विगत २० वर्षदेखि नाक, कान र घाँटी विशेषज्ञको रुपमा धुलिखेल अस्पतालमा विरामीहरुको उपचार गराउँदै आउनुभएकी प्राध्यापक डा. मोनिका पोखरेल विरामीहरुको सारथीको रुपमा सेवा गर्दै आउनुभएको छ । उपचारका लागि अहोरात्र खटिनुहुने प्राध्यापक डा. पोखरेल विरामीहरुका प्रिय मयालु स्वभावको रुपमा परिचित हुनुहुन्छ । सकारात्मक सोचको धनी प्राडा पोखरेल आपूmले आपैmलाई माया गर्नेहरुले मात्रै घर, परिवार समाज र देशको लागि सेवा गर्न सक्ने धारणा राख्नुहुन्छ । काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको आयोजना, नेपाल स्लिप डिसअडर सोसाइटी र रेस्रिटरी स्लिप डिस थेरापिस्ट्स विदआउट वोर्डसको सहकार्यमा २०८२ कार्तिक २८ र २९ गते स्लिप सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विषयगत विशेषज्ञता हाँसिल गरेका व्यक्ति र अुनशन्धानकर्ताहरुको सहभागीता गरिएको हो । उहाँ काठमाण्डौं विश्व विद्यालय स्कुल अफ मेडिकल साइन्समा विद्यार्थीहरुलाई पढाउनुहुन्छ । सम्मेलनमा शैक्षिक (इन्ट्रक्सनल) कोर्षहरुको साथै ओरन्टेसन, प्यानल छलफल भएको कुरा प्राध्यापक डा. पोखरेलले बताउनुहुन्छ । सम्मेलनको उद्देश्य र औचित्यको बारेमा रेडियो एविसी ८९.८ मेगाहर्जमा प्राध्यापक डा. पोखरेलसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
धुलिखेल अस्पताल प्राङ्गणमा नेपाल स्लिप कन्फ्रेन्स २०२५ गर्नुभयो यसको प्रमुख उद्देश्य र चौचित्यको बारेमा प्रस्ट पारिदिनुस न ?
नेपाल स्लिप कन्फ्रेरेन्स २०२५ को मुख्य उद्देश्य भनेको स्लिम मेडिसिनको आवश्यकता सम्बन्धी सन्देश मुलक जानकारी पैmलाउने घुर्ने रोगको पहिचान उपचार निदान सहजीकरणको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका नाक कान घाँटी रोगका सवालका विषयगत विशेषज्ञता हाँसिल गरेका डाक्टर नर्सहरु जो अनुशन्धन गर्न समेत ताललिन रहेका व्यक्तिहरुसँग बहस पैरबि गर्ने, ज्ञान र सिपको आदानप्रदान गर्ने कार्य गरियो । नाक, कान र घाँटीका रोगीहरुको स्वास्थ्य उपचार, घुर्ने समस्या भएका व्यक्तिहरुको स्वास्थ्य उपचार सरल सहज ढङ्गबाट गराउने उद्देश्यका साथ उक्त सम्मेलन गरिएको हो । काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको आयोजना, नेपाल स्लिप डिस अडर सोसाइटी र रेस्पिरेटरी थेरापिट्स (थेरापिट्स) विदआउट कोडर्सको सहकार्यमा म आपैm संयोजक भएर भारत, अमेरिका, अस्ट्रेलिया फिलिपिन्स र नेपालका नाक कान र घाँटी विशेषज्ञहरु घुर्ने समस्या समाधानका सम्बन्धमा नयाँ प्रविधिको विकास सिप, दक्षता अनुभव आदानप्रदानका सवालमा बहस छलफल भयो । नाक कान घाँटीका विरामी र घुर्ने समस्या भएका विरामीहरुको उपचार नयाँ विधि प्रविधिको प्राध्यापक डाक्टर इन्कु श्रेष्ठ बास्तोला, श्वास प्रश्वास रोग विशेषज्ञ डा. राजु पंङ्गेनी, डा. योगेश न्यौपाने, प्राध्यापक डा. संजय हुमागाइ, डा. प्रज्वल श्रेष्ठ, मुटुरोग विशेषज्ञ प्राध्यापक डा. संजय हुमागाई नेपाली विज्ञटोली, नाक कान घाँटी शल्य चिकित्सक प्राध्यापकहरु, डा. नवर्ट स्टाचे, डा. भेनेला देवराकोण्डा र पोलिसो मनोग्राफिक टेक्नोलोजिस्ट म्यागी साइलेन सिनोव्याण्डी सहितको अन्तराष्ट्रिय तथा राष्ट्रिय गरी १ सय ५० जनाको नै महत्वपूर्ण भुमिका रहेको छ ।
घुर्ने मानिसहरुको लागि कस्तो खालको नकारात्मक स्वास्थ्य असर पार्न सक्छ ?
उच्च रक्तचाप, मस्तिकघात, अनियमित हृदयताल तथा हृदयघात, मुटुरोग, मधुमेह पल्मोनरी उच्च रक्तचाप, मानसिक चिन्ता, मोटोपना, यौन दुर्वलता, अम्लपित्त, कमजोर प्रतिरक्षा प्रणाली, खराब जीवन शैली, सम्बन्धमा कलह, ड्राइभिङ र कामसँग सम्बन्धीत दुर्घटनाका सम्भावना, मेटावोलिक विषयकाहरु र अत्यधिक चिकित्सा लागत लगाएतका नकारात्मक प्रभाव, असरहरु हुन्छन् ।
घुर्ने सास अड्कने (इक्ब्) का सामान्य लक्ष्णहरु के के हुन सक्छन् ?
