुधार गर्न जरुरी छ । शिक्षकहरु विहान उठे देखि वेलुका सम्म विद्यार्थीहरुको शैक्षिक गुणस्तर बिकासमा चिन्तन गरेको मैले पाएको छु ।

    अधिकांस सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्राको शैक्षिक गुणस्तर वृद्धि हुन नसक्नुको कारण शिक्षकहरु राजनितिक यात्रा तिर दगुर्नाले भनिन्छ नी ?

कहि कतै शिक्षक सँग संगठनमा लागेको भरमा विचारप्रति एकता जनाउँदैमा शिक्षकहरुलाई राजनितिक यात्रामा दगु¥यो भन्न मिल्दैन । संवैधानिक अधिकार अनुरुप शिक्षक, युनियन, संगठनमा आवद्ध हुने व्यवस्था छ । त्यसो भन्दैमा विद्यार्थीहरुको शिक्षण सिकाइमा नलागी बस्न सक्दैनन् भन्ने लाग्छ । शिक्षकहरुको कर्म नै, बालबालिकाहरुको शैक्षिक बिकास, सृजनात्मक शिक्षा प्रदान गर्नु नै मुल उद्देश्य हुन्छ त्यो गर्नैपर्छ । त्यसो नगरे उ शिक्षक हुनै सक्दैन । हाम्रो समाज अहिले सामाजिक सञ्जालमा रमाउने, अरुलाई गालि गर्ने, अरुलाई दोशलगाई आपूm साँचिलो बन्ने, जान्ने सुन्ने बन्ने प्रचलन बढेको छ । यसो गर्नु उपयूक्त हुँदैन । शैक्षिक उपलब्धी हाँसिल हुँन त्रीपक्षीय भूमिका आवश्यक हुन्छ । शिक्षक वर्ग, अभिभाव वर्ग र विद्यार्थी सबैको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षक वर्गको दायित्व भनेको विद्यार्थीहरुलाई ज्ञान बाँड्ने सक्षम बनाउने हो ।

    शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने अभियानमा स्थानीय सरकारको कस्तो खालको सहयोग प्राप्त भएको छ ?

आधारभूत तहको शिक्षा निःशुल्क गर्नुपर्ने मान्यता अनुरुप स्थानीय सरकार पनौती नगरपालिकाले स्थानीय पाठ्यक्रम, संस्कृति, सामाजिक परिवेशका सवालमा नगरको भूगोल, ऐतिहासिक विषयबस्तुको बारेमा अडियो भिडीयो, पाठ्य पुस्तक तयार गरी दिएको अवस्था छ । शैक्षिक विकास, खेलकुद विकास, हाजिर जवाफ, कविता, कथा प्रतियोगीता, बाल संञ्जाल गठन व्यक्तित्व नेतृत्व विकास, त्यस्तैगरी शिक्षकहरुको लागि तालिम दिने सवालमा सहयोग प्राप्त भएको छ । शैक्षिक विकासको लागि केन्द्र र प्रदेश सरकारले दिएको बजेटमा सतप्रतिशत बजेट पनौती नगरले थप गरी दिएको छ ।

    अन्त्यमा केहि भन्नु छ की ?

शिक्षकहरु भनेका ज्ञान, चेतना बाँड्ने शैक्षिक बिकासको प्रतिविम्व हुन । विद्यार्थीहरुलाई प्रतिभावाना सृजनशिल नैतिक चरित्रवान सब्य नागरिक बनाइ देश विकासको खम्बा बनाउने अभियानमा निरन्तर लाग्ने भनेकै शिक्षक वर्ग हुन् । शिक्षक वर्ग नदीपार गराउने सच्चा माझी हुन् । विगत ७४ वर्षदेखि अभिभावक, स्थानीय वुद्धिजिवी, राजनीतिज्ञ सबैको विस्वास र भरोशा भएकै कारण आजको दिन सम्म आइपुगेको हो । इन्द्रेश्वर माविमा आप्mना नानीबाबुहरुलाई अध्यापन गराउनुहोस् हाम्रो दक्षता, क्षमताका भरपूर प्रयोग गरी शिक्षा प्रदान गर्छौं । हाम्रो विद्यालय व्यवस्थापन टिम, शिक्षक वर्ग सबैको उद्देश्य विद्यार्थीहरुलाई सक्षम बनाउने हो त्यसमा हामी प्रतिवद्ध छौं भन्न चाहन्छु ।

प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्