रात्रीकालीन समयमा ठूलो स्वरमा अनियमित घुर्ने, सुतिरहेको वेलामा समय समयमा श्वास रोकिनु, निन्द्राको समयमा निसास्सिने र हाँफने, थकान, राति बारम्बार ब्यूँझनु वेला बेला पिसाप लाग्नु, मुख सुख्खा हुनु वा घाँटी दुख्नु, राति पसिना आउनु, खुट्टा बेचैन हुनु, अनिन्द्रा हुनु, त्यस्तै गरी दिउँसोमा देखिने लक्षणहरु, अत्यधिक दिनको निन्द्रापन, विहान टाउको दुख्नु, कम्जोर एकाग्रता र सम्झना हराउनु, मानसिक चिन्ता झर्कोपन वा मुडमा परिवर्तन र कार्यदक्षतामा कमी जस्ता लक्षणहरु देखापर्छन् ।
घुर्ने मानिसको लागि कस्ता खालका उपचार जरुरी छ ?
घुर्ने मानिसहरु विभिन्न खालको हुन्छन् । घुर्ने समस्या उत्पन्न भयो भने सामान्य रोग हो भनेर चुप लागेर बस्नु भएन । घुर्ने समस्या भएका व्यक्तिहरु राति सुत्ने वित्तीकै घुर्न थाल्दछन् । विच विचमा सास अड्के जस्तो हुने सास फेर्न गाह्रो हुने, असमान्य अवस्थामा ज्यानै जानुसक्ने हुन सक्छ । त्यसैले आपूmलाई माया गरौं योग ध्यान गर्नुपर्छ । दैनिक आधा घण्टा हिड्ने गर्नुपर्छ । विहान वेलुका उकालो चढ्ने हिड्ने, खानपिन रहन सहनमा ध्यान दिनुपर्छ । एक चौथाइ भात, एक चौथाइ तरकारी, एक चौथाइ दाल, झोलिलो पदार्थ खाने गर्नुपर्छ । कार्बोहाइडेड भएको खानेकुरा बेसी खानु भएन, घुर्ने मानिसहरुलाई उच्च रक्तचाप सुगर हुने सम्भावना हुन्छ, त्यसैले नाक, कान घाँटी विशेषज्ञलाई परीक्षण गर्न लगाउने डाक्टरको सल्लाह बमोजीम उपचार गर्नुपर्छ । घुर्ने समस्या भएकाहरु दाया र वाया कोल्टे फेरेर सुत्ने, एक सय भन्दा बेसी वेट भएकाहरुले नियमित स्वास्थ्य परीक्षण गर्ने गर्नुपर्छ । घुर्ने समस्या भएका व्यक्तिहरु उच्च रक्तचाप भएपछि, सुगर प्रेसरले च्यापेपछि थाइराइड भएपछि आउने गराकाले निक्कै समस्या देखिएको छ । घुर्ने समस्या भएकाहरुको लागि समस्याका कारण हेरेर पाइप राखेर नयाँ आएको उच्च प्रविधिको डिभाइस राखेर, सल्यक्रिया गरेर उपचार गर्न सकिन्छ । जुनसुकै रोगलाई हेलचेक्रयाइ गरेर रोग पाल्ने हैन उपचार गर्ने हो । स्लिप डिभाइस प्रयोग गरेर घुर्ने समस्यालाई हल गर्न सकिन्छ । पोजिस्नल डिभाइस प्रयोग गर्ने नयाँ विधी आएको छ । प्यासिभ पोजिसनल डिभाइस प्रयोग गरेर समस्या समाधान तिर जान सक्छ ।
नाक, कान घाँटीका रोगहरुको वर्गिकरण अुनसार कसरी नियाल्ने हेरचाह उपचारको सवालमा प्रस्ट पारिदिनुस न ?
खानपान रहन सहन लाइप स्टाइल परीवर्तन गनुप¥यो, रक्सी, चुरोट सेवन गर्नु भएन, नाक कान घाँटीको रोगले संक्रमण ग¥यो भने तुरुन्त स्वास्थ परीक्षण गर्नुपर्छ । नाक कान घाँटीको उपचार सहजीकरण गर्न धुलिखेल अस्पतालले महत्वपूर्ण भूमिका खेलेको छ । कम शुल्कमा स्वास्थ्य उपचार गरेको छ । दुर्घटना परी नाक, कान र घाँटीका विरामीहरु धेरैखालका समस्या भएका आउछन् ।
अन्त्यमा केहि भन्नु छ की ?
नागरिकहरुको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिनुपर्ने हाम्रो सरकार कता कता गैरह जिम्मेवार भएको छ । समुदायमा सञ्चालित आधारभूत अस्पतालले विरामीहरुको लागि उपचारमा सहायता पु¥याएको छ । केन्द्र र प्रदेश र स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा नागरिकहरुको स्वास्थ्य सेवा आधारभूत मात्र दिएको छ । निम्न वर्गको लागि आर्थिक अवस्था कमजोरका कारण स्वास्थ्य उपचार गर्न निक्कै कठिन छ । निम्न वर्ग मध्यम वर्गको लागि स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्छ । उच्च वर्गको लागि त आपैm गर्न सक्छन् । अझ सक्यो भने त नागरिकहरुको सम्पूर्ण उपचार निःशुल्क गर्नसके धेरै राम्रो हुन्छ भन्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